तीन महिनाको भाडा छुट गर्न माग
काठमाडौं, ११ जेठ । भाडावाला सरोकार समाज नेपालले महाभुकम्पबाट प्रभावित भाडावालहरुको माग सम्बोधन नगरे संघर्षमा उत्रने चेतावनी दिएको छ ।सोमबार पत्रकार सम्मेलन गर्दै समाजले गत बैशाख १२ र २९ गते आएको महाभुकमम्पबाट भाडावालाहरु मारमा परेको भन्दै आफ्ना जायज माग तत्काल सम्बोधन नगरे चरणवद्ध संघर्षमा उत्रने चेतावनी दिएको हो ।
समाजका अध्यक्ष विष्णुजंग बस्नेतले काठमाडौं पछिल्लो समय काम गरि खाने श्रमजिवी व्यवसायी तथा उच्च अध्ययनका लागि आउने विधार्थीहरुको बसाईथलो भएको भन्दै हालै आएको महाभुकम्पबाट अधिकांश यीनै व्यक्तिहरु प्रभावित भएकाले आफ्ना जायज माँग तत्काल सम्बोधन गर्नुपर्ने माग गरेका हुन् ।
कार्यक्रममा समाजका केन्द्रीय सदस्य नरेश कटुवालले पेशा व्यवसाय गरेर बस्ने भाडावालहरु हाल अति प्रताडित भएको भन्दै राज्यले तत्काल यसबारेमा सम्बोधन गर्नुपर्ने बताए ।www.nepaliheadlines.com
0 comments
Write Down Your Responses