भूकम्पविद् भन्छन्-‘अब ठूला भूकम्प आउने सम्भावना छैन्, घर फर्किनुस्’
२०७२ जेठ ११ गतेकाठमाडौं, ६ जेठ । नेपालमा आएका शक्तिशाली भूकम्पपछि जनजीवन समान्य बन्दै गइरहेका बेला स–सना धक्काले मनमा अझै त्रास कायमै छ ।
यसविषयमा भूकम्पविद्हरुले आफ्नो धारण राखेका छन् । उनीहरुले अब शक्तिशाली भूकम्प आउने सम्भावना नभएकाले आम नागरिकलाई घर फर्किन सुझाव दिएका छन् ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख तथा भूकम्पविद् लोकविजय अधिकारीले भूकम्प कम्पन हुने क्रम कम हुँदै गएकाले अब ठूलो भूकम्प आउने कुनै सम्भावना नरहेको बताउनुभयो । ‘जमिनमुनिका प्लेट तल माथि तल माथि भएर ४ रेक्टर स्केलका साना भूकम्प केही समय आइरहन्छन्’ उहाँले भन्नुभयो, ‘त्यसले केही असर गर्दैन् । अब ठूलो भूकम्प आउने सम्भावना छैन् ।’
भूकम्पबाट घरटहरा नचर्किएको भए घरमा बस्न कुनै समस्या नहुने उहाँको भनाई छ । ‘घर सुरक्षित छ भने फर्किए हुन्छ । भूकम्प आउनै बन्द भएको होइन् । तर शक्तिशाली भूकम्प आउँदैन् भन्ने हाम्रो विश्लेषण हो ।’ स–साना भूकम्प आइरहँदा कुनै असर नगर्ने भएकाले घरभित्रै बस्न उहाँले सर्वसाधारणलाई सुझाव दिनुभयो ।
‘कति दिन बाहिर बस्ने ? स–साना भूकम्प आइरहन्छ, त्यसले केही असर गर्दैन् । घरमै बसे हुन्छ । तर सचेत हुनुप¥यो । हामी पनि घरमै बसेका छौं । उहाँले भन्नुभयो । आफ्नो घर परिवार हेरेर सुरक्षित ठाउँमा बस्न समेत सुझाव दिनुभयो । ‘घर चर्केको हुन सक्छ, त्यस्तो घरमा नबसौं, त्यहाँ झनै खतरा हुन्छ ।’
भूकम्प आउने पूर्वसूचना कसैलाई थाहा नहुने भन्दै फेरि आउन पनि सक्ने भन्दै चनाखो भएर बस्न उहाँले आग्रह गर्नुभयो । ‘अहिले कम्पनहरु घट्दै गएका छन् । फेरि ठूलो नआउला भन्न सकिन्छ । अब नआउला भन्ने हाम्रो अनुमान मात्रै हो ।’
भूकम्पविद् मुकुन्द भट्टराईले भूकम्प आउने कुरा कसैलाई पनि थाहा नहुने भएकाले अर्काको हल्लापछि नलाग्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–‘अर्काको हल्लाले सर्वसाधारणको मनमा झन ठूलो भूकम्प जान्छ ।’ भूकम्प रोक्न कुनै उपाय नभएको भन्दै उहाँले सुरक्षित स्थान र सजक रहनुपर्नेमा जोड दिनुभयो । ‘भूकम्प कतिबेला थाहा हुँदैन्, त्यसकारण हामी सबै चनाखो भएर बस्नुपर्छ ।’
नेपालमा गत वैशाख १२ र २९ गते आएको शक्तिशाली भूकम्पबाट ८ हजार ६५० जनाको मृत्यु भइसकेको छ । हजारौं संचरना ध्वस्त भएका छन् । त्यसपछि पनि स–सना भूकम्प आउने क्रम जारी छ । भूकम्पविद्का अनुसार ठूलो भूकम्प आउने सम्भावना नभएपनि सुरक्षित स्थानमा बस्नुपर्छ । यदी ठूलो भूकम्प आइहाले बच्न सकिन्छ ।
स्रोत - दैनिक नेपाल भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses