सोमबार, ७ मंसिर
काठमान्डौ| आन्दोलनरत मधेसी मोर्चाको सहमतिमा प्रमुख दलहरु संविधान संशोधन विधेयक अघि बढाउन सहमत देखिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको प्रमुख दलहरुको बैठकले अघिल्लो सरकारले दर्ता गरेको संविधान संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
कांग्रेस नेतृत्वको अघिल्लो सरकारले समानुपातिक समावेशीको सुनिश्चितता र प्रत्येक जिल्लामा एक निर्वाचन क्षेत्र नघट्ने गरी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारणसम्वन्धी संविधान संशोधन प्रस्ताव दर्ता गरेको थियो । नयाँ सरकारले यो विधेयक अघि नबढाएको भन्दै कांग्रेसले संसदमा दबावमूलक आन्दोलन सुरु गरेको छ ।
दलहरु विच सम्पन्न सो बैठकले आन्दोलनकारीको ११ बुँदे माग सम्बन्धमा सत्ता र प्रतिपक्ष दुबैले मधेसी मोर्चासँग छलफल र वार्ता मार्फत साझा धारणा बनाउने निर्णय गरेको छ । साथै सो बैठकले मधेसी मोर्चालाई आन्दोलनलाई भड्किन नदिई शान्तिपूर्णरुपमा गर्न आग्रह गरेको छ ।
संविधानले जनतालाई दिएको अधिकार बारे जनतालाई भ्रम छरिएको भन्दै त्यो बारेमा प्रस्ट पार्न दलहरुले देशैभरि संयुक्त रुपमा कार्यक्रम गर्ने जानाएका छन् |
nepalsandesh

७ मंसिर, काठमाडौं ।
मधेश आन्दोलनले १०० दिन पुरा गरेको भन्दै अलग मधेश देश बनाउने भन्दै लागेका सीके राउतको संगठनले सरकारले दमन गरे चुप लागेर नबस्ने बताएको छ ।
मधेश आन्दोलन अराजक बन्दै सीके राउतको बाटोमा जाने चिन्ता भैरहेको समयमा सीके राउतको पार्टीले स्वतन्त्र मधेशका लागि लड्न पनि सबैलाई आग्रह गरेको छ ।
मधेश डा. सीके राउतको धारमा जानसक्ने: खगेन्द्र सङ्ग्रौला
सरकारले मधेश आन्दोलनमा दमन गरिरहेको र सेना परिचालन गर्न खोजेको भन्दै राउतको संगठनले मधेशी जनतालाई शरणार्थी बनाउन खोजिएको समेत आरोप लगाएको छ ।
मधेश आन्दोलनको मागलाई कदर गर्दै अविलम्ब माग पूरा गर्न नेपाल सरकार समक्ष अनुरोध गरिएको विज्ञप्तिमा अव चुप लागेर नबस्ने चेतावनी पनि दिइएको छ ।
यस अघि विश्लेषकहरुले मधेश आन्दोलन तत्काल साम्य नभए आन्दोलन अराजक हुँदै सीके राउतको बाटोमा लाग्न सक्ने चिन्ता ब्यक्त भैरहेको छ ।nepaliheadlines भिडियो हेर्न तलको बाकस थिच्नुहोस

भीमदत्तनगर । कञ्चनपुरको सदरमुकाम भीमदत्तनगरबाट काठमाडौँ जाँदै गरेको महाकाली यातायात समितिको ना५ख ४०५७ नम्बरको बस नवलपरासीको गैँडाकोटमा साेमबार बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटना सोही बसका सहचालक भीमदत्तनगरपालिका–६ का सन्तोष शाह र एक सैनिक जवानको मृत्यु भएको महाकाली सेती यातायात व्यवसायी समितिका अध्यक्ष नवीन भट्टले जानकारी दिए ।
दुर्घटनामा घाइते दस जनाको चितवनस्थित भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । उक्त बस ट्रकसँग ठक्कर खादा दुर्घटनामा परेको बताइएको छ ।

सप्तरी । सप्तरी जिल्लाको विभिन्न स्थानमा प्रहरीले चलाएको गोलीबाट तीनजनाको मृत्यु भएको आक्रोशमा मधेसी मोर्चाका प्रदर्शनकारीहरुले आज बिहान एक प्रहरी चौकीमा आगजनी गरेका छन् ।
जिल्लाको कोलाडी बसाइन– १ मा रहेको प्रहरी चौकीमा प्रदर्शनकारीहरुले आगजनी गरेको राष्ट्रिय समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र मण्डलले जानकारी दिए ।
शनिबार रातिदेखि तनाव रहेको सप्तरी आज बिहानबाट पुनः ठाउँठाउँमा प्रदर्शन सुरु भएको छ । सदरमुकाम राजविराजमा आज बिहानदेखि आन्दोलकारीहरुले टायर बालेर प्रदर्शन गरिरहेको मोर्चाले जनाएको छ । सप्तरी प्रशासनले सदरमुकाम राजविराज तथा पूर्वपश्चिम राजमार्गको कोसी ब्यारेजदेखि पश्चिमको बलान खोलासम्म अनिश्चितकालका लागि निषेधाज्ञा लगाएको छ ।

सप्तरी, ७ मंसिर । सप्तरी जिल्लाको विभिन्न स्थानमा प्रहरीले चलाएको गोलीबाट तीनजनाको मृत्यु भएको आक्रोशमा मधेसी मोर्चाका प्रदर्शनकारीहरुले आज बिहान एक प्रहरी चौकीमा आगजनी गरेका छन् ।
जिल्लाको कोलाडी बसाइन– १ मा रहेको प्रहरी चौकीमा प्रदर्शनकारीहरुले आगजनी गरेको राष्ट्रिय समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र मण्डलले जानकारी दिनुभयो ।
शनिबार रातिदेखि तनाव रहेको सप्तरी आज बिहानबाट पुनः ठाउँठाउँमा प्रदर्शन सुरु भएको छ । सदरमुकाम राजविराजमा आज बिहानदेखि आन्दोलकारीहरुले टायर बालेर प्रदर्शन गरिरहेको मोर्चाले जनाएको छ ।
सप्तरी प्रशासनले सदरमुकाम राजविराज तथा पूर्वपश्चिम राजमार्गको कोसी ब्यारेजदेखि पश्चिमको बलान खोलासम्म अनिश्चितकालका लागि निषेधाज्ञा लगाएको छ ।
dainiknepal

रसुवा, मंसिर ७
चीनले केरुङबाट धादिङको खानीखोलासम्म ग्यास ल्याइदिने भएको छ । आफ्नै ग्यास बोक्ने बुलेटमा खानीखोलासम्म ग्यास ल्याइदिन चीन तयार भएको नेपाल आयल निगमले जनाएको छ । नेपाल सरकारले पनि ग्यास खानीखोलासम्म ल्याइदिन चीनसँग प्रस्तावमा गरेको थियो ।
केरुङभन्दा ५ किलोमिटर टाढा ग्यास डिपो रहेको र त्यहाँबाट चीनकै गाडीमा खानीखोलासम्म ग्यास ल्याउन लागिएको नेपाल आयल निगमका एक कर्मचारीले जानकारी दिए । चीनसँग इन्धन सम्झौता रोकिएकोले ग्यास ल्याउने काम पनि अड्किएको छ, ती अधिकारीले भने इन्धन सम्झौता भएको एक साताभित्र केरुङबाट खानीखोलामा रहेकाे अाेम ग्यासकाे डिपाेसम्म ग्यास आइपुग्छ ।
ग्यास ल्याउने विषयमा दुवै देशका अधिकारीले सडक र खानीखोलास्थित अाेम ग्यास डिपोको अवलोकन गरिसकेका छन् ।
.setopati भिडियो हेर्न तलको बाकस थिच्नुहोस

सप्तरी, मंसिर ७ । प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएपछि आइतबार देखि अशान्त रहेको सप्तरी सोमबार बिहानैदेखि तनावग्रस्त बनेको छ ।
मोर्चाका कार्यकर्ताले बिहानैदेखि स्थानीय प्रशासनले लगाएको कर्फ्युको उलंघन गरेर सदरमुकाम राजबिराज, रुपनी, भारदहसहित गाउँ गाउँमा प्रदर्शन चर्काएका छन् ।
प्रदर्शनकारीले सप्तरीको कोबरसाइन प्रहरी चौकीमा आइतबार राति आगजनी गरेपछि प्रहरी भागेर सदरमुकाम पुगेका छन् । प्रदर्शनकारीले ठाउँठाउँमा टायर बालेर घरेलु हतियारसहित प्रदर्शन गरिरहेका छन् । जिल्ला सदरमुकाम र राजमार्गमा भने ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
शनिबार राति प्रहरीको गोली लागि रुपनीमा नागेश्वर यादव, भारदहमा बिरेन्द्र राम तथा धरानमा उपचारको क्रममा हटियाका दिलिप साहको मृत्यु भएको थियो ।
आइतबार नै जिल्ला प्रशासन कार्यालय अगाडि लगाइएको काँडेतारमा प्रवाह गरिएको करेन्ट लागेर पर्साहीका शिवशंकर दासको मृत्यु भएको थियो ।
स्थानीय प्रशासनले आइतबार बिहान ६ बजेदेखि सप्तरीको तीन स्थानमा कर्फ्यु आदेश जारी गरेको छ ।
प्रशासनले भारदह र रुपनीको पाँचसय मिटर आसपास र सरकारी कार्यालयहरु रहेको राजबिराजको अदालत रोडदेखि जिल्ला प्रहरी कार्यालयसम्म अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको हो ।
यात्रुबाहक बसको एस्कर्टिङ रोक्न भेला भएका आन्दोलनकारी प्रहरीमाथि नै जाइलागेपछि घटेको घटनाबाट अहिले पूरै जिल्ला आक्रान्त बनेको छ ।
यता, गृह मन्त्रालयले भने घटनामा राम्रो समन्वय गर्न नसकेको भन्दै सप्तरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) अनिल मण्डललाई मन्त्रालयमा फिर्ता बोलाएको छ ।
imagekhabar