काठमाडौं, ३० कात्तिक । बिहार विधानसभा चुनावमा भारी बहुमतले जितेका नीतिशकुमारले यही महिनाको २० तारिखमा मुख्यमन्त्री पदको सपथ लिने भएका छन् ।
शनिबार नीतिश-लालु महागठबन्धनका विधायक दलका नेता चुनिएका नीतिशकुमारले नोभेम्बर २० तारिख दिउँसो २ बजे पटनास्थित गान्धी मैदानमा मुख्यमन्त्री पदको सपथ लिने कार्यक्रम तय भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।
उनको नयाँ मन्त्रिमण्डलमा तीन दलका विधायक सहभागी हुनेछन् । यस्तै, बिहारमा नीतिशले सपथ लिएसँगै नेपाल-भारतको मुख्य रक्सौल-बीरगञ्ज नाका खुकुलो हुने टिप्पणी गरिएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीलाई नराम्रोसँग पराजित गरेको महागठबन्धन सरकारले नेपालसँग मित्रता बढाउने र मोदी नेतृत्वको केन्द्र सरकारको नीति नमान्ने समाचार टिप्पणीमा उल्लेख छ ।
किनकि मोदी र नीतिश-लालु महागठबन्धनको तालमेल राम्रो छैन् । जून चुनावको प्रचारप्रसारका समयमा लगाइएका गम्भीर आरोपबाटै प्रष्ट छ । मोदीका एक नेताले नीतिशकुमार जित्यो भने पाकिस्तान हास्ने छ भनेर खिल्ली समेत उठाएका थिए । जसका कारण विहारमा नयाँ आउने सरकारले मोदी सरकारको नीति नमान्ने समाचारमा जनाइएको छ ।
बिहारसँग जोडिएको र भारतबाट ७० प्रतिशत आयात हुने नाका बीरगञ्ज भएकाले पनि नीतिशकुमारले सो नाका भारतीय पक्षबाट खोलिदिने अनुमान गरिएको छ । यसअघि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको टेलिफोन सम्पर्कमा समेत नीतिशकुमारले सीमा समस्या हटाउन आफूले पुरै पहल गर्ने बताएका थिए । (एजेन्सीको सहयोगमा)
ainiknepal

नेपाली सांगीतिक क्षेत्रमा सफल गायिकाको पर्यायवाची नाम हो, अञ्जु पन्त। २०५३ सालमा शिला पन्तको शब्द एवं स्व. कृष्णमान डंगोलको संगीतमा ‘मनवा मन नै योगी बनाऊ' बोलको भजन रेकर्ड गराई गायन क्षेत्रमा प्रवेश गरेकी उनले लगभग ६ हजार गीतमा स्वर दिइसकेकी छन्।
अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान, मलेसिया, हङकङ, कोरिया, कतार, साउदी, कुबेतलगायतका विभिन्न मुलुकमा सांगीतिक प्रस्तुति दिइसकेकी अञ्जु सर्वाधिक अवार्ड पाउने गायिका पनि हुन्। समकालीन गायिकामा मेलोडी क्विनका रूपमा चिनिएकी अञ्जु पन्त र अशोकप्यासी राईबीच भएको कुराकानीको मुख्य अंश:
अहिले दैनिकी कसरी चल्दैछ?
गायनमै व्यस्त छु। पछिल्लो समय सक्रियताका साथ संगीतमा लागेको छु। दैनिक एकदुईवटा गीत रेकर्ड भइरहेको छ।
गायनमा सफलता चुमिरहेका बेला एक्कासि ब्रेक लाग्यो नि?
त्यो समय मेरो जीवनकै कठिन क्षण थियो। स्वस्थ्यका कारण शारीरिकमात्रै होइन पारिवारिक समस्या पनि एकैसाथ सामना गर्नुपर्यो। रातदिन रोएर बस्थेँ।
त्यो क्षण अहिले सम्झँदा कस्तो लाग्छ?
त्यो समयमा धन्न ढलेनछु। त्यो नै ठूलो कुरा हो । जे हुन्छ राम्रोकै लागि हुन्छ । अनकन्टार रातपछि बिहानी हुन्छ।
अहिले मलाई जीवनमा त्यही बिहानी आए जस्तो लागिरहेको छ । त्यसबेला मलाई सम्हाल्ने धेरै हात छन् । सबैप्रति मनदेखि म आभारी छु ।
जीवनको भोगाइ जस्तै प्रायः वियोगान्त गीत बढी गाउनुभएको छ?
वियोगान्त गीतले सबैको मन छुन्छ। जीवन्त हुन्छ । सुख त जीवनको पाहुनामात्रै हो।
जीवनमा दुःख र संघर्ष नै बढी हुन्छ। मलाई पनि पीडादायी भावका गीत बढी मनपर्छ।
गुनगुनाई राख्न मन लाग्ने गीत?
धेरै छन्। आफैंले गाएका गीतको कुरा गर्दा ‘जिन्दगी यो फूलैफूलको थुँगो हुँदैन', 'माया एउटासँग विवाह अर्कैसँग', ‘तिमी कसको हुने होला', 'खै के होला र औषधि कुँडिएको मनको' आदि।
आफ्नो स्वरमा रेकर्ड भएका गीत कति जति भयो होला ?
६ हजारको हाराहारीमा हुनुपर्छ।
स्वरले जीवन सानदार बनाइदियो है?
स्वरले मलाई जीवनमा धेरै दिएको छ बचाउन सकिन होला तर गाएरै धेरै रुपैयाँ कमाएकी छु। आफ्नै कमाइले कपनमा घर बनाएँ।
अफर आएकामध्ये कति जति गीत आविष्कार गर्नुभएको होला?
धेरै गीत छाडेकी छु। कहिले समय मिल्दैन । कुनै शब्द त कुनै ट्युन मन पर्दैन। आफूलाई सम्झेर आएपछि सकभर यसो गरौं भन्छु मानेनन् भने छाडिदिन्छु।
गीत अस्वीकार गरेपछिको प्रतिक्रिया?
व्यावसायिक रूपमा लागेकाले सामान्य रूपमा लिन्छन्। सबैको सोच र चाहना एउटै हुँदैन। कतिपयले मनमा ईख लिन्छन् होला तर समय आएपछि आफैं रिलाइज गर्छन्।
अनकन्टार रातपछि बिहानी हुन्छ।अहिले मलाई जीवनमा त्यही बिहानी आएजस्तो लागिरहेको छ। दु:खमा मलाई सम्हाल्ने धेरै हात छन्। सबैप्रति मनदेखि आभारी छु।
कतिपय संगीतकार ट्युनमा जिद्दी गर्छन् नि ?
त्यस्तो हुन्छ। वास्तवमा संगीतकारले गीतको ज्यान तयार पार्छन् भने त्यसमा आत्मा भर्ने काम गायकगायिकाले गर्छन्।
के कुराले तपाईंलाई संगीतमा आकर्षित गरिरहन्छ?
मेरो लागि संगीत सबैथोक भने पनि हुन्छ। जब स्टेजमा श्रोता/दर्शकका अगाडि उभिन्छु मलाई परिवारका साथमा रहे जस्तो अनुभूति हुन्छ।
मेरो मन अनि स्वर खुल्छ। धेरै कुरा भन्न मन लाग्छ। कतिपय दर्शक त मेरो कुरा सुनेर हलभित्र रोइरहेको पनि देखेको छु।
नेपाली संगीतमा सिनियर र जुनियरबीच ग्याप छ है?
त्यस्तो देखिन्छ। म संगीत क्षेत्रमा संघर्ष गर्दैगर्दा चलेका कलाकारले राम्रो बोलिदिए मात्रै पनि कति खुसी लाग्थ्यो।
त्यही सम्झेर नयाँ कलाकारलाई हौसला दिन्छु। सम्मान गर्छु। आजका नयाँले भोलि उद्योग हाँक्ने हुन्।
संगीत क्षेत्रमा लाग्दाको क्षण सम्झँदा कस्तो लाग्छ?
त्यो समय निकै कष्टकर थियो। गाउन सक्छु भन्ने आत्मविश्वास भए पनि यतिको सफलता पाइएला भन्ने कल्पना गरेकी थिइनँ।
नयाँ एल्बमको तयारी ?
साँच्चिकै भन्ने हो भने अहिलेसम्म मैले चाहेजस्तो एल्बम निकाल्नै पाएको छैन। अरूको गीत, संगीत, लगानीमा गायो उनीहरूले चाहे जस्तो गीत हुन्छ।
सम्भव भयो भने आफ्नै शब्द संगीतमा मेरो मनले चाहेजस्तो गीत समेटेर एल्बम निकाल्ने योजना छ तर व्यस्तताका कारण समय मिलेको छैन।
भविष्यको योजना?
जीवन सोचेजस्तो हुन्न रहेछ तापनि केही समय गायनलाई नै निरन्तता दिनेछु। भविष्यमा राम्रो रेकर्डिङ स्टुडियो बनाएर प्रतिभावान् कलाकारलाई गीत रेकर्डको अवसर दिने, संगीत स्कुल खोलेर एउटा घराना तयार गर्ने सोच छ।
annapurnapost

काठमाडौं, ३० कात्तिक । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा गरेको सम्बोधनमा भारतको खुलेरै विरोध गरेका थिए । भारतले नाकाबन्दी गरेर अमानवीय व्यवहार गरेको आरोप लगाएका थिए ।
तर, यो दुःखको घडीमा नेपाललाई भौगलिक विकटताका बाबजुद पनि अनुदानमा तेल दिएर सहयोग गरेको भन्दै चीनलाई धन्यवाद दिएका छन् । आफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले चीनको प्रशंसा गरेका थिए ।
आफ्नो विरोध र चीनको प्रशंसा नेपालमा भएपछि भारतमा हंगामा मच्चिएको छ । खासगरी केन्द्रीय राजधानी दिल्लीमा राजनीतिक दलका नेताहरु चीनको प्रशंसा भएपछि अचम्मा परेका छन् । उनीहरुले अब नेपालमा आफ्नो एकाधिकार र जे भन्यो त्यो नचल्ने निष्कर्ष पनि निकालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतीय च्यानल आजतकले लेखेको छ– ‘नेपालले भारतको विरोध गरेर चीनको प्रशंसा गरेको छ । यो पहिलोपटक हो । अब नेपालमा भारतको प्रभाव विस्तारै कम हुने देखिएको छ ।’
यस्तो छ आजतकले लेखेको समाचार, जस्ताको तेस्तैः
नेपाल के प्रधानमंत्री ओली ने फिर भारत को कोसा, चीन को सराहा
नेपाल ने प्रधानमंत्री केपी ओली ने एक बार फिर भारत को देश में आए संकट के लिए जिम्मेदार माना है और तेल समेत दूसरी अन्य सहायता के लिए चीन की प्रशंसा की है. ओली ने रविवार को कहा कि सीमा पर भारत की ओर से अघोषित नाकाबंदी ने राष्ट्र में मानवीय संकट की स्थिति उत्पन्न कर दी है और ऐसे हालात ने दोनों देशों के बीच ऐतिहासिक संबंधों के महत्व को कम करने का काम किया है.
नेपाल में टीवी पर अपने पहले संबोधन में ओली ने कहा, ‘नाकाबंदी का दंश जिन लोगों को सबसे अधिक भोगना पड़ रहा है, उनमें गर्भवती महिलाएं, स्कूल जाने वाले बच्चे और वे लोग भी शामिल हैं, जिन्हें तत्काल चिकित्सीय सहायता की जरूरत है.’ उन्होंने आगे कहा कि सीमा पर नाकाबंदी के कारण लोगों के दिलो-दिमाग में अपने एक महत्वपूर्ण पड़ोसी को लेकर नकारात्मक छवि बनी है.
‘चीन के साथ व्यापार का करेंगे विस्तार’
दूसरी ओर, अपने एक अन्य पड़ोसी चीन की प्रशंसा करते हुए प्रधानमंत्री केपी ओली ने कहा, ‘हम चीन के साथ अपने व्यापार को न सिर्फ बढ़ाएंगे बल्कि उसका विस्तार भी करेंगे.’ उन्होंने कहा कि मौजूदा संकट एक सबक है और यह देश के लिए आत्मनिर्भरता और तपस्या की ओर बढ़ने का समय है.
भारतीय नेताओं और प्रमुखों द्वारा पनबिजली परियोजनाओं की बहाली के लिए पिछले साल की गई उच्च स्तरीय यात्राओं को याद करते हुए ओली ने कहा, ‘नेपाल जिस युद्ध जैसी स्थिति का सामना कर रहा है उसकी पृष्ठभूमि में वही प्रगति के कार्य हैं.’
‘संविधान का मसौदा हमारा आतंरिक मामला’
प्रधानमंत्री के संबोधन से इतर नेपाल ने भारत और अन्य देशों को अपने मामलों में हस्तक्षेप नहीं करने की सलाह दी है. उसने स्पष्ट किया है कि संविधान का मसौदा तैयार करना उसका अंदरूनी मामला है और वह खुद अपने मुद्दों से निपटने में सक्षम है. नेपाल विदेश मंत्रालय के प्रवक्ता द्वारा जारी एक बयान में कहा गया, ‘नेपाल शांति, स्थिरता और समृद्धि के लिए अंतरराष्ट्रीय समुदाय द्वारा दिए गए सहयोग व शुभकामनाओं का सम्मान करता है.’
नेपाल की यह प्रतिक्रिया 13 नवंबर को जारी एक संयुक्त बयान के जवाब में आई है, जिसमें प्रधानमंत्री नरेंद्र मोदी की लंदन यात्रा के दौरान भारत और ब्रिटेन ने नेपाल में स्थाई एवं समावेशी संवैधानिक समाधान के महत्व पर जोर दिया था. संयुक्त बयान के मुताबिक, इससे चिंता के अन्य क्षेत्रों का समाधान होगा और राजनीतिक स्थिरिता एवं आर्थिक विकास को बढ़ावा मिलेगा.
नेपाल में भारतीय मूल के मधेशी लोगों द्वारा विरोध स्वरूप की जा रही नाकेबंदी के कारण ईंधन की भारी किल्लत हो गई है. मधेशी लोग नए संविधान के तहत देश को सात प्रांतों में बांटे जाने का कड़ा विरोध कर रहे हैं.
dainiknepal

काठमाडौं ।
ओलीलाई छोडेर आफूलाई साथ दिन सुशील कोइरालाले राखेको आकर्षक प्रस्ताव प्रचण्डले ठाडै अस्वीकार गरेको धेरै भएको छैन । कोइरालाले प्रचण्डलाई आफूलाइ साथ दिए उपराष्ट्रपति सहित सभामुख र आकर्षक मन्त्रालय दिन तयार रहेको बताएका थिए । तर राष्ट्रियताको सवाल भन्दै प्रचण्डले कोइरालाको प्रस्ताव ठाडै अस्वीकार गरे ।
आगामी चुनावमा समेत एमाओवादीलाई फाइदा हुने भन्दै ओलीको साथ नदिन प्रचण्डलाई आग्रह गरेका थिए । तर प्रचण्डले भने तीन दलबीचको सहमति टुटाएर देशको भलो नहुने भन्दै विगतको भद्र सहमति अनुसार नै अगाडी बढ्न जवाफ दिएका थिए । ओलीलाई प्रधानमन्त्री बनाउन संसदमा प्रस्तावक बसेका प्रचण्डले सुशील कोइरालालाई मलिन अनुहार बनाउने गरी भाषण गरेर कठोर टिप्पणी समेत गरे ।
राष्ट्रवादी मोर्चा बनाएर ओलीलाई प्रधानन्त्री बनाएका ओलीले अव आएर ओलीको रबैयाप्रति असन्तुष्टि जनाउन थालेका छन् । सरकार बनेको एक महिना वितिसक्दा पनि भारतले नाकाबन्दी नखोल्ने बरु कँसिलो बनाउँदै जाने संकेतकाबीच प्रचण्ड र ओलीकोबीचमा दरार पैदा हुने संकेत देखिएको छ । ओली सरकार बनाउन र उनकै सुविधाजनक राष्ट्रपति देखि मन्त्रीहरु सम्म बनाउन पनि सघाएका ओलीप्रति प्रचण्डको मोह भंग भएको संकेत उनको पछिल्लो ब्यवहारले गरेको छ ।
ओली आफ्नो अडानबाट टसमस नहुने तर मधेश समस्याका नाममा भारतले नाकबन्दी पनि लम्ब्याउँदै जाने परिस्थिति देखिएपछि ओलीको सार्वजनिक आलोचना गर्ने अवस्थामा आएका छन् । शनिबार मधेशी मोर्चाका नेतासँग प्रचण्डले भनेका थिए, ‘तपार्इंहरूका मुद्दालाई सम्बोधन गरौं भने यति छिट्टै कसरी सरकार गिराउनु ? नगरौं भने मुलुकको एकतामै अप्ठ्यारो परिसक्यो।’ प्रचण्डले ओलीको मधेश विरोधी ब्यवहारबाट आफू पनि आजित भएको समेत मधेशी नेताहरुले बताएका थिए । प्रचण्डलाई उद्धृत गर्दै ती नेताले भने, ‘ओलीको उग्र मधेसविरोधी नीतिप्रति तपाईंहरू मात्र नभएर म पनि असहमत छु। मैले पटकपटक उग्र मधेसविरोधी नीति त्याग्न प्रधानमन्त्रीलाई आग्रह गरिसकेको छु।’
उपराष्ट्रपतिको विषयमा झण्डै आमने सामने भएको ओली र प्रचण्डको इगो मधेशको मुद्धालाई लिएर टकरावहुँदै सम्बन्ध विच्छेदसम्म पुग्न सक्ने केही विश्लेषकहरुले बताएका छन् । उपराष्ट्रपतिको चुनाव अघि एमालेले पासाङलाई अस्वीकार गरे सरकारमा सहभागिताबारे समेत पुनर्विचार गर्ने चेतावनी एमाओवादी नेतृत्वले एमालेलाई दिएको थियो ।
१२ बैशाखको भूकम्प जानु अघी सम्म आक्रमक देखिएका प्रचण्ड भूकम्पपछिको राजनीतिक अवस्थामा निक्कै नरम र सम्झौता गर्ने मुडमा प्रस्तुत भए । यहीबीचमा उनी र उनले उठान गर्दै आएका मुद्धामा अति अनुदार मानिने एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अनौठो मेल हुन पुग्यो र त्यही पृष्ठभूमिमा प्रमुख ४ दलबीच ८ प्रदेशको संघीयता बनाउने सहमति सहितको १६ बुँदे सहमतिमा हस्ताक्षर हुन पुग्यो ।
संघीयताका प्रदेशकै विषयमा अघिल्लो संविधानसभा विघटन गर्न तयार भएका प्रचण्डले दोश्रो संविधानसभामा आफ्नो कमजोर उपस्थितिलाई पनि अर्थपूर्ण पार्न सफल भएको दावी ८ प्रदेशको संघीयतामा निक्कै बलिया मानिएका कांग्रेस एमालेलाई सहमत गराएपछि गरे । तर उनले गरेको सहमतिले उनीसँगै आन्दोलनमा रहेका उनका सहकर्मी मधेशी नेताहरु भने रिसाएर सम्बन्ध विच्छेद गर्न पुगे । प्रचण्डको सोही निर्णयपछि उनी मधेशलाई ढाँट्ने र छल्ने नेताकोरुपमा चित्रित समेत भएका छन् । मधेशी नेताहरुले प्रचण्डले किन ब्यवहार बदले भनेर प्रश्न गर्ने गर्छन् ।
संविधानको दोश्रो निर्वचनपछि नै एमाओवादी र मधेशवादी दलका मागप्रति अति कठोर र अनुदार अभिब्यक्ति दिँदै आएका ओलीसँग भूकम्पपछि एका एक साँगठगाँठ गरेका प्रचण्ड अव आएर ओलीको त्यही अनुदार चरित्रका कारण प्रचण्डलाई ओलीसँग डिल गर्न कठिनाइ परेको छ । संविधान बनाउनु पूर्व भारत गएर आएका प्रचण्डले भारतले चाहेको जस्तै हिन्दु राष्ट्रको शब्दावली राख्ने र मधेशको आन्दोलनका मुद्धा समाधान गरेर मात्र संविधान जारी गर्ने प्रतिबद्धता जनाएको बताइन्छ । तर संविधान जारी हुने मिति तय भएपछि त्यसलाई रोक्न काठमाडौं आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दुतलाई प्रचण्ड र ओलीले प्रयोग गरेको भाषा र ब्यवहारले दिल्ली ठुस्किएको छ ।
विगतमा प्रचण्डका अति निकट मानिने राजनीतिक विश्लेषक तथा साहित्यकार खगेन्द्र संग्रौला र पत्रकार किशोर नेपाल सम्मले मधेश आन्दोलन चर्किनुमा प्रधानमन्त्री केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्को हात रहेको टिप्पणी गर्न थालेपछि प्रचण्ड तनावमा छन् । मधेशकै कारण देखाएर भारतीय नाकाबन्दी लम्बिने र मधेशीहरुको पराया बनिरहनु परेको अवस्थामा ओलीका कारण मधेश समस्या समाधानमा समेत ठोस कदम चाल्न नसक्ने अवस्था आएपछि ओलीसँगको सम्बन्धबारे गम्भिर समीक्षा गर्ने चरणमा पुगेको उनी निकट एक नेताले नेपाली हेडलाइन्सलाई बताए ।
प्रचण्डले ओली सरकार ढले पनि ढलोस् भन्ने स्टाइलमा नयाँ निर्णय लिएर मधेश मुद्धा सम्बोधन गर्ने र भारतीय नाकाबन्दी पनि खुलाउने रणनीति अघि सारेमा ओली सरकार ढल्ने मात्र होइन देशकै राजनीतिमा फरक किसिमले उथल पुथल पनि हुन सक्छ ।
sajhaonlinepatrika भिडियो हेर्न तलको बाकस थिच्नुहोस

३० कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र एकीकत नेकपा माओवादीका अध्यक्ष प्रचण्डबीच अहिले छलफल भइरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी वार्तामा मधेसी मोर्चासाग आइतबार भएको वार्ताको समिक्षा भइरहेको छ ।
प्रमुख दलका शीर्ष नेता र मधेसी मोर्चाबीच आइतबार भएको वार्ता विना निष्कर्ष टुंगिएको थियो ।
onlinekhabar

सरकार र मोर्चा सहमती कहिले ?
३० कात्तिक, काठमाडौं ।
आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारले गठन गरेको वार्ता टोलीलाई निर्णय गर्ने म्याण्डेड नभएको भन्दै वार्ता गर्न नसक्ने बताएपछि सरकारले शिर्ष नेता रहेको वार्ता टोली गठन गर्यो । सरकार सञ्चालनका लागि बनेको उच्च स्तरिय राजनीतिक समन्यव समितिका अधयक्ष प्रचण्डलाई वार्ता गर्ने जिम्मा दिए पनि तत्काल सहमती हुने सम्भावना देखिएको छैन ।
विभिन्न पार्टीका नेताहरुले सरकार र मधेसी मोर्चाबीच तत्काल सहमती हुने सम्भावना नरहेको बताएका छन् । दुबै पक्ष आ–आफ्नै अडानमा रहेकाले सहमती भइहाल्ने अवस्था नरहेको नेताहरुको भनाई छ । सरकारी वार्ता टोलीका सदस्य एवं स्वास्थ्य मन्त्री रामजनम चौधरीले प्रदेशको सिमांकनमा कांग्रेस एमाले सहमत नभएसम्म सहमतीको सम्भावना नरहेको बताए ।
तर अहिलेसम्म प्रधानमन्त्री केपी शर्मा ओली केही सकारात्मक भएपनि माधव कुमार नेपाल र झलनाथ खनाल तथा नेपाली कांग्रेस सिमांकनमा तयार नरहेको उनको आरोप छ । त्यस्तो अवस्थामा नाकावन्दी फागुन सम्म लम्बिन सक्ने आफूले थाहा पाएकोे मन्त्री चौधरीले बताए ।
एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि तत्काल मिल्ने संकेत नदेखिएको भएपनि छलफल जारी रहेको बताए । कांग्रेस एमालेसँग थप छलफल गरेपछि मोर्चासँग वार्ताको मिति तय हुने उनको भनाई छ ।
मोर्चाले भने सरकारले सहमतीभन्दा पनि आपूति सहज बनाउने तिर मात्र ध्यान दिएको आरोप लगाएको छ । मोर्चाका नेता एवं तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठीले सिमांकन सम्बन्धि माग पूरा नभए आफूहरुले आत्म समपर्ण गर्न नसक्ने र आन्दोलनलाई निरन्तरता दिँदै छठपछि थप शसक्त बनाउने बताए ।
सरकार दमन गरेर मुठभेड निम्त्याउन लागि परेको उनको आरोप छ । हिजो शिर्ष तहमा भएको वार्तामा समस्या समाधान गर्ने गरी प्रदेशको सिमांकन समबन्धी प्रस्ताव ल्याउन भने पनि मोर्चाले भने यसअघि राज्य पुर्नसंरचना आयोगले तयार पारेको प्रस्तावलाई नै आधार बनाइनु पर्ने बताएको छ । मोर्चाका नेता एवं संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले अहिलेसम्म वार्ता बारे कुनै जानकारी नआएको बताए ।
nepaliheadlines

कार्तिक ३०, २०७२- सरकारले मुलुकमा हिउँद र सुक्खायाममा लोडसेडिङ बढ्न नदिन भारतबाट आगामी पुस तेस्रो सातादेखि थप ९० मेगावाट बिजुली आयात गर्ने भएको छ। दुवै देशका पावर ट्रान्समिसन कम्पनीले निर्माण गरिरहेको नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको र आगामी जनवरीसम्ममा सम्पन्न भई विद्युत् प्राधिकरणले त्यसैबाट थप बिजुली आयात गर्ने तयारी भएको जानकारी ऊर्जा सचिव राजेन्द्रकिशोर क्षेत्रीले दिए।
नेपाल र भारतले संयुक्त रूपमा निर्माण गरिरहेको ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनको काम तराई–मधेसको आन्दोलन र स्थानीय अवरोधका कारण केही समय अवरुद्ध भए पनि पछिल्लो दिनमा काम सुचारु छ। यसबीचमा कुनै अवरोध नआए प्रसारण लाइन निर्माणकार्य आगामी पुस १५ सम्ममा करिब–करिब सम्पन्न हुने जानकारी ऊर्जा मन्त्रालयका अधिकारीले दिए।
अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न नेपाल र भारतबीच २०६४ सालमा भएको सम्झौतामा उक्त प्रसारण लाइनबाट कम्तीमा डेढ सय मेगावाट बिजुली आयात या निर्यात गर्नुपर्ने उल्लेख छ। पुस १५ सम्ममा उक्त प्रसारण लाइनमा ठूलो क्षमताको ट्रान्सफर्मर जडान
गर्ने लगायतका थोरै काम मात्र बाँकी रहनेछ। ती कार्य सम्पन्न नभएसम्म बनिसकेको ठाउँमा अन्तरदेशीय प्रसारण लाइनबाट र बन्न बाँकी ठाउँमा १ सय ३३ केभीको प्रसारण लाइनबाट आगामी पुस १५ (जनवरी) देखि ९० बिजुली आयात गरिने जानकारी ऊर्जा सचिव क्षेत्रीले दिए।
उनका अनुसार १ सय ५० मेगावाट बिजुली आयात गर्ने सहमति भए पनि १ सय ३३ केभीको प्रसारण लाइनबाट ९० मेगावाट मात्र ल्याउन सकिन्छ। हाल भारतबाट प्राधिकरणले १ सय ८० देखि १ सय ९० मेगावाट बिजुली आयात गरिरहेको छ। नेपालले भारतबाट आवश्यकताअनुसार बढीमा २ सय २६ मेगावाटसम्म बिजुली आयात गर्ने गरेको छ। ९० मेगावाट थपिएपछि भारतबाट आयात हुने बिजुली ३ सय मेगावाटभन्दा बढी पुग्नेछ।
हिउँदमा दैनिक १२ घण्टाभन्दा बढी लोडसेडिङ हुने प्राधिकरणको आँकलन थियो। भारतबाट थप बिजुली आयात भएपछि मुलुकमा लोडसेडिङ दैनिक १० घण्टाभन्दा बढ्ने छैन। नेपालले भारतबाट व्यापारिक मूल्यमा बिजुली आयात गरिरहेको छ। व्यापारिक मूल्यमा किन्दा प्रतियुनिट करिब ९ रुपैयाँ पर्ने गरेको छ।
ऊर्जा सचिव क्षेत्रीका अनुसार अन्तरदेशीय प्रसारण लाइन पूर्ण रूपमा बनेपछि भने त्यहाँबाट १ सय ५० मेगावाट बिजुली आयात गरिनेछ। प्राधिकरणका उच्च अधिकारी र भारतीय ऊर्जा दलाल कम्पनी (पीटीसी) बीच केही दिन पहिले भएको द्विपक्षीय वार्तामा तत्काल नेपाललाई ९० मेगावाट बिजुली उपलब्ध गराउने समझदारी भएको थियो। प्राधिकरणको आग्रहमा नै पीटीसीले नेपाललाई तत्काल थप ९० मेगावाट विद्युत् उपलब्ध गराउने सहमति जनाएको हो।
हाल उक्त प्रसारण लाइनको नेपालतर्फ पाँचवटा टावर निर्माण गर्न बाँकी छ। ९.५ किलोमिटर प्रसारण लाइन जोड्न बाँकी छ। भारततर्फ पनि केही टावर निर्माण गर्न बाँकी छ। भारतसित भएको सहमतिअनुसारै ढल्केबरमा १०० एमभीए क्षमताको ट्रान्सफर्मर जडान कामसमेत सुरु भएको छ। त्यो ट्रान्सफर्मरबाट ९० मेगावाट आयात गर्न सकिन्छ। भारत सरकारले अर्को ट्रान्सफर्मर जडान गरेर थप ९० मेगावाट बिजुली दिने आश्वासनसमेत दिएको छ।
भारतसित ०६४ सालमा भएको सम्झौताअनुसार नेपालले आफ्नोतर्फको प्रसारण लाइन निर्माणका लागि पावर ट्रान्समिसन कम्पनी स्थापना गरेको छ। १ सय २९ दशमलव ५ किलोमिटर लामो अन्तरदेशीय प्रसारण लाइन निर्माण डेढ वर्षमा गर्ने लक्ष्य राखिएको थियो।
मधेस आन्दोलन र स्थानीय अवरोधका कारण नेपालतर्फको ४१ दशमलव ५ किलोमिटर लामो प्रसारण लाइन निर्माण कार्यमा केही ढिलाइ भएको हो। निर्माणमा ढिलाइ भएकाले लागत बढ्ने जानकारी प्राधिकरणका अधिकारीले दिए।
नेपालतर्फ १ सय १५ वटा टावर निर्माणकार्य अन्तिम चरणमा पुगेको छ। भारतीय भूमिमा पर्ने ८८ किलोमिटर प्रसारण लाइनको निर्माण भारतको बोर्डर पावर ट्रान्समिसन कम्पनीले गरिरहेको छ। भारततर्फ २ सय ३९ वटा टावर निर्माण भइरहेका छन्।
kantipur.ekantipur