• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
शनिबार, २३ असोज
काठमाडौ । तराईमा आन्दोलनरत थारुवान थारुहटले आमहड्तालका कार्यक्रम फिर्ता लिएका छन् ।
गत साउन देखि थारुवान थारुहटप्रदेहको माग गर्दै साउन २३बाट गर्दै आएको आन्दोलन र बन्दको सम्पुर्ण कार्यक्रम फिर्ता दिएको जनाएको छ ।
हिन्दुहरुको महान चार्ड दसैंको बन्दले सर्वधारणलाई सास्ति हुने भन्दै बन्दको कार्यक्रम फिर्ता लिएको जनाएको हो ।
यसै गरी उनीहरुले आफ्नो माग पुरा नभएको भन्दै दशैंको दिनलाई कालो दिनको रुपमा मनाउने निर्णय समेत गरेका छन् ।
www.nepalsandesh.com
२३ असोज, एजेन्सी।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि बिहारका पुर्व मुख्य मन्त्री तथा आरजेडीका अध्यक्ष लालु यादवले कडा शब्दमा आक्रमण गरेका छन्। लालु यादवले नरेन्द्र मोदीलाई ब्रह्मपिचाश भएको आरोप लगाएका छन् । उनले मोदी प्रधानमन्त्री बन्न लायक नभएको र आज पुरै भारतमा उनको थु थु भएको भन्दै कडा प्रतिक्रिया जनाएका हुन्।

केही दिन अघि मात्रै नरेन्द्र मोदीले लालु यादवलाई शैतान भनेपनि यादवको यस्तो प्रतिक्रिया आएको भारतीय सञ्चारमाध्यामहरुले लेखेका छन्। लालुले भने-‘मैले आरक्षणको कुरा गर्दा उनले मलाई शैतान भने। मलाई शैतान भन्ने आफै ब्रह्मपिचाश हुन् । उनी प्रधानमन्त्री बन्न लायक छैनन। पुरै देश मोदीलाई थु थु गर्दैछ। हामी मोदीलाई बिहारबाट भगाउँछौ ।’

लालुले किन आफूलाई शैतान भएको प्रमाणित गर्नु पर्ने नत्र सम्पुर्ण बिहार जनतासंग माफि माग्न समेत मोदीलाई चेतावनी दिएका छन्। आफु लगाएत मोदीले सारा दलित र बिहारबासीलाई शैतान भनेको उनको टिप्पणी थियो।

गाईको मासुको खाने विषयमा लालु यादव गरेको टिप्पणीपछि मोदीले लालुमाथि शैतान विषयमा प्रतिक्रिया दिएका थिए। लालुले ‘शैतान’ को प्रभावमा आएर आफुले गाइको मासु सम्बन्धी टिप्पणी गरेको बताएका थिए। लालुको यस्तो भनाइ पश्चात, शैतानलाई लालुको ठेगाना कसरी मिल्यो भन्दै मोदीले व्यङ्ग गरेका थिए।

छिट्टै बिहारमा हुन लागेको चुनावका कारण मोदी र अर्को गठबन्धनका नेता लालु यादवबीच तनाव बढेको हो।

केही दिन अघि भारतमा गाईको मासु खाएको आरोपमा एक व्यक्तिलाई कुटेर हत्या गरिएको थियो।

यता बिहारको चुनाव पनि नेपालमा भारतको अघोषित नाकाबन्दी लाग्नुको कारण भएको विश्लेषण गरिने गरेको छ।nepaliheadlines.com
२३ असोज, काठमाडौं ।

नयाँ प्रधानमन्त्रीका उम्मेवार नेकपा एमालेका अध्यक्ष केपी ओलीले भारतसँग कुनै पनि हालतमा नझुक्ने बताएका छन् । संविधान जारी गर्नुपूर्व गरेको सहमतिलाई कांग्रेस सभापति सुशील कोइरालाले तोडेको बताउंदै ओलीले कांग्रेस जनतासाुम ब्ल्याक लिस्टेड पार्टी भएको बताएका हुन् ।

सहमतीय सरकारको लागि आफूले अन्तिमसम्म पनि पहल गरेको बताउंदै शनिवार पत्रकारसँग कुराकानी गर्दै कांग्रेसले अन्तिम समयमा आएर धोका दिएको बताए ।

ओलीले भने,‘जनताको सपनामाथि तुषरापात गर्दै कांग्रेसले धोका दिएको छ, यसको परिणाम के हुन्छ हेर्दा जाऔ तर जनमत विपरीत गएकाले अब काग्रेस ब्यालक लिस्टेड पार्टी भएको छ ।’nepaliheadlines.com
२३ असोज , काठमाडौँ।

काठमाडौं महानगरपालिका–३५ कोटेश्वर चोक नजिक गएराति भएको आगलागीमा परेर एकै परिवारका तीन जनाको मृत्युभएको छ ।

आगलागीमा परेर गम्भीर घाइते भएका एक वर्षीय बालक युनिस श्रेष्ठको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ ।

कोटेश्वरको ट्राफिक प्रहरी बिट पछाडि भएको आगलागीमा परेर रामेछाप लखनपुर–८ का ३२ वर्षीय लेखराज श्रेष्ठ, उनकी २८ वर्षीया श्रीमती देउकी र आठ वर्षीया छोरी जेनिशाको निधन भएको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।

मृतकमध्ये लेखराजको घटनास्थलमै र उनकी श्रीमती र छोरीको उपचारका क्रममा कीर्तिपुरस्थित मोडल अस्पतालमा निधन भएको हो । मृतक लेखराज ट्याक्सी चालक रहेको र कोठामा सञ्चित गरेर राखेको पेट्रोल एउटा भाँडोबाट अर्को भाँडोमा सार्ने क्रममा नजिकै रहेको बलिरहेको मैनबत्ती सल्केर अचानक आगो फैलँदा उनीहरु जल्न पुगेका थिए ।

सो आगलागीबाट कोठामा रहेका सरसामानसमेत जल्नुका साथै घरमासमेत क्षति भएको छ । रासस
जाजरकोट, २३ असोज । जिल्लाको खगेनकोट गाविस–६ बगारामा भेरी नदीले बगाउँदा शुक्रबार दिउँसो एक किशोरीको मृत्यु भएको छ भने एर्की बेपत्ता भएकी छिन् ।
नुहाउन गएकी खगेनकोट–८ की १४ वर्षीया जुनमाया सिंहको खोलाले बगाउँदा मृत्यु भएको हो ।
उनको शव बगेको स्थानभन्दा तीन किलोमिटर तल गुनभीरमा फेला परेको थियो ।
जुनमायालाई खोलाले बगाएपछि बचाउन गएकी १५ वर्षीया सुशीला शाही बेपत्ता भएकी प्रहरी नायव उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो । रासस

वि.सं. २०७२ साल असोज २३ गते। शनिबार। इश्वी सन् २०१५ अक्टोबर १० तारिख। नेपाल संवत् ११३५ ञला गा। आश्विन कृष्णपक्ष। तिथि– त्रयोदशी, २४:१५ बजेउप्रान्त चतुर्दशी।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। निराश नहुनुहोस्, केही समय पर्खंदा स्थितिमा सुधार आई अवश्यै उन्नति हुनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहने देखिन्छ। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। नजिकका साथीभाइ टाढिन सक्छन्। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
नयाँ काम सुरु गर्ने समय छ। व्यापारमा मनग्य धनलाभ हुनेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। विशेषगरी दिगो आम्दानी हुने नयाँ रचनात्मक काममा जुट्ने समय छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। रोकिएका काम पुनः सुरु हुन सक्छन्। कृषिक्षेत्रमा अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नसक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन्। लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ। पहिलेको मेहनतबाट प्रतिफल भने पाइनेछ। काम रोकिने, मानसम्मानमा आघात पुग्ने समय छ। फाइदा कममात्र हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। तपाईंलाई अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। नयाँ रचनात्मक काम सुरु गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
खर्च बढ्नुका साथै आर्थिक संकटले सताउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। दण्ड वा जरिवानामा परिने सम्भावना छ। छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ। तापनि, प्रतिस्पर्धाबाट सामान्य फाइदा उठ्नेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
समय उत्साहवर्द्धक रहला। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पितृधन समेत लाभ होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। कृषि तथा पशुपालनमा भने सोचेको लाभ नहुन सक्छ। तापनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। दाम, नाम, इनाम हातपर्ने बेला छ। श्रमको उचित मूल्यांंकन होला। पढाइमा पनि राम्रै प्रगति हुने समय छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
प्रतिष्ठित काम गर्ने मौका छ। मातापिताको सहयोग प्राप्त होला। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम सम्पादन गर्ने समय छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
श्रमपूर्वक समर्पित हँदा पनि कामको मूल्य प्राप्त नहुन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। विविध चुनौती आइलाग्नने समय छ। बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ। धैर्यसाथ कर्तव्यपरायण बन्ने प्रयत्न गर्नुहोला, बिस्तारै श्रमको उपलब्धि हात पार्न सकिनेछ। गोपनीयतामा ध्यान पुर्याउनुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ। समस्या थपिन सक्छन्। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्यगत समस्याले पनि सताउन सक्छ। उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। व्यावसायिक काममा पनि विभिन्न समस्या आउने समय छ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusसुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। कामको चापबाट पनि फुर्सद पाइनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesरोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। तपाईंको ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ।

काठमाडौं : नेपाली कांग्रेसबाट सुशील कोइराला प्रधानमन्त्रीका लागि उम्मेदवार बन्ने भएका छन्।

कांग्रेसका शीर्ष नेताहरुको शनिबार बिहान बालुवाटारमा  बसेको बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। बैठकमा कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सुशीललाई नै निरन्तरता दिनुपर्ने प्रस्ताव गरेका थिए भने रामचन्द्र पौडेलले समर्थन गरेका थिए।

मुलुक विशेष परिस्थितिमा रहेको भन्दै  उनलाई नै निरन्तरता दिने सहमति भएको हो। तर पार्टी केन्द्रीय समितिले आधिकारिक निर्णय गर्न बाँकी छ।

संविधान बनेपछि एमालेलाई सरकारको नेतृत्व दिने भद्र सहमतिअनुसार एमालेले आफूले नेतृत्व पाउनुपर्ने दाबी गर्दै आएको छ। एमालेले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाइसकेको छ।

कांग्रेसको केन्‍द्रीय समितिको बैठक बसेर कोइरालालाई उम्मेदवार बनाउने आधिकारिक निर्णय गर्दैछ।

नयाँ सरकारको नेतृत्व नेपाली कांग्रेसले लिने र सुशील कोइरालाकै नेतृत्वमा जाने सहमति भएको कांग्रेस कार्यलयका सचिव प्रदीप पराजुलीले दिएका छन्।  annapurnapost.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home