काठमाडौं: भूकम्पपछि अवरुद्ध सिन्धुपाल्चोकको तातोपानी र रसुवाको केरुङ नाका सञ्चालनमा ल्याउन चीन सकारात्मक भएको छ।
तराई केन्द्रित दलले विभिन्न माग राखेर नेपाल-भारत सीमा क्षेत्र र राजमार्गमा आन्दोलन गरेका कारण सामान ढुवानीमा समस्या आएपछि तल्कालै यी नाका सञ्चालन गर्न चीन तयार भएको हो।वाणिज्य तथा आपूर्ति मन्त्रालयले दसैं अगावै ती दुई नाका खोल्न चिनियाँ पक्षले हर सम्भव प्रयास गर्ने आश्वासन दिएको जानकारी दिएको छ।
मन्त्रालयका सचिब ङइन्द्रप्रसाद उपाध्यायले सहज रूपमा दैनिक उपभोग्य वस्तु आपूर्तिमा सघाउन चीनले सकारात्मक आश्वासन दिएको बताए। व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले चाड पर्व र दैनिक उपभोग्य वस्तुको आपूर्तिका विषयमा सरोकारवाला निकायसमेतको सहभागितामा बिहीबार आयोजना गरेको बैठकमा सचिव उपाध्यायले दुईवटा नाका छिट्टै सञ्चालनमा आउने चिनियाँ पक्षले आश्वासन दिएको बताए।
काठमाडौंस्थित चिनियाँ दूतावासका कन्सुलरसहितको टोलीले यस्तो आश्वासन दिएको हो। चिनियाँ टोलीसँग बुधबार मन्त्रालयमा नियमित भेटघाटका क्रममा बाटो सुचारु गर्ने विषयमा द्विपक्षीय छलफल भएको थियो।
तराई केन्द्रित दलले विभिन्न माग राखेर नेपाल-भारत सीमा क्षेत्र र राजमार्गमा आन्दोलन गरेका कारण सामान ढुवानीमा समस्या आएपछि तल्कालै यी नाका सञ्चालन गर्न चीन तयार भएको हो।
सचिव उपाध्यायले भूकम्पका कारण अवरुद्ध दुवै नाका सुचारु गर्न चिनियाँ टोलीले आवश्यक सबै सहयोग गर्ने आश्वासन दिएको बताए। 'तराईमा आन्दोलन भइरहेको अवस्थामा भारतीय सीमासँग जोडिएका व्यापारिक नाका प्रभावित भएकाले दैनिक उपभोग्य सामग्री आपूर्ति गर्न कठिन भएको छ' ,सचिव उपाध्यायले भने।
उनले तराईमा भइरहेको आन्दोलनलाई राजनीतिक रूपमा सम्बोधन नगरिए भविष्यमा दैनिक उपभोग्य सामग्रीको ठूलै अभाव व्यहोर्न बाध्य हुनुपर्ने अवस्था आउन सक्ने भन्दै समस्या समाधानका लागि सभासद्हरूसँग आग्रह गरे।
नेपालमा आगामी तीन महिनासम्मका लागि खाद्यन्न मौज्दात छ। उनका अनुसार तातोपानी र केरुङ-रसुवागढी सडक खण्डमा नियमित रूपमा गइरहेको पहिरोका कारण बाटो सुचारु गर्न समस्या परेको छ।
यी सडक खण्डतर्फ चिनियाँ क्षेत्रमा करिब २५ किलोमिटर खण्ड पहिरोले अवरुद्ध पारेको छ। 'पहिरो पन्छाउन सकियो भने तत्कालै यो बाटो सुचारु हुन सक्छ', उपाध्यायले भने, ‘तातोपानी बाटो खुलाउन प्राविधिक रूपले जोखिमयुक्त मानिएकाले चिनियाँ टोलीले केरुङ-रसुवागढी सडक खण्डलाई प्राथमिकतामा राखेर सुचारु गराउने आश्वासन दिएको छ।'
उनले कालोबजारी नियन्त्रणका लागि बजार अनुगमन प्रभावकारी बनाउन सरोकारवाला निकायलाई निर्देशन दिइएको जानकारी दिए।बैठकमा सहभागी सांसद् सुभाषचन्द्र ठकुरी, शम्भुलाल श्रेष्ठ, शान्ता मानन्धर, भेषकुमारी राउत, आदित्यनारायण कसौधन,लीलादेवी श्रेष्ठलगायतकाले वैकल्पिक नाका तत्कालै सुचारु गरेर दैनिक उपभोग्य खाद्यान्न वस्तु, पेट्रोलियम पदार्थ, औषधिलगायतका सामग्री सहज रूपमा ढुवानी गरी आम उपभोक्तालाई राहत दिन सरकारसँग आग्रह गरे।
समितिका सभापति भिष्मराज आङदम्बेले सम्बन्धित निकाय र सरोकारवाला मन्त्रालयसँग समन्वय गरेर दैनिक उपोभोग्य वस्तु सहज बनाउन सरकारलाई निर्र्देशन दिए।
www.annapurnapost.com

पखला लाग्यो भनेको हामीले सुनेका र आफैले पनि भोगेकाले यो रोगमा दिनभरि दिसा लाग्छ, दिसाबाट पातलो पानी जस्तो तरल पदार्थ बग्दछ । यसले मानिसलाई साह्रै दुःख र हैरानी बनाउँदछ ।खासगरी दिनमा तीन देखि चार पटक भन्दा बढी पातलो दिशा लाग्यो भने यो पखाला वा रातो आउ पर्यो भने रातो मासी पनि भनिन्छ |
पखाला रोग लागेको कसरी थाहा पाउने ?
पखला लाग्नुभन्दा पहिला बिस्तारै पेट दुख्नु।
कहिले थोरै गाढा त कहिले पातलो पानी जस्तो दिसा आउनु।
पखाला लाग्दा चौलानी जस्तो सेतो आउ आउनु |
कहिले काही पखाला लाग्दा रातो आउ वा रातो मासी पनि आउँ सक्छ |
दसा आउँदा पातलो भै पानी जस्तो पिचीरीक्क आउनु।
दिशा बसी सके पछी पनि फेरी बसु बसु जस्तो लाग्नु (Tinusmus ) हुनु |
पेटमा दुखे जस्तो हुनु ।
जिब्रोमा सुख्खापन देखिनु।
पानीको प्यास लग्नु।
हिँड्न गाह्रो भै जहाँ पायो त्यहिं बसौँ जस्तो हुनु।
पखाला लाग्नुको कारण:-
मौसमको परिवर्तनको कोरणले‚ कहिले तोतो र कहिले चिसो हुनाले ।
सडे गलेको बासी ढुसी परेको खानेकुरा खानाले ।
आफ्नो पाचन शक्तिले पचाउन नसक्ने खानेकुरा खाएमा ।
पचाउन नसक्ने खानेकुरा तेलमा तारेको भुटेको, भट्मास, चिल्लो खानेकुरा, धेरै नुनिलो, धेरै पिरो र मसला धेरै भएको खानेकुराले गर्दा ।
खाना खँदा धेरै खानु पहिला खाएको खानेकुरा नपच्दै खाना खानु ।
दूषित पानीको प्रयोगले पेटमा जुका परेको कारणले ।
मुख्य कारण साबुन पानीले हात नधोइकन खाना खानाले ।
पखाला लाग्यो भने के खाने त ?
जीवनजलको पानी सकेसम्म पिउने ।
खाना खाँदा भात, दही अथवा नरम खालको जाउले खानु पर्छ ।
झोलिलो पदार्थ जस्तै चामलको चौलानी, मसुरोको दाल अथवा कुनै गेडागुडीको रस बनाएर पिउनु पर्दछ ।
लौकाको तरकारी अथवा दहि फिटेर खाने ।
जुसमा कागती,अनार, मौसम, सुन्तलाको रस खाने ।
जीवनजल नभएको खण्डमा एक चम्चा चिनी र एक चिम्टी नुन मिसाएर पानी बनाई पिउने ।
काँक्रो अथवा पाकेको मेवा, गुलियो स्याउदाना खानुपर्दछ ।
अहिले बजारमा सर्वत्र पाइने बेलको सर्वत बनाएर खाँदा पनि हुन्छ ।
बजार मा धेरै थरिका झाडा पखालाका औषधि पाइन्छ तर दिशा चेक गरेर मात्र औषधि खाए राम्रो हुन्छ यदि हामि कहाँ ल्याब को ब्यबस्था छैन भने हामीले (MetronDF500 mg ) ठुलो मान्छे हरु को लागि खान सकिन्छ | बच्चा हरु को लागि पनि यसैको झोल औषधि मात्र मिलाएर खुवाउन सकिन्छ तर स्वास्थ्यकर्मी लाइ सल्लाह गरेर खाँदा राम्रो हुन्छ |
पखाला लागेमा कस्तो खानेकुराहरु नखाने ?
पेयपदार्थको रक्सी, चिया, कफी र दुध नपिउने ।
फ्रिजमा राखेको खानेकुरा बाहिर निकालेर तुरुन्तै नखाने ।
अमिलो अचार, आलु, भान्टा कोभी नखाने ।
सलादमा केही समय पहिल्यैदेखि काटेर राखेको सलाद नखाने ।
झिंगा बसेको खुल्ला नछोपिकन राखेको धुलो मैलो परेको खानेकुरा नखाने ।
बांसी र सडेगलेका खानेकुरा हरु नखाने |
झाडापखालाको रोकथाम कसरी गर्ने ?
पिउने पानी उमालेर सेलाएपछि मात्र पिउने ।
पेटलाई तातो कपडाले छोपेर राख्ने ।
खाना खानु भन्दा पहिले हातलाई राम्रोसँग साबुनपानीले धोएर मात्र खाने ।
हातको नङहरु समय समयमा काटी रहने ।
घरेलु औषधीको रुपमा प्याजलाई पिधेर नाइटोनेर लेप बनाएर लगाउने ।
दिसा पिसाबलाई रोकेर नराख्ने ।
कहिले काही चिसोको कारणले गर्दा पनि झाडा पखाला लाग्ने भएकाले चिसो बाट बच्नु नै राम्रो कुरा हो ।
बासि र सडेगलेका खाने कुरा हरु नखाने |
तरकारी हरु पखालेर वा काँचो तरकारी लाइ तातो पानीले धोएर खाएमा राम्रो हुन्छ ।
आदरणीय मित्र हरु झाडापखाला लाग्ने सबैभाना मुख्य कारण पानि ले गर्दा हुने भएकाले पानि शुद्दीकरण र उमालेर खानाले झाडापखाला लाग्ने ९० % कारण बाट बच्न सक्छौ ।
www.etajakhabar.com

काठमाडौँ, ८ असोज - अमेरिकामा आइतबार राती र नेपालमा सोमबार करीब बिहान ५:४५ बजेको समयमा आकासमा दुर्लभ खगोलीय दृश्य देख्न पाइनेछ।
‘सुपरमुन’को साथमा पूर्ण चन्द्र ग्रहण हुनेछ। प्राचीन मान्यता अनुसार यो ‘सुपर ब्लडमुन’ को सम्भावित प्रलयको अशुभ संकेत मानीन्छ। यसभन्दा पहिले ‘सुपरमुन’ सँगै पूर्ण चंद्रग्रहण ३३ बर्ष अगाडी भएको थियो र पछिल्लो ११५ सालमा यस्तो मात्र पाँच पटक भएको छ।
किन र कहिले चन्द्रमा रातो देखिन्छ ?
‘सुपर ब्लडमुन’ त्यो अवस्थामा देखिन्छ जब चन्द्र ग्रहण र जब चन्द्रमा आफ्नो कक्षमा पृथ्वीको नजिक बिन्दुमा हुन्छ। चन्द्रमा जब पृथ्वीको ठीक पछाडी छायामा आउँछ उसको रङ गहिरो रातो हुँदै जान्छ किनकी, चन्द्रमामा केबल पृथ्वीको वायुमण्डल हुँदै सुर्यको प्रकाश पुग्छ।
के हो सुपर मुन भनेको ?
सुपरमुन भन्नाले अन्य अवस्थामा भन्दा चन्द्रमाको आकार ठूलो हुनु हो। यस्तो त्यो अवस्थामा हुन्छ जब चन्द्रमा अरु अवस्थामा भन्दा नजिक हुन्छ। नासाको बैज्ञानिक नोआह पेट्रो भन्छन्, चन्द्रमाको कक्ष पूर्ण रुपले गोलो छैन यसकारण चन्द्रमा कहिले काँहि आफ्नो कक्षमा घुम्दै गर्दा अपेक्षाकृत पृथ्वीको धेरै नजिक आउदछ। चन्द्रमाको आकारमा कुनै परिवर्तन भएको हुँदैन तर त्यहि नजिक भएको कारण सामान्य अवस्था भन्दा त्यस दिन १४ प्रतिशत ठूलो देखिने छ।
३३ बर्ष पछि यो दुर्लभ संजोग
यो पटक असामान्य कुरा यो छ कि सुपरमूनको साथमा पूर्ण चन्द्र ग्रहण पनि पर्दैछ। यस्तो खाले घटना १९०० पछि १९१०, १९२८, १९४६, १९६४ र १९८२ गरी पाँच पटक मात्र भएको छ। soucer dcnepal.com

काठमाडौं, ८ असोज । डन कुमार श्रेष्ठ ‘घैंटे’ को इन्काउन्टरपछि ठूला नेताको संरक्षणमा रहेका गुण्डा नाइकेहरु बिदेश भागिसकेका छन् ।
र, राजधानीमा सधैं उग्र गतिविधि गर्दै आएका चक्रे मिलन ‘मिलन गुरुङ’ भने काठमाडौंमै रमाएर बसेका छन् । उनी कहिले गोरखा त कहिले काठमाडौं आवत जावत गरिरहने गरेको समचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।
स्रोतका अनुसार महाराजगञ्ज क्षेत्रमा चक्रेको गतिविधिहरु अझै जारी छन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले उनका लागि पैसा उठाउने ५ जनालाई पक्राउ गरी थुनेको छ ।
तर चक्रे र उनका भाई तेजेन्द्र गुरुङलाई भने केही गरेको छैन । राजनीतिक संरक्षण मात्र नभई प्रहरीहरुसँगको निकटता पनि चक्रे नभाग्नुको कारण हो ।
स्रोतका अनुसार महानगरीय अपराध महाशाखाका एक डिएसपी चक्रेका साथी हुन् । ति डिएसपी कै कारण चक्रे निर्धक्कका साथ काठमाडौंमा बस्दै आएका छन् ।
चक्रे जेलमा बस्दा समेत सहयोगी परिचलान गरी पैसा उठाउने व्यक्ति हुन् । लागूऔषध मुद्दामा केन्द्रीय कारागारमा रहँदा उनले हाउजीङ कम्पनीको एक्साभेटर समेत जलाउने र खुकुरी हान्न सहयोगी परिचालन गरेका थिए ।
गत वर्ष मात्र जेलबाट छुटेका उनी अझै सुध्रिएका छैनन् । एमाले नेताहरुको पनि उनलाई संरक्षण छ ।
यूवा संघ र अनेरास्ववियूका नेताहरुलाई नियमित सहयोग गरेर उनी आफ्नो पक्षमा बोल्न लगाउने गर्दछन् । त्यही कारण गृहमन्त्री वामदेव गौतमले पनि चक्रेलाई केही नगर्न निर्देशन दिएको स्रोत बताउँछ ।
तर, अहिलेको अवस्थामा गुण्डाहरुलाई नेताहरुको सिफारीस चल्न छाडेको छ । धेरै नेता र प्रहरी अधिकारीहरुकै संरक्षणमा रहेका घैंटे समेत मारिएपछि नेताको सिफारीस प्रहरीले मान्न छाडेको छ ।
dainiknepal.com

काठमाडौं: साउदी अरेबियास्थित मुस्लिमहरूको पवित्र स्थल मक्कामदिनामा हज गर्न गएका चार नेपालीको बिहीबार मृत्यु भएको छ।
मक्कामदिनाबाट केही किलोमिटर पूर्व मिना भन्ने स्थानमा बिहीबार बिहानै भागदौड हुँदा किचिएर तीनजनाको मृत्यु भएको हो। त्यस्तै सुनसरी घर भएका एक हजयात्रीको बसेकै स्थानमा बिहीबार मध्याह्न मृत्यु भएको छ।
साउदी अरेबियाका लागि नेपालका कार्यवाहक राजदूत आनन्द शर्माले टेलिफोनमा दिएको जानकारीअनुसार मक्कामदिनानजिक भागदौडमा परी मृत्यु भएका नेपालीमा पर्साका जाकिर हुसैन, बाराका इजहार मियाँ र सुलेमानिया छन्।
शर्माले सुनसरी घर भएका मृतक नेपालीको भने पहिचान खुल्न बाँकी रहेको बताए। अर्का एक नेपाली हजयात्री भागदौडमा परी घाइते भएका छन्।
गृह मन्त्रालयअन्तर्गतको केन्द्रीय हज समितिको संयोजनमा गत भदौ २२ देखि २९ गतेसम्म एक हजारजनाभन्दा बढी नेपाली मुस्लिम हजयात्री मक्कामदिना गएका थिए। हजयात्री लिएर गएका केन्द्रीय हज समितिका अध्यक्ष ताजमोहम्मद मियाँले भागदौडमा परी नेपालीको मृत्यु भएको जानकारी बिहीबार अपराह्न रियादस्थित नेपाली दूतावासलाई गराएका थिए।
हज गर्न जाँदा मृत्यु भएकाहरूको अन्तिम संस्कार मुस्लिम परम्पराअनुसार मक्कामदिनामै गर्ने चलन छ। कार्यवाहक राजदूत शर्माले हजमा मारिएका नेपालीका नेपालस्थित आफन्तलाई यसबारे जानकारी गराइने बताए।
रोयटर्सका अनुसार उक्त भागदौडमा परी विश्वका विभिन्न मुलुकका झन्डै आठ सय हजयात्रीको मृत्यु भएको छ। त्यस क्रममा आठ सयभन्दा बढी घाइते भएका छन्। यसैबीच प्रधानमन्त्री सुशील कोइरालाले मक्कामदिनामा भागदौड हुँदा हजयात्रीको मृत्यु भएकोमा दुःख व्यक्त गरेका छन्।
साउदी राजा सलमानलाई सन्देश पठाउँदै कोइरालाले दुःखद् घटनामा निधन भई जीवन गुमाएका तीर्थयात्रीका परिवारमा व्यक्तिगत, सरकार र नेपाली जनताका तर्फबाट गहिरो समवेदना प्रकट गरेको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले बताए। कोइरालाले उक्त घटनाबाट आफू मर्माहत भएको पनि उल्लेख गरेका छन्।

संकल्प प्रस्ताव पारित गरी संविधान संशोधन
काठमाडौं: डेढ महिनादेखि आन्दोलनमा होमिएका मधेसी र थारूहरूको माग सम्बोधनका लागि संसद्ले विशेष संकल्प प्रस्ताव पारित गर्नुपर्नेमा तराईबाट प्रतिनिधित्व गर्ने सांसद्हरूले जोड दिएका छन्।
'आन्दोलनमा रहेका समूहको माग पूरा गर्ने प्रतिबद्धताका साथ तत्काल संसद्को बैठक आह्वान गरी संकल्प प्रस्तावमार्फत संविधान संशोधनतर्फ जानुपर्छ', उनीहरूले भने।
संसद् सचिवालय स्रोतका अनुसार संसद् बैठक ९ गते डाक्ने तयारी भएको छ।नयाँ संविधानका पक्षमा मतदान गर्ने कांग्रेस, एमाले र एमाओवादीका मधेस र थरुहट क्षेत्रका सांसदले बिहीबार अन्नपूर्णसँग कुरा गर्दै भने, 'आन्दोलनमा सहभागी र आन्दोलनबाट पीडितको माग पूरा गर्न प्रमुख तीन दलको ध्यान जानुपर्छ।'
'प्रमुख तीन दलका शीर्ष नेताले आन्दोलनकारीसँग मात्र वार्ता गर्दा मधेस र थारूले उठाएको विषयले निकास पाउँदैन । त्यसैले मधेसका स्टेक होल्डरसँग नै वार्ता गर्नुपर्छ', उनीहरूले भने।
मुलुकको एकता, अखण्डता र सार्वभौमसत्ता रक्षाका लागि तीन दलका शीर्ष नेताको ध्यान मधेस र थारूको दीर्घकालीन हितका लागि वार्ताको वातावरण बनाउन संसद्को पहिलो बैठकबाट संकल्प प्रस्ताव पारित गरी संविधान संशोधनमा जानुपर्ने उनीहरूले बताए।
प्रमुख तीन दलका शीर्ष नेताले आन्दोलनकारीसँग मात्र वार्ता गर्दा मधेस र थारुले उठाएको विषयले निकास पाउँदैन।
सीमांकन, समानुपातिक र समावेशी निर्वाचनप्रणाली, नागरिकताका विषयमा गम्भीर भई सेना फिर्ता गरी मधेसी मोर्चा र थारूसँग वार्ता गर्न विशेष समिति बनाउनुपर्ने उनीहरूले बताए।कांग्रेस सांसद तेजुलाल चौधरीले विशुद्ध जनताको आन्दोलन भएकाले मधेस प्रदेश र थारू प्रदेश घोषणाबिना अन्त्य नहुने बताए।
उनले भने, ‘संविधान संशोधन प्रस्ताव ल्याई माग सम्बोधन गर्ने आश्वासन पाएकाले सत्तारूढ दलका सभासद्ले संविधान पारित गर्न सघाएका हुन्।'एमालेका वैकल्पिक पोलिटब्युरो सदस्य शत्रुघ्न महतोले आन्दोलनमा सहभागी र आन्दोलनबाट पीडित पक्ष 'स्टेक होल्डर' को माग पूरा गराउने कार्यमा राज्य लाग्नुपर्ने सुझाव दिए।
मधेसीसँग विगतमा राज्यले गरेको सम्झौता कार्यान्वयन एवं सीमांकनका विषयमा सत्ता पक्ष विशेष गृहकार्यका साथ अघि बढ्नुपर्नेमा उनले जोड दिए। एमाओवादीका सभासद् मानबहादुर थारूले संसद्को पहिलो बैठकमै मधेसी र थारूको माग पूरा गर्न विशेष संकल्प प्रस्ताव पारित गरी संविधान संशोधनमा जानुपर्ने बताए।
सीमांकनमा ख्याल नगर्दा मुलुक संकटमा फसेको थारूले बताए।थारू आन्दोलन दबाउन अखण्ड सुदूरपश्चिम पक्षधरको आन्दोलन र प्रमुख दलका ठूला नेताको थारूविरोधी गतिविधिसमेत अहिलेको अवस्था आउनुमा जिम्मेवार रहेको उनले बताए।
annapurnapost.com

वि.सं. २०७२ साल असोज ८ गते। शुक्रबार। इश्वी सन् २०१५ सेप्टेम्बर २५ तारिख। नेपाल संवत् ११३५ ञला थ्व। भाद्र शुक्लपक्ष। तिथि– द्वादशी, १५:४१ बजेउप्रान्त त्रयोदशी। नक्षत्र– धनिष्ठा, २४:४५ बजेउप्रान्त शतभिषा।
उपप्रा. लक्ष्मीप्रसाद बराल
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesकामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ। मेहनत गर्दा कीर्तिमानी काम सम्पादन हुन सक्छ। विभिन्न अवसर पाइनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। मध्याह्नदेखि सरसापटमा धन खर्च हुन सक्छ। आम्दानी बिगार्नेहरू सक्रिय हुनेछन्। प्रलोभनले आफ्नो स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusसमुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। कीर्तिमानी काम सुरु गर्ने समय छ। धेरैले साथ दिनेछन्। मध्याह्नपछि काम गर्ने अवसर मिले पनि प्रतिफल हात पार्न नसकिएला। आशा देखाउनेहरूले धोका दिन सक्छन्। लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiकाम बिग्रने भयले सताउला। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ। मध्याह्नपछि सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन्। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। मंगलमय कृत्य सम्पादन गर्ने वा तीर्थाटनको योग छ। भाग्योन्नतिको समय छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerकेही समस्या देखिए पनि दिन मनोरञ्जनपूर्ण रहनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। सोख पूर्तिका लागि खर्च बढ्ला। मध्याह्नपछि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्यगत समस्याले पनि सताउन सक्छ। उपचारमा खर्च हुनेछ। स्वास्थ्य, महत्वपूर्ण काम र आर्थिक गतिविधिमा सचेत रहनुहोला।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoकाममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला। तापनि, प्रयत्न गर्दा शत्रुहरूलाई तह लगाउन सकिनेछ। रोकिएका काम बन्नुका साथै धेरै योजना फलीभूत हुनेछन्। मध्याह्नपछि पतिपत्नीमा पनि अविश्वास बढ्न सक्छ। व्यवसायतर्फ सामान्य आम्दानी भइरहनेछ। हठ गर्ने बानीले दुःख पाइएला। यात्रामा पनि धनमाल हराउन सक्छ, सचेत रहनुहोला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoसुखद समाचारले अझ उत्साह बढ्नेछ। पढाइलेखाइमा प्रगति हुनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। रचनात्मक कार्यमा जुट्नाले प्रशस्तै फाइदा हुनेछ। गुरुजनको विशेष सहयोग जुट्नेछ। मध्याह्नपछि आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्। सरकारी कडिकडाउको सिकार भइनेछ। फाइदाका लागि योजनाहरू गोप्य राख्नुहोला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraपरिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ। भूमि तथा मातृधनबाट लाभ लिने समय छ। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ। महत्वाकांक्षी योजना फलीभूत होलान्। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। कामबाट प्रतिष्ठा मिल्नेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioउद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिस्पर्धी परास्त होलान्। आम्दानी राम्रैगरी बढ्नेछ। सहयोगीहरूले पनि साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। पराक्रम र उत्साह बढ्नेछ। मध्याह्नपछि अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ। विगतका कमजोरीलाई सुधार गर्ने मौका छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusविचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ। मध्याह्नपछि नयाँ काम सुरु भए पनि सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिन सक्छन्।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornइच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। मनग्य धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले साथ दिनेछन्। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusसुरुमा खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। चुनौतीहरू पन्छाउ“दै रोकिएका काम बनाउन सकिनेछ। छर–छिमेकमा असमझदारी बढ्ने योग देखिए पनि मध्याह्नपछि स्थितिमा सुधार आउनेछ। प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। पारिवारिक भेटघाटले खुसियाली छाउनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesगरेका कामबाट प्रशस्त धन लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। पढाइलेखाइमा प्रगति हुनेछ। नयाँ ज्ञान प्राप्त हुने योग छ। पारिवारिक आवश्यकता पूर्ति होला। मध्याह्नदेखि केही मात्रामा खर्च बढ्न सक्छ। तापनि, दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ।