• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौँस्थित अमेरिकन दुतावासमा ‘ब्रोडकास्ट एण्ड सोसल मिडिया असिस्टेन्ट’ पदमा जागिर खुलेको छ।

इच्छुक आवेदकहरुले दुतावासको यो लिंकमा क्लिक गरेर पुरा जानकारी लिन र आवेदनको प्रक्रिया सुरु गर्न सक्नेछन्।

यहाँका राजनीतिक विश्लेषकका अनुसार दुवै मोर्चाबीच आन्दोलनको नेतृत्व कसले लिने भन्ने होडबाजीका कारण वीरगन्ज तनावग्रस्त बनेको हो।
भाद्र २२, २०७२- वीरगन्जमा दुई मधेसी मोर्चाबीच टकरावका कारण आन्दोलन अराजक भएको निष्कर्ष स्थानीयले निकालेका छन्। दुई मोर्चाबीच आन्दोलन चर्काउने होडबाजी भएपछि स्थिति हिंसात्मक हुन पुगेको हो। सुरु भएको १६ दिनसम्म शान्तिपूर्ण रहेको आन्दोलन एक साताअघि हिंसात्मक भएर पाँच जनाको ज्यान गएको थियो।


यहाँका राजनीतिक विश्लेषकका अनुसार दुवै मोर्चाबीच आन्दोलनको नेतृत्व कसले लिने भन्ने होडबाजीका कारण वीरगन्ज तनावग्रस्त बनेको हो। आन्दोलन सुरु भएयता दलका स्थानीय नेता–कार्यकर्ता प्रदर्शनमा सहभागी हुने गरेका थिए। बिहान टायर बाल्ने, नाराबाजीसहित सहर परिक्रमा गर्थे। प्रत्येक दिन साँझ घण्टाघरमा कोणसभा गरी घर फर्कन्थे। बैंक तथा वित्तीय संस्था खुलेकाले आर्थिक कारोबार चलेकै थियो। राति भन्सारबाट निर्बाध रूपमा इन्धन बोकेका ट्यांकर, एलपीजी ग्यासका बुलेट, औद्योगिक कच्चा पदार्थ र मालवाहक गाडी भित्रिरहेका थिए। अधिकांश उद्योग सञ्चालनमा थिए। भदौ १३ गते साँझ वीरगन्जको नगवाबाट सुरु भएको झडप, तोडफोड पुरै सहरभरि फैलियो। स्थिति नियन्त्रणमा नआएपछि प्रशासनले भदौ १५ गते अपराह्न साढे २ बजेदेखि वीरगन्जलाई दंगाग्रस्त क्षेत्र घोषणा गर्‍यो।

संयुक्त लोकतान्त्रिक मोर्चामा आबद्ध संघीय समाजवादी फोरमका प्रदीप यादव, संघीय समाजवादी मोर्चामा आबद्ध राजेशमान सिंह, शशिकपुर मियाँबीचमा स्थानीय स्तरमा राजनीतिक र युवा परिचालनमा प्रतिस्पर्धा हुँदै आएको थियो। यसअघि उद्योगीसँग आर्थिक सहयोग लिएर बन्दको क्रममा उद्योग चलाउन दिएको, प्रहरी प्रमुखसँग मिलेर आन्दोलन नचर्काएको आरोप संघीय समावेशी मोर्चाले संयुक्त लोकतान्त्रिक मोर्चाका नेतामाथि आरोप लगाउँदै आएका थिए। संघीय मोर्चाका संयोजक सरिफ मियाँले आर्थिक सहयोग लिएर आन्दोलन चर्काएको आरोप घण्टाघर मञ्चबाटै लगाएपछि संयुक्त लोकतान्त्रिकका प्रदीपसँग चर्काचर्की भएको थियो। दुवै पक्षबीच हात हालाहालको स्थिति सिर्जना भएको थियो।

दुवै मोर्चाका माग एउटै भए पनि वीरगन्जमा विभिन्न मधेस केन्द्रित दलहरू संयुक्त लोकतान्त्रिक मोर्चा र संघीय समावेशी मोर्चामा विभाजित भएर आन्दोनरत थिए। संघीय समाजवादी फोरम, तमलोपा, सद्भावना, तमसपा संयुक्त मोर्चामा आबद्ध थिए। अनिल झाको सद्भावना, मात्रिका यादवको माओवादीलगायत ११ दल संघीय समावेशी मोर्चामा गोलबद्ध थिए। दुवै मोर्चाले घण्टाघर चोकमा छुट्टाछुट्टै मञ्च बनाएर आन्दोलन हाँकिरहेका थिए।

शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरी प्रहरीलाई ढुंगा हिर्काएको भन्दै गत भदौ ६ गते संयुक्त मोर्चामा आबद्ध रहेको संघीय समाजवादी फोरमका प्रदीपले १ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। १६ बुँदे समझदारीको एक हस्ताक्षरकर्ता दल फोरम लोकतान्त्रिकले आन्दोलनमा जाने निर्णय गरेपछि स्थानीय नेतृत्वले संघीय समावेशी मोर्चामा सहभागी भएर आन्दोलन गर्ने निर्णय गर्‍यो। शरतसिंह भण्डारीको पार्टी राष्ट्रिय मधेस समाजवादी पार्टीले सोही मोर्चामार्फत आन्दोलनमा होमियो। उसले संयुक्त मोर्चाभन्दा कडा आन्दोलन गर्ने भन्दै खुल्ला रहेका उद्योग बन्द गराउने र प्रहरीले इन्धन, मालवाहक सवारी एस्कर्टिङ गर्ने बाइपास सडकमा धर्ना दिने गर्न थाल्यो। बन्दको १६ औं दिन साँझ समावेशी मोर्चाले नगवास्थित बाइपास सडकमा टेन्ट गाडेर विरोधसभा आयोजन गर्‍यो। सभा सम्पन्न भएपछि सुरक्षाकर्मीले टेन्टमा रहेका नेता/कार्यकर्तालाई हटाउन खोज्दा तनाव सुरु भयो। फोरम लोकतान्त्रिकका मियाँ र  फोरम नेपालका जिल्ला अध्यक्ष प्रदीपले भने होडबाजीले आन्दोलन अराजक भएको अस्वीकार गरे ।kantipur.ekantipur.com
गजुरी (धादिङ), २२ भदौ । भीमढुङ्गा–लामिडाँडा सडकअन्तर्गत धादिङ जिल्लाको जीवनपुर गाविस–५ चिउरीबोट नजिकै सोमबार भएको दुर्घटनामा मृत्यु हुने सबै छ जनाकै सनाखत भएको छ ।

इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक प्रेमबन्धु पोखरेलका अनुसार जीवनपुर गाविस–५ का प्रताप तिमिल्सिना, ५५ वर्षीया ठुली तामाङ र ४० वर्षीया प्रमिला ढुङ्गानाको घटनास्थलमै मृत्युभएको हो ।

यसैगरी उपचारको क्रममा काठमाडौँका ट्रमा सेन्टरमा १५ वर्षीया अन्जु तामाङ, आर्य हस्पिटल छाउनीमा ८५ वर्षीया कान्छी रेग्मी, सिटीसेन्टर कलङ्कीमा १९ वर्षीया रन्जीता ढुङ्गानाको मृत्यु भएको हो ।

चालीस जना यात्रुमध्ये ३४ जना घाइते भएका छन् । घाइतेमध्ये सिटी सेन्टरमा तीन, वीर अस्पतालमा १३, न्यूरो अस्पतालमा पाँच, बिएन्डबीमा पाँच, स्टार अस्पतालमा एक जनाको उपचार भइरहेका छन् ।

गोदावरीमा १२ वर्षे मेला भरेर फर्किएका तीर्थालु चढेको बा२ख २३२१ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको थियो ।

तीर्थयात्राका निम्ति चक्रपथमा गुड्ने बस रिजर्भ गरेर गाउँभरिका मानिस जम्मा भएर गोदावरी पुगेका थिए । चालकलाई बाटोको ज्ञान नहुँदा साँघुरो बाटोमा तीव्र गतिमा गुडेको बस अनियन्त्रित भई पल्टिएको स्थानीयवासी बताउँछन् । रासस
www.etajakhabar.com
काठमाडौं भदौ २२ ।  रोजगार अनुमति प्रणाली  (इपिएस) मार्फत दक्षिण कोरियामा कार्यरत नेपालीले हुन्डीमार्फत रकम पठाए पुनः अर्कोपटक कोरिया जान नपाउने भएका छन् । कोरियाबाट गैरबैंकिङमाध्यम (हुन्डी) मार्फत बढी रेमिट्यान्स भित्रिन थालेपछि सरकारले यस्तो व्यवस्था ल्याउन लागेको हो ।

इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले इपिएसमार्फत गएका कामदारलाई बैकिङ च्यानल प्रयोग गर्न यस्तो बाध्यात्मक व्यवस्था गर्न लागिएको जानकारी दिए ।

‘कोरियामा रहेका धेरैजसो नेपालीले अत्यधिक जोखिम मोल्दै हुन्डीमार्फत कारोबार गरिरहेका छन्,’ उनले भने,‘कोरियाबाट जति रकम आउनुपर्ने थियो, त्यसको १० प्रतिशत पनि बैंकमार्फत भित्रिएको देखिएन, हुन्डी कारोबार कामदारकै लागि पनि जोखिम छ र यसले राज्यको अर्थतन्त्रमा पनि नोक्सानी भइरहेको छ ।’ आजको कारोबार दैनिकमा खबर छ ।
www.etajakhabar.com
काठमाडौँ, २२ भदौ । अन्तर्राष्ट्रिय साक्षरता तथा ३६ औँ राष्ट्रिय शिक्षा दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालिकाले वञ्चित हुन् नपरोस्’ भन्ने आदर्श वाक्य (नारा) का साथ विसं २०३१ बाट मनाउन थालिएको राष्ट्रिय शिक्षा दिवसको यस पटकको नारा ‘दिगो विकासका लागि गुणस्तरीय शिक्षा, सबैका लागि सुरक्षित शिक्षण संस्था’ रहेको छ ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को० ले आठ सेप्टेम्बरलाई अन्तर्राष्ट्रिय साक्षरता मनाउँदै आएको छ । युनेस्कोले यस वर्षको नारा ‘साक्षरता र दिगोपना’ तय गरेको छ । युनेस्को मुख्यालयमा दुईदिने विशेष उत्सवसहित अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइनेछ ।

नेपालमा पछिल्ला दशकमा दुवै दिवसलाई एकै दिन मनाउन थालिएको हो । दिवसका अवसरमा आज बिहान राष्ट्रपति डा रामवरण यादवले नेपाल विद्याभूषण प्राप्त गर्ने विद्यार्थीलाई पदक वितरण गर्नुभयो भने दिउँसो सांस्कृतिक गतिविधिसहित उत्कृष्ट विद्यालय, सामुदायिक अध्ययन केन्द्र, शिक्षाकर्मी र विद्यार्थी पुरस्कृत गरिने कार्यक्रम छ ।

दिवस मनाउन शिक्षामन्त्री चित्रलेखा यादवको अध्यक्षतामा १११ सदस्यीय मूल समिति गठन गरिएको छ । दिवसका अवसरमा साक्षरता निबन्ध प्रतियोगिता, टेलिभिजन संवाद, रेडियो सन्देश, चियापनजस्ता गतिविधि पनि गरिनेछन् ।

विसं २०६८ को जनगणनामा ६५ प्रतिशत साक्षरता दर रहेकामा हाल ९२ प्रतिशत पुगेको सरकारी तथ्याङ्क छ ।

रुपन्देही, भदौ २२ ।  रुपन्देहीकी एक साहाशी युवतीले ३ जना लुटेराको एक्लै प्रतिकार गरेकी छिन् ।

घरमा युवतीलाई मात्रै देखेर लुटपाट मच्याउन थालेका लुटाराको असैह्य प्रवृत्तिलाई हेर्न नसकेपछि १८ वर्षकी रोशनी पौडेलले एक्लै सामना गर्ने आँट गरिन् । तर लुटेराको चक्कुप्रहारबाट उनी घाइते बन्न पुगिन् ।

उनको दुबै हातमा चोट लागेको छ । लुटेराले गरगहना सहित नगद लुट्ने प्रयास भने उनले असफल पिारिन् । लुटेराले ३० हजार रुपैयाँ भने चोरेर लगेका छन् । उनीहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
www.etajakhabar.com
हेल्लो शुभप्रभात आज वि.सं. २०७२ भाद्र २२ गते मङ्गलबार तदनुसार ई. सं. २०१५ सेप्टेम्बर ०८ तारिख भाद्रपद कृष्ण दशमी, पुनर्वसु नक्षत्र, मिथुन राशिको चन्द्रमा, व्यतिपात योग, बालब करण आजको व्रत/पर्व : शिक्षा तथा साक्षरता दिवस, निजामती सेवा दिवस भोलिको व्रत/पर्व : अजा एकादशी व्रत, भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि),

आजको राशिफल

Aries Rashifal  मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुनेछ । भोजभतेर खानपिन जस्ता सामाजिक कार्यमा सहभागी हुनु पर्नेछ । दीघकालिक फाइदाका लागि गरिएको प्रयास सार्थक हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ र स्वास्थ्यमा कुनै समस्या देखिने छैन । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Taurus Rashifal बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

दैनिक आम्दानीका मार्गमा बृद्धि हुनेछ, तर मानप्रतिष्ठा र ख्यातिमा आँच आउने सम्भावना छ । घुमघाम र भेटघाटका लागि मन लालायित हुनेछ, तर समय निकाल्न धौधौ हुनेछ । छरछिमेकी, कुटुम्ब वा नातागोताको काममा संलग्न हुनुपर्ने छ, तर सरसहयोग गरे पनि असन्तुष्टि बढ्न सक्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 Gemini Rashifal मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

नयाँ कामको लागि नयाँ अवसर आउनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन आकर्षित हुनेछ । मन त्यसैत्यसै फुरुङ्ग हुने समय छ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । घरपरिवारमा राम्रो छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 Cancer Rashifalकर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

खर्च बृद्धि हुने समय चल्दैछ । नकारात्मक र निराशाजनक भावनाले दुखित भइने छ । चिन्ता, शंका र छट्पटीले मानसिक तनाव हुनसक्छ । अशुभ समाचार सुन्नु पर्ने हुन्छ । नयाँ कामका निम्ति शरीरमा उत्साह आउने छैन, निर्णय क्षमतामा कमी भएको अनुभूति हुनेछ, मनमा दोधारको अवस्था सिर्जना हुनेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 Leo Rashifal सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । काममा तल्लीनता दिन सकेमा सफल भइने छ । धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला । नोकरी गर्नेले मानसम्मान पाउने छन् । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Virgo Rashifal कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

स्वास्थ्यस्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ । पारिवारिक सुखसम्मृद्धिमा बृद्धि हुनेछ । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 Libra Rashifal तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

संयमताका साथमा समय यापन गर्नु श्रेयस्कर हुनेछ, आजको दिन भाग्यमा रहेको चन्द्रमा कमजोर छ । अर्काको भर पर्नुभन्दा पनि आफ्नै प्रयासमा गरिएका कामले फाइदा हुनेछ । धार्मिक, सामाजिक र पारमार्थिक काममा खटिनु पर्नेछ, तर विवादबाट टाढा रहनु होला । साँझपख शुभ समाचार आउन सक्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Scorpio Rashifal  बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

आज चोटपटकको भय हुनेछ । बिनापत्ताको आरोप व्यहोर्नु पर्छ । बोलीको प्रतिकूल एवं विपरीत अर्थ लाग्ने हुँदा सचेतता एवं संयमता अपनाउनु अत्यावश्यक छ । पछाडि कुरा काट्नेहरूले षड्यन्त्रको तानाबुना रच्ने प्रयास गर्नेछन् । नजिकैका मित्रले समेत तपाईंको भावनालाई बुझ्न सक्दैनन् । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Sagittarius Rashifal धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

स्वास्थ्यस्थितिमा अनुकूलता आउनेछ । काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ, आम्दानी बढ्न सक्छ । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ । मेजमानीको अनुकूलता प्राप्त हुनेछ । दाम्पत्यसम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने बेला छ । परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Capricorn Rashifal मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने मौका छ । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना छ । मिष्ठान्न भोजनको अवसर आउने छ, तर आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Aquarius Rashifal कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

सन्ततिका क्रियाकलापमा सामान्य समस्या देखिन सक्छन् । जानकार व्यक्ति वा गुरुजनले सहयोग गर्नाले आत्मबल बढ्ने छ । बन्दव्यापारबाट लाभ नै हुनेछ । पठनपाठन र चिन्तनमननमा ध्यान केन्द्रित हुनसक्छ । पारिवारिक सहयोग र सद्भावमा कमी आए पनि आफैंले गरेको निर्णय फलदायी हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 Pisces Rashifal मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

घरगृहस्थीमा धेरै समय खर्चनु पर्ने योग छ । वैदेशिक रोजगारी गर्नेेहरूले आज घरायसी कुरा सम्झेर दिन बिताउने छन् । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउनसक्छ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । मातापितासँगको सम्बन्धमा समेत निराशा भाव आउनसक्छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । (द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।

Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home