काठमाडौं : प्रधानमन्त्री सुशील कोइरालाले विश्वमा सबैभन्दा होचा व्यक्तिको रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा कीर्तिमान कायम गरेका चन्द्रबहादुर डाँगीको उपचारको क्रममा अमेरिकामा निधन भएको खबरले म मर्माहत भएको बताएका छन्।
डाँगीको निधनमा शोक वक्तव्य जारी गर्दै प्रधानमन्त्रीले दिवंगत आत्माको चीर शान्तिको कामना गरेका छन्। उनले होचो शारीरिक कदको अग्लो विश्व कीर्तिमान लिएर स्व. डाँगीले नेपालको झण्डा विश्वमा फराउदै फैलाएको नेपालको यश चीर कालसम्म रहने विश्वास व्यक्त गरेका छन्।
डाँगीको यस कीर्तिमानले अस्वभाविक शारीरिक कद,अपाङ्गता र अन्य समस्या रहेका सहित सबै नेपालीलाई उच्च मनोबल,नैतिकता,इमान्दारी,साहस र धैर्यका साथ कर्ममा समर्पित भएमा सबैले आफ्नो व्यक्तित्व विकास गरी राष्ट्रको कीर्ति फैलाएर मुलुकका लागि योगदान पुर्याउन सकिने रहेछ भन्ने सन्देश दिएको कोइरालाले बताएका छन् ।
annapurnapost.com

बलिउडका संगीतकार तथा गायक आदेश श्रीवास्तवको ५१ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरबाट पीडित ५१ वर्षिय आदेशले राती १२ः३० बजे आफ्नो देह त्याग गरेका हुन् ।
चालिस दिनदेखि क्यान्सरको उपचारका लागि अन्देरी, मुम्बईको कोकिलाबेन धीरूभाइ अम्बानी अस्पतालमा भर्ना भए उनको सन् १९६५ मा सेप्टेम्बर ४ मा जन्मेका थिए । आफ्नो जन्मदिन नै उनको निधन भएको हो । २०१० मा पहिलोपटक उनलाई क्यान्सर भएको पत्ता लागेको थियो । अमेरिकामा उपचार गराएर फर्केका आदेशलाई गत महिनाको अन्त्यमा तेस्रो पटक पनि क्यान्सर भएको पुष्टि गरिएको थियो ।
भारतको जबलपुरमा जन्मेका आदेशले करिब १०० बढी चलचित्रमा संगीत भरेका छन्। ‘शस्त्र’ चलचित्रको ‘क्या अदा क्या जलवे तेरे पारो’ गीतले अत्याधिक चर्चा कमाएको थियो । उनले ‘चलते चलते’, ‘बाबुल’, ‘कभि खुशी कभी गम’, ‘राजनीति’ लगायतका चलचित्रमा संगीत दिएका छन् ।
www.etajakhabar.com

दिपायल, भदौ १९ । मुलुकमा पछिल्लो समय देखिएको हिंसात्मक आन्दोलन रोक्न सरकारले विभिन्न उपायहरु अपनाइरहेको छ । यसैबिच भिडभाड नियन्त्रणका लागि सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायलले एक भिड नियन्त्रण दस्ता तयार गरेको छ ।
कुनै ठाउमा आन्दोलन भए नियन्त्रण गर्नका लागि हातमा ढुंगा छेक्ने बोर्ड र कटबासको भाटा बोकेको एक रिकरुट टोली तयारी अवस्थामा पुगिहाल्ने स्थानीय प्रशासनले जनाएको छ ।
त्यस्ता खालका उत्तेजनात्मक भिड लाई नियन्त्रण गर्ने लक्षका साथ डोटीको दिपायलमा तिन सय ३२ तथा डोटीकै बुडर तालिम केन्द्रमा एक सय ४४ जना गरि कुल चार सय ७६ जना रिकरुट अर्थात तालिमे सिपाहीको भिड नियन्त्रण टोली भिनी टोली तयार गरिएको छ ।

तिलोत्तमा (रुपन्देही), १९ भदौ । रुपन्देहीको सैनामैनामा नगरपालिका सर्पले डसेर एक किशोरीको मृत्यु भएको छ ।
सैनामैना नगरपालिका–४ रामनगरमा बस्ने २१ वर्षीया छोरी गीता गौतमलाई सर्पले डसेपछि बुटवल लुम्बिनी अञ्चल अस्पतालमा पु¥याएको र त्यहाँ उपचारका क्रममा शुक्रबार साँझ मृत्युभएको अस्पतालले जनाएको छ । गीतालाई बिहीबार राति सुतिरहेको बेलामा टाउकोमा सर्पले टोकेपछि शुक्रबार बिहान अस्पताल ल्याएको थियो । रासस

काठमाडौँ, भदौ १९ । पछिल्लो समयको परिवर्तीत राजनीतिक गतिविधि तथा तराइ मधेसमा दन्केको आन्दोलनका विषयमा ठोस निकास निकाल्न भन्दै शीर्ष दलको बैठक आज बस्दैछ । केही बेरमा प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले असन्तुष्ट थरुहट तथा मधेसी समुदायको माग सम्बोधन गर्ने गरी संविधानको विधेयकमा संशोधन प्रस्ताव हाल्ने विषयमा पनि छलफल हुने वालुवाटार निकट स्रोतले जनाएको छ । यस विषयमा हिजो बेलुका पनि दलहरुले छलफल गरेका थिए ।
तर ठोस निर्णय भइनसकेकाले अहिले फेरि बैठक बसेर निर्णय गर्ने दलहरुको भनाइ छ । हिजोको बैठकमा असन्तुष्टका माग सम्बोधनका लागि विषयमा थारु, आदिवासी जनजाति, मुस्लिम आयोग गठन गर्ने तथा थारु बाहुल्य क्षेत्रलाई विशेष स्वायत्त क्षेत्र घोषणा गर्ने विषयमा छलफल भए पनि सहमति भने भइसकेको छैन ।
दुई तिहाइ विधेयकमार्फत असन्तुष्ट पक्षको माग पुरा गर्न प्रमुख दलहरुले साझा संशोधन प्रस्ताव दर्ता गराउने तयारी गरेका छन् । असन्तुष्ट दलहरुसँग वार्ता र छलफल भए पनि ठोस सहमति भइनसकेकाले दलहरु उनीहरुको माग सम्बोधन हुने गरी संशोधन प्रस्ताव दर्ता गराउने तयारीमा लागेका हुन् । ७ प्रदेशसहितको संविधानको विधेयक संविधानसभामा पेश भएर प्रक्रिया अघि बढेसँगै थरुहट तथा मधेसी मोर्चाहरु आन्दोलनमा छन् ।

काठमाडौँ, भदौ १९ । गृह मन्त्रालयले संयमता अपनाउँदा आन्दोलन थप हिंसात्मक बन्दै गएको निष्कर्ष निकालेको छ । आपराधिक समूहको घुसपैठ बढ्दै गएको निष्कर्षसहित गृहले हतियारसहित आन्दोलनमा उत्रनेलाई गोली हान्न निर्देशन दिएको छ ।आन्दोलनकारीमा घरेलु हतियार मात्र होइन, पेस्तोल र बन्दुक बोक्ने प्रवृत्ति बढ्दै गएको निष्कर्ष गृहको छ । शुक्रबार पनि बर्दियामा ड्युटीमा खटिएका प्रहरीको गोली हानेर हत्या भएको थियो ।
‘लुकेर प्रहरीलाई गोली हान्नेहरू आन्दोलनकारी नभई अपराधीहरू हुन्,’ गृहका एक अधिकारीले भने, ‘यस्तो अवस्थामा प्रहरी संयम हुने अवस्था छैन, हतियार बोकेर आन्दोलनमा आउनेलाई अपराधीको रूपमा व्यवहार गर्न निर्देशन दिएका छौँ ।’ आन्दोलनमा आपराधिक गतिविधि बढ्दै गएको भन्दै गृहले कडा नीति लिन लागेको खबर नयाँ पत्रिकाले छापेको छ । ‘धेरै घटनामा आन्दोलनकारीले गोली हानेका छन्,’ प्रहरी प्रवक्ता डिआइजी कमलसिंह बमले भने, ‘त्यस्तो अवस्थामा प्रहरीले आपराधिक व्यक्तिहरूमाथि गर्ने रणनीति अपनाउनेछ ।’
गत मंगलबार वीरगन्जमा आन्दोलनकारीले ठाउँठाउँमा गोली चलाएको पर्सा प्रहरी प्रमुख एसपी दिवेश लोहनीले दाबी गरे । तराईका अन्य जिल्लामा पनि आन्दोलनकारीले प्रहरी बिट तथा सरकारी कार्यालय जलाउने गरेको प्रहरीले जनाएको छ । तराईको एक सशस्त्र समूहले विज्ञप्ति निकालेर प्रहरीविरुद्ध हतियारसहित आक्रमण गर्ने निर्देशन दिएको थियो । तराईका नेताहरूले सशस्त्र समूहसँग आन्दोलनमा सहकार्यका लागि वार्तासमेत गरेको प्रहरीले जनाएको छ ।
पश्चिम र मध्यतराईमा आन्दोलन थप हिंसात्मक बनाउने सूचनाका आधारमा सुरक्षा निकायले कडा नीति लिन लागेको हो । संघीयताको सीमांकनको विषयमा विगत २६ दिनदेखि भइरहेको आन्दोलनमा नौ प्रहरी, १५ आन्दोलनकारी, एक नाबालक र एक सर्वसाधारण गरी २६ जनाको मृत्यु भइसकेको छ । २१ दिनदेखि तराईका जिल्ला बन्द छन् ।
तराईका जिल्लामा थप प्रहरी
प्रहरी प्रधान कार्यालयले तराईका जिल्लामा प्रहरी संख्या बढाउन थालेको छ । प्रहरी मुख्यालयमा कार्यरत करिब तीन सय प्रहरीलाई शुक्रबार तराईका जिल्लामा खटाइएको छ । थप पाँच सय प्रहरीलाई तराईमा पठाउन तयारी अवस्थामा राखिएको छ ।
प्रहरी प्रधान कार्यालय तथा उपत्यकाका गणमा कार्यरत तीन सय प्रहरीलाई मध्यक्षेत्रीय प्रहरी कार्यालयमा पठाइएको प्रहरी प्रवक्ता डिआइजी कमलसिंह बमले बताए । आवश्यकताअनुसार क्षेत्रले ती प्रहरीलाई विभिन्न जिल्लामा खटाउने मुख्यालयले जनाएको छ ।
तीन सातायता तराईका जिल्ला बन्द छन् । केही दिनयता हिंसात्मक आन्दोलन भएका छन् । शान्तिसुरक्षामा प्रहरीको संख्या कम भएपछि मुख्यालयमा कार्यरत प्रहरीलाई खटाइएको छ । सबै क्षेत्रमा अञ्चल तथा क्षेत्रीय प्रहरी कार्यालयमा कार्यरत प्रहरीलाई समेत आन्दोलनरत क्षेत्रमा खटाउन लागिएको छ । पहाडी जिल्लाबाट क्षेत्रीय प्रहरी कार्यालयले तराईमा प्रहरी खटाउँदै आएका छन् । खासगरी सेना नखटिएका जिल्लामा नेपाल प्रहरीले संख्या थप्न लागेको हो ।

शुभप्रभात
आज वि.सं. २०७२ भाद्र १९ गते शनिबार तदनुसार ई. सं. २०१५ सेप्टेम्बर ०५ तारिख भाद्रपद कृष्ण सप्तमी, कृतिका नक्षत्र, बृष राशिको चन्द्रमा, हर्षण योग, कौलव करण
आजको व्रत/पर्व : अष्टमी व्रत, श्री कृष्णजन्माष्टमी व्रत, दुर्वाष्टमी व्रत, सुदुर पश्चिममा गौरा पर्व, मोह रात्री, गोरखकाली पूजा, मन्वादि, त्रिपुष्कर योगको समाप्ति बिहान ६ बजेर २१ मिनेटमा, अगस्त्योदय बिहान ०९ बजेर २९ मिनेटमा
भोलिको व्रत/पर्व : श्रीकृष्ण रथयात्रा, हिले जात्रा, पाल्पा तानसेनमा भगवती यात्रा, नारायणी यात्रा, विभिन्न ठाउँमा राधाकृष्ण रथयात्रा
आजको राशिफल
Aries Rashifal मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आम्दानीमा कमी आउने छैन तर निरर्थक र प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना छ, त्यसैले सचेत रहनु होला । कृषि, पशुपालन र झिनामसिना घरायसी काममा समय खर्च हुनेछ । गरेका कामबाट ठूलो उपलब्धी लिन सकिंदैन र श्रमको समुचित मूल्याङ्कन नहुनाले दिक्क लाग्नेछ । पढाइलेखाइमा समय दिन सकिंदैन । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
Taurus Rashifal बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
नयाँ योजना कार्यान्वयन गर्न र दीर्घकालीन योजना बनाउन आजको दिन अनुकूल हुँदैन । लामो दूरीको यात्रा वा वैदेशिक यात्रा गर्ने योजनामा हुनुहुन्छ भने केही दिनका लागि स्थगित गर्नु बेस हुनेछ । सामान्यतया लाभ हुने नै दिन छ, तर कृषिजन्य पेसा वा व्यवसायबाट सोचेजस्तो लाभ लिन सकिंदैन । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
Gemini Rashifal मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
प्रतिकूल समय चल्दैछ । नचाहेको क्षेत्रमा खर्चको मात्रा ह्वात्तै बढ्नसक्छ । प्रशासनिक झैझमेला वा आरोप व्यहोर्नु पर्ने हुनसक्छ । प्रेम सम्बन्धमा तिक्तता आउने योग छ । तपार्इंले भने जस्तो काम सम्पन्न हुन कठिन छ । आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । यात्राबाट फाइदा छैन । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
Cancer Rashifal कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । आर्थिक रूपमा सबल हुनुहुनेछ, कारोबारमा गतिशीलता आउने छ र व्यवसायबाट पनि राम्रै लाभ हुनेछ । मायाप्रेमका लागि समय जुट्ने छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
Leo Rashifal सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
प्रयाससाध्य समय छ धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । प्राविधिक काममा सफलता प्राप्त हुने छ । आत्मविश्वास जाग्नेछ । अभिभावकको आशीर्वादले काम गर्नसक्छ । श्रममूलक काममा मन जानेछ । स्वास्थ्य सबल रहने छ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउने छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
Virgo Rashifal कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने दिन हो, जसबाट शुभ कुराको सङ्केत प्राप्त हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । मनोरञ्जनमा भुलिने समय छ । सामाजिक यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
Libra Rashifal तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना छ । चोटपटकको भय पनि छ, बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा सचेत हुनुपर्छ । बेकारको विवादमा फँस्न सकिन्छ, बोलीमा अङ्कुश लगाएकै बेस हुनेछ । तपार्इंको व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ, आज कुनै पनि नयाँ काम नथाल्नु होला । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
Scorpio Rashifal बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
प्रणयसम्बन्ध र रतिराग बढाउने समय हो, तर जीवनसाथी वा प्रेमी/प्रेमिकाले समय नदिनाले दिक्क लाग्न सक्छ । बन्दव्यापारमा राम्रै छ, कृषिक्षेत्रमा भने असन्तुष्टि नै रहने छ । घरपरिवारका झिनामसिना काममा गरिएको मिहिनेत काम लाग्दैन, परिश्रम निरर्थक हुनसक्छ । बेलुका रमाइलोतिर झुकाव बढ्न सक्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
Sagittarius Rashifal धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । ऋणसापटी लिनदिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
Capricorn Rashifal मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सन्ततिपक्षबाट खुसीको समाचार प्राप्त हुने छ । आफन्तले तपाईंको प्रशंसा गर्नेछन् । मन प्रफुल्ल र उत्साही बन्ने छ । घरपरिवारमा रमाइलो जमघट हुने छ । तपाईंले गर्न लागेको काममा सबैले साथ दिनेछन् र साँझमा दिनभरिका क्रियाकलापको लेखाजोखा गर्न मन लाग्नेछ । बुद्धिपक्ष र प्राज्ञिक क्षेत्रमा राम्रो छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
Aquarius Rashifal कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
परिवारजनमा असमझदारी बढ्नेछ, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् । घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुन्छ । महत्वाकाङ्क्षी योजनामा हात हाल्नु राम्रो हुँदैन । कृषि–चौपायाबाट हानि पुग्नसक्छ, बन्दव्यापारमा घाटा देखिन्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
Pisces Rashifal मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मानप्रतिष्ठा र सामाजिक मर्यादा स्थापनाका लागि सङ्घर्ष गरिने छ । विगतमा भएका नराम्रा घटनाको स्मरण हुनाले मन खिन्न बन्नेछ, दार्शनिक र आध्यात्मिक विषयवस्तुप्रति मन आकर्षित बन्न सक्छ । हाँसखेल र आनन्दमा कमी आउनेछ । बन्दव्यापारमा सोचेजस्तै भए पनि आम्दानीको मार्गमा बाधा छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।