एमाले अध्यक्ष केपी ओली उखान, टुक्का र खरो बोलीमा मुलुकको परिस्थितिबारे आफ्ना अभिव्यक्ति दिन पछि पर्दैनन्। कतिपय त्यसलाई मन पराउँदैनन्, खासगरी उनीहरू जो उनको व्यंग्यवाणको निशाना बनेका हुन्छन्। तर, अहिले परिस्थिति बिग्रँदै जाँदा, अर्थात् मुलुकका विभिन्न भाग आगोको लपेटामा जल्दा उनका अभिव्यक्तिहरूमा हाँस्न रुचाउनेहरू पनि हाँस्न सक्ने अवस्थामा छैनन्।
मुलुकको एकात्मता भनेकै त्यही हो नि ! एक ठाउँमा जुनसुकै कारणले र जोसुकैले गर्दा नेपालीहरू मरे पनि त्यसको पीडा सबैतिरका नेपालीले अनुभूति गरिरहेका छन्। सत्ताको मात्र राजनीति गर्ने नेताहरूले मुलुकलाई विविध खालका विभाजन र साम्प्रदायिकतामा धकेले पनि नेपाली एकात्मकताको जीवन्तता नेपाली राष्ट्रियताको गौरवशाली विरासत हो।
अहिले विभिन्न ठाउँहरूमा आन्दोलन भइरहेका छन्। मागहरू स्पष्ट छैनन्। तर चार राजनीतिक 'अमीन' ले प्रान्त सीमांकनका नाममा गरेको एकपक्षीय कित्ताकाटको विरोधमा उत्रेका छन् उनीहरू। त्यो प्रक्रियामा वीरगन्ज र कलैयामा गरी ६ जनाको ज्यान गएको छ।
टीकापुर, सिराहा, सुर्खेत र जुम्लाका घाउ आलै छन्। तर पनि जनता संयमित छन्, पूर्व र पश्चिमका प्रतिकूल परिस्थिति अनि त्यसले मुलुकको अखण्डता र सामाजिक सद्भावमा पार्नै प्रतिकूल असरबारे उनीहरू सचेत छन्। अनि वर्तमान नेतृत्वप्रति अविश्वासका साथ विगत नौ वर्षका उनीहरूका अक्षमताका लागि उनीहरूलाई धिक्कारिरहेका छन्।
वीरगन्जमा प्रदर्शनकारीहरूले २०६२-६३ ले आन्दोलनका 'सर्वमान्य' नेता गिरिजप्रसादको सालिक ढालेका छन्। अर्थात् उनको नेतृत्वले ल्याएको परिवर्तन व्यवस्थित हुन नसकेको र वर्तमान अनिश्चितता तथा अस्थिरताका लागि उनलाई दोष दिन थालिसकेका छन्, सचेत र आक्रोशित जनताले।
त्यो आक्रोशको तारो सुशील कोइराला, अनि सत्ता साझेदार कांग्रेस र एमाले बनिसकेका छन्। गिरिजाप्रसादको सालिकजसरी नै विभिन्न आन्दोलन प्रभावित क्षेत्रमा ती पार्टीहरूका कार्यालयमा तोडफोड र आगजनी हुनुले के देखाउँछ? 'नायकहरू' नौ वर्षभित्रै अपवादबिना ‘खलनायक’ मा रूपान्तरण हुन थालेको यो दुर्लभ घटनाचक्र हो विश्व इतिहासमा।
एमाओवादी नेता पुष्पकमल दाहाल र बाबुराम भट्टराईले पटक-पटक गिरिजाप्रसादलाई महान् नेता भन्दै ०६३ यता राष्ट्रिय स्वाभिमान तथा आन्तरिक मामिलामा देखा परेका बाह्य हस्तक्षेपलाई अनुमोदन गरिरहेका छन्। एक किसिमले अहिले प्रान्तीय सीमांकनविरुद्ध, खासगरी वीरगन्जमा देखिएको आक्रोशले त्यो हस्तक्षेपलाई चुनौती दिएको त हैन ? त्यो हो भने कांग्रेस एमाओवादी, एमाले र मधेसकेन्द्रित दलका नेताहरू सबै त्यो आक्रोशमा पर्नेछन्।
ओलीको उखान-टुक्कामा हाँस्न नसकेका नेपालीको नहाँस्नुको पछाडिका विवशताहरू केलाउन ज्यादा जरुरी छ, संविधान लेखनभन्दा। अर्को शब्दमा, सुवास नेम्बाङको हठअनुसार संविधान जारी गर्नु मुलुकलाई आगोको लपेटामा धकेल्नु हो। के इनाम पाउलान्, नेम्बाङले मुलुकमा संविधानका नाममा सामाजिक सद्भाव बिथोलेबापत?
सरकारको निरीहता र चार नेताहरूको जमिनदारीबाट जनता मात्र त्रस्त भएका छैनन्, सरकारका संवदेनशील सुरक्षा निकायहरू पनि द्विविधाग्रस्त बनेका छन्। हालै टीकापुर भीडद्वारा प्रहरीको हत्यापछि प्रधानमन्त्री सुशील कोइरालाले कामु प्रधानसेनापतिबाट राखेको अपेक्षाले त्यो द्विविधा स्पष्ट हुन्छ।
कोइरालाले किन सेनाले सहयोग नगरेको भन्ने खालका जिज्ञासा राखे ? कुन आधार र आदेश, प्रक्रियाअन्तर्गत सेनाको सहयोग खोजिएको हो? त्यसबारे कोइराला स्पष्ट थिएनन्। तर कोइराला, कांग्रेस, एमाले, एमाओवादी र मधेसकेन्द्रित सबै दलहरूले जनताको प्रश्नको जबाफ दिनुपर्ने हुन्छ। सेना अहिले कसको खटनमा छ। उसका परमाधिपति रामवरण यादव आफैँ रोइरहेका छन् ‘सरकारले सेना परिचालनमा मलाई बाइपास गर्यो' भन्दै।
०६२-६३ को आन्दोलन उत्कर्षमा छँदै ओलीले एउटा अत्यन्त व्यावहारिक, राजनीतिक दूरदर्शिता र राजनेता त्यस्तो अभिव्यक्ति दिएका थिए, ‘बयलगाढा चढेर अमेरिका पुगिँदैन।' 'गणतन्त्र' का पर्याय थियो, उनको अभिव्यक्तिको अमेरिका। राष्ट्रपति पाउने लोभमा र श्याम शरणलगायतको उक्साहटमा कोइराला त्यो बयलगाढामा चढे। त्यो गन्तव्यमा उनी पुग्न सकेनन् । तर, आश्चर्य ओली अहिले प्रतीक्षारत छन् त्यही बयलगाढामा सवार हुन।
अराजकताको पृष्ठभूमि बनिरहेको अवस्थामा सेना आउनुपर्ने मागसमेत हुन थाल्नुले राम्रो संकेत दिइरहेको छैन। जबर्जस्ती या सुवास नेम्बाङ शैलीमा संविधान जारी हुनुले ती मागको पक्षमा आवाज उठाउनेहरूको संख्यामा अनायास बढोत्तरी हुनेछ।
मुलुकमा एकतर्फी र जनतालाई सामेल नगरी प्रक्रियाविहीन तरिकाबाट ल्याइएको गणतन्त्र, अपरिभाषित संघीयता र धर्म परिवर्तनको अधिकारसहितको धर्म निरपेक्षतालाई नेम्बाङ शैलीमा 'संस्थागत' गर्ने संविधान तत्काल जारी गरेर, अथवा ती समग्र विषयलाई सभ्य अनि संविधान निर्माणका मान्य र स्थापित शैलीमा छिनोफानो गर्ने? नेतृत्व वर्ग जनताको नजरमा ‘भ्रष्ट’ मात्र छैन, उनीहरूको राष्ट्रप्रति बफादारीसमेत प्रश्नको घेरामा छ।
खासगरी मुलुकमा साम्प्रदायिक सद्भावमा व्यवधान पुर्याउन या टीकापुरमा दंगा भड्काउन खुलेआम भूमिका खेल्नेहरूसमक्ष प्रधानमन्त्री नतमस्तक भएपछि अनि थप अनुसन्धानका नाममा सभामुखले उनीहरूलाई उन्मुक्ति दिएपछि संविधान लेखनमा हतार गर्ने 'महान् व्यक्तित्वहरूको राष्ट्रद्रोहसँग साँठगाँठ त छैन?' भन्ने प्रश्नसमेत उठेको छ।
सुशील कोइराला यो कुरा बुझ्दैनन्। उनमा बुझ्ने क्षमता छैन। तर ओलीले पनि यो बुझ्ने कोसिस गरेनन् भने त्यो दुर्भाग्य हुनेछ मुलुकका लागि।
अहिले मुलुकमा विभिन्न भागमा भइरहेका आन्दोलनको आक्रोस सीमांकनविरुद्ध लक्षित छ। उनीहरूले आफ्ना माग स्पष्ट पारेका छैनन्।
संघीयता र प्रान्तीय सीमाका कुनै पनि आंशिक माग संघीयतासम्बन्धी अवधारणा र समग्र सहमतिबिना हुन सक्तैनन्। त्यस्तै पहिचानका आधारका कुरा गर्दा, अझ स्पष्ट रूपमा उनीहरूका भाषा, रीतिरिवाज, धर्म, संस्कृति, लिपि आदिमा सम्बन्धित क्षेत्र, समुदाय र जातिको भूमिका तथा कर्तव्य के हुन्छ संवद्र्धनमा, अनि राज्यको दायित्व के ? यसबारे बहसै भएको छैन।
'पहिचान' र 'सामर्थ्य को शाब्दिक खेलमा र दाताहरूबाट उक्साइएका 'जातीय राजनीतिका विशिष्ट वर्ग (एलिट)’ ले नै सामाजिक उन्मादको वातावरण बनाइरहेका छन्। एक सय पाँच जाति, जनजाति, लिपि, अक्षर सबैलाई कसरी ‘नेपाली पहिचान’ को हिस्सा बनाउने भन्नेबारे बहसै नगरी ‘संविधान रोकिँदैन अब’ भन्ने नेम्बाङको भनाइको अर्थ बुझ्नु पनि जरुरी छ।
राष्ट्रिय पहिचान र सबैलाई आत्मसात गर्ने राष्ट्रिय क्षमता निर्माण आजको चुनौती र साझा दायित्व हो। त्यसमा सबै दलहरूसँगै पारम्परिक, अनुदारवादी, क्षेत्रीय र राष्ट्रियताका वाहक शक्तिहरूको संलग्नता आवश्यक छ। पहिचानको खोजीमा आन्दोलनका नेतृत्वको संलग्नता त्यत्तिकै आवश्यक छ राष्ट्रियताको दायराभित्र।
त्यसलाई राष्ट्रिय मेलमिलापलाई संक्रमण र संविधान लेखनको असफलताको पृष्ठभूमिमा परिभाषित गर्नैपर्छ। आवश्यकता संविधान हैन अहिलेको । आवश्यकता राष्ट्र जोगाउनु हो, सामाजिक सद्भाव कायम राख्नु हो। राष्ट्रियबारेको स्पष्टता र त्यसप्रतिको प्रतिबद्धता अनि मेलमिलापमा आधारित सहकार्यबाट मात्र त्यो हासिल गर्न सकिन्छ।
संविधानसभाले असफलता स्वीकार गर्नैपर्छ र त्यसको निलम्बनबिना संविधान लेखनका स्वीकार्य विकल्पका मार्गप्रशस्त हुन सक्तैनन्। विज्ञहरूको आयोगले संविधान लेख्न सक्छ, तर यो संविधानसभाको अराजक या दासत्वपूर्ण अस्तित्व रहेसम्म आयोग गठन हुन सक्तैन।
अर्को प्रश्न उठ्छ-मेलमिलाप आयोग, संविधान आयोगको गठन अनि संविधानसभाको निलम्बनको अवस्थामा सरकारको नेतृत्व र त्यसको बनावट कस्तो हुनुपर्छ? सरकार प्रमुख निश्चय पनि राजनीतिक व्यक्तित्व हुनुपर्छ, जो दलीय नियन्त्रण र संलग्नताबाट मुक्त अनि भविष्यमा कुनै पद नखोज्ने व्यक्ति हुनुपर्छ।
मन्त्रीहरू ‘टेक्नोक्रेट’ या विविध क्षेत्रका विज्ञ तर दलीय बन्धनबाट मुक्त राष्ट्रवादीहरू हुनुपर्छ, सार्वजनिक जीवनमा निष्कलंक। त्यसो भएमा वर्तमानमा जनताको विश्वसनीयता गुमाएका दलहरूसमेतले सुध्रिने र छवि सुधार्ने अवसर पाउनेछन्, संविधान निर्माणपछिको चरणमा।
अन्यथा अराजकताको पृष्ठभूमि बनिरहेको अवस्थामा सेना आउनुपर्ने मागसमेत हुन थाल्नुले राम्रो संकेत दिइरहेको छैन । जबर्जस्ती या सुवास नेम्बाङ शैलीमा संविधान जारी हुनुले ती मागको पक्षमा आवाज उठाउनेहरूको संख्यामा अनायास बढोत्तरी हुनेछ।
वार्ताबाट सुरु भएको शान्तिप्रक्रिया वार्ताविहीनतामा असफल बन्नु हुँदैन। यो सम्भावनालाई चार दलका मुखियाहरूले, खासगरी विवेक र साहस नगुमाएका ओलीले सकारात्मक रूपमा लिँदै संविधानसभाका गतिविधि तत्काल स्थगन गर्नुपर्दछ।
annapurnapost.com

एक सार्वजनिक कार्यमक्रमै बलीउड अभिनेत्री सनी लियोनको कन्डमको विज्ञापनको कारण भारतमा बलात्कारको घट्नामा वृद्धि भएको भन्दै आरोप लगाएका सीपीआईका एक वरिष्ठ नेता अतुल अंजानले माफी मागेका छन् ।
माफी माग्दै अंजानले सनीलाई समर्थन र आफ्नो विरोध गर्ने अश्लिलताका पक्षधर रहेको भन्दै आरोप पनि लगाएका छन् । अतुल अंजानले सनीको विषयमा सार्वजनिक कार्यक्रममै यस्तो बोलेपछि सनीले ट्वीटरमा ‘यो दुःखको कुरा हो । सत्तामा बस्नेरु गरीब जतनालाई मद्दत गर्न छाडेर मेरो आलोचनामा समय र इनर्जी खर्च गर्दैछन्’ भन्दै लेखेकी थिइन ।

अंजानले सनीको विषयमा बोल्दै भनेका थिए ‘प्रचारको नाममा भएको नराम्रो विकृतीले यूवाहरुमा सेन्ससबिलिटी सकिँदै गएको छ र सनी लियोनले अभिनय गरेको कन्डम कम्पनीको विज्ञापनका कारण देशमा बलात्कारको घट्ना बढिरहेको छ ।’ यसरी सार्वजनिक कार्यक्रममै यस्तो अभिव्यक्ति दिएपछि अंजान राम्रैसँग चर्चा र विवादमा तानिएका थिए ।
भारतमा अंजानले मात्र होइन यस अघि श्री राम सेनाका नेता नेता प्रमोद मुथालिकले पनि सनीका कारण भारतमा बलात्कारको घट्ना बढ्दै गएको भन्दै आरोप लगाएका थिए ।

१८ भदौ, काठमाडौं ।
देशकै सबैभन्दा ठूलो दुर सञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले आफ्ना ग्राहकहरुलाई सहज बनाउन अनलाइनमै रिचार्जको सुविधा दिएको छ । केही समय अघि मात्र Nepal Telecom APP ल्याएको टेलिकमले अनलाइन रिचार्ज शुरु गरेको हो ।
नेपाल टेलिकमले ग्राहकको सुविधाका लागि ल्याएको नयाँ NT Recharge कार्डबाट अब सबै सेवामा कम्पनीको वेबसाइटबाटै अनलाइन रिचार्ज गर्न सकिने भएको छ ।
यसका लागि बजारमा उपलब्ध रिचार्ज कार्ड किनेर http://webrecharge.ntc.net.np वेबसाइट खोलेर दिएको निर्देशन अनुसार गर्न टेलिकमले अनुरोध गरेको छ ।nepaliheadlines.com

भाद्र १८, २०७२- बर्दियाको मैनापोखरमा बन्दकर्तासँगको झडपमा घाइते भएका प्रहरी हवल्दार देवबहादुर पाण्डेको उपचारको लागि नेपालगञ्ज ल्याउने क्रममा मृत्यु भएको छ ।
बाँके प्रहरी उपरीक्षक बसन्त पन्तले पाण्डेको बाटोमा मृत्यु भएको बताए । पन्तका अनुसार पाण्डेलाई धारिलो हतियारले प्रहार गरिएको थियो ।
झडप भएको स्थानमा अत्याधिक रक्तश्राम भएपछि उनलाई उपचारको लागि नेपालगञ्ज ल्याइदै थियो । उनको घूँडामा चोट लागेको यिथो । उनको शव नेपालगञ्ज मेडिकल कलेजमा राखिएको छ ।
बन्दकर्ताले नियन्त्रणमा लिएको दुईवटा यात्रुबस छुटाउने क्रममा प्रहरी र बन्दकर्ताबीच आज बिहान झडप भएको हो ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी बिनोदबहादुर कुँवरले बन्दकर्ताले गोली चलाएको दाबी गरे ।/kantipur.ekantipur.com

रामप्रसाद ढुंगेल
दुबई । पछिल्लो समय चर्चामा आएकी ग्ल्यामरस लोकगायिका ज्योति मगरले यूएर्इको दुबर्इमा बबाल मच्चाउने भएकी छन् । गत जुलाई ३१ मा सम्पन्न भएको फिस्टेल कन्सर्टको सफलतापछि करिब दुर्इ महिनाको अन्तरालमा फेरि हुन लागेको सांगीतिक कन्सर्टमा ज्योतिको बबाल प्रस्तुती रहने फिस्टेल कन्सर्टका आयोजक बिक्रान्त कार्कीले बताए ।
फिस्टेल कन्सर्टका आयोजक बिक्रान्त कार्कीले समिम खानको सहकार्यमा आगामी अक्टोबर २ तारिखमा फिस्टेल कन्सर्ट–२ आयोजना हुँदैछ ।
आफ्नो पहिरन तथा फरक प्रस्तुतिका कारण धेरै युवाहरुको रोजाइमा पर्न सफल ज्योतिले यूएईको देरामा रहेको एसियाना होटलको नाइट क्लबमा धमाका मच्चाउने आयोजक समिम खानले दाबी गरेका छन् ।
पछिल्लो समय तीज गीत ढाडे बिरालोमा ज्योतिको उत्तेजक नृत्यले निकै चर्चा बटुलेको छ । तीजको अवसरमा हुन लागेको कन्सर्टमा ज्योतिको हट पहिरनमा हट नृत्य देख्न पाइने छ ।
ज्योति मगरको साथमा नेपाली सुगम संगीतमा चर्चित गायक शिव परियारले यूएईबासी नेपालीहरुलाई मनोरन्जन दिनेछन् । त्यसरी नै अस्टेलियाबाट पपगायिका स्मृति पोखरेलले आफ्ना लोकप्रिय गीतहरु यूएईबासी नेपालीहरुमाझ पस्कनेछिन् ।
नेपाली पपगायनको क्षेत्रमा चर्चाको शिखर चढ्दै गएका गायक बादल प्रसाई पनि कन्सर्टको सफलताका लागि नेपालबाट आउने भएका छन् । उद्घोषकका रुपमा फिस्टेलको पहिलो कन्सर्टमा स्टेज तताउन सफल आरजे सुशील नेपाल दोहोरिने आयोजक कार्कीले बताए ।
देराको पाँच तारे एसियाना होटल साँझ ४ बजेदेखि ९ बजेसम्म चल्तीका नेपाली कलाकारलाई भेला पार्न कस्सिएका विक्रान्त कार्कीले पहिलो कन्सर्टमा भएका कमजोरीहरुलाई सुधार गरी दोस्रो श्रृंखलालाई भव्य, सभ्य र पूर्ण मनोरन्जनात्मक बताउने दाबी गरेका छन् ।
यूएईको नेपाली समुदायमा छोटो समयमा सफल अर्गनाइजरको छवि बनाएका कार्कीले कतारमा विभिन्न सांगीतिक कार्यक्रमको सफल आयोजना तथा चलचित्र प्रदर्शनमा राम्रो अनुभव हासिल गरिसकेका छन् । ट्राभलको क्षेत्रमा लामो अनुभव संगालेका कार्की विगत ७ महिनादेखि दुबईको फिस्टेल ट्राभलमा आबद्ध छन् । यस कन्सर्टको मुख्य स्पोन्सर फिस्टेल ट्राभल नै रहेको छ ।
पछिल्लो समयमा यूएईको नेपाली समुदायमा भव्य सांगीतिक कार्यक्रमहरु हुँदै आएका छन् । तीजको अवसरमा त साप्ताहिक रुपमा नेपालका चर्चित कलाकारहरुले तात्तिदै गएको यहाँको वातावरणलाई नियमित तताइरहेका छन् । यूएईमा नेपाली सुगम संगीत, चलचित्र, लोक तथा पप संगीतको क्षेत्रका चर्चित कलाकारहरुको ओइरो लाग्न थालेको छ ।www.onlinekhabar.com

सप्तरी: अनिश्चितकालीन आमहडतालको घोषणा गरेको संयुक्त मधेसी मोर्चाको कार्यकर्ताले आज बिहान सप्तरीको भारदह-१ स्थित पूर्व-पश्चिम राजमार्गमा पर्ने इलाका प्रहरी कार्यालय भारदहको मूलगेटमै रोकिराखेको बसमा आगजनी गरेको छ।
सयौँको सङ्ख्यामा आएको प्रदर्शनकारीले ना४ख ४२६६ नम्बरको बसमा आगजनी गरेको प्रहरीले जनाएको छ।
आगो लगाइएको बस एक हप्ताअगाडि प्रदर्शनकारीले ढुङ्गामुढा गरेर पल्टेको बस भएको र सो बसलाई इलाका प्रहरी कार्यालयअगाडि ल्याएर राखेको थियो। रासस

पहिलो र दोस्रो एनसेल र नेपाल दूरसञ्चार कम्पनी
काठमाडौं: कर बढी तिर्नेमा बितेको आर्थिक वर्ष पनि सेवा क्षेत्रकै दबदबा जारी रह्यो । सबैभन्दा बढी कर तिर्ने पहिलो र दोस्रो स्थान टेलिकम कम्पनी एनसेल र नेपाल दूरसञ्चार कम्पनी भएका छन्।
नविल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, कृषि विकास बैंक, एभरेस्ट बैंक र हिमालयन बैंक पनि बढी कर तिर्ने १० वटाको सूचीमा अटाए। उत्पादनमूलक क्षेत्रका सूर्य नेपाल र गोर्खा ब्रुअरी दुई कम्पनी मात्र तेस्रो र चौथो नम्बरमा रहेर बढी कर तिर्ने १० वटाको सूचीमा परेका थिए।
सूचीमा नेपाल टेलिकमलगायत सातौं स्थानको कृषि विकास बैंक र आठौं स्थानको नेपाल नागरिक उड्डयन प्राधिकरण मात्र सरकारी लगानीका हुन्।एनसेलले १७ अर्ब पाँच करोड २० लाख रुपैया“ तिरेको थियो । यसमा आयकर ११ अर्ब ३० करोड दुई लाख रुपैयाँ दाखिला गरेको छ।
मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ उसले दुई अर्ब आठ करोड १३ लाख ४९ हजार रुपैयाँको योगदान गरेको छ। अन्य कर तीन अर्ब ६७ करोड चार लाख ४२ रुपैयाँ दाखिला गरेको थियो।
नेपाल दूरसञ्चार कम्पनीले ११ अर्ब ७५ करोड ८७ लाख ९९ हजार रुपैयाँ कर बुझाएको थियो। यसले पाँच अर्ब २५ करोड ८२ लाख ८३ हजार रुपैयाँ आयकर दाखिला गरेको थियो।
'उत्पादनमूलक उद्योगको प्रतिस्पर्धी क्षमता झन ह्रास हुदै गएको अवस्थामा सेवा क्षेत्रको वर्चश्व स्वभाविक हो, ' राष्ट्रिय योजना आयोग सदस्य डा.स्वर्णिम वाग्ले भन्छन्। उनका अनुसार ऊर्जा, श्रम,यातायातका कारण उत्पादनमूलक क्षेत्रको प्रतिस्पर्धी क्षमता घट्दो छ।
निर्यातले उत्पादनमूलक क्षेत्रलाई प्रतिस्थापन गरिरहेका छन्। तर, सेवा क्षेत्रमा त्यस्तो प्रतिस्पर्धा छैन। टेलिकम क्षेत्रमा स्थानीय प्रतिस्पर्धा पनि खासै नभएको र तिनको मुनाफा उच्च भएकाले बढी कर तिर्नेमा अग्रस्थान हासिल गरेको उनी बताउँछन्।
सूर्य नेपाल प्राइभेट लिमिटेडले पाँच अर्ब १२ करोड २८ लाख ४२ हजार तीन सय १८ रुपैयाँ कर तिर्दा आयकर तीन अर्ब पाँच करोड ८४ हजार लाख चार हजार एक सय ७३ रुपैयाँ भ्याट दाखिला गरेको थियो।
सबैभन्दा बढी कर तिर्ने पहिलो र दोस्रो टेलिकम कम्पनी एनसेल र नेपाल दूरसञ्चार कम्पनी भएका छन्।
गोर्खा ब्रुअरीले दुई अर्ब ४५ करोड पाँच लाख ७४ हजार एक सय ५८ करमा आयकर तथा एक अर्ब २३ करोड ७७ लाख २७ हजार १५ रुपैयाँ भ्याट तिरेको थियो। 'चुरोट÷मदिरामा घरेलु उत्पादककै बजार अंश ठूलो भएकाले ति बढी कर तिर्न सक्ने भएका हुन,' अर्थ मन्त्रालयको राजस्व महाशाखा प्रमुख लक्ष्मण अर्यालले टिप्पणी गरे।
नत्र कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा औद्योगिक उत्पादनको अंश १४ प्रतिशतबाट ६ प्रतिशतमा झरेको छ। सेवा क्षेत्रको योगदान झण्डै ५० प्रतिशत पुगेको छ।
पाँचौ स्थानको नविल बैंकले एक अर्ब ३८ करोड ६२ लाख १४ हजार सात सय ४४ रुपैयाँ तिर्दा आयकर एक अर्ब ३६ करोड ४७ लाख १९ हजार आठ सय १६ रुपैयाँ र ५४ करोड ४० लाख आठ हजार पाँच सय ४५ रुपैयाँ भ्याट दाखिला गर्यो।
नेपाल इन्भेस्टमेन्ट बैंकले एक अर्ब ३२ करोड ४५ लाख ४८ हजार चार सय ७९ रुपैयाँ कर तिरर छैटौं स्थानमा रह्यो। उसको आयकरतर्फ योगदान एक अर्ब ३१ करोड ८४ लाख ९८ हजार आठ १४ रुपैयाँ र भ्याट ६० करोड ४९ लाख ६६ हजार पाँच १७ रुपैयाँ योगदान गरेको थियो।
सातौ स्थानको कृषि विकास बैंकले एक अर्ब ३१ करोड ५६ लाख ५६ हजार तीन सय २९ रुपैयाँ कर तिर्यो। यसमा एक अर्ब ३१ करोड ५५ लाख ८४ हजार ६ सय ३३ रुपैया“ आयकर र ७१ ह्जार ६ सय ९६ रुपैयाँ भ्याट तिर्यो।
नेपाल नागरिक उड्डयन प्राधिकरणले एक अर्ब १२ करोड ९९ लाख सात हजार तीन सय ९२ रुपैयाँ कर तिर्दा ७३ करोड चार लाख १४ हजार आठ सय ६७ रुपैयाँ र भ्याट ३९ करोड ९४ लाख ९२ हजार पाँच सय २४ रुपैयाँ कर तिरेको थियो।
एभरेस्ट बैंकले एक अर्ब दुई करोड दुई लाख ९६ हजार २३ रुपैयाँ कुल करमा आयकर एक अर्ब दुई करोड एक लाख ४२ हजार पाँच सय ९३ रुपैयाँ र भ्याट एक लाख ५३ हजार चार सय ३० रुपैयाँ दाखिला गरेको थियो। दसौं स्थानको हिमालयन बैंकले ९२ करोड तीन लाख ६७ हजार सात सय ७२ रुपैयाँ कर बुझाएको थियो।
उसले आयकर ९० करोड ५१ लख ५४ हजार दुई सय ६ रुपैयाँ र भ्याट एक करोड ५२ लाख १३ हजार पाँच सय ६६ रुपैयाँ दाखिला गर्यो।कच्चा पदार्थ आयात गरेर महँगो बिजुली प्रयोग गरी कम उत्पादकत्व भएको श्रमशक्ति भएको उत्पादनमूलक क्षेत्रबाट तत्काल धेरै अपेक्षा गर्न नसकिने अर्याल बताउँछन्। तर, समग्र राजस्व तथा बढी कर तिर्नेले बुझाएको करमा आयकरको अंश उच्च हुनु सन्तोषजनक रहेको उनले बताए।
www.annapurnapost.com