२०७२ भदौ १३ गते
अमेरिकी खुफिया एजेन्सी एफबिआइका अनुसार साइबर अपराधीहरुले पछिल्लो दुइ वर्षमा विभिन्न कम्पनीहरुबाट १ अर्ब २० करोड अमेरिकी डलर चोर्न सफल भएका छन् ।
एफबिआइका अनुसार कम्पनीहरुको अकाउण्टबाट ह्याकरहरुले सन् २०१३ यता झण्डै १ खर्ब २० अर्ब रुपैयाँ हात पार्न सफल भएका हुन् ।
बिजनेस इमेल कम्प्रोमाइज नामक नामक विधिद्धारा ह्याकरहरुले आफुलाई कम्पनीको सिइओको रुपमा प्रस्तुत गर्न सफल हुने र कम्पनीका कर्मचारीहरुलाई विभिन्न खाले गोप्य वित्तिय सूचना प्रदान गर्न बाध्य पार्ने गरेको पाइएको छ ।
सुरुमा ह्याकरहरुले कम्पनीका वास्तविक सिइओ तथा उच्च पदस्थ अधिकारीहरुलाई नक्कली इमेल पठाउँछन् जालोमा पार्नका लागि । त्यसपछि उनीहरु उच्च पदस्थ अधिकारीहरुको अकाउण्ट ह्याक गर्न सफल हुन्छन् । त्यसपछि उनीहरुले ती हाकिमहरुको इमेलबाटै कम्पनीका कर्मचारीहरुलाई विभिन्न खाले सूचना माग गर्दै इमेल पठाउने गर्छन् ।
कहिलेकाहीँ भने ह्याकरहरुले कम्पनीका सिइओ तथा उच्च पदस्थ अधिकारीहरुकै नाउँको नक्कली अकाउण्ट खोलेर कम्पनीको वित्तिय विभागलाई भ्रममा पर्ने कोसिस गर्छन् । यसरी हाकिमको नाउँबाट इमेल आइसकेपछि तत्कालै त्यसको जवाफ फर्काइहाल्ने कर्मचारीहरुबाट गोप्य सूचना ह्याकरको हातमा पर्दछ ।
हाकिम बन्ने मात्र होइन् ह्याकरहरु कहिलेकाहीँ कम्पनीको कानूनी सल्लाहाकारको रुपमा पनि प्रस्तुत हन्छन् र आफुलाई केही वित्तिय सूचना तत्कालै चाहिएको भन्दै सम्बन्धित कर्मचारीलाई इमेल गर्दछन् ।
त्यसरी बैंक अकाउण्ट तथा अन्य महत्वपूर्ण वित्तिय सूचना प्राप्त गरेपछि ह्याकरहरुले सजिलैसँग कम्पनीको अकाउण्टमा रहको रकम आफ्नो खातामा सार्दछन् ।
पैसा चोर्नका लागि नक्कली इमेलको यो शैली अहिले विश्वव्यापी बनिसकेको छ। अमेरिकाका ५० वटै राज्यमा तथा विश्वका ७९ देशमा यस्तो अपराध फेला परेको एफबिआइले जनाएको छ ।
बिजनेस इमले कम्प्रोबाइज विधिबाट पीडित हुनेहरुको संख्या यो वर्षको सूरुको आठ महिनामै २७० प्रतिशतले बढेको बताइएको छ ।
सन् २०१३ को अक्टोबर यता ७ हजारवटा अमेरिकी कम्पनी यसको सिकार भएका छन् । सेक्युरिटी ब्लगर ब्रायन कर्बस्को कम्पनीबाट ह्याकरले यसैगरी साढे ७ करोड चोर्न सफल भएका थिए ।
onlinekhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस

आइतबार, १३ भदौ
एजेन्सी । सरकारमा भ्रष्टाचार बढेको तथा वर्तमान प्रधानमन्त्रीले केही गर्न नसकेको भन्दै मलेसियामा सुरु भएको सरकार विरोधी प्रदर्शन दोस्रो दिन पनि जारी रहेको छ ।
शनिबारबाट सुरु भएको आन्दोलनमा राजधानी क्वाललम्पुरमा हजारैँ मानिस जम्मा भएका छन् । उनीहरू राति सडकमै सुतेर अान्दाेलन गरिरहेका छन् ।
उनीहरुले वर्तमान सरकारबाट प्रधानमन्त्रीेले राजिनामा दिई नयाँ सुधारका कार्यक्रमहरुको घोषणा गर्नुपर्ने माग गरेका छन् ।
प्रदर्शनकारीहरु पहेलो टिसर्ट लगाएर प्रदर्शनमा उत्रिएका छन् ।
प्रहरीले सो क्षेत्रमा आन्दोलन गर्नेलाई प्रतिबन्धित गरिएको भन्दै राजधानीमा जुलुश ननिकाल्न चेतावानी दिएका थिए् । तरपनि जनताले भने प्रहरीको चेतावानीको बेवास्ता गर्दै आन्दोलन थालेका हुन् ।
मलेसिया प्रहरीले २५ हजारको संख्यामा आन्दोलनकारी उपस्थित भएको जनाएको छ । तर स्वतन्त्र विश्लेषकहरुले भने २ लाख भन्दा बढी सर्वसाधारण आन्दोलनमा सहभागी भएको जनाएको छ ।
nepalsandesh भिडियो हेर्न तलको बाकस थिच्नुहोस

भाद्र १३, २०७२- आमनेपालीको चिकित्सा शिक्षा र सेवामा सुलभ, सहज र दिगो पहुँच स्थापित गराउने उद्देश्यले आमरण अनशनरत डा. गोविन्द केसीको मागप्रति सरकारले खासै चासो नलिएको गुनासो चिकित्साकर्मीहरूको छ।
त्रिवि शिक्षण अस्पताल हातामा गत सोमबारदेखि डा. केसी एउटै मागका लागि छैटौंपटक आमरण अनशनमा छन्। मुलुकमा देखिएको राजनीतिक गतिरोधका नाममा सरकारी निकाय र प्रधानमन्त्री सुशील कोइरालाले डा. केसीको माग बेवास्ता गरेको उनीहरूको भनाइ छ।
‘चिकित्सा माफियाको दबाबमा प्रधानमन्त्री र जिम्मेवार सरकारी अधिकारीहरू डा. केसीको माग बेवास्ता गर्न राजनीतिक घटनाक्रमको बहाना बनाइरहेका छन्,’ शिक्षण अस्पतालस्थित राष्ट्रिय आवासीय चिकित्सक संघका अध्यक्ष रामचन्द्र सापकोटाले भने, ‘ती माग अहिले पूरा नभए फेरि कहिल्यै नहुने जानकारी हामीलाई छ। त्यसैले यो वार या पारको लडाइँ हो।’
कम लगानीमा बढी फाइदा खोज्ने निजी मेडिकल कलेज र अस्पतालका लगानीकर्ताले सरकार र नेतामार्फत प्रोपोगन्डा फैलाएर आन्दोलनलाई अर्कैतिर मोडने प्रयास गरिरहेको डा. वाईपी सिंहले बताए। ‘माथेमा प्रतिवेदनका विरोधीहरू मुलुकको अस्थिर अवस्थाको दाउ खेल्न प्रयासरत छन्,’ डा. सिंहले भने, ‘सरकारले पनि निजी क्षेत्रको रुचिमा डा. केसीको माग पूरा नगर्ने छाँट देखाइरहेको छ।’
उनको भनाइमा माग पूरा गर्न कुनै प्राविधिक समस्या छैन। सरकारले व्यापारीहरूको कुरा सुन्न बन्द गरे डा. केसीको अनशन तोडिने उनले बताए। ‘आन्दोलनको माग सरकारका सचिवस्तरबाटै सम्बोधन हुन सक्छ,’ उनले भने। समयमै माग पूरा नभए काम छाड्ने स्थिति आउन सक्ने चेतावनी आवासीय चिकित्सकहरूले दिएका छन्। डा. केसीको स्वास्थ्य जटिल बन्दै गए २/४ दिनमै अप्रिय निर्णय लिइने संघ अध्यक्ष सापकोटाले बताए।
उनको मागप्रति सरकारको ध्यानाकर्षण गराउन आवासीय चिकित्सक र विद्यार्थीले शनिबार शिक्षण अस्पतालबाट र्यालीमार्फत बालुवाटारस्थित निवासमा पुगेर प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाएका छन्।
‘मेडिकल माफियाको चंगुलमा सरकार’
यसैबीच, डा. केसीले सरकार मेडिकल माफियाको चंगुलमा रहेको आरोप लगाएका छन्। माफियाको स्वार्थका लागि ३ करोड नेपाली जनतासँग सरकारले विश्वासघात गरिरहेको उनले बताए। कान्तिपुरसँगको कुराकानीमा उनले सरकार, राजनीतिक दल र उनीहरूको जनविरोधी क्रियाकलापप्रति चिन्ता प्रकट गरे।
मुलुकको हालको अवस्थामा लागि अदूरदर्शी र स्वार्थी नेता जिम्मेवार रहेको उनको भनाइ छ। ‘दलीय भागबण्डामा अल्झेर, राजनीतिको आपराधीकरणमार्फत सत्ता कब्जाको प्रयास गर्दा यस्तै स्थिति उत्पन्न हुन्छ,’ उनले भने। स्वास्थ्य र शिक्षा सबै नेपालीको नैसर्गिक अधिकार भए पनि मुठ्ठीभर व्यापारीका लागि सरकारले यस क्षेत्रको सम्भावित सुधारलाई बेवास्ता गर्दै आएको उनले उल्लेख गरे।
‘सोमबार ४ बजेदेखि अनशन थाल्ने मेरो पूर्वघोषित कार्यक्रम थियो, प्रधानमन्त्रीले सोही दिन दिउँसो १ बजे दलीय भागबण्डाका आधारमा विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्नुभयो,’ डा. केसीले भने, ‘सरकार कति गैरजिम्मेवार र संवेदनहीन छ भन्ने यसले प्रस्टयाउँछ। सरकारले जनदबाबमा बाध्य भएर आफूसँग गरेका सबै सम्झौता व्यवहारमा लागू नभएसम्म आमरण अनशन नरोकिने उनको अडान छ।antipur.ekantipur.com
भाद्र १३, २०७२- उनीहरू नेपाली भाषा बोल्न जान्दैनन्, बुझदैनन् पनि । साथमा भएका सबै पैसा सकिएको छ । काडमाडौ हिंडेका उनीहरु विराटनगर बसपार्कको गेस्ट हाउसको एउटा कोठामा कोच्चिएर बसेका छन् । बन्दका कारण उनीहरु घर न घाटका झैं भएका छन् ।
म्यानमारका १७ नागरिक १० दिनदेखि विराटनगरमा अलपत्र परेका छन् । म्यान्मार मङडोबासी जुबेर काडमाडौको घण्टाघरनजिकैको मदरसा (ईस्लामिक पाठशाला) मा पढाउने गर्छन् , त्यही मजदुरी र मिस्त्रीको काम गर्ने सोखित आलम, हाफिज अहमदको परिवार विराटनगरमा अलपत्र परेका हुन् । यी परिवारसँग द्वन्द्वमा अभिभावक गुमाएका नावालक खामिद र नोविद समेत गेस्टहाउसको कोठामा त्रसित अबस्थामा छन् ।
‘न खाने पैसा छ न त कही जाने ठाउँ नै’, अलिअलि हिन्दी बोल्न सक्ने जुबेरले भने, ‘बर्माको दंगाबाट डराएर दुईवर्ष यता नेपालमा छु, यहाँ पनि उस्तै चपेटामा परियो ।’ पछिल्लो दुईवर्ष देखि काडमाडौमा बस्दै आएका यि बर्मेली परिवारहरू महाभूकम्पका कारण काडमाडौबाट दिल्ली पुगेका थिए । काडमाडौको अबस्था सामान्य भएपछि रेल यात्रा गरी जोगवनी हुदै काडमाडौं जानका लागि विराटनगर आएका उनीहरू विगत १० दिन यता अलपत्र परेका हुन् ।
अलपत्र पर्नेमा जुबेरकी ६५ वर्षीय आमा सकिना खातुनसँगै हाफिजकी ३ महिनाकी दुधे वालिका आयसा र सुत्केरी श्रीमती नुरजहा बेगम समेत छन् । उनीहरू १० दिन यता विराटनगर बसपार्कको धरान गेस्ट हाउसको एउटा कोठामा बसिरहेका छन् ।
सिमावर्ती जोगवनीवाट विराटनगर पुगेपछि काडमाडौ जाने बस चढ्ने योजना बनाएका उनीहरूले १० दिनदेखि गेस्ट हाउसमा बस्नुपरेपछि भएका सबै पैसा सकिएको बताए । जुबेरले भने, ‘हामी सबैजना मिलाएर २५ हजार जति नेपाली पैसा थियो, सबै सकियो, अब त लज भाडा तिर्न र खान पनि समस्या भएको छ ।’
‘यही एउटा कोठाको भाडा तिर्न पैसा छैन् के गर्ने ? जुबेरले भने ‘बालवालिकालाई सुताएर हामी जागै रात काट्छौं ।’
अलपत्र परेकामा ६ जना पुरुष, चार महिला र सात बालवालिका छन् । वालवालिकाहरू ३ महिनादेखि ७ वर्ष उमेर सम्मका छन् । पैसा सकिएपछि होटेलमा खान सक्ने अबस्था नहुदा १७ जनाको यो समुह चारदिन यता बसपार्कमा यातायात ब्यबसायी आबद्ध बिभिन्न संघसंस्थाले सञ्चालन गरेको नि:शुल्क खाना खुवाउने स्थानमा गई भोक मेटाउने गरेका छन् ।
पैसा अभावमा बच्चालाई दुध खुवाउन नसकिएको उनले बताए । यी अलपत्र परेका समूहमा रहेका तीन महिने आयसाको शरीर ज्वरोले तातिएको छ । ‘खाने बस्ने उपाय छैन् कहाँबाट औषधी ल्याउनु’ आयसाका पिता हाफिजले बर्मेली भाषामा बोलेको कुरालाई हिन्दीमा अनुवाद गरी जुवेरले भने ।
१० दिनदेखि गेस्ट हाउसको कोठामा बसेको यो समूहले चार दिनको भाडा मात्रै तिरेको छ । गेस्ट हाउसकी संचालिका माया राई भन्छिन्, ‘बन्दले हाम्रो आफनै विजोग छ, उनीहरूलाई कसरी पाल्नु ?’ आफूले भाडामा कोठा लिएर गेस्ट हाउस संचालन गरिरहेकाले निुशल्क रुपमा १७ जनालाई राख्न नसक्ने राईले बाध्यता सुनाए ।
तत्काल गाडी खुलेपनि आफुहरूसित भाडाको पैसा समेत बाँकी नरहेको उनीहरूले बताए । जुबेरले भने ‘अब त नेपाल सरकारसँग मात्रै आश बाँकी छ ।’
‘हाम्रो बिन्ती छ । हामीलाई बचाइदिनूहोस ।’kantipur.ekantipur.com

देश बचाउने आशा थियो आमा तर मैले आज आफैलाई बचाउन् सकिन् तर पनि तिम्रा अन्य छोराहरु जिवितै छन् मेरो बाँकी आयु उनीहरुमा लागोस् । मैले गर्न नसकेको बाँकी काम उनीहरुले गरिदिनेछन् अधिकार माग्न आएका मानिसहरुले मेरो बाँच्ने अधिकार खोसिदिए मेरो सानो बाबुलाई पनि छोडेनन् ।
आखिर किन मारे उसलाई मैले सोध्न सकिन् म आफै आत्तिएको थिए पानी पानी भन्दै मेरो शरीर जल्दै थियो । म उफ्र्रन थालेको थिए । तर बचाउ भनेर भन्न सकिन् किनकी म उनीहरुलाई बचाउन आएको थिए । उनीहरु मलाई बचाउन आएका थिएनन् । उनीहरुको अधिकार मिलोस्, आमा म मरे नि के भयो र मेरो देश बाँचेको छ । अहिले नहाँसेर के भयो सधै हाँसेको छ ।
स्वदेशमा भूकम्प आउँदा प्रहरी, बाढी आउदा प्रहरी, विपक्ति आउँदा प्रहरी, अनि सबै भन्दा पहिले मर्नेमा पनि प्रहरी नै आफनो देशका रक्षकलाई यसरी पशु सरह मार्ने कति पोल्यो होला कति आत्तिएको थिए होला ज्युदै आगोमा जल्दा कति तिर्खा लागेको थियो होला अस्ति भर्खर भूकम्प आउँदा साना साना बच्चा बच्चीहरुलाई बचाइदिने प्रहरीको आज बच्चा मारियो । हिजो बाढी आउँदा आफ्नो वेवास्ता गदै ज्यानको बाजी थापेर बचाउन जाने प्रहरीको ज्यान गएको छ ।
नेपालका इमान्दार मृतक प्रहरीमाथि श्रद्धा सुमन प्रकट गर्न चाहे । र अनि यस्ता बहादुर छोरा जन्माउने नेपाल आमाप्रति पनि समवेदना प्रकट गर्न चाहे । हिजो कैलालीमा बाढी आउँदा यिनै प्रहरी ले बचाएका थिए । तर आज तिनै प्रहरीलाई निर्मम हत्या गरियो । कैलालीको टिकापुरमा जुन घटना घट्यो त्यो राज्य अनि प्रहरीका लागि एउटा कालो दिन को रुपमा सावित भयो ।
जसले त्यो घटना घटायो अनि जो त्यस घटना घटाउनुमा परिचालित गरिएका थिए त्यसलाई तपाई राष्ट्रसेवक प्रहरीले त्यही ठाउँमा सबैको चिहान बनाउनु । र सबैलाई फाँसी दिनुहोस् । - दैनिक नेपाल

आईतवार 13 भदौ, 2072
आनन्दराम पौडेल - जब नेतृत्वले सैद्धान्तिक आधार छाडेर निर्णय लिन र कदम चाल्न थाल्छन्, तब सम्पूर्ण काम-कार्यवाही र अभियानले बाटो छाड्छ। हरेक अभियान र काम-कार्यवाहीको आधार (जग) अत्यन्तै कमजोर हुने भएकोले सामान्य प्रश्नको समेत् सामना गर्ने क्षमता नै गुमाउँछ। कुनै तर्क हुँदैन, त्यसैले जवाफदेहिताबाट सधैं भाग्छ।
छिमेकी राष्ट्र भारतमा सवा बर्षदेखि सबै राजनीतिक हस्तिहरुलार्इ धरासायी गराएर नरेन्द्र दास
मोदीले चौतर्फी आफ्नो दिग्वीजयको झण्डा फहराइरहेका छन्। उनलार्इ चुनौती दिनसक्ने राजनीतिक हस्ति मैदानमा देखिंदैन। तर, आफ्नै जातसमुदायको एउटा २२ बर्षे युवकले राखेको एउटै सवालले आज नरेन्द्र मोदीको नौनारी गलेको छ। २२ बर्षे युवक हार्दिक पटेलले एकदमै सानो र सामान्य प्रश्न गरेका थिए। उनको प्रश्न थियो, “आरक्षण पछाडी परेका समुदायको लागि हो भने पटेल समुदायमा पनि अत्यन्तै पछाडी परेको संख्या अत्यधिक छ। तिनीहरुले नपाउनुपर्ने कारण के हो ?” प्रश्न यत्ति हो। तर, यही प्रश्नको जवाफ दिनु त परको कुरा सामना गर्न समेत् भारतको नेतृत्व असमर्थ भैरहेछ।
हार्दिक पटेलले प्रश्नसँगै केही उदाहरणहरु समेत् प्रस्तुत गरेका छन्। जातको नाममा सम्भ्रान्तका छोराछोरीले आरक्षण पाइराखेको, ठूला ओहोदाधारी सरकारी पदाधिकारीका सन्तानले पाइराखेको तर पटेल भएकै कारणले अति विपन्नहरुलाइ समेत् अवसरबाट बञ्चित गरिएको उदाहरण उनले पेश गरे। आरक्षणसूचिमा परेको मात्र कारणले अति सम्भ्रान्तहरु र सरकारी उच्च पदाधिकारीका ४०–४५ प्रतिशत अङ्क ल्याएका सन्तानले छात्रवृत्ति र सरकारी नोकरी पाएको, तर एउटा दरिद्र परिवारको सन्तानलार्इ ९० प्रतिशत अङ्क ल्याउँदासमेत्, पटेल भएकै कारणले, सबै अवसरबाट बञ्चित गराइएको उदाहरणहरु अगाडी सारे।नेपाली राजनीतिको अहिलेको नेर्तृत्वले गरेको आरक्षण राजनीतिले हार्दिक पटेलहरु जन्माउदै छ ।
सीमान्तिकृत वर्गको लागि राज्यले विशेष केही गर्नुपर्छ। सीमान्तिकृत वर्गलाइ राष्ट्रको मूलधारमा ल्याउन विशेष नीति, योजना र कार्यक्रम राज्यले अबलम्बन गर्नैपर्छ। त्यस्ता योजना र कार्यक्रम कार्यान्वयन गर्दा गरिबीको रेखामुनि रहेकामध्येपनि अति विपन्न र दरिद्रतमबाट शुरु गर्नुपर्छ। ती परिवारको स्वास्थ्यउपचार बीमा राज्यले गरिदिनुपर्छ र ७५ प्रतिशत प्रिमियम राज्यले नै तिरिदिनुपर्छ। तिनीहरुका सन्तानलार्इ पोष्टग्राजुएटसम्म छात्रवृत्ति नै दिएर पढाइदिनुपर्छ। आवश्यकता अनुसार आरक्षण पनि दिनुपर्छ। यो सर्वमान्य सिद्धान्त हो। भारतमा आरक्षण लागु गर्दा यो सिद्धान्तमा टेकेनन्। सजीलो बाटोतिर लागे। अर्थात् केही जातलाइ आरक्षण दिने भनेर घोषणा गरिदिए। नेतृत्वले तत्काल सजीलोको हिसाबले र मनोगत तबरले जात तोकेर आरक्षणको घोषणा त गरे, तर धरातलीय यथार्थभने नितान्त फरक छ।
३० बर्षदेखिका मानव विकास सूचकाङ्कका तथ्याङ्कहरुले भारतमा आरक्षण पाउनेभन्दा आरक्षण नपाउने जात, समुदायमा दरिद्रहरुको संख्या अत्यधिक बढी देखाइरहेछ। हरेक बर्ष प्रकाशित हुने तथ्याङ्कहरुले जब यथार्थ स्थिति छर्लङ्ग पारिदियो, तब जनता जाग्नथाले। यही तथ्य र प्रश्न अघि सारेर केही बर्षअघि हरियाणाका जाटहरुले पनि निकै चर्को आन्दोलन गरिरहेका थिए। यही बिषयमा राजस्थानका गुर्जरहरु पनि ४-५ बर्षदेखि आन्दोलित छन्।
एउटा घीनलाग्दो बिडम्बना चाहीं यहाँ के देख्नुपरिरहेछभने एउटा २२ बर्षे नवयुवकले राखेको प्रश्नको जवाफ दिन नसकेर नरेन्द्र मोदीले गुजरातमा पटेल समुदायको आन्दोलनलाइ निर्ममतापर्वक दमन गरिरहेछन्। पुलिस फोर्स लगाएर दमन गर्न खोजे। त्यतिले नपुगेर अर्धसैनिक बल प्रयोग गरे। ९ जनाको हत्या नै गरिदिए। त्यतिले नपुगेर अगस्त २५ तारिखदेखि सेना नै परिचालन गरिराखेका छन्। इण्टरनेट, मोवाइल सबै बन्द गरिदिएका छन्। आफ्नै गृहप्रदेशमा जनताको प्रश्नको जवाफ दिन नसकेर उल्टो निर्मम दमन गर्ने तिनै नरेन्द्र मोदी यता छिमेकी मुलुक नेपालका नेतालार्इ भने, “सबैको माग पूरा गर। सबैको माग पूरा नगरी सम्विधान जारी नगर” भनेर उपदेश छाँट्छन्।
अघिल्लो हप्ता भारत र पाकिस्तानबीच उच्चस्तरीय वार्ता हुने तिथि तय भएको थियो। पाकिस्तानको वार्ताटोलिले कास्मिरका बिखण्डनवादी हुर्रियतका नेतालाइ भेट्ने मनशाय राखेको थाहा पाएर भारतले विरोध मात्र गरेन तय भएको वार्ता नै भङ्ग गरिदियो। आफ्नो देशका बिखण्डनकारीसँग भेट्ने बिषयलार्इ उहाँहरुले यति सम्वेदनशील ठान्नुहुन्छ। तर उहाँहरु नै, “यो राष्ट्र टुक्र्याइदिउँ” भनेर राष्ट्रलार्इ नै बारम्बार धम्क्याइरहने अमरेश कुमार सिंह, महन्थ ठाकुर, राजेन्द्र महतोहरुलाइ उच्च प्राथमिकतामा राखेर निरन्तर भेटिरहनुहुन्छ। यी बिखण्डनकारी लगायत सबै आन्दोलनकारीका माग पूरा गर भनेर नेपालका नेताहरुलाइ निरन्तर दबाब दिनुहुन्छ। ४ महिनाअघि १६ बुँदे सम्झौता गर्दा, “प्रदेशको सीमाङ्कन गर्नको लागि विशेषज्ञहरुको आयोग बनाएर जिम्मा दिने” भनेर निर्णय गरेका थिए।
“नेपालका नेताहरुले अधिकांश त वाहियात निर्णय लिन्छन्, तर यो एउटाचाहीं बुद्धि पुर् याएछन्” है भनेर हामीले नै भनेका थियौं। तिनै बिखण्डनकारीको कुरा सुनेर नरेन्द्र मोदीले एक(एक नेतालाइ दिल्ली बोलाए। हकारपकार पारे। हाम्रा नेताहरुले छुल्छुलि मुत्दै सीमाङ्कन गरिहाले। छिमेकीको आन्तरिक मामलामा यतिसम्म थुतुनो गाड्ने नरेन्द्र मोदीले आफ्नै मुलुकमाचाहीं के गरिरहेछन् रु गोरखाल्याण्ड आन्दोलन कति बर्ष भयो रु मुस्लिम महिलामाथि परिवार र समुदायले खपिनसक्नु पक्षपात, अन्याय र अत्याचार गरिराखेको छ। ती अत्याचारीलाइ राज्यले साथ दिईराखेको छ। यस बिषयमा आवाज उठेको कति भयो रु “आफ्नो आँगमा भैंसी नदेख्ने, अर्काको आँगमा जुम्रा खोज्ने” भन्ने उखान यहाँ चरितार्थ भएको छ।
नेपालका नेताहरुले पनि सिद्धान्त, तथ्य र यथार्थलार्इ पन्छाएर मनोमानि निर्णय लिईरहेछन्, जस्ले गर्दा उनीहरुका हरेक कदम गलत साबित भैरहेका छन्। गरिबीको रेखामुनि रहेका मध्येपनि दरिद्रहरुलाइ दिनुपर्ने आरक्षण, तिनीहरुलाइ नदिएर केही जातलाइ दिने निर्णय गरे। आरक्षणको मध्यावधी समीक्षा गर्दा अति सम्भ्रान्तहरुले मात्र पाइराखेको देखियो। सङ्घीयताकै कुरा गरौं। यो नेपाल राष्ट्रलाइ सङ्घीयता आवश्यक नै छैन। तर, केही नेताहरुको जिद्दी र हठले गर्दा सङ्घीयता लाद्ने भएपछि यही पाँच विकासक्षेत्रलाइ नै सङ्घीय प्रदेश बनाए हुन्छ भनेर सबैले सुझाव दिएका थिए। तर, आधारहीन, आलोकाँचो र मनोमानि ढङ्गले सङ्घीय प्रदेश बनाउन खोज्दा यिनीहरु शुरुमै फेल भएको दयनीय दृश्य हेर्नुपरेको छ।
अरुको अनुभवबाट सिकौं। आफ्नै अनुभवबाट सिकौं। तथ्यबाट सत्य निकालौं। बस्तुनिष्ठ भएर निर्णय लिने बानि बसालौं। यत्ति भए पुग्छ। भिडियो हेर्न तलको बाकस थिच्नुहोस

एजेन्सी, भदौ १३
सुनिल सेट्ठीकी छोरी आतिया सेट्ठी सलमान खान प्रोडक्सनको फिल्म ‘हिरो’ बाट बलिउडमा डेब्यु गर्दैछिन् । उनै आतियाले आफूलाई डेब्यु दिने सलमानको नभई शाहरुखको फ्यान भएको बताएकी छिन् ।
उनले आफू शाहरुख खानको फ्यान मात्र भएको बताइनन्, शाहरुखसँग फिल्म खेल्ने सपना रहेको पनि बताइन् । उनले सलमानको नाम लिइनन् ।
सलमानको नामै नलिएपछि भारतीय सञ्चारमाध्यमले सोधे,‘सलमानसँग चाहिँ ?’ प्रश्न आएपछि मात्र उनले सलमानलाई जोडिन् । तैपनि, शाहरुखको नाम भने छुटाइनन् र भनिन भनिन्,‘मलाई थाहा छैन उहाँहरुसँग काम गर्ने मौका मिल्छ या मिल्दैन । तर, जब मैले यस्तो मौका पाउँछु, कुनै हालतमा छोड्दिन ।’
प्रकाशित मिति: आइतबार, भाद्र १३, २०७२ १०:१९:३० भिडियो हेर्न तलको बाकस थिच्नुहोस