• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
चाणक्य वा कौटिल्य एक भारतिय शिक्षक, दार्शनिक तथा महान सम्राट चन्द्रगुप्त मौर्यका सल्लाहकार थिए।उनी राजनीति र कूटनीति का साक्षात् मूर्ति थिए। उनको अर्थशास्त्र , राजनीति, अर्थनीति, कृषि, समाजनीति आदिको महान ग्रन्थ छ। पुरातन हिन्दु मान्यता अनुसार चाण्क्य लाई महान् विद्वान मानिन्छ । उनले दिएका विचारहरुलाई हाम्रो संस्कारमा चाण्क्य नीतिका रुपमा मान्ने चलन रहिआएको छ ।
चाणक्य नीति १ः
आफुले योजना गरेका कुराहरु कसैलाई नभन्नुस । वुद्धिमान मानिसले आफ्नो योजना बारे कसैलाई पनि बताउँदैन ।आफूले सोचेको कुरालाई पुरा गर्नको लागि ढृढ रहनुहोस्, तपाईंको जीत अवश्य हुनेछ ।

चाणक्स नीति २ः
जीवनको सबै भन्दा ठुलो मित्र शिक्षा हो । शिक्षा लाई कहिलै पनि पैसा संग तुलना नगर्नुहोस । एक शिक्षित व्यक्तिले पुरै देश बदल्न सक्छ । एक शिक्षित व्यक्तिले हरेक ठाउँमा सम्मान पाउँछन् । शिक्षाले सौन्दर्य र यौवनलाई परास्त गर्ने गर्दछ ।

चाणक्स नीति ३:
ती आमाबुवा बच्चाहरुको लागि शत्रुजस्तै हुन्छन् जसले आफ्ना छोराछोरीलाई राम्रो शिक्षादिक्षा दिएका हुँदैनन् । किनभने अनपढहरुको भिडमा विद्वानको निकै बेइज्जत हुने गर्दछ ।

चाणक्स नीति ४:
जो व्यक्तिको छोरा उसको नियन्त्रणमा बस्ने गर्दछ, श्रीमती उनको आज्ञा अनुसार व्यवहार गर्दछिन् र जो व्यक्ति आफूले कमाएको धनमा पूर्ण सन्तुष्ट हुन्छन् भने यस्ता व्यक्तिहरुका लागि संसार एक स्वर्गजस्तै हुन्छ ।

चाणक्स नीति ५:
मूर्खता जस्तै यौवन पनि दुखदायी हुने गर्दछ किनभने जवान हुँदा व्यक्तिले कामवासनाको आवेगमा कुनै पनि मूर्खतापूर्ण काम गर्न सक्छ । तर योभन्दा पनि अधिक कष्टप्रद भनेको अरु व्यक्तिमा आश्रित हुनु हो ।

www.etajakhabar.com
टेलिभिजन, टेलिफोन, टेलिस्कोप आदि शब्द सुनेको अनि बुझेकै शब्द हुन। तर ‘टेलिप्याथी’ भन्ने सुनिएपनि निकै कम बुझिएको शब्दमा पर्छ।

अङ्ग्रेजी डिक्स्नेरी अनुसार ‘टेलिप्याथी’, ‘दिमागहरु बीच बिना कुनै इन्द्रिय सञ्चार हुनु’ बुझिन्छ। अर्थात हाम्रा पाँच इन्द्रियको प्रयोग नभइ अन्यको मष्तिस्कसंग सिधा सम्पर्क गर्ने कार्य नै टेलिप्याथी हो। सिधा बुझ्दा बिना कुनै माध्यम अन्यको दिमागको विचार पढ्न सक्ने वा आफ्नो विचार अन्यको दिमागमा पनि ल्याउन सक्ने खुबी नै टेलिप्याथी हो।  तपाईले अन्य व्यक्तिको दिमाग पढ्ने कोसिस गर्नु भएको छ र?

कहाँ बाट आयो टेलिप्याथी शब्द?

भन्नाले ‘टाढा’ र  भन्लाने ‘अनुभुति’ वा ‘अनुभव’ बुझिन्छ। टाढाको दृश्य हेर्न मिल्ने उपकरण टेलिभिजन भएझै टाढा वा अन्यको दिमाग अनुभव गर्न सकिने कार्य नै टेलिप्याथी हो।

अमेरिकी मनोवैज्ञानिक फ्रेडेरिक मियर्सले पहिलो पटक सन् १८८२ मा प्रयोग गरेको यो शब्द अहिलेसम्मनै निकै चर्चित रहदै आएको छ।

साइन्स फिक्सन चलचित्रमा ‘सुपरहिरो’ अनि ‘सुपरभिलेन’ का शक्ति देखाउन टेलिप्याथी व्यापक प्रयोग गरिने गरेको छ।

टेलिप्याथीसंगै टेलिपोर्टेसन पनि निकै चर्चित छ। एक ठाउँबाट बिलाएर अर्को ठाँउमा उत्पन्न हुने कार्यलाई टेलिपोर्टेसनले व्याख्या गर्छ। निकै चर्चा भएता पनि टेलिप्याथीको भने कुनै वैज्ञानिक आधार भेटिएको छैन, जहाँ कि टेलिपोर्टेसन भने विज्ञानले सम्भव बनाइसकेको छ तर केही समय भने अवस्य कुर्नुपर्नेछ।

के एउटा दिमागले अर्को दिमागमा संकेत पठाउन सक्छ?

टेलिप्याथी सम्बन्धि विषयले सधै अचम्मित नै पार्दै आएको छ। के यो साच्चै सम्भव छ? के तपाइले अर्को कोही मानिसको मस्तिष्क पढ्न सम्भव होला? विचार विचारमै अन्यसंग कुराकानी गर्न सकिएला?

टेलिप्याथीमा विश्वास गर्ने भन्छन्, जब कुनै मानिसले अर्को व्यक्तिबाट ‘विचार’ पाउँछ, प्राप्त गर्ने व्यक्तिले बोलेरै जवाफ पनि दिने अवस्था पनि आउँछ। यस्तो घटना सोचेभन्दा बढी घट्ने बताइन्छ। तर कुनै वैज्ञानिक आधार नहुँदा यस्ता घटना कल्पनामात्रमा सिमित भएका छन्।

टेलिप्याथीमा कस्तो अनुसन्धान हुदैछ?

टेलिप्याथीसंग सम्बन्धित रहेर बिभिन्न खोज तथा अनुसन्धान नगरिएका हैनन, तर कुनै पनि अनुसन्धानले यस्तो शक्ति साँच्चै छ भनि निर्क्योल गर्नसकेको छैन। १९ औं शताब्दीमै सोसाइटी फर साइकिकल रिसर्चले पाँच दिदीबहिनीमा टेलिप्याथीको शक्ति छ भनि रिसर्च गर्न सुरु गरेको थियो। वर्षौं सम्म अध्ययन गरे तर पछिल्ला अध्ययनको क्रममा ती दिदीबहिनीहरु कोड संकेत गरेर कुराकानी गर्ने गरेको र रिसर्च गर्ने व्यक्तिहरुलाई नै झुक्याएको थाहहुन आएको थियो।

अझ विशेष गरि जुम्ल्याह व्यक्तिहरुमा टेलिप्याथीको शक्ति हुने विश्वास गरिएको थियो। एकै समयमा एकै खालका विचार आउने, एकै खालका सामान मन पराउने आदि जुम्ल्याहमा देखिने गरेको भन्दै विभिन्न अनुसन्धान पनि गरिए तर कसैले पनि टेलिप्याथीलाई वैज्ञानिक आधार दिन सकेन। संगै बस्ने अनि संगै हुर्कने हुनाले जुम्ल्याहमा एकआपसमा टेलिप्याथी गरेझै व्यवहार देखिने तर साच्चैको टेलिप्याथी भने नभएको निष्कर्षमा अनुसन्धानकर्ता पुग्ने गरेका छन्।

आध्यात्मिक अनि केही वैज्ञानिक सिद्धान्त र टेलिप्याथी

खप्तड बाबाको एक पुस्तक छ, ‘विचार विज्ञान’, जसमा विचारको शक्तिको बारेमा निकै राम्रो संग बयान गरिएको छ। विज्ञान पनि भन्छ, शक्ति नष्ट हुदैन केवल परिवर्तन गर्न मिल्छ। हाइड्रोपावरमा पानीबाट टर्वाइन घुमाइन्छ। पानीको शक्ति टर्वाइन घुमाउन प्रयोग गरियो, टर्वाइनले सोही घुम्ने कार्यबाट विजुली निकाल्छ, सोही विजुली तार हुदै तपाइको घरसम्म आइपुग्छ, मोबाइल वा कम्प्युटरको ब्याट्री चार्ज गर्नुहुन्छ। सोही ब्याट्रीको शक्ति प्रकाशमा परिवर्तन गर्छ मनिटर वा स्क्रिनले। यसरी शक्ति एक रुपबाट अर्कोमा परिवर्तन हुदैँ विभिन्न अन्य कार्य हुने गरेको छ।

मानिसले शक्ति भने खाना, पानी अनि हावा बाट पाउँछ। शरिरमा भएको केही शक्ति तपाइले विचार वा सोच्नमा लगाउनुहुन्छ। बिना शक्ति कुनै कार्य सम्भव छैन। अर्थात शक्ति छ भने कार्य अवस्य हुन्छ। यसको अर्थ तपाइको विचारले पनि अवस्य कुनै न कुनै कार्य गर्छ। अठोट भएमा कुनै कार्य असम्भव छैन भनि त्यसै भनिदैन। तपाइको विचारले पनि तपाइको वरिपरिको वातावरणलाई अवश्य असर पार्छ। सकारात्मक विचार छ भने सकारात्मक नत्र नकारात्मक प्रभाव पर्छ। अब कुनै तरिकारले आफुमा भएको विचार शक्ति अन्यमा पठाउने कसरी मात्र थाह पाउँदा टेलिप्याथी सम्भव देखिन्छ। तर पठाउने कसरी समस्या त्यहाँ आउँछ। यसको भने विज्ञानले जवाफ खोजीसकेको छ।

प्रविधिको प्रयोग गरेर टेलिप्याथी

चर्चित खगोलविद् स्टेफन हकिङ्स बोल्न सक्दैन, न त हिडडुल गर्न नै सक्छन। तर शताब्दीकै सबैभन्दा तेज दिमाग भएका खगोलविद् हुन उनी। ‘एमियोट्रोफिक ल्याटेरल स्क्लेरोसिस’ नामक एक दुर्लभ रोगको कारण उनी दशकौ देखि पक्षाघातले थलिएका छन्। बोल्न र लेख्न नसक्दा स्टेफनको तेज दिमागको विचार र धारणा चाँहि उनकै दिमागमा मात्र सिमित हुने भयो। कि त टेलिप्याथी सम्भव भएको भए बताउन सकिन्थो स्टेफन कुन सिद्धान्त दिमागमा सोच्दैछन्, तर त्यो सम्भव भएन। तर विज्ञानले यी तेजवी वैज्ञानिकका विचार विचारमै सिमित नहोस् भन्नको लागि एक नौलो प्रविधि भित्र्यायो, दिमाग पढ्नमिल्ने प्रविधि। टेलिप्याथीको कथा झै सारा दिमागमा के चलिरहेको छ भनि पुरै वृतान्त अहिलेसम्म थाहा पाउनसक्ने नभएपनि स्टेफन के बोल्न खोज्दैछन् भन्ने यो प्रविधिले थाहा पाउँछ।

अन्यसंग कुराकानी गर्न सुरुमा उनको अगाडी अक्षरहरु लेखिएको ‘स्पेलिङ कार्ड’ राखिदिनु पर्थो। आँखीभौं उचालेर उनले अक्षर छान्थे अनि अन्यले उनले भन्न खोजेको शब्द बुझ्ने गर्थे। एउटै वाक्य भन्न यसरी मिनेट भन्दा बढी लाग्थो। आफ्नी सासुको यस्तै समस्या हल गर्न ‘वर्ल्डस् प्लस’का प्रमुख वाल्टर वल्टोजले बनाएको एक कम्प्युटर प्रोग्राम ‘इक्वलाइजर’को परिमार्जित संस्करण सन् १९८६ देखि स्टेफनले प्रयोग गर्न थाले। यो कम्प्युटर उनको ह्वीलचियरमै जडित थियो।

यो प्रोग्रामको मद्धतले औलाको सहायताले बटन थिचेर उनले कम्प्युटरको स्क्रिनमा देखिने शब्दहरु छान्थे। उनले १ मिनेटमा करिब १५ वटा शब्द छान्ने सक्थे। छानिएका शब्द सोही प्रोग्रामले पढ्न सक्थ्यो। विस्तारै स्टेफनको हातका औलाले पनि काम गर्न छाड्यो। सन् २००५ पछि उनले गालाको तन्तुहरुको हलचलबाट शब्द छान्न थाले। तर यसरी एक मिनेटमा केवल एउटा शब्द छान्ने सक्थे। सन् २००९ पछि उनी आफैले ह्वीलचियर पनि चलाउन सक्ने अवस्थामा रहेनन। स्वासफेर्न कठिन हुनाले भेन्टीलेटरको आवश्यकता पर्न थाल्यो।
सन् १९९७ पछि उनको कम्प्युटरको यो प्रविधिलाई इन्टेल कर्पोरेशनले सहयोग गर्न थाल्यो। गालाको हलचलले उनले कम्प्युटरको स्क्रिनमा भएको माउसको कर्सर चलाउन सक्थे। स्क्रिनमा किबोर्ड हुन्थ्यो, कर्सर लगेर उनले स्क्रिनको किबोर्डबाट ‘कि’ छान्न सक्थे।

केही समययता दिमागमा उत्पन्न हुने तरंग अध्ययन गरि सोचेको कुरा पत्ता लगाउन सक्ने प्रविधि भित्रिदै गएको पाइन्छ। स्टेफनको दिमागमा पनि एक ‘चिप्स’ राखेर उनले सोचेको कुरा पत्ता लगाउने कोसिस गरिएको थियो। तपाइले कुनै फुल सोच्नु भयो अनि मानौ निलो आकाश सोच्नु भयो, यी दुवै अवस्थामा तपाइको दिमागमा फरक फरक काम हुने गर्छ, दिमागको फरक फरक हिस्सा सक्रिय हुने गर्छ अनि दिमागबाट फरक फरक तरङ निस्कने गर्छन।

दिमाग भित्र वा बाहिर पनि राख्न सकिने सो चिप्स वा सेन्सरले दिमागबाट उत्पन्न हुने तरङ्गको अध्ययन गरि सोचेको कुरा अनुमान गर्ने गर्छ। नयाँ प्रविधि भएकाले स्टेफनले यो भन्दा आफुले प्रयोग गर्दै आएको कर्सर सारेर अक्षर छान्न मिल्ने कम्प्युटर प्रोगाम नै सजिलो भएको प्रतिक्रिया दिएका थिए।

 केही वर्ष पछि यो प्रविधिको राम्रो विकास हुनेछ, अनि दिमागमा चेल्ने सोच अनि विचार कम्प्युटरले सबै पत्ता लगाउन सक्ने हुनेछ। साथै कम्प्युटरबाट दिमागमा विचार पठाउन पनि मुसामा विभिन्न अध्ययन गरिएका छन्, जसमा सकारात्मक नजिता प्राप्त हुदै गएको बताइन्छ। अबका केही वर्ष वा दशक पछि तपाईले सोच्नु भएको तपाइको कम्प्युटर वा मोबाइलले थाह पाउन सक्ने हुनेछ, अनि इन्टरनेट मार्फत ती डाटा अर्को मोबाइलमा पठाइनेछ जहाँ डाटा पाउने मोबाइलले व्यक्तिको दिमागमा ती डाटालाई पठाइदिनेछ। तपाईले सोचेको कुरा प्रविधिको सहयताले अर्को दिमागमा पुग्ने देखिन्छ। तर यस्तो हुन अझै समय भने कुर्नु पर्ने देखिन्छ। यसरी मनौविज्ञानले वैज्ञानिक आधार खोज्न नसकेको टेलिप्याथीलाई विज्ञानले प्रविधि प्रयोग गरि सम्भव बनाउन खोज्दैछ।
जर्मनीका एक पुरुषले लिङ्गमा सिलिकन भरेर ठूलो बनाउन खोज्दा झन् समस्यामा परेका छन् । उनले लिङ्गमा सिलिकन भर्नका लागि इन्जेक्सन लगाएका थिए तर इन्जेक्सनका कारण उनको लिङ्गको तौल बढेर तीन किलोको भएको छ । ४५ वर्षीय मिका स्टुन्ज लिङ्गको आकार अस्वभाविक रुपमा वृद्धि भएपछि चिन्तित बनेका छन् ।

 हाल उनलाई यौन सम्बन्ध बनाउनका लागि समेत अफ्ट्यारो हुने गरेको छ । हाल उनको लिङ्गको साइज नौ इन्च लामो र ३.५ इन्च चौडा रहेको छ तर उनी लिङ्गका कारण अन्य मानिस भन्दा फरक देखिन्छन् । उनलाई हिँडडुल गर्न समेत अप्ठ्यारो बनेको छ । उनले आफु २० वर्षको हुँदा नै आफ्नो लिङ्गको आकारलाई बढाउन खोजेका थिए । उनले लिङ्गको आकार बढेपछि मानिसहरु आफ्नो कम्बर मुनिको भाग हेर्ने झुम्मिने गरेको बताउँछन् । तर उनले सिलिकनले लिङ्गको आकार बढाउन पाएकोमा भने आफु दंग परेको बताउँछन् । तर लिङ्गको आकार बढाएपनि उनले अतिरिक्त सन्तुष्ट भने महसुस नगरेको र यौनसम्पर्कका बेला कठिन हुने बताएका छन् । ती पुरुषले आफुले मोलेको खतराको महसुस बल्ल गरेको बताएका छन् । उनले अब आफुले सामान्य जीवन विताउने प्रयास गर्ने र आफुलाई आवश्यक सामग्रीहरु खरिद गर्ने, क्लबहरु, बार तथा सिनेमा हेर्न जाने बताएका छन् । उनले आफनो लिङ्गलाई सम्हाल्नका लागि विशेष किसमको ब्यागको प्रयोग गर्ने गरेका छन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
गायिका कोमल ओलीलाई अमेरिकाले फेरि पनि भिसा दिएन । यसअघि पटक–पटक रिजेक्ट भएकी कोमल अहिले कडा भएकी छन् । यसअघि तीनपटकसम्म उनलाई अमेरिकी दूतावासले भिसा दिएको रहेनछ । यसपटक तीज विशेष कार्यक्रमका लागि कोमल अमेरिका जाने योजना रहेछ । तर, के गर्नु, अमेरिकी सरकारले उनलाई भिसा नै दिएन ।

भिसाका लागि अमेरिकी दूतावसामा पुगेकी उनलाई सोधिएछ – बिहे भएको छ ? उनले उत्तर दिइछन्, ‘छैन ।’ फेरि उनलाई सोधिएछ –व्वायफ्रेन्ड छ ? कोमलले उत्तर दिइन् रे – छैन ।
प्रेमी पनि छैन । अनि यो उमेरसम्म बिहे पनि नगरेकी कोमल फेरि अमेरिका जानबाट बञ्चित भइन् । अमेरिकी दूतावासमा अन्तरर्वार्ताकारको आशंका थियो होला – कोही नभएपछि फेरि के–का लागि कोमल देश फर्किएलिन् ? आजको नयाँ पत्रिकामा खबर छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
हुन त पूर्व राजा ज्ञानेन्द्र शाहको योग भनेको तीन पटक राजा हुने योग हो । तर उहाँले म कहिले राजा हुन्छु भनेर भने सोध्नु भएन । 
काठमाडौँ , १० भदौ पूर्वी नेपालको धनकुटामा २३ वर्ष अघि जन्मिएर हाल जावलाखेल ललितपुरमा बस्ने युवा ज्योतिष सविता सरु शर्मा आचार्य अहिले निकै चर्चामा छिन् । उनले अहिलेसम्म पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, माओवादी नेतृ पम्फा भुषाल, नायीका रेखा थापा लगायतका चर्चित अनुहारको भूत, भविष्य र वर्तमान हेरिसकेकी छिन् । सर्वसाधारणहरु समेत गरेर अहिलेसम्म झण्डै ११ लाख जनाको भविष्य हेरिसकेको बताउने सवितालाई भक्तजनहरुले माताजी भनेर सम्बोधन गर्ने गर्दछन् । प्रस्तुत छ उनै माताजीसंग हरेकपल डट कमको घुम्ने मेचमा गरिएको सवाल जवाफको सम्पादित अंश ।




तपाईलाई के भनेर सम्बोधन गरौं ?
जे भने पनि हुन्छ, भविष्यबाणी हेर्ने पेशा हो मेरो । मैले ज्योतिष विद्या अध्ययन गरेको होइन । मलाई स्वतः अलौकिक शक्ति आएको हो । मलाई यो सवै भगवानका कृपाले प्राप्त भएको हो । अध्ययनको कुरा गर्नुपर्दा मैले स्नातक तह अध्ययन गर्दै थिए । कारणबस म यही भविष्यबाणी हेर्ने क्रममै व्यस्त भएर पढाईलाई निरन्तरता दिन सकिन । तर अध्ययनलाई मैले पुरा गरेरै छाड्छु ।

ज्योतिष विद्या पढ्ने रहर छ की यसैले पुग्छ ?
ज्योतिष विद्या पढ्ने भन्दा पनि, मलाई अझै बढी अलौकिक शक्ति प्राप्त हुन्छ की भन्नेमा म छु ।

कसरी प्राप्त हुँदोरैछ अलौकिक शक्ति भन्न मिल्छ ?
मैले मिडियामा भने मात्र त हो मेरो बारेमा अरुले जान्ने । मैले यो कुरा नभन्नु भनेको म भित्र रहेको कललाई लुकाएर राख्नु जस्तै हो ।

मैले सहजै भन्नु पर्दा म सात महिनामा जन्मेको, सात बर्षको उमेरमै म माथि अलौकिक शक्ति प्राप्त हुन गयो । मलाई भगवान शिव र सरस्वती माताले म माथि अलौकिक शक्ति प्रदान गर्नुभयो । मैले हेर्ने समयमा माता भनेको बुढै मान्छे मात्रै हुन्छ भन्ने पनि पाएँ ।
तर त्यस्तो होइन । म के भन्छु भने अलौकिक शक्ति कसैलाई जन्मजात हुन्छ, कसैलाई उमेर अनुसार फरक पर्दै जाने हो । अलौकिक शक्ति जो पायो त्यही व्यक्तिले पाउन गाह्रो छ । यो सबै पोजेटिभ थिङ्किङ् र पवित्र मन भयो भने आउने हो । पूर्व जन्ममा मैले राम्रो काम गरेको रहिछु र यो जन्ममा पनि धार्मिक काम गरेर विभिन्न व्यक्तिहरुसँग भेट भयो । बोलीकै भरमा मैले साढे ४ लाख बढी मान्छेको भविष्यबाणी गरिसकेको छु ।


 आवाजबाटै मान्छे नदेखिकनै । यसैगरी ६ लाख जतिसँग मैले प्रत्यक्ष भेटिसकेकी छु । सबै कुरा अलौकिक शक्तिले पनि हो । ज्योतिषमा उच्च शिक्षा हासिल गरेका गुरूहरु पनि मैले भेट्ने अवसर पाएँ । उहाँहरु चाही जन्म कुण्डली नक्षेत्र अनुसार हेर्नुहुँदो रहिछ । त्यो पनि पला घडि मिलेको छ भने यसमा एक सय प्रतिशत मिल्छ भन्ने हो । चिना मिलेको छ भने ज्योतिषले भनेको कुरा मिल्छ । तर मलाई चिनाहरु चाहिदैन । मैले आवाजबाट, हातको रेखाबाट, फोटोबाट हेर्दै आको छु । यसैलाई म अलौकिक शक्ति मान्छु । मैले यसैको माध्यमबाट धेरै व्यक्तिहरुसँग भेट गर्ने अवसर पाए । म आफै विदेश नपुगेता पनि मेरो लाखौ भक्तजनहरुको माध्यमबाट पुग्न सफल भएकी छु ।

अब राजनीतिका कुरा गरौँ है त ?
(हाँस्दै) हुन्छ ।

तपाईंले २०६४ को संविधानसभाले संविधान दिँदैन भनेको कुरा हामीले पहिलानै थाहाँ पाएका थियौँ अहिलेको संविधानसभाले संविधान दिन्छ कि दिँदैन ?
मैले २०७३ सालदेखि उता देशमा केही शान्ति हुन्छ भनेर पहिला पनि भनेकी थिए । तर अहिलेको संविधानसभाबाट संविधान बन्ने संम्भावना भने म देख्दिन् । यो २०७२ साल सम्म यस्तै हुन्छ । २०७३ सालबाट केही शान्ति हुन्छ की भन्ने मैले देखेकी छु । संविधान सभाका अध्यक्षको भविष्यबाणी गर्ने हो । अहिले रहेको संविधानसभा भवन जुन नयाँ बानेश्वरमा छ त्यसमा नकारात्मक दोष परेको छ । त्यहाँ बसेर कुनै काम सञ्चालन गर्छु भन्दा स्वतः सञ्चालन हुने, छिट्टै सम्पन्न हुने अवस्था देखिदैन ।

त्यहाँ त बस्ने मात्रै हो अरु सबै काम त सिंहदरबारमा हुन्छ नी ?
कुनै पनि कामको निर्धारण गरिनुलाई महत्वपुर्ण मानिन्छ । त्यो स्थान त्यति राम्रो देखेको छैन । अफिस र घरमा धेरै फरक छ नी । अफिसमा आएर बिमको मुनि बस्नु भयो र नकारात्मक दोष रहेछ भने तपाई घर पुग्दा तनाबमा हुनुहुन्छ । त्यसैले कार्यालयको बास्तु मिलेको हुनुपर्छ । जुन अहिले रहेको संविधानसभा भवनमा छैन । जुन व्यक्ति जहाँ बसेर काम कुराको निर्धारण गर्छ त्यो नै प्रमुख रहन्छ ।

तपाईसँग त उग्र क्रान्तिकारिताका कुरा गर्ने नेता नेतृहरु पनि पुग्नु भएछ है ?
मेरो एउटा भावनाको नाताले मेरो निम्ति सबै मान्छे बराबर हो । मान्छे मार्ने व्यक्ति हुन चाहे गुण्डागर्दी गर्ने व्यक्ति हुन् । राजनीतिमा धेरै राम्रो नाम कमाउने व्यक्ति हुन् चाहे पूर्व राजा हुन् सबै मेरा भक्तजन हुन् । सबै क्षेत्रका व्यक्तिहरुको भविष्य फल हेर्दा सबैलाई समान ठान्छु । मेरो सबै जनालाई भेट्ने अबसर मिलेको हो मेरो पनि भाग्य हो । मसँग आउनेहरुले माताजी म यो बन्छु की बन्दैन भन्दै आउनु भने भएको छैन ।

पूर्व राजा ज्ञानेन्द्रको भविष्य फल हेर्दा के सोध्नुभयो त उहाँले ?
उहाँलाई मैले डेढ बर्षदेखि भेट्न चाहेको थिए । त्यसैक्रममा एक जना पत्रकारको सहायताले पूर्वराजाका सचिब फणिन्द्रराज पाठकसँग भेट भयो र उहाँले पूर्वराजासँग भेट्ने समय मिलाई दिनुभयो । पूर्व राजासँग निर्मल निवासमा भेट भएको हो । देशमा के कारणले यो भयो भन्ने कुरा मलाई थाहाँ छ तर अहिलेनै भने यो सार्वजनिक गर्दिन् ।

 पूर्वराजा केही बोल्नु भएन मुसुमुसु मात्रै हाँसी राख्नुभयो । मैले के देखे भने अझै फेरि एक पटक देशमा राजसंस्था आयो भने देशमा शान्ति छाँउछ । ए राजतन्त्र फर्किन्छ भन्नेमा तपाईको भविष्यबाणी ? हजुर हो । यो कुरा त मैले पहिला पनि भनिनै रहन्थे । हुन त पूर्व राजा ज्ञानेन्द्र शाहको योग भनेको तीन पटक राजा हुने योग हो । तर उहाँले म कहिले राजा हुन्छु भनेर भने सोध्नु भएन । तीन पटक राजा हुने योग भन्नुभयो ? एक पटक त्रिभुवनले राजगद्दि छोडेर दिल्ली जाँदा, एक पटक दरवार हत्याकाण्ड पछाडि र अब फेरि राजा बन्दै हुनुहुन्छ भनेको ? यो विषयमा एक जना पत्रकारले माताजी ज्ञानेन्द्र त तीन पटक राजा भइसक्नु भयो भनेर भन्नु भएको थियो उहाँ कतिपटक हुनुभयो भन्ने त मलाई थाहाँ भएन । तर बास्तबमा उहाँको तीन पटक राजा बन्ने योग त मैले देखे ।

 प्रधानमन्त्री सुशील कोइरालाको भविष्य हेर्नुभयो ?
उहाँलाई प्रत्यक्ष त भेट गर्न पाएको छैन, तर उहाँको भविष्य कसैको माध्यमबाट हेरेको छु ।

कोइरालाको नेतृत्वमा संविधान बन्छ ? 
गाह्रो छ ।

कोइराला पछिको प्रधानमन्त्री को त ?
मेरो भविष्यबाणी अनुसार के.पी ओली प्रधानमन्त्री रहनै पर्छ । ओलीको प्रधानमन्त्री बन्ने योग छ । पछिल्लो समय दैबि प्रकोपका घटनाहरु भए यसमा पनि अलौकिक शक्ति हो त ? सिन्धुपाल्चोकको पहिरोको कुरा हो । विभिन्न व्यक्तित्वको ज्यान गयो । मैले पनि हात हेरेका २ जना व्यक्तिहरु त्यसमा पर्नुभयो । उहाँहरुको मृत्यु भएको मैले सपनाको माध्यमबाट थाँहा पाए । कसैसँग बुझ्दा खेरि उहाँहरुको मृत्यु भइसकेको रहिछ । तर मैले आज भन्दा ४ महिना अगाडि भविष्यबाणी गर्दा तपाईलाई पूर्व दिशामा बस्दा राम्रो हुन्छ त्यहाँ तपाईलाई अफाप छ भनेकी थिएँ । त्यहाँ पनि नागले बास गरेको ठाँउ नाग पञ्चमीका दिनमा ठूलै अजिंगर मारिएको थियो भन्ने कुरा पनि छ ।

देशका अन्य ठाँउमा पनि दैवि प्रकोप आउँछ अँझै ?
२०७८ सालसम्म केही न केही समस्या आइरहन्छन् । २०७१ साल देशकालागि एक दमै डरलाग्दो साल हो ।

साहित्यीक कुरा गरौं, त्यो र यो काम गर्न त अप्ठेरो होला नी त ?
 भविष्य हेर्ने काम मेरो पेशा बनाएकी छु भने साहित्य भनेको कुनै बेला कसैलाई भेट्दाखेरि कुरा गर्दा मात्रै फुर्ने विधा हो मेरा लागि । म कहाँ हात हेराउन आउनेहरुको प्रेम देख्दा खेरि यो गजल भन्ने गर्छु । कति धेरै सम्झनाको तरेलीमा आयौ तिमी निदाइन रातैभरी, परेलीमा आयौ तिमी ।

घर परिवार तर्फ फर्कौ, घरमा को को हुनुहुन्छ ?
मेरो घरमा बुवा मम्मी हामी चार जना दिदी बहिनी र एक जना भाइ छौ । भाइ बिराटनगरमा पढ्दै छन् । बहिनीहरु तीन जना उतै धनकुटामै छन् । म घरेको जेठी छोरी हुँ । मेरो पेशाले नै गाँउमा बुवा मम्मीदेखि विराटनगरमा भाइ पढाउने गरेकी छु । मेरो मम्मी तीन बर्षदेखि विरामी हुनुहुन्छ उहाँको पनि उपचार गर्ने गर्छु ।

अरुको भाग्य हेर्ने मान्छे तपाई कसरी दुःखी ?
यसमा ज्योतिषका छोरी विधुवा भन्ने उखान जस्तै हो । यसरी बुझ्नुस् न तपाईको घरमा एकदमै धेरै साग टमाटर रोप्नुभयो भने ती चिजहरु त तपाईलाई विलकुलै मन पर्दैन । ती भन्दा फरक चिज खान मन लाग्छ नी । भनेपछि जुन छ त्यो चीजको वास्ता हुँदैन । मैले अरुको भविष्य हेर्दा आफ्नो बारेमा हेर्ने फुर्सद पनि हुँदैन । अझ कर्म भएपछि मात्रै भाग्यको कुरा हुन्छ । तपाई यस्तो हुनुहुन्छ भन्दा खेरि तपाईले त्यस्तो काम नगरी यस्तो हुन सक्नुहुन्न नी त । अलौकिक शक्ति धेरै सँग हुन्छ तर चिन्न सक्नु पर्छ । अलौकिक शक्ति एकै ठाउमा रहेर यसलाई निर्धारण गर्नु पर्यो । यसलाई विकृतिको रुपमा लिनुहुँदैन ।

तपाईसँग दोहोरिएर आउने मान्छे कति छन् ?
म कहाँ दाहोरिएर आउने पनि हुनुहुन्छ । कतिले त माताजीलाई भेटेपछि मेरो बुढाले जाँड रक्सी छोड्नुभयो, मलाई यस्तो फलिफाप भयो भन्ने कुराहरु सुनाउनु हुन्छ । मेरो यस्तो प्रगती भयो भन्ने कुराहरु सुनेकी छु । अहिलेसम्म माताजीलाई भेटेर यस्तो गलत भयो भन्नेहरु छैनन् ।

तपाई कहाँ कसरी पुग्ने ?
म विजनेस गर्ने गरि बसेकी छैन । जे जति दिन चाहनुहुन्छ दिन सक्नुहुन्छ । नहुनेले नदिँदा पनि हुन्छ । मेरो मोवाईलमा फोन गरेर म रहेको ठाँउमा आएर भेट्न सक्नुहुन्छ । सामग्रीहरु केहि लिएर आउनुपर्ने हुन्छ । विधी पूजाका सामग्रीहरु । चाहिनकोलागि एक मानो चामल, एक बट्टा अबिर, पूजा गर्ने कपुर अनि फलफुल अनि आफ्नो इच्छाले भेटी । कसैको घरको माटो हेराउन चाहने हो भने माटो पनि लिएर आउनु पर्छ । तिलको तेल चाहिन्छ । मोबाईल नम्बर ९८४२२१७१६२ मा फोन गर्न सक्नुहुन्छ । मेरो वेभसाइट www.nepalimata.com मा पनि हेर्न सक्नुहुन्छ । साभार : हरेक पल भिडियो हेर्न तलको बाकस थिच्नुहोस
२ भदौ, काठमाडौं ।

पूर्वयुवराज पारसकी थाई प्रेमिका कन्निकाले नेपालीहरुकै ग्रान्ड डिजाइनमा पूर्व युवराज्ञी हिमानी शाहको चरित्रहत्या गर्न खोजेको रहस्य खुलेको छ ।

पारसले अहिले पनि पूर्व प्रेमिकालाई पैसा पठाउने गरेको खुलासा नेपाल समाचारपत्र दैनिकले आफ्नो समाचारमा गरेको छ ।

पारसकी प्रेमिकाले आफ्नो फेसबुकमा राखिन् हिमानीको तस्विर



पारस र उनकी प्रेमिकाबीच यस्तो दोहोरी भएको थियो

लामो बसाइपछि नेपाल फर्किएका पारस अहिले पनि कन्निकालाई थाइल्याण्डमा पैसा पठाउने गरेको र र पूर्व युवराज पारसका त्यहाँ रहेका साथी लगायत थाइल्याण्डमा रहेका नेपालीहरुको सहयोगमा हिमानीको चरित्र हत्या गर्ने खालको तस्वीर फेसबुक स्टाटसमा जथाभावी राखेको रहस्य बाहिर आएको छ ।

पारसकी प्रेमिकाको प्रश्नः ‘को हो हिमानी र पारस साह भन्ने ?’

प्रेमिकालाई पठाउने पैसा पारसले कहाँबाट पाउँछन् भन्ने कुरा चाहि रहस्यमय रहेको छ ।

दरवार प्रवेशका लागि पारसलाई ज्ञानेन्द्रले राखे कठोर शर्त  nepaliheadlines.com
काठमाडौं । हामीले दैनिक खानामा प्रयोग गरिने सागशब्जी मात्रै होइन अन्न तथा मरमसला कत्तिको स्वास्थ्योबद्र्धक छ छैन ख्याल गर्दनौं । तर, ख्याल गर्ने र सही तरिकाले उपभोग गर्ने हो भने त्यसले औषधिको काम पनि गर्छ । आज हामीले चर्चा गर्न लागेको विषय हो – मसलामा प्रयोग गरिने जीरा, अदुवा अनि दालचिनी कत्तिको स्वास्थ्योवद्र्धक छ ? यिनीहरुमा मानव शरीरमा लाग्ने विभिन्न रोगलाई टाढै राख्ने क्षमता रहेको छ ।
जीराको फाइदा

जीराको सेवनले भोक नलाग्ने, पेट फुल्ने, अपच हुने, हाछ्यूँ लाग्ने समस्यालाई रोक्ने काम गर्छ । भोक नलाग्ने, पेट फुल्ने तथा अपच आदीको समाधानको लागि जीरा रामे मानिन्छ । अझ भुटेको जीरालाइ लगातार सुँघ्ने गर्नाले चिसोले गर्दा लागेको हाछ्यूँ पनि बन्द हुने गर्छ । यसले गर्भाशयको सफाइ अनि एसिडिटीलाइ पनि परै राख्न मद्दत गर्छ ।
घरमा नै सजिलै उपलब्ध हुने जीरा अलि अलि गरेर दिनमा ५–६ पटक थोरै खाने गर्नाले एसिडिटीमा कमी आउँछ ।
अदुवाको फाइदा
श्वास गन्हाउने समस्याले हिजोआज निकै जना पीडित भएका छन् । यस्तो समस्याबाट पीडित हुनुहुन्छ भने अदुवा खाने गर्नुहोस् श्वास गन्हाउने समस्याबाट छुटकरा पाउनुहोस् । साथै अदुवा खानाले हाडजोर्नीहरुमा आउने समस्या र कब्जियतबाट बचाउँछ ।
सुपको दाना २ चम्चा अनि ५ ग्राम अदुवालाइ १ ग्लास पानीमा राखेर १ चौथाइ पानी बाँकी हुने बेलासम्म उमाल्ने अनि दिनमा ३–४ पटक यस्तो पानी पिउनाले कब्जियतको समस्या कम हुने गर्छ ।
यस्तै राती सुत्ने बेला लगभग ४ ग्राम सुकेको अदुवा खाने गर्नाले जोर्नीहरुको समस्या कम हुने गर्छ ।
दालचिनीको फाइदा
जीरा, अदुवाको जस्तै दालचिनी पनि फाइदाजनक रहेको छ । यसले पिसाबको संक्रमण हुनबाट मात्रै बचाउँदैन कोलस्टोर कम गर्नमा उत्तिकै भूमिका निर्वाह गर्दछ । छाला धेरै चिलाइरहने समस्या हटाउने काम गर्ने दालचिनीको बाक्लो लेदो बनाएर निधारमा लगाउनाले चिसोको कारण टाउको दुखेको कम गर्छ ।
पिसाबमा संक्रमण देखिएको छ भने, १ गिलास मनतातो पानीमा १ चम्चा मह अनि २ चम्चा दालचिनीको धुलो मिलाएर खानाले आराम मिल्छ । यस्तै १ कप पानीमा २ ग्राम मह अनि ३ ग्राम दालचिनीको धुलो मिलाएर दिनमा ३ पटक सेवन गर्नाले कोलस्टोरमा पनि कमी आउँछ । छालाको रोगको लागि पनि दालचिनी राम्राो मानिन्छ । मह र दालचिनीको धुलो समानरुपामा मिलाएर पेस्ट बनाइ दाद तथा चिलाएको ठाँउमा लगाउनाले आराम मिल्छ ।
medianp.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home