काठमाडौँ, १ साउन - आज शुक्रबार साउन १ अर्थात साउने संक्रान्ति पर्व मनाईंदै छ। सौर्यमान्अनुसार सूर्य दक्षिणतर्फ सरी कर्कटरेखामाथि जाने भएकाले यस दिनलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ।
कृषिप्रधान देशमा मानो खाई मुरी उब्जाउने प्रचलित कथनअनुसार असार महिनाभर गरिएको खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी यस दिन भोज खाने गर्छन्।
बेलुका लुतो, दाद आदि चर्मादि रोगबाट मुक्ति पाउन लुतो फाल्ने चलन छ। असारभर गरिने खेतीपातीका क्रममा हिलोका कारण फैलिन सक्ने चर्मादि रोगबाट जोगिन लुतो फाल्ने प्रचलनस्वरुप यो पर्व मनाउन थालिएको हो।
प्राचीन प्रचलनअनुसार कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीसरो आदि औषधिय बनस्पतिका साथै कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूलसहित कण्डारक नामक राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो फ्याँक्ने गरिन्छ। लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने गरिन्छ। तर केही वर्षदेखि भने लुतो फ्याँक्ने प्रचलन बिस्तारै हराउन थालेको छ।
यस्तै महिलाहरु शुक्रबारदेखि साउन महिनाभर सौभाग्यको प्रतीक हरियो चुरा र मेहन्दी लगाउनाका साथै शिवलाई खुशी पार्न सोमबारे व्रत बस्छन्। साउन महिना भगवान शिवको महिना भएकोले यो महिनाभर शिवालयहरुमा दर्शनार्थीहरुको घुईंचो लाग्ने गर्छ।dcnepal.com

कावासोती, १ साउन । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने उकालोमा केहीबेर अगाडि भएको सवारी दुर्घटनामा आठजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट दाङतर्फ गुडिरहेको ना४ख ५१४३ नम्बरको रात्रि बस र विपरीत दिशातर्फ गुडिरहेको युपी३२डिएन ८५४ नम्बरको भारतीय ट्रक एकआपसमा ठक्कर खाँदा घटनास्थलमै ६ जनाको मुत्यु भएको हो । दुर्घटनामा घाइते भएकाको उपचारका लागि भरतपुर लैजाँदै गर्दा दुईको मृत्यु भएको प्रहरीले जनाएको छ । अहिलेसम्म आठ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कावासोतीका प्रहरी नायब उपरीक्षक परशुराम तिवारीले जानकारी दिए। दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या बढ्ने सक्ने आशङ्का गरिएको छ । दुर्घटनामा मृत्यु हुनेको नाम, ठेगाना खुल्न सकेको छैन । उकालोमा दुर्घटना भएकाले उद्धारमा समेत कठिनाइ भएको प्रहरीले जनाएको छ । रासस
काठमाडौं, १ साउन । सत्तारूढ दल एमालेले बजेटको विरोध गर्ने चेतावनी मंगलबारकै मन्त्रिपरिषद् बैठकमा दिइसकेको थियो। संसद् बैठकमा आफ्नो दलका सभासद्ले बजेटको विरोध गर्ने औपचारिक जानकारी उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले अघिल्लै दिनको मन्त्रिपरिषद् बैठकमा दिएका थिए ।
पार्टीका तर्फबाट सरकारमा नेतृत्व गरेका मन्त्री गौतमले संसद्मा प्रस्तुत हुनुअघि बसेको मन्त्रिपरिषद् बैठकमा बजेटबारे चर्को असन्तुष्टि पोखेका थिए। बजेट बिनाछलफल प्रस्तुत गरिएको भन्दै मन्त्री गौतमले एमाले सभासद्हरू यसको विरोधमा रहेको र उनीहरू विपक्षमा प्रस्तुत भए त्यसको जिम्मेवारी आफूले नलिने जानकारी मन्त्रिपरिषद् बैठकलाई गराएका थिए।
अर्थमन्त्री डा. रामशरण महतले बजेटका मुख्य बुँदाबारे मन्त्रिपरिषद् बैठकमा ब्रिफिङ गरेपछि गौतमले एकतर्फी रूपमा कांग्रेसको मात्रै बजेट आएको भन्दै आफ्नो पार्टीका तर्फबाट विरोध रहेको बताएका थिए । राष्ट्रिय बजेटजस्तो विषयमा सत्तासहयात्री दलसँग छलफल नै नगरेको, विगतमा एमालेले ल्याएका चर्चित कार्यक्रम कटौती गरेको भन्दै गौतमले आपत्ति प्रकट गरेको मन्त्रिपरिषद् स्रोतले बतायो ।
मदन भण्डारीका नाममा कार्यक्रम ल्याएको उदाहरण दिँदै अर्थमन्त्री महतले एकतर्फी नभएको जबाफ दिएपछि गौतम केही उत्तेजितसमेत भएका थिए। उनले कांग्रेसका हरि खड्का (सडक दुर्घटनामा ज्यान गुमाएका बागलुङका कांग्रेस सभासद्) सँग मदन भण्डारीलाई दाँजेर अपमान गरेको आरोप लगाएका थिए। मन्त्रीपरिषद् बैठमा प्रधानमन्त्री सुशील कोइराला समेत उपस्थित थिए । अन्नपूर्ण पोस्टमा खबर छ

फाक्तेप–६ का सातको परिवार भएका हेमबहादुर चेम्जोङसहित उनकी श्रीमती, तीन छोरा र दुई छोरी बिरामी परेका हुन् । जङ्गलबाट ल्याएको च्याउ खाँदा सिकिस्त बिरामी भएका उनीहरुलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको स्थानीयवासी सुन्दर चेम्जोङले जानकारी दिनुभयो । रासस
धरान : धारिलो हतियार प्रयोग गरी धरान उपमहानगरपालीका ८ का २३ बर्षीय भेसु मगरको हत्या गरिएको छ। बिहीबार मध्यरातमा स्थानीय युवाहरुको समुहले धरान ८ अरुण टोलका मगरलाई घरदेखि लखेट्दै नजिकैको मकैबारीमा लगेर हत्या गरिएको स्थानीयले बताएका छन्।
हत्या गरिएका मगरको अनुहार र शरिरका विभन्न भागमा काटिएको गम्भीर चोट देखिएको छ। मगरको आन्तरिक झगडाको कारण स्थानीय युवाहरुको समुहले उनको हत्या गरिएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुदमकुमार सिजापतीले बताए। उनका अनुसार यसअघि पनि ती यूवा समूहको कुटाई खाएका मगरले अैषधी उपचार खर्च मागेका कारण उनको हत्या गरिएको बताइएको छ।
भेसुकी आमा रामकुमारीले छोराको हत्या गर्नेहरुको नाम प्रहरीलाई बुजएकी छन्। उनले छोराको हत्यामा संलग्नलाई पक्राउ गरी कडा कारबाही गर्न माग गरेकी छिन्।
डिएसपी सिजापतीले भेसुका हत्याराको पहिचान भइ सकेकाले पक्राउ गर्न प्रहरी परिचालन गरिसकिएको जानकारी दिए। भेसुको शव पोष्ट मार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको छ।
भेसुको हत्या गरिएपछि धरानको अरुण टोल सुकम्बासी बस्तीका बासिन्दा आतंकित भएका छन। उनीहरुले हत्यारालाई तत्काल पक्राउ गरी कारबाही नगरिए शसक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।
www.annapurnapost.com

बिहान सबेरै उठ्नु
आफ्नो बिहानी राम्रो बनाउने हो भने बिहान सबेरै उठ्नुपर्छ । अफिस जानु १५ मिनेटअघि उठेर केही पनि गर्न सकिँदैन । बिहान चाडो उठ्ने मानिस धेरै स्वस्थ हुने गर्छन ।
पानी पिउनु
हामि साधारणतया ६ देखि ८ घन्टासम्म सुतिन्छ । त्यसैले उक्त समयमा पानी पिइएको हुँदैन । लामो अन्तरालको बीचमा जब बिहान उठिन्छ । सबैभन्दा पहिले पानी पिउनुपर्छ । त्यसले शरीरको अनावश्यक कुरा पनि बाहिर निकाल्छ । खाली पेटमा पानि पिउदा ग्यास्ट्रिक बाट बच्न सकिन्छ ।
बिहानै नुहाउनु
आलस्य हटाई फ्रेस महसुस गर्न बिहानै नुहाउनुपर्छ । जुनसुकै समयमा पनि नुहाउन सकिन्छ तर फ्रेस महसुस गर्न बिहानै नुहाउनु उपयुक्त हुन्छ । बिहानै उनाउने मानिस धेरै स्वस्थ हुन्छन ।
योग गर्नुपर्छ
योग स्वस्थ जीवनका लागि एक नभई नहुने कुरो हो । बिहान योग गर्दा फिट रहने मात्र नभै मोटोपन पनि घट्छ । ध्यान तथा लामो समयसम्म सास लिने आसन गरे पूरै दिन ऊर्जामय रहन्छ ।
खुसि रहनुस
'मर्निङ्ग शो द डे' भन्ने गरिन्छ तेसैए बिहान पख सधै खुशी रहन अति आवस्यक हुन्छ । बिहान बिहानै धेरै रिसाउदा वा दुखि हुदा दिउस पख पनि मुड अफ हुन्छ सक्छ । त्यसैले बिहान पख सदै खुसि रहन आवस्यक हुन्छ ।

गरिएको छ। वैशाख १२ गतेको गएको ७.८ म्याग्निच्युडको भूकम्पकै परकम्पको रुपमा यो गएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार असार २८ यता ४ म्याग्निच्युडको परकम्प गएको थिएन।