काठमाडौं, २८ जेठ । सन् १९६२ सम्म नेपाली भूमि लिपुलेकबाट बग्ने खोलालाई कालीनदी भनिरहेको थियो । तर, पछि त्यहाँबाट पनि अघि बढेर भारतीयले अझै पूर्व नेपालपट्टी काली मन्दिर बनाएर त्यसको छेउबाट बग्ने सानो खोलालाई काली भन्न थाले ।
१९६२ मा चीनसँगको लडाइँपछि भारतले कालीनदीपूर्वको भूभाग मिचेर नेपाली भूमि कालापानीमा बंकरसहितको सैनिक संरचना बनायो । कालापानीमा भारतको इन्डो तिबेतियन बोर्डर पुलिस (आइटिबिपी) फौज तैनाथ छ ।
भारत–चीन युद्दअघि भारतले लिम्पियाधुरदेखि लिपुलेकसम्म ३१० वर्गकिलोमिटर क्षेत्रफल मिचेको थियो भने त्यसपछि थप ६२ वर्गकिलोमिटर दक्षिण्पूर्वी नेपाली जमिन मिचेको छ ।
यसरी भारतले ३७२ वर्गकिलोमिटर दक्षिणपूर्वी नेपाली जमिन मिचेको छ । यसरी भारतले ३७२ किलोमिटर जमिन मिचेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
dainiknepal.com
१९६२ मा चीनसँगको लडाइँपछि भारतले कालीनदीपूर्वको भूभाग मिचेर नेपाली भूमि कालापानीमा बंकरसहितको सैनिक संरचना बनायो । कालापानीमा भारतको इन्डो तिबेतियन बोर्डर पुलिस (आइटिबिपी) फौज तैनाथ छ ।
यसरी भारतले ३७२ वर्गकिलोमिटर दक्षिणपूर्वी नेपाली जमिन मिचेको छ । यसरी भारतले ३७२ किलोमिटर जमिन मिचेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
dainiknepal.com
सिन्धुपाल्कलाई केन्द्र बिन्दु बनाएर बिहीबार बिहान ४.६ रेक्टर स्केलको भूकम्पको धक्का महशूस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार १० बजेर २ मिनेटमा सिन्धुपाल्चोक केन्द्र बनाएर भूकम्पको धक्का महशूस भएको हो। काठमाडौं उपत्यकासहित काभ्रे, सिन्धुपाल्चोक, रसुवालगायतमा धक्का महशूस भएको थियो।
यसअघि मध्याराति दोलखा केन्द्रबिन्दु बनाएर १२ बजेर २६ मिनेटमा ४ रेक्टर स्केलको धक्का महशूस भएको हो।

टेक्सास, २८ जेठ । अमेरिकाको टेक्सास राज्यमा नेपाली महिलाको गोली हानी हत्या भएको छ ।
टेक्सासको डेन्टनमा घर भई घर नजिकैको अर्को शहर कोलोनीमा व्यापार गर्ने समीरा शिवाकोटीको बुधबार आफैले संचालन गर्दै आएको स्टोरमा गोली हानी हत्या गरिएको हो । दिउँसो ११ बजेतिर एक लुटेराले उनीमाथि गोली हानेको थियो । प्रहरीका अनुसार, उनको अनुहारमा एक चोटी गोली प्रहार गरिएको थियो ।
बिगत ४ बर्ष देखि समीरा र उनका श्रीमान नवराज शिवाकोटीले यस स्टोर आफैले संचालन गर्दै आइरहेका थिए। ३१ बर्षीय समीराका ३ बर्ष भन्दा कम उमेरका दुर्इ छोरीहरु बताइएको छ । समीराको शब परीक्षणका लागी फोर्टवर्थ पोष्टमार्टम सेन्टरमा राखिएको बताइएको छ । टेक्सासमा नेपाली व्यापारीको हत्या भएपछि अमेरिकाको नेपाली समुदाय स्तब्ध बनेको टेक्सासबाट संचालन हुने हिमालय खबरले जनाएको छ ।

१२ हजार वाटको पेल्ट्रेसेट पुरै क्षति
संखुवासभा: बुधबार रातीदेखि परेको अविरल वर्षाका कारण जलजला र चैनपुर नगरपालिका हुदै बग्ने हेवाखोलाको दर्जन बढी झोलुङगे पुल बगाएको छ। यस बर्षकै ठुलो पानी परेका कारण जलजला-१ चौरीखर्कमा निर्माण गरिएको १२ हजार वाटको पेल्ट्रेसेट पुरै बगाएको छ।
हेवाखोलाको मुहान क्षेत्रको बाँदरमुखे भीरमा ठुलो पहिरो गए पछि जलजला-१ र चैनपुर नपा १ बिमिरे पुल, जलजला-१ कै डाँडेबाट चैनपुरनपा-१ मच्छेवुङ तर्ने पुल, जलजला-४ कोकले आसपासका चार वटा पुलमा क्षति पुर्याएको जलजला-१ का स्थानीय भरत कार्कीले बताए।
पुल बगाए पछि जलजलाबासी इलाका स्तरीय काम लिएर चैनपुर जान र अत्यावस्यक सामाग्री खरिद गर्न जान समस्या भएको सिंहेश्वरी माध्यमिक विद्यालयका प्रधानध्यापक थीरबहादुर राईले बताए।
बाढीकाकारण जलजला-४ दोभानेका बस्ती पुरै बिस्थापित भएको छ। बस्ती हाल नजिकैको सुरक्षित स्थानमा सरिएको राईले बताए।
बाढीले थप क्षति पुर्याएको हुन सक्ने भन्दै यसको बिवरण संकलनमा जुटिरहेको जलजला-१ का पुर्व अध्यक्ष गंगाबहादुर तामाङले जानकारी दिए।
हेवाखोलाबाट उत्पादन गरिएको विद्युतको मेसिन र कुलो बगाए पछि दुई सय परिवार अन्धाकारमा बस्न बाध्य भएका छन्।
बाढीले लाखौको खेतियोग्य जमिन बगाएको अध्यक्ष तामाङले बताए।
annapurnapost.com

ताप्लेजुङ: बुधबार मध्यरातिदेखि भीषण वर्षापछि गएको पहिरोले १२ जनाको मृत्यु भएको छ। बाढी र पहिरोले दर्जनौ बेपत्ता भएका छन भने ठूलो धनजनको क्षति भएको छ।
पहिरोग्रस्त क्षेत्रबाट स्थानीयले १२ जनाको शव निकालेका छन्। पहिरोपछि तमोर र मेवा खोलामा बाढी आएकोले नदी आसपासमा रहेका बासिन्दाहरुमा त्रास फैलिएको छ। उनीहरु घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन्।
जिल्लाका खोक्लिङ, थिङलाबु, लिवाङ, लिङतेप र खाम्लुङ गाविसमा पहिरोले दर्जनौ घरहरु बगाएको र कैयौ मानिसहरु बेपत्ता र घाइते भएको ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी सुरेन्द्र भट्टराईले जानकारी दिएका छन्।
यसैबीच गृह मन्त्रालयले उद्धारका लागि सेनाको हेलिकोप्टर पठाएको छ। बिहान ९ बजे ताप्लेजुङका निर्वाचित सभासद् डम्वरध्वज तुम्वाहाम्फेसहितको टोली उद्धारका लागि हेलिकोप्टर लिएर ताप्लेजुङ आइपुगेको छ।

२८ जेठ, दोहा (कतार) ।
तापक्रम अत्यधिक बढेपछि कतार सरकारले मध्याह्न बाहिरी क्षेत्रमा काम गर्न रोक लगाएको छ । बिहान ११:३० देखि दिउँसो ३ बजेसम्म काम गर्न रोक लगाइएको हो ।
श्रम तथा सामाजिक मन्त्रालयका अनुसार आउँदो जुन १५ (जेठ ३२) देखि अगस्ट ३१ सम्म यो नियम लागू हुनेछ । मन्त्रालयले नियम उल्लंघन भएमा सम्बन्धित रोजगारदातामाथि कारबाही गर्ने जनाएको छ ।
यो व्यवस्थाबाट निर्माण क्षेत्रमा कार्यरत नेपालीसहित विदेशी कामदारलाई ठूलो राहत मिलेको छ । ‘बिहान ८ बजेबाटै एकदमै घामले पोल्न थाल्छ,’ दोहाको मुसरिफ प्रोजेक्टमा काम गर्ने तनहुँका सुमन मल्लले भने, ‘११ बजेसम्म थेग्न पनि निकै गार्हो हुन्छ ।’
ठूला प्रोजेक्टमा कम्पनीहरूले उक्त नियम मान्दै कार्यतालिका परिवर्तन गरिसकेका छन् । रातिको ड्युटी दिउँसो ३ देखि बिहान १ बजेसम्म र बिहानको ड्युटी बिहान १ देखि ११ बजेसम्म तय गरिएको छ । ‘हामीलाई यही रूपमा काम गर्न कम्पनीले सूचना दिएको छ,’ महोत्तरीका बलराम रायले भने, ‘यसले तातोबाट जोगिन मद्दत पुगेको छ ।’
उच्च गर्मीमा काम गर्दा धेरै कामदार कार्यस्थलमै ढल्ने गर्छन् । ‘धेरै साथी ढलेको देख्छु,’ स्याङ्जाका रतन सापकोटाले भने, ‘शरीरमा रहेको नुन पसिना भएर बग्छ । त्यसपछि कामदार ढल्न थाल्छन् ।’
कतारमा रहेका नेपाली डाक्टर नरेन्द्र शाक्य यस्तो बेला कामदारले विशेष ध्यान दिनुपर्ने बताउँछन् । ‘यो समय सबभन्दा होसियारी पुर्याउनुपर्छ । घाममा काम गर्न सुरक्षाका सबै उपाय कामदारले आफ्ना लागि अपनाउनुपर्छ,’ उनले भने, ‘बारम्बार पानी पिउने, शीतलमा आराम गर्ने, तुरुन्तै चिसोमा नबस्ने गर्नुपर्छ ।’आजको कान्तिपुरमा खबर छ ।
कतारमा झन्डै ४ लाख नेपाली कार्यरत छन् । ६० प्रतिशत नेपाली बाहिरी क्षेत्रमा काम गर्छन् । गर्मीमा उच्च रक्तचाप र मुटु रोगी कामदार बढी जोखिममा पर्ने डा. शाक्यले बताए ।

काठमाडौँ । गत चैतमा सम्पन्न ०७१ सालको एलएलसी परीक्षामा झण्डै १७ हजार अयोग्य परीक्षार्थी सहभागी भएको पाइएको छ। परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार पौने ६ लाख परीक्षार्थी मध्ये करिब १७ हजार परीक्षार्थी अयोग्य पाइएका हुन्।
७५ प्रतिशत हाजिरी नपुगेका र परीक्षा फारम भरेर परीक्षामा अनुपपस्थित भएकालाई परीक्षा नियन्त्रण कार्यालयले अयोग्यको सूचीमा राखेको छ। कार्यालयले हाजिरी नपुग्ने र अनुपस्थितको संख्यासमेत यकिन गर्न लागेको छ। त्यसैगरी एक हजार पाँच सय परीक्षार्थी निस्काशितमा परेका छन्।
२०७१ सालको एसएलसी परीक्षामा सहभागी हुन नियमित र एक्जाम्टेड गरी पाँच लाख ७४ हजार ६ सय ८५ विद्यार्थीले आवेदन फारम भरेका छ। तीमध्ये १७ हजार अयोग्य पाइएका हुन्। एसएलसीमा नियमिततर्फ चार लाख २६ हजार दुई सय १४ र एक्जाम्टेडतर्फ एक लाख ४५ हजार एक सउय ८३ परीक्षार्थी थिए।
पहिलो पटकको प्राविधिक एसएलसीतर्फ तीन हजार दुई सय ८८ जना परीक्षार्थी छन्। कुल पाँच लाख ७४ हजार ६ सय ८५ विद्यार्थी परीक्षामा सहभागी भएका थिए। समाचार अाजकाे नयाँ पत्रिकामा छ ।