काठमाडौं : बुधबार पनि भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार मध्यान्ह १२.०३ बजे दोलखालाई केन्द्र बनाएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको छ।
वैशाख १२ को विनाशकारी भूकम्पको परकम्पको रुपमा यो भूकम्प गएको छ। यसअघि मंगलबार राति १०.५२ बजे हावाहुरी चलिरहेकै बेला ५ रेक्टरको भूकम्प गएको थियो ।
मंगलबार पाँचपटक र सोमबार तीनपटक भूकम्प गएको छ ।वैशाख १२ गतेको विनाशकारी भूकम्पछि हरेक दिनजसो भूकम्पको धक्का महसुस भएको छ।
चार म्याग्निच्यूडभन्दा तलका परकम्प तथा भूकम्पको रेकर्ड केन्द्रले सार्वजनिक गर्ने गरेको छैन। एक महिनाको अवधिमा चार म्याग्निच्यूडसम्मका २ सय ६५ परकम्प आएका छन्।एक महिनामा आएका अधिकांश भूकम्पले गोरखा, दोलखा, सिन्धुपाल्चोक,रसुवा र आसपासको क्षेत्रलाई केन्द्र बनाएका छन्।
annapurnapost.com

तपाईं हरेक दिन स्वस्थ खाना खानका लागि निकै ध्यान दिनुहुन्छ तर त्यही खानेकुरामा गरिएको सानो गल्तीका कारण तपाईंले चाहे अनुरुपको प्रतिफल पाइराख्न नसक्नु भएको हुनसक्छ ।
जसले गर्दा तौलमा कमी आउने वा तौल व्यवस्थापन गर्न गाह्रो र समयमा सोचे अनुसारको परिणाम नआउन सक्छ ।कहिलेकाहीँ हानिकारक नहुने वा नदेखिने खानाले पनि तपाईंको तौल व्यवस्थापनलाई निकै असर गरिराखेको हुन्छ । जसबारे हामी धेरै अनभिज्ञ हुन्छौं । यी खानाहरु हामीले हरेक दिन खायौं भने यसले हाम्रो तौल व्यवस्थापनमा निकै असर पु¥याउन सक्छ ।
१) दुधः
हुनतः दुध एक स्वस्थवर्धक पेय हो तर यसले पनि तौल व्यवस्थापनमा असर गरिराखेको हुन्छ । यदी तपाईं सुत्न अघि, खाना वा खाजामा हरेक दिन दुध खानुहुन्छ भने यसलाई एक महिनाको लागि रोक्नुहोस् । यसले तपाईंलाई तौल घटाउन र अनुहारमा भएका डण्डीफोर हटाउन मद्दत गर्छ ।
२) खानापछि गुलियो खानेकुराः
धेरै मानिसहरुलाई खानापछि केही गुलियो खानेकुरा खाने बानी हुन्छ । यो अनावश्यक हो । यदी तपाईं हरेक दिन खानापछि पनि गुलियो खानुहुन्छ भने यसलाई तुरुन्तै रोक्नुहोस् । हप्ताको एक दिन आफूलाई उपहार दिए जसरी खानुभयो भने चाँही यसले त्यति असर गर्दैन ।
३) साँझ भारी खाजाः
दिउँसो र रातीको खानाको बीचको समयमा तपाईंलाई कतिको भोक लाग्छ ? हामी मध्ये प्रायः धेरैलाई दिउँसो खाजा मज्जाले खाने बानी छ । समोसा, मोःमोः जस्ता खाजा त हाम्रो प्रिय नै भयो । यसले तपाईंको तौल घटाउन कुनै मद्दत गर्दैन । यसको साटो उच्च प्रोटिन भएका खानेकुरा जस्तै बदामहरु बोक्नुपर्छ जसले गर्दा तपाईं भोकले गर्दा बेहोस् नहुनुहोस् ।
४) आलुः
आलुमा बासो नभए पनि हावार्ड विश्वविद्यालय हालै गरिएको एक अध्ययनले आलुले कालान्तरमा मानिसको तौल बृद्धि गर्ने देखाएको छ । तपाईं घरमा आलु हालेर स्वस्थ तरकारी खानुहुन्छ होला । त्यसमा आलु थपेर अझ स्वादिलो बनाउनुहुन्छ होला । यसले तौल घटाउनेभन्दा तौललाई अझ बढाउने छ ।
५) स्वस्थ स्न्याक:
बजार स्वस्थ स्न्याक भनेर विभिन्न खानेकुरा पाइन्छ । विज्ञापनमा पनि यिनीहरु असली खाना जतिकै पोषिलो हुने बताइन्छ । तर यस्ता प्रशोधित खानाहरुले पनि तपाईंको तौल वृद्धि गरिरहेको हुन्छ । ख्याल राख्नुहोस् । स्रोतः रातोपाटी डटकम भिडियो हेर्न तलको बाकस थिच्नुहोस

१९९० साल माघ २ गते महाभूकम्प जानुअघि एक ज्योतिषी चिन्तामणि योगीले भनेछन्, 'माघ २ गते बिहान पाँच बजेदेखि साँझ पाँच बजेसम्म महाविपत्ति आउँदैछ, सावधान !'
उनी समाजमा स्थापित र प्रतिष्ठित मानिएकाले उनको भनाइ एक कान दुई कान मैदान हुने नै भयो। त्यतिखेर देशका राजा श्री ५ त्रिभुवन र प्रधानमन्त्री श्री ३ जुद्धशमशेर थिए।
राजकाज श्री ३ का हुकुममा चल्थ्यो। चिन्तामणि योगी (शब्दसागर कोषका लेखक वसन्तकुमार शम्र्मा नेपालअनुसार) लाई समाजमा आतंक फैलाएको आरोपमा सरकारले समातेर थुन्दै भन्यो, 'त्यो दिन प्रलय भएन भने तँलाई सीधै सुली चढाइनेछ !'
यो कुराको पनि अत्यन्त प्रचार भयो। थुनामा परेका चिन्तामणिले माघ १ गते नै आत्महत्या गरे। माघ २ गते दिउँसो २.१० मा महाभूकम्प गयो। त्यो महाभूकम्पबाट कति क्षति भयो भन्नेबारेमा ब्रह्मशमशेरको पुस्तकमा वर्णन छ।
यो जानकारी गुरु वसन्तकुमारबाट पाइएको हो। उहाँसँग सोध्न गएको थिएँ, 'गुरु , भुइँचालोको बारेमा पूर्वीय ज्ञान, ध्यान र अध्ययन छैन?' उहाँले भन्नुभयो, 'पूर्वीय अध्ययन पद्धतिमा खगोलशास्त्र, ज्योतिषशास्त्र छ नि ! तर पश्चिमका हरेक कुरामा हामी परनिर्भर भएकाले यतातिर खासै मान्छेको ध्यान जाँदैन। तिमी पत्रकारहरूले त झन् यिनका कुरा के सुन्छौ र?'
खगोलशास्त्र जसलाई अंग्रेजीमा एस्ट्रोनोमी र ज्योतिषशास्त्रलाई एस्ट्रोलोजी भनिन्छ। यी दुवैको सुरुआत र विकास हाम्रै महाद्वीपमा भएको हो। ग्रिकहरूले यहींबाट सिकेका हुन्।
यो गणित र ग्रह-नक्षत्रको गतिविधि र प्रभावको गहन अध्ययन हो। पश्चिमाहरूको यस क्षेत्रको ज्ञानको आधार पनि हाम्रै पुर्खाको ज्ञान हो। त्यसैले कहिले ग्रहण लाग्छ र त्यसको प्रभाव के पर्छदेखि अंकमा शून्यको योगदान पनि यही क्षेत्रका विद्वान्ले गरेका हुन्, पश्चिमकाले होइन।
९० वर्ष काटिसकेका वसन्त सरको कुराले मथिंगल रिंगायो। हाम्रो सभ्यता पनि तगडा रहेछ र विभिन्न विषयका बारेमा अध्ययन पद्धति पनि रहेछ, तर त्यो पश्चिमी र उनीहरूको अध्ययन पद्धतिभन्दा फरक ढंगको रहेछ।
अंग्रेजहरूले जे कुराको खोजी वा समस्याको समाधान जुन तरिकाले खोजेका छन्, त्यसभन्दा हजारौं वर्षअघि नै ती कुराको खोजी तथा समाधान भारतीय उपमहाद्वीपमा भइसकेको पो रहेछ !
पश्चिमाहरूले प्रयोग गरेको पद्धति र औजार हाम्रो प्राचीन पद्धति औजारसँग नमिल्ने भएकाले हामी पश्चिमी जीवन पद्धति अँगालेका आजका पुस्ताका मानिसहरू नै त्यस्तो पद्धतिको विकास भएको, त्यो कुन लिपि र भाषामा रहिरहेका र कसले अँगालिरहेको छ भन्ने खोजीतर्फ समेत वास्ता गर्न छोडेका रहेछौं।
विख्यात भारतीय समाजशास्त्री श्रीनिवासन्को 'वेस्टरनाइजेसन भर्सेस संस्कृताइजेसन' पुस्तक एमए पढ्दा पाठ्यक्रममा रहेको स्मरण भयो। श्रीनिवासन्ले कसरी पूर्वीय जीवनका मूल्य मान्यतालाई विकासका नाउँमा पश्चिमी सभ्यताले गाँजेको मात्र होइन, त्यसलाई पश्चिमी जीवनशैलीमा बदलिरहेको छ भन्ने गहिरो खोजबिन अध्ययन गरेका छन्।
श्रीनिवासन्को चर्चाले आफैंलाई पोलेको घटना पनि सुनाउँछु। केही वर्षअघि पत्रकार भनेर रिपोर्टिङको लागि एउटा कार्यक्रममा निमन्त्रणा आयो। कार्यक्रम थियो, स्वास्थ्य र सरसफाइको।
बिहानै गइयो, खासमा हातमुख धुनुपर्छ र खाना खानुअघि हात यसरी धुनुपर्छ भन्ने सिकाउने अभियानको सुरुआत रहेछ। त्यसका लागि पर्चा, पोस्टर, स्टिकर र पुस्तिकाको पनि व्यवस्था थियो।
कार्यक्रमपछि खाना खाने मेलो रहेछ। खाना खाएर आफ्नो दैनन्दिनीयमा हिँडियो। साँझ सुत्ने बेलामा दिनभर भएगरिएका कामकुरा स्मरण गर्ने बानी रहेकाले हात धुनेबारे मनमा कुरा खेले। निदाएँ। सपना पनि हात धुने नै देखियो।
एकजना ऋषिजस्ता, तालु खुइलिएका र दारी-कपाल सेतै फुलेका वृद्ध आए। उनी चोरीऔंला ठड्याउँदै भन्न थाले, 'बाबु, म तेरो हजुर बा, पण्डित काशीनाथ उपाध्याय ! तँ न मलाई सम्झन्छस् न चिन्छस् ! किनभने तँ दुई वर्षको नपुग्दै मेरो इहलीला सकियो। तर म तँलाई र तेरा गतिविधि यमलोकबाट हेरिरहेको छु।
आफूले सानैदेखि घर-गाउँको महिमा सुनेका पण्डित हजुर बासँग साक्षात्कार हुन पाउँदा म उद्वेलित बनिरहेको थिएँ। मैले हजुर बालाई ढोग्न खोजें।
उहाँले भो पर्दैन भनेर दुवै हात मेरो थाप्लोमाथि राखिदिँदै भन्नुभयो, 'आज तँ गजबको कार्यक्रममा गएर भात खाएर आइस् हगि? तर तैंले त्यसबारे केही सोचविचार गरिस्?'
मैले भनें, 'हो हजुर बा, के हामी साँच्चै हात पनि धुन नजान्ने, नुहाइधुवाइ, सरसफाइ, चोखोनितो, साझीबासीसमेत गर्ने सभ्यता नभएका मानिस हौं र? तपाईं माथिल्लो डोलको धारोमा सधैं नुहाउन जानु हुन्थ्यो रे !
नुहाइसकेपछि हिजो लगाएका लँगोटी र धोती फेरेर धुनु हुन्थ्यो रे! धोएको लँगोटी र धोती फेरेर अम्खोरामा पानी लिएर पीपलको बोट परिक्रमा गर्दै त्यसमा जल सिँचन गर्नुहुन्थ्यो रे !
त्यसपछि तामाको घल्चामा चोखो जल लिएर घरमा गई शालिग्रामको पूजाअघि तिनलाई पनि नुहाइदिएर पूजाअर्चना गर्नुहुन्थ्यो रे! शालिग्रामको जल तुलसीको मोठमा सेलाउन हुन्थ्यो रे! काग, कुकुरलाई खान दिएपछि मात्र अप्सनी हालेर आफू ढिँडो-भात जे छ खानु हुन्थ्यो रे, हो?'
हजुर बा मुसुक्क हाँसेर भन्न थाल्नुभयो, 'बाबु, म मात्र होइन, मेरा हजुर बा, उहाँको पनि हजुर बा, उहाँको पनि हजुर बाको हजुर बा र उहाँको पनि कुप्रा बा र त्यसभन्दा पनि अघि सयौं पुस्तादेखिको चलन हो यो।
तर तैंले आज हात धोएर खाना खानुपर्छ भन्ने कार्यक्रममा बोलिस् पनि। प्रवचन दिइस्। केहीले ताली पनि बजाए। तँ गमक्क परिस्, मलाई त्यो देख्दा खिन्नता भयो !'
म हजुर बाका कुरा सुनेर हक्क न बक्क भएँ। बूढाले जे भने सही भने। म टोलाएको देखेर हजुर बाले करुण स्वरमा भन्नुभयो, 'मेरा कुराले विचलित नहो बाबु। मैले तँलाई सम्झाउन के मात्र खोजेको हुँ भने, हामी पनि आफ्नो सभ्यता भएका जाति हौं।
हाम्रो पनि धर्म, दर्शन, संस्कृति र मूल्य मान्यता छन्। तिनमा सुधार पनि आवश्यक छ, तर अंग्रेजले आज तँ गएको कार्यक्रमको रिपोर्टमा के लेख्यो, थाहा छ तँलाई?'
उसले लेख्यो, मेरो जबाफै नखोजी उहाँ भन्दै जानुभयो, 'हात धोएर पनि खान नजान्ने, पिछडिएको नेपाली जातिलाई हामीले हात धोएर खानुपर्छ भनेर सिकायौं।
हाम्रो कार्यक्रम सुरु भएपछि अब तीन करोड नेपालीले हात धोएर खानुपर्ने कुरा सिकेका छन्। यसपछि खुला
दिसा गर्दैनौं भन्ने सिक्नेछन्।
हाम्रो कार्यक्रमले नेपालीलाई सभ्य बन्न सिकाएको कुरा नेपाली समाजका राजनीतिज्ञ, विशेषज्ञ, समाजसेवी, सरकारी कर्मचारी, एनजीओकर्मी र पत्रकारले पनि महत्त्व दिएर यो सभ्यता सिकाउने कार्यक्रम देशभर विस्तार गर्नुपर्छ।
त्यो पत्रकार भनेको तैं होस् बाबु ! मेरो नातिले नै त्यो विदेशी जो आफू आची धुँदैन, पुस्छ, बाट हात धुन सिकेको कुरा सुन्दा मलाई यमलोकमा पनि आत्मग्लानी भयो बाबु !'
हजुर बाका खिन्नताको कुराले मलाई दु:खी बनायो। हात धुने कार्यक्रमको अर्को पाटोबाट म अनभिज्ञ रहेछु। झल्याँस्स भएँ। यताउति हेरें। पानी पिएँ र घडी हेरें, रातको तीन बजेको रहेछ।
त्यसपछि म सुत्न सकिनँ। छेउमा सुतेकी श्रीमतीलाई पनि उठाइनँ। मनमा कुरा खेलिरहे। त्यसपछि नै हो मेरो बुद्धिको घैंटोको बिर्को उघ्रिएको !
जहाँ जाँदा र जे विषयमा लेख्दा वा बोल्दा मैले आफ्नो र अर्काको संस्कृति, परम्परा, रीतिथिति र रैथाने ज्ञानले के भन्छ? त्यसको सन्दर्भबारे बुझ्न थालें। आजको आलेख भुइँचालोको भए पनि त्यसबारे हाम्रो रैथाने ज्ञान र परम्परा, बुद्धिले के भन्छ? त्यसको खोजी मात्र गर्न खोजिएको हो।
०७२ वैशाख १२, १३ र २९ गते गएका ठूला र त्यस उप्रान्त गइरहेका परकम्पबारे हामी सबैलाई थाहा छ। विभिन्न सञ्चारमाध्यमदेखि घरघरमा मात्र होइन, अनेक देशका विद्वान्बीच पनि भूकम्पबारे चर्चा र विश्लेषण चलिरहेछ।
यूएसजीएस ( अमेरिकी भूगर्भ समाज) सबैभन्दा बढी चर्चामा छ। उसले भूकम्प यति नै बेला जान्छ त भन्न सकेको छैन, तर गएपछि यति रेक्टर स्केलको गयो भनेर जनाउ दिइहाल्छ।
उसले के पनि भन्यो भने ठूलो कम्पपछि साना कम्प मात्र आउँछन्। त्यसबाहेक उसले के पनि भन्यो भने तिब्बती र भारतीय प्लेटको घर्षणले भूकम्प गएको हो र यसबाट जति शक्ति गयो त्यसअनुरूप काठमाडौंमा कम्पन भएन। हुनुपथ्र्यो ७०, भयो जम्मा १७ ! त्यसैले नेपालको भूकम्प अनौठो खालको छ।
कर्मकाण्डी ज्योतिषीले भूकम्प जान्छ भन्ने गणना गरेर निकालेको फलले डर-त्रास मच्चियो भने यूएसजीएसले भनेविपरीत पछिल्लो विनाशकारी भुइँचालो आयो, तर कोइराला सरकारले यूएसजीएसलाई पक्राउ गर्न सकेको छैन। ठूलो भुइँचालो आउँछ भन्ने निहत्था ओजराजलाई भने पक्राउ गर्यो।
यता नेपालका खगोलशास्त्री भनौं वा ज्योतिषशास्त्री, उनीहरू पूर्वीय विद्याका आधारमा ग्रह, नक्षत्र, पृथ्वी, चन्द्रमाको गति र अवस्थितिको हिसाबमा प्राकृतिक र दैवी विपत्तिको गणना गरिरहेका छन्। फलित र सिद्धान्त ज्योतिषका ग्रन्थका आधारमा व्याख्या-विश्लेषण गरिरहेछन्।
ज्योतिषी ओजराज लोहनीको अन्तर्वार्ता मैले हेर्न पाइनँ, तर डा. रुद्रनाथ अधिकारीसँग इमेज टीभीले १ वैशाख ०७२ मा प्रसारित अन्तर्वार्ता भुइँचालो गइसकेपछि हेर्न पाएँ।
उनले ग्रह, नक्षत्र, कुण्डलीको हिसाब गरेर भनेका कुराले अहिलेको भूकम्प वर्षामा आउने बाढीपहिरोलाई सीधै इंगित गरेका थिए। त्यस्तै संयोग ०५८ सालको बारेमा मलाई परेको छ।
०५७ सालको अन्तिम शुक्रबार प्रकाशित कान्तिपुरको सहप्रकाशन साप्ताहिकमा ज्योषिती ओजराज लोहनीको भविष्यवाणीले जेठ महिनामा राजा वीरेन्द्रमाथि अनिष्ट छ भनेर इंगित गरेको थियो।
राजा वीरेन्द्रको वंशविनाशपछि मैले यही स्तम्भमा कान्तिपुरमा चर्चा पनि गरेको थिएँ। भन्न के खोजिएको मात्र हो भने, पूर्वीय पद्धतिको खगोल वा ज्योतिषशास्त्रमा यूएसजीएसभन्दा बेग्लै प्राकृतिक वा दैवी विपत्तिबारे अध्ययन गर्ने पद्धति छ, जसलाई पश्चिमी पद्धतिले वैज्ञानिक होइन भन्छ।
तर यसको अस्तित्व छ भन्ने उदाहरण १९९०, २०५८, २०७२ साललगायतका घटना र त्यसबारेको भविष्यवाणीले उजागर गरेका छन्। होइन, यी सबै हावाको भरमा गरिएका कुरा मान्ने हो भने कसरी विपत्ति जानु र भविष्यवाणी मिल्नु एकैपटक मिल्न गए?
एकपटक होइन, पटकपटक ! अमेरिकी र नेपाली (पाश्चात्य विज्ञानका अनुयायी) का कुरा बेग्ल्याउनु पनि जरुरी छैन किनभने ती एउटै ज्ञानमा आधारित छन्, जसरी चिन्तामणि, ओजराज वा डा. रुद्रनाथको राशिफल एउटै खगोल र ज्योतिषशास्त्रमा आधारित छ।
ज्योतिषका कुरा भनेर पन्छाउन पनि सकिएन। समयतालिका वैज्ञानिक होला र त मिल्छ ! तर मेथोडोलोजी विदेशीसँगको मिल्दैन। तोयनाथ पन्तको पात्रोमा सय वर्षमा कुन दिन चन्द्र-सूर्य ग्रहण लाग्ने ट्वाक्कै भनिएको छ। यसो भन्न सक्ने ज्योतिषीको भूकम्पबारेको भनाइमा साँच्चै दम नहोला त?
तर उदेकलाग्दो कुरा के भयो भने १९९० सालमा श्री ३ प्राइममिनिस्टर जुद्धशमशेरको शासनमा जे भएको थियो, संघीय लोकतान्त्रिक गणतन्त्रका प्राइममिनिस्टर सुशील कोइरालाको शासनकालमा ज्योतिषीमाथि एउटै व्यवहार गरियो। भिन्नता के मात्र रह्यो भने योगीले आत्महत्या गरे, लोहनीले गरेनन्।

जबकि तिनै लोहनीको भनाइ मानेर हातका औंलाभन्दा बढी मुगा, पन्ना, माणिकजस्ता रत्नको औंठी लगाउने शेरबहादुर देउवा भावी प्रधानमन्त्रीको दाबा गरेर राष्ट्रिय सरकारको वकालत गरिरहेछन्।
अर्का त्यत्तिकै औंठी लगाउने पूर्वमन्त्री हृदयेश त्रिपाठी पनि राष्ट्रिय सरकारको पक्षमा छन्। कोइराला सरकार भने बारा जिल्ला कि वृद्धा गायत्री घिमिरेले भने झैं 'निजामतीले पालेको बिरालो' मात्र साबित भइरहेछ !
www.annapurnapost.comf

मलेसिया: रोजगारीका लागि एक दशकअघि आएका खोटाङको बुइँपा–४ का अम्बर राई मलेसियाबाटै वेपत्ता भएका छन् ।
मलेसिया आएको केही वर्ष घरपरिवारसँग सम्पर्कमा रहेका अम्बरको अहिले अत्तोपत्तो नभएपछि उनको परिवारमा रुवाबासी चलेको छ।
मलेसियाको सेलेङ्गर राज्यमा रोजगारी गरिरहेका अम्बर केही वर्षदेखि सम्पर्कमा नआएको भन्दै उनका आफन्तले खोजी गरिदिन आग्रह गरेका छन्।
परिवारको सम्पर्कमा नभएपछि अम्बरको खोजीका लागि नेपाल र मलेसिया दुबैतिर हारगुहार गरिएको उनका आफन्त बाल राईले बताए।
रोजगारी गर्न नेपालीमध्ये केही मलेसियामै वेपत्ता हुने गरेका छन्। केहीले यतै घरजम गरेर बसेका छन्। केही नेपाली भने सोचेजति कमाइ हुन नसकेपछि जानाजान परिवारको सम्पर्कबाहिर जाने गरेका छन्।
अम्बर वेपत्ता भएपछि उनका परिवार चिन्तित भएका बालले बताए । उनी काम गरेको आसापासका सबै क्षेत्रमा खोजी गर्दा पनि अवस्था पत्ता नलागेको बालले बताए।

एजेन्सी । केटा केटि जो सुकै होस् एक अर्कालाई बुझ्न गाह्रो छ । सबैको बानि उस्तै नभएपनि धेरै बानीहरु मिल्द जुल्दा हुने गर्दछन हामीले यहाँ केहि बानिहरुको चर्चा गरेका छौ ।बिशेषगरि युवा पुस्ताका केटा र केटीहरुबीच एक अर्कालाई बुझ्न निक्कै कठिन भैरहेको हुन्छ भने केटीहरुलाई बुझ्न केटाहरु सँधै नै असफल भएका पाइन्छन् ।
त्यसैले यी १० ओटा कुराले तपाइलाई आफ्ना गल्ति कमजोरीलाई बेलैमा सच्याउनको लागि धेरै महत्वपूर्ण हुन सक्छन । यदि तपाइँलाई पनि यस्तै समस्या भैरहेको त छैन ? छ भने यहाँ कुनै पनि केटीलाई केटाको मन नपर्ने १० बानीको चर्चा गरेका छौं ।
१- दुर्गन्ध= कुनै पनि केटो नजिक पर्दा उसको शरीरबाट तीव्र गन्ध आउँछ भने त्यस्तो अवस्था केटीहरुलाई पटकक्कै मन पर्दैन । पसिना त हो नि भनेर केटीको नजिक जाने भूल कहिल्यै पनि नगर्नुस् ।
२- अस्थिर= केही न केही चलाउने र शर्टको टाँक भए पनि खोलिरहने केटा केटीलाई मन पर्दैन । अस्थिर स्वभावका कारण केटीहरु टाढा हुन्छन् । अझ पाखुरा देखाउने केटा त केटीलाई मन नै पर्दैन । केटाहरुले केटीको आगाडी अंग प्रदर्शन नगरेकै राम्रो ।
३- कन्याउने= कन्याउँदै केटीको नजिक जाने केटालाई केटीहरुलाई मन पराउँदैनन् । चिलाएकै छ भने पनि केटीको नजिक जाने समयमा नकन्याउनुस् ।
४- अश्लिलता= खुल्लमखुल्ला अश्लिलता प्रदर्शन गर्ने केटाहरु पनि मन पर्दैन केटीहरुलाई । केटीहरुलाई अश्लिल साइट वा चलचित्र हेर्न जवर्जस्ती गर्ने बानी छ भने आजै देखि छोडिदिनुस् ।
५- संवेदनशील अंगमा नजर= केटीहरुले केटाहरुले आफूलाई कहाँ हेरिरहेका छन् भन्ने कुरा खुव ख्याल गर्छन् । आफूले सृंगार गरेका कुरामा ध्यान दिने र आफ्नो ओंठ, बक्षस्थल, आइब्रो र पाखुरामा मात्र हेर्ने गरेको पटक्कै मन पराउँदैनन् ।
६- ब्रेकअपमा खेल्ने= कुनै पनि केटीको सम्बन्ध भर्खरै टुटेको छ र केटाहरुले प्रेम प्रस्ताव राख्दै आउँछन् भने त्यस्ता केटा कहिल्यै पनि मन पराउँदैनन् । कुनै पनि केटीको ब्रेकअप भयो भन्दैमा तपाइँ दाउ हाल्न नजानुस् ।
७- खुला ठाउँमा पिसाव= केटीहरुले लाजै नमानी खुला ठाउँमा पिसाव गर्ने केटाको बानी पटक्कै मन पराउँदैनन् । अधिकाँश केटामा हुने यो बानी मन पर्दैन केटीलाई । केटीको साथमा भएको समयमा खुल्ला ठाउँमा पिसाव फेर्ने भुल नगर्नुस् ।
८- चरित्रका कुरा= केटीहरु बोल्ड हुँदै गएका छन् । आधुनिक केटीहरुलाई खाली चरित्रका कुरा गर्ने र केटीहरु केही खुल्ने वित्तिकै अनेक प्रश्न उठाउने केटाहरुसँग रिस नै उठछ् । बोल्डनेस र चरित्र फरक कुरा हुन् भन्ने मान्यता हुन्छ आधुनिक केटीको ।
९ डकार= केटीहरुलाई आफ्नै अगाडी डकार्ने केटाहरुको बानी मन पर्दैन । बरु लसुन वा पुदिना खाएर जानुस् तर केटीहरुको अगाडी डकार कहिल्यै पनि नगर्नुस् ।
१०- घुरेर हेर्ने= केटीहरुलाई घुरेर हेर्ने केटा मन पर्दैन । उनीहरुलाई मायालु नजर मन पर्छ । केटाहरुले घुरेर हेरे भने असहज लाग्छ ।-एजेन्सीको सहयोगमाwww.ehamrosansar

१३ जेठ, काठमाडौंः
चीन भ्रमणको इच्छा पूरा गर्न पहिले भारतको भ्रमणमा जान व्यग्र चाहनामा रहनुभएका प्रधानमन्त्री सुशील कोइरालाले प्रधानमन्त्रीका रुपमा भारत र चीन दुवै मुलुकको भूमण गर्ने सम्भावना क्षीण हुँदै गएको छ । सुशील कोइरालालाई विस्थापित गर्नुपर्ने आवाज देशव्यापी रुपमा उठिरहेको सन्दर्भमा राजनीतिक दलहरुको उच्च तहसमेत सरकारको नेतृत्व परिवतर्नमा केन्द्रित हुन थालेपछि कोइरालाको छिमेकी मुलुकहरुको भ्रमण गर्ने इच्छा पूरा नहुने सम्भावना बढेको हो ।
सुजाता कोइराला र आफ्ना परराष्ट्र मामिलासम्बन्धी सल्लाहाकारमार्फत चीन भ्रमण गर्ने इच्छा चिनियाँ कूटनीतिकहरुसमक्ष प्रकट गरेपछि चीनले तत्काल सकारात्मक जवाफ दिएको बताइन्छ । तर पहिले भारतको भ्रमणमा गएर मात्र चीन जानु उपयुक्त हुनसक्न भन्ने विज्ञहरुको सुझाव भएकाले कोइराला यसै महिना (जेठंं) भित्र भारतको भ्रमण गर्ने व्यग्रतापूर्ण पर्खाइमा रहेका छन् । बालुवाटारनिकट स्रोतलाई उद्धृत गर्दै लेखिएको छ, जेठभित्रै प्रधानमन्त्रीको भ्रमण गराउन भारत सकारात्मक भएको छ र त्यसनिम्ति औपचारिक प्रक्रियासमेत सुरु भइसकेको छ । जेठको अन्तिम साताको अन्त्यतिर कोइरालाको भ्रमण हुने.छ । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले कोइरालाकै सरकारलाई निरन्तरता दिन लबिङ गरिरहे पनि नेपालमा सरकार परिवर्तनका लागि भइरहेको आन्तरिक तयारीले व्यवधान पैदा गर्ने निश्चित हुँदै गएको छ ।
सुशील कोइरालालाई विदा गर्न देश यति हतार गर्दै छ कि जेठ महिनाका आगमी कुनै पनि दिन उहाँका लागि अनिष्टको हुनेछ । कोइरालाप्रति सत्तासाझेदार एमाले, प्रमुख विपक्षी एमाओवादी , मधेसकेन्द्रित समूहहरु र कांग्रेसभित्रको ठूलो हिस्सा मात्र होइन, नेपाल सेना, प्रहरी तथा प्रशासनिक निकाय समेत असन्तुष्ट बनेका छन् । कुनै अनेपेक्षित एवं अप्रत्यासित मोड नआएमा सुशील कोइराला सरकारलाई एमाले अध्यक्ष केपी ओलीले विस्थापित गर्नेछन् । ओलीको पक्षमा अन्तर्राष्ट्रिय समूदाय सकारात्मक बन्दै गएको, एमाओवादी तथा मधेसी मोर्चा संवद्द दलहरु पनि ओलीको नेतृत्व स्वीकार गर्ने मानसिकता बनाएको तथा कांग्रेसभित्र समेत सुशीलले भन्दा अरु जो कसैले राम्रोसँग चलाउन सक्छन् भन्ने मत सुदृढ बन्दै गएकाले सुशीलको सरकार ढल्ने र ओलीको नेतृत्वमा नयाँ सहमतीय सरकार बन्ने सम्भावना बढेर गएको छ । घटना र विचार साप्ताहिकमा खबर छापिएको छ।www.nepaliheadlines.com

च्छो रोल्पा आसपासको जमिन भूकम्पपछि भासियो
काठमाडौं: सगरमाथा क्षेत्रको एउटा हिमपोखरी सोमबार राति विस्फोट हुँदा केही पुल र बाटो बगाएको छ। यसअघि कहिल्यै अनुगमन नगरिएको छु रावा (स्थानीय नाम) हिमपोखरी विस्फोटपछि खोलामा आएको बाढीको असर पाङ्बोचेसम्म परेको छ। ल्होत्से र आइल्यान्ड पिकको बीचमा रहेको यो पोखरीबारे सरकारी तथा हिमतालबारे काम गर्ने कुनै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग जानकारी छैन।
ठूला ढुंगासहित गड्गडाउँदै इ जा खोला बगेपछि खतराको सूचीमा रहेको इम्जा हिमताल विस्फोट भएको हल्ला रातभरि चलिरह्यो। सरकार तथा स्थानीय बासिन्दाले समेत कुन ताल फुट्यो भन्ने मंगलबार बिहानसम्म पत्ता लगाउन सकेनन्।
ठूला ढुंगा बगाउँदै चर्को आवाजसहित बाढी आएपछि इम्जा नै फुटेको निष्कर्ष निकाल्दै खु बु क्षेत्रको पाङ्बोचे र दिङ्बोचेका बासिन्दा मध्यरातमा टर्चलाइट बालेर बस्तीभन्दा माथि डाँडामा चढेका थिए।
पोखरी फुटेर बाढी आएपछि पाङ्बोचेसम्म खोलामा पानीको सतह तीन मिटर बढेको स्थानीय बासिन्दाले अन्नपूर्णलाई बताए। बाढीको त्रासले रातभर नसुतेका स्थानीय बासिन्दाले बिहान मात्रै इम्जा हिमताल नभएर नजिकैको अर्को पोखरी विस्फोट भएको थाहा पाए।
स्थानीय बासिन्दा तथा सगरमाथा मध्यवर्ती क्षेत्रको उपभोक्ता समूहका अध्यक्ष आङछिरी शेर्पासहितको समूहले हेलिकोप्टरबाट इम्जाको अनुगमन गर्ने क्रममा छु रावा पोखरी फुटेको पत्ता लगाएको थियो। 'इम्जा फुटेको छैन।
यसको अवस्था जस्ताको तस्तै छ। नजिकैको अर्को पोखरी फुटेको हो', इम्जा हिमताल हेरेर फर्किएका शेर्पाले दिङ्बोचेबाट अन्नपूर्णसँंग टेलिफोनमा भने। मंगलबार रातिसम्म कोही सरकारी अधिकारी इम्जा क्षेत्र पुगेका छैनन्।
इम्जा हिमताल एक सय ३० हेक्टर क्षेत्रफलमा फैलिएको छ। यसको ल बाइ दुई किलोमिटर, चौडाइ ६ सय ५० मिटर र गहिराइ ४२ मिटर छ। हिउँ पग्लिएर बनेको यो ताल हरेक वर्ष ३५ मिटरका दरले बढिरहेको विभिन्न अध्ययनले देखाएको छ।
हिमतालबारे अध्ययन गरिरहेका विज्ञहरूले मंगलबार दिनभर छलफल गर्दा पनि फुटेको पोखरी पत्ता लगाउन सकेनन्। यसअघि कहिल्यै जानकारीमै नभएको यो पोखरीबारे कतै जानकारी छैन।
'कुन पोखरी कसरी फुट्यो, कति पानी थियो भन्नेबारे कुनै जानकारी छैन', छलफलमा सहभागी जलवायु तथा मौसम विज्ञान विभागका मौसमविद् विक्रम श्रेष्ठले भने।
इम्जाको अवस्था बुझ्न मंगलबार दिनभर हिमाली क्षेत्रको विशेषज्ञता भएको एकीकृत पर्वतीय विकास तथा अनुसन्धान केन्द्र (इसिमोड) कार्यालयमा सरकारी प्रतिनिधि र विज्ञहरूबीच छलफल भएको थियो।
छलफलमा सहभागी एक विज्ञका अनुसार नासाले उपलब्ध गराउने तस्बिरका आधारमा दिनभर अध्ययन गर्दासमेत ताल विस्फोट भएको ठाउँ र अवस्थाबारे कुनै जानकारी प्राप्त भएन।
विभागको हिमशाखामा कार्यरत श्रेष्ठले अन्नपूर्णसँग भने, 'अबचाहिँ यस्ता साना पोखरी पनि अनुगमनमा राख्नुपर्ने भयो।' इसिमोडसँग भएका तस्बिरमा साना पोखरी स्पष्ट देख्न सकिँदैन।
इसिमोड अध्ययन ठूला र बढी खतरा भएका हिमतालबारे मात्रै केन्द्रित छ। इम्जामा पानीको बहाव बढेको पूर्वसूचना दिने कुनै यन्त्रसमेत राखिएको छैन।
यूएनडीपीको सहयोगमा सरकारले यन्त्र जडान गर्ने भने पनि अहिलेसम्म काम अघि बढेको छैन। हेलिकोप्टरबाट निरीक्षण गरेर फर्किएका स्थानीय शेर्पाका अनुसार इ जामा तत्काल डराइहाल्नुपर्ने अवस्था देखिँदैन। 'बाक्लो आइसले ढाकेका कारण इम्जाको पानी धेरै छचल्किएको छैन', उनले भने।
यसैबीच च्छो रोल्पा हिमताल आसपासको जमिन भूकम्पपछि धसिएको छ। केही वर्षअघि हिमतालमा सतह बढेपछि पानी बाहिर पठाउने क्रममा तालको बायाँपट्टि पुरिएको क्षेत्र अहिले धसिएको हो।
फाइल फोटो: च्छो रोल्पा ताल
इसिमोडसहितका विज्ञहरूसँगको छलफल र भूउपग्रह तस्बिरका आधारमा हिमतालवरिपरिको क्षेत्र चिरिएको (रप्चर) देखिन्छ। 'बायाँ किनारमा पहिले फिलिङ गरेको भाग छुट्टिएर डेढ मिटर तलसम्म झरेको छ', अध्ययनमा संलग्न एक अधिकारीले भने, 'डराइहाल्नुपर्ने अवस्था देखिँदैन तर तत्काल अध्ययन आवश्यक देखियो।'
तालमा जम्मा भएको पानीको सतहमा भने कुनै परिवर्तन आएको छैन। माथिल्लो भागमा बाक्लो आइसले ढाकेका कारण भूकम्पका बेलासमेत पानी धेरै हल्लिन पाएन। गत साता सरकारी अधिकारीसहितले गरेको हेलिकोप्टर अनुगमनका क्रममा पनि तालको दायाँबायाँ पहिरो देखिएको थियो।
www.annapurnapost.com