हामी सबै मानिसहरुले आफ्नो–आफ्नो भाग्य बोकेर आएका हुन्छौँ । मानिसहरुले पाउने सुख, दुख, सम्पत्ति, विपत्ति सबै भाग्यले नै निर्धारण गर्ने गर्दछ । भनिन्छ, दुख पछि सुख अवश्य आउँछ । त्यसकारण सबै मानिसहरुको भाग्यमा सुख, दुख पक्कै छ । फरक यत्ति हो, मानिसहरुले के लाई सुख सम्झिन्छन् र के लाई दुःख सम्झन्छन् ।
हामी सबै हाम्रो राम्रो दिन कहिले आउँछ भन्ने कुरा थाहा पाउन आतुर हुन्छौँ । हाम्रो राम्रो समय कहिले आउँछ वा हामीसँग कहिले निकै धेरै पैसा हुन्छ आदि इत्यादि । यी यावत् प्रश्नहरुको उत्तर भृगु संहितामा बताईएको हुन्छ । भृगु संहिता एउटा यस्तो ग्रन्थ हो जसमा ज्योतिष सम्बन्धी सम्पूर्ण जानकारीहरु पाइने गर्दछ । यो ग्रन्थमा मानिसहरुको राशी अनुसार भाग्योदयको कहिले हुन्छ भन्ने बारेमा जानकारी दिइएको छ । राशीअनुसार मानिसहरुको भाग्योदय हुने उमेरहरु यस प्रकारका छन्ः
१. मेष राशीः
मेष राशी भएका मानिसहरुको भाग्योदय उनीहरु १६, २२, २८, ३२ वा ३६ वर्षमा हुने गर्दछ ।
२. वृष राशीः
जो मानिसहरु वृष राशीका छन् उनीहरुको भाग्योदय २५, २८, ३६ वा ४२ वर्षमा हुने गर्दछ ।
३. मिथुन राशीः
२२, ३२, २५, २६ वा ४२ वर्षमा मिथुन राशी भएका मानिसहरुको भाग्योदय हुने गर्दछ ।
४. कर्कट राशीः
जो व्यक्तिको राशी कर्कट छ, उनीहरुको भाग्योदय १६, २२, २४, २५, २८ वा ३२ वर्षमा हुने गर्दछ ।
५. सिंह राशीः
सिंह राशी भएका मानिसहरुको भाग्योदय १६, २२, २४, २६, २८ र ३२ वर्षमा हुने गर्दछ ।
६. कन्या राशीः
कन्या राशीका मानिसहरुको भाग्योदय १६, २२, २५, ३२, ३३, ३५, ३६ वर्षमा हुने गर्दछ ।
७. तुला राशीः
२४, २५, ३२, ३३, ३५ वर्षमा तुला राशी भएका मानिसहरुको भाग्योदय हुने गर्दछ ।
८. वृश्चिक राशीः
वृश्चिक राशीका मानिसहरुको २२, २४, २८, ३२ मा भाग्योदय हुने गर्दछ ।
९. धनु राशीः
जुन मानिसहरुको धनु राशी छ उनीहरुको भाग्योदय १६, २२, ३२ वर्षमा हुने गर्दछ ।
१०. मकर राशीः
२५, ३३, ३५, ३६ वर्षको उमेरमा मकर राशी भएका मानिसहरुको भाग्योदय हुने गर्दछ ।
११. कुम्भ राशीः
जो मानिसहरुको राशी कुम्भ हो उनीहरुको २५, २८, ३६ वा ४२ वर्षमा भाग्योदय हुने गर्दछ ।
१२. मीन राशीः
मीन राशी भएका मानिसहरुको भाग्योदय १६, २२, २८, ३३ वर्षको उमेरमा हुने गर्दछ

पूर्वीय दर्शनका नीति शास्त्री चाणक्यले जीवनमा गर्न हुने र नहुने कुरा अर्थात नीतिबारे चर्चा गरेका छन् । नीति पालना गरे जीवनमा सुख प्राप्ती हुने बताइन्छ । चाणक्यले यस्ता ४ कुरा बताएका छन् जुन जीवनमा कसैलाई पनि भन्नु हुँदैन अर्थात सँधै यी ४ कुराको राज आफूसँगै हुनु पर्छ ।
अर्थनाशं मनस्तापं गृहिणीचरितानि च।
नीचवाक्यं चाऽपमानं मतिमान्न प्रकाशयेत्।।
यो श्लोकमा उल्लेख भए अनुसार जीवनमा कसैलाई पनि भन्न नहुने कुरा यस्ता छन्ः
पहिलो कुरा
धन नास भएको कुरा कसैसँग भन्नु हुँदैन । हामी पैसा हराएको वा नाश भएको कुरा अरुलाई भन्दा मान्छेहरु सहयोग गर्नुको साटो उल्टो टाढा भाग्छन् । तपाइँलाई पैसाको समस्या छ वा घाटा भैरहेको छ भने पनि कहिल्यै अरुलाई नभन्नुस् किन भने मानिसहरु तपाइँको आर्थिक अवस्था थाहा पाएपछि सहयोग गर्नुको साटो उल्टो तर्किन थाल्छन् । सके सम्म आर्थिक अवस्थाको राज आफैसँग सीमित राख्नुस् ।
दोश्रो कुरा
चाणक्यले मनको सन्ताप अर्थात आफ्नो मनमा भएको तनावबारे अरुलाई भन्नु हुँदैन भनेका छन् । यदि हामीले हाम्रो दुख बताउन थाल्यौं भने अरुबाट समाधान आउने होइन तपाइँलाई उल्टो अरुको मजाक बन्नु पर्छ । मानिसहरु अरुको दुःखमा उडाउन मजा मान्छन् । अरुले मजाक बनाउँदा तपाइँको दुःख घट्नुको साटो थप बढ्छ ।
तेश्रो कुरा
जीवनमा गोप्य राख्नु पर्ने कुरा हो आफ्नो पति वा पत्नि सम्बन्धि कुरा । यदि तपाइँले आफ्नी पत्नि प्रेमिका वा पति प्रेमीको विषयमा अरुलाई भन्न थाल्नु भो भने अरुले सम्बन्ध विगारिदिन वा अनैतीक हर्कत गर्न सक्छन् । यसले परिवारमा कलह र झगडा बढाउँछ । सके सम्म पति वा पत्निका कुरा कहिल्यै पनि अरुलाई नभन्नुस् ।
चौथो कुरा
जीवनमा आफू अपमानित भएको कुरा कहिल्यै पनि अरुलाई नभन्नुस् । कसैले तपाइँलाई अपमान गरेको छ भने पनि यस्तो कुरा आफैसँग राख्नुस् । यस्तो कुरा अरुलाई भन्दा उल्टै मजाकको पात्र बन्ने खतरा हुन्छ । तपाइँ थप अपमानित हुने खतरा हुन्छ ।
nepaliheadlines.com

कोही मानिससँग भेटघाट हुँदा हात मिलाउनु आम रुपमा चलन चल्तीको शिष्टाचार हो । तर हात मिलाउनु केवल शिष्टाचारमा मात्र सिमित रहेन, यसले तपाइँको मृत्यु तथा स्वास्थ्यको विषयमा जानकारी प्रदान गर्ने एक अनुसन्धानले देखाएको छ ।
ल्यासेन्ट मेडिकल जर्नलमा प्रकाशित शोध अनुसार हात मिलाउँदा मान्छेको शक्ति जति कमजोर हुन्छ उसको स्वास्थ्य सम्बन्धि खतरा उति नै बढि हुन्छ । निकै कमजोर पाराले हात मिलाउने मानिसमा हृदयाघात तथा मस्तिष्कघातको खतरा बढि हुने शोधकर्ताको निष्कर्ष छ । त्यसैले कमजोर तरिकाले हात मिलाउने मानिसमा अकाल मृत्यु तथा गम्भीर बिमारीको पूर्वानुमान लगाउन सकिन्छ ।
शोधकर्ता टोलीका प्रमुख डाक्टर ड्यारेल लियांग भन्छन्, ‘हात मिलाउनु यस्तो प्रक्रिया हो जसको माध्यमबाट कुनैपनि व्यक्तिको मृत्युको खतरा तथा अन्य रोगहरुको बारेमा पनि आँकलन गर्न सकिन्छ । यद्यपि यो मामिलामा अझै अनुसन्धानको खाँचो छ की हातका मांशेपेशी बढाएर दहि्रलो रुपमा हात मिलाउँदा खतरा कम हुन्छ वा हुँदैन ।’
१७ देशका करीब १ लाख ४० हजार मानिसमा ४ वर्षसम्म यो अध्ययन गरिएको थियो, जसको उमेर ३५ देखि ७० वर्षसम्मको थियो । हात मिलाउने समयमा मानिसहरुको शक्तिको मापन गर्नका लागि विशेष खालको उपकरणको प्रयोग गरिएको थियो । तथ्यांक अनुसार हात मिलाउने समयमा समात्दाको बखत लगाउने शक्ति अर्थात् गि्रप स्ट्रेन्थ ५ किलो भन्दा कम भएमा मुटु तथा अन्य समस्याबाट हुने मृत्युको खतरा १७ प्रतिशत सम्म बढ्न सक्छ ।
अध्ययन अनुसार हात मिलाउँदाको बखत निकै अल्छी कमजोर पाराले हात अघि बढाउने मानिसहरुमा हृदयाघात, मस्तिष्क घात, क्यान्सर जस्ता रोगबाट बिरामीको मृत्यु हुने खतरा बढि हुन्छ । आखिर हात मिलाउने लगाउने शक्तिको सम्बन्ध मुटु तथा सरीरको समग्र स्वास्थ्यमा किन रहन्छ ? भन्ने विषयमा भने थप अध्ययनको आवश्यकता रहेको शोधकर्ताहरुको भनाइ छ ।
www.onlinekhabar.com

काठमाण्डौ । फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालको तनावले युवा पुस्ताको यौन जीवन समाप्त गरिरहेको एउटा अध्ययन बाहिर आएको छ । सामाजिक सञ्जालमा समय बिताउने र आर्थिक समस्याबाट उत्पन्न तनावका कारण युवा पुस्ताको यौन क्षमतामा ह्रास ल्याइरहेको अध्ययनले देखाएको हो ।
बीबीसीको रिपोर्टका अनुसार १५ हजार बेलायतबासीमा गरिएको अध्ययनमा १६ देखि ४४ वर्ष उमेर समूहले महिनामा पाँच पटकभन्दा पनि कम सेक्स गर्ने गरेका छन् । अध्ययनमा संलग्न एक अधिकारीका अनुसार आधुनिक जीवनशैलीका जोडीको यौन सम्बन्धमा निकै नकारात्मक प्रभाव परिरहेको छ।
आजभोलिका युवाहरु रोजगारी र पैसाको समस्याका कारण निकै तनावमा रहने र सेक्स क्षमतामा ह्रास आउने अध्ययनले देखाएको छ । युनिभर्सिटी कलेज लण्डनसँग सम्बन्धित डा। कैथ मर्सरका अनुसार सुविधासम्पन्न र आधुनिक प्रविधिका कारण पनि यस्तो स्थिति उत्पन्न भएको हो ।
आजकल मानिसहरु आफ्नो बेडरुममा पनि ट्वाब्लेट वा स्मार्टफोनको माध्यमबाट फेसबुक, ट्वीटरमा लागिरहन्छन् । उनीहरु लगातार आफ्नो इमेलको जवाफ लेखिरहन्छन् । यही बानीका कारण सेक्सप्रति उनीहरुको झुकाव कम हुँदै गएको छ ।
सर्भेका अनुसार यसप्रकारको ट्रेन्डमा १६ देखि ४४ वर्ष उमेर समूहका बढी मानिस सेक्सको विकल्पमा पोर्न फिल्म हेर्न थालेका छन् ।
नेटसेन सोशल रिसर्चले गरेको सर्भेको विश्लेषण युनिभर्सिटी कलेज लण्डन र लण्डन स्कुल अफ हायजीन एन्ड ट्रपिकल मेडिसन रिसर्चले गरेको थियो । एजेन्सी
www.newsabhiyan.com

परासी, १२ जेठ । भगवान् गौतम बुद्धको मावलीस्थल कोलिया राज्यको नवलपरासीको पण्डितपुरमा चौथो चरणको उत्खननका क्रममा फेला परेका प्राचीन बहुमूल्य वस्तु सोमबार एक कार्यक्रमबीच सार्वजनिक गरेको छ ।
नवलपरासीको बन्जरिया–९ स्थित पण्डितपुरलाई प्राचीन महत्व बोकेको कोलिया गणराज्यको राजधानी भएको थप पुष्टिका लागि पुरातत्व विभागको प्राविधिक टोलीले करिब १५ दिन उत्खनन कार्य गरी भेटाइएको प्राचीन वस्तुलाई पत्रकारसम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
हाल पण्डितपुरको ६० बिगाहा जग्गामा फैलिएको कोलियो गणराज्यको उत्खनन गर्दा मौर्यकालीन खाल्टो, मानव मूर्ति, पशु मूर्ति, टेराकोटा (टिसी), टिसी विट, माटोको चरा, कार्ने लियन बिड, स्टोन विड, रेडवे, एनविपी वेयर, ग्रेवयर, रुपटायल, इँटाहरुलगायत प्राचीन वस्तु फेला परेका छन् । मौर्यकालमा बनेको इनारको पनि फेला परेको पुरातत्व विभागका पुरातत्व अधिकृत भास्कर ज्ञवालीले जानकारी दिनुभयो । उत्खननमा फेला परेको वस्तुले यसको सम्बन्ध रामग्राम स्तुपबाट रहेको पुष्टि हुने खालको प्राचीन वस्तुहरु फेला परिसकेको टोलीले जनाएको छ ।
पत्रकार सम्मेलनमा सभासद् वैजनाथ चौधरी, उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य गुणनिधि तिवारी, उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीम बहादुर थापा क्षेत्री, पुरातत्व विद तारानन्द मिश्र, भास्कर ज्ञवाली, गाविस सचिव काशीराम ज्ञवाली, पत्रकार महासङ्घका केन्द्रीय सदस्य बेचु गौडलगायतले पण्डितपुर, देवदह, तिलौराकोट र रामग्राम स्तुपको व्यापक प्रचार प्रसार र संरक्षण हुन आवश्यक भएको बताउनुभयो । रासस
dainiknepal.com

काठमाडौं, जेठ १२ । भूकम्पपीडितलाई सहयोग गर्न बनाएका संयन्त्रमा दलहरुले डनहरुलाई पनि प्राथमिकता दिन थालेका छन् ।
प्रधानमन्त्री सुशील कोइरालाले शनिबार कुमार घैंटे (कुमार श्रेष्ठ) लाई राहत कार्यक्रमका लागि काठमाडौंको उपसंयोजकको जिम्मेवारी दिई बालुवाटारमा बिदाइ गरे ।
कांग्रेसको खेलकुद विभागले बनाएको स्वयंसेवक टोलीमा घैंटेलाई उपसंयोजक बनाइएको छ । जसमा प्रायः गुन्डागर्दी पृष्ठभूमिका व्यक्ति छन् । टोलीको संयोजकमा हात्ती भनेर चिनिने राजु श्रेष्ठ छन् ।
घैंटेसहितको समूहलाई प्रधानमन्त्री आफैंले बिदाइ गरेपछि प्रहरी अधिकारीहरु अचम्ममा परेका छन् ।
उक्त समूहले शनिबार काभ्रेस्थली तथा आइतबार चुनिखेलमा राहत तथा पुनस्र्थापनाको काम गरेको थियो ।
प्रहरीले पक्राउ गर्ने डरले विदेश भागेका घैंटे भूकम्पपछि नेताहरुको संरक्षणमा फर्किएर सक्रिय भएका हुन् ।
गुन्डाहरुलाई दलहरुले प्रश्रय दिन थालेपछि प्रहरी अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

धेरैको साझा समस्या हो । लामो समयसम्म कुर्सीमा बसेर वा निहुरिएर काम गर्नुपर्नेलाई त यसले झनै सताइरहेको हुन्छ ।
मांसपेशी, नशा, हड्डी तथा जोर्नीलगायतमा भएको पीडाका कारण ढाडको दुखाइ महसुस हुन्छ । ढाड दुख्ने समस्याबाट पीडित हुँदा काम गर्न निकै कठिनाइ हुन्छ । काममा मन एकत्रित गर्न पनि सकिँदैन । त्यसैले यसको कारण र समाधानबारे सचेत हुनु आवश्यक छ ।
किन दुख्छ ढाड ?
एउटै काम पटक–पटक दोहोर्याएर गर्दा मांसपेशीमा दबाब पर्छ । यसबाट मांसपेशीमा चोट पर्ने वा मांसपेशी थाक्ने हुन्छ । यसबाट पिठ्युँमा दुखाइ महसुस हुन्छ । बढी गह्रौँ वस्तु उठाउँदा पिठ्युँमा बढी जोड पर्छ, जसले गर्दा दबाब परेर पिठ्युँमा पीडा महसुस हुन्छ ।
पिठ्युँमा विभिन्न कारणले दबाब पर्दा मांसपेशी तन्किने, खुम्चिने तथा तनाव आउने हुन्छ । जसका कारण पनि पिठ्युँमा बढी दुखाइ महसुस हुन्छ । पिठ्युँको प्राकृतिक स्वरूपमाथि अत्यधिक दबाब वा बढी निहुरिनेलगायतका काम गर्दा पनि पिठ्युँमा दबाब बढ्न गई पिठ्युँ दुख्ने हुन्छ ।
के गर्ने ?
लामो समयसम्म एउटै काम नगर्नुहोस् वा कुर्सीमा बसिनरहनुहोस् । केही बेर हिँड्ने, पाइला चाल्ने, कम्मर मर्काउनेलगायतका सामान्य व्यायाम वेला–वेलामा गर्नुहोस् । शरीरको उचित मुद्रा कायम गर्नुहोस् । बस्दा बढी कुप्रो परेर नबस्नुहोस् र लामो समयसम्म उभिएर काम गर्नुपर्दा केही बेर बस्नुहोस् र खुट्टालाई आराम दिनुहोस् । बढी गह्रौँ वस्तु नउठाउनुहोस् । उठाउँदा भित्ता अथवा अरू वस्तुको आड लिनुहोस् । अनावश्यक रूपमा झुक्ने, पिठ्युँ वा कम्मर मोड्ने तथा अनावश्यक रूपमा पटक–पटक उठ–बस नगर्नुहोस् ।