काठमाडौं । आइतबार पनि दुई वटा भूकम्पको पराकम्पन गएको छ । आइतबार बिहान सात बजेर ६ मिनेटमा दोलखा केन्द्र भएर ४ दशमलव २ म्याग्नेच्युडको पराकम्पन गएको साढे तीन घण्टापछि विहान १० बजेर ३८ मिनेटमा फेरि दोलखा नै केन्द्र भएर ४ दशमलव ४ म्याग्नेच्युडको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि शनिबार ४ म्याग्नेच्युडमाथिका दुई वटामात्रै पराकम्पन गएको थियो । शनिबार दिउँसो १ बजेर १४ मिनेटमा दोलखा केन्द्र भएर ४ दशमलव २ म्याग्नेच्युडको पराकम्पन गएको थियो भने अर्काे शनिबार राति १० बजेर २६ मिनेटमा सिन्धुपाल्चोक केन्द्र भएर ४ दशमलव ४ म्याग्नेच्युडको पराकम्पन गएको थियो ।यस्तै शनिबार हुम्लालाई केन्द्र बनाएर ४ दशमलव ८ म्याग्नेच्युडको भूकम्प गएको थियो ।
गएको बैशाख १२ गते गोरखाको केन्द्र भएर ७ दशमलव ६ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएपछि त्यस यता ठूला तथा साना पराकम्पन आइरहेको भएपनि केही दिनयता भने साना मात्रै आइरहेको छ । यस्तै कम मात्रामा मात्रै पराकम्पन आएको छ । शक्तिशाली भूकम्प गएपछि पराकम्पन आइरहने भएकाले नआत्तिन तर सचेत रहन भूकम्पविद्हरुले सुझाव दिएका छन् ।
medianp.com

स्याङ्जा: म्याग्दीमा थुनिएको कालीगण्डकी नदीबाट हुन सक्ने क्षतिको पूर्वानुमान गरि स्थानीय स्याङ्जा जिल्ला प्रशासनले सेतीवेणीका ४२ घरपरिवार र आधीमुहानका २५ घरपरिवारलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ ।
शनिवार राती म्याग्दीमा थुनिएको कालीगण्डकी एकैचौटी खुल्दा हुनसक्ने जोखिम न्यूनिकरण गर्न स्थानीय प्रशासनले सेतीवेणी र आधीमुहानका बासिन्दालाई घरका सामान दोश्रो तलामाराखी अग्लो ठाउमा सुरक्षित भएर बस्न सूचना प्रवाह गरेको हो ।
कालीगण्डकी 'ए' जलबिद्युत परियोजनाका ३ वटै टर्वाइन संचालनगरी पानी खपत गराउन पूर्ण क्षमताको १ सय ४४ मेगावाट बिद्युत उत्पादन गरिएको छ । यतिवेला कालीगण्डकी नदीमा पानीको प्रवाह घटेको प्रमुख जिल्ला अधिकारी इन्दु घिमिरेले जानकारी दिईन ।
म्याग्दीको काफलडाडा खस्दा बैसरीमा थुनिएको कालीगण्डकी एकैचोटी खुल्यो भने पनि स्याङ्जाको मिर्मि, आधीमुहान र सेतीवेणी आइपुग्न ३ देखि ४ घण्टा समय लाग्ने बताइएको छ ।
प्रशासनले स्थानीय जनतालाई पाल्पा र स्याङ्जाका स्थानीय रेडियोबाट नदी थुनिएको जानकारी दिइएको छ । स्थानीय प्रहरी प्रशासनलाई पनि सजग गराइएको छ । कालीगण्डकी 'ए' जलबिद्युत परियोजना सुरक्षित रहने दावी परियोजनाले गरेको छ ।
annapurnapost.com

सन्देश श्रेष्ठ
१० जेठ, पोखरा । म्याग्दीको ७ किलोमिटर उत्तर क्षेत्रमा पर्ने बैसेरीमा भीषण पहिरो खस्दा कालिगण्डकी नदी थुनिएको छ । शनिबार अपरान्हदेखि परेको भीषण वर्षापछि झरेको पहिरोले आइतबार विहान २ बजेदेखि कालिगण्डकी नदी थुनिएको हो ।
राम्चे-९ काफलडाँडा नजिकैको चट्टानी पहाड खस्दा भगवती-२ स्थित बैसेरीमा नदी थुनिएको प्रहरी नायब महानिरिक्षक (डिआईजी) पंकज श्रेष्ठले जानकारी दिए । पहिरो १ किलोमिटर लम्बाई, १ सय मिटर चौडाई र १५० मिटर गहिराई भएर थुनिएको उनले बताए ।
उनका अनुसार नदी थुनिएपछि राती नै उक्त क्षेत्रमा बसोबास गर्दै आएका कालिगण्डकी नदी किनारस्थित राम्चे गाविस ९ र भगवती-२ का २६ परिवारका १२३ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।
जिल्ला कारागार म्याग्दीका कैदी बन्दीलाई जिल्ला विकास समितिको हलमा सारिएको डिआईजी श्रेष्ठले जानकारी दिए । बेनीबजारका स्थानीय अहिले अग्लो स्थान खोज्दै अर्थुङ्गे पुगेर बसेको बुझिएको छ
त्यस्तै गलेश्वर, बेनी बजार, तातोपानी र दाना गाविसका तल्लो क्षेत्रका बासिन्दालाई उच्च सर्तकता अपनाउन आग्रह गरिएपछि उनीहरु पनि सुरक्षित स्थानतर्फ गएको उनले बताए । थुनिएको कालिगण्डकीको बाँध फुटेर बाढी आउने खतरा बढेको भन्दै प्रहरीले माईकिङ गरेर बेनीबजार बासिलाई सतर्क र सचेत रहन आह्वान गरेको थियो ।
डिआइजी श्रेष्ठले थुनिएको पहिरो खुलाउन त्यत्ति सजिलो नभएको बताए । खुलाउनको लागि बिस्तारै पानी खोल्नु पर्ने भएकाले केन्द्रबाट उपकरणसहित सेनासहितको सुरक्षाकर्मी ल्याउने प्रयास भइरहेको उनले जानकारी दिए । पहिरो आफै एक्कासी फुट्यो वा ह्वात्तै खुलाइएमा तल्लो क्षेत्र डुबानमा पर्ने खतरा रहेको उनले बताए ।
www.onlinekhabar.com

धरान : हावाहुरीले ढलेको रुखले किचेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्रै एक डाक्टरको ज्यान गएको छ ।
ड्यूटी सकेर निवासतर्फ फर्कने क्रममा ढलेको रुखले गयराती किच्दा गोरखा घर भएकी २७ वर्षीया डा. रञ्जना देवकोटाको ज्यान गएको प्रतिष्ठानका सूचना अधिकृत सुरेन्द्र तामाङले बताए ।
एनाटोनी विभागमा कार्यरत उनी प्रतिष्ठानमै एमडी प्रथम वर्षमा अध्ययनरत थिइन् ।
www.annapurnapost.com

काठमाडौं : शनिबार मध्यराती सिन्धुपाल्चोक केन्द्रबिन्दु भएको भूकम्पको धक्का महसुस भएको छ ।
शनिबार राती १० बजेर २६ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएको ४.४ म्याग्निचूयटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
भूकम्पको धक्का काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवासहितका जिल्लामा महसुस भएको थियो ।
शनिबार मात्रै दिउँसो १ बजेर १४ मिनेटमा दोलखा केन्द्रबिन्दु भएको ४.२ म्याग्निच्यूटको भूकम्पको धक्का महुसस भएको थियो ।
बैशाख १२ र २९ मा गएका शक्तिशाली भूकम्पपछि परकम्पन हुने क्रम निरन्तर जारी छ । धेरैजसो परकम्पन सिन्धुपाल्चोक, दोलखा र गोरखा केन्द्रबिन्दु भएका गएका छन् ।
६ म्याग्निच्यूटसम्मका भूकम्पले क्षति नगर्ने भएकाले नआत्तिन राष्ट्रिय भूकम्प मापन केन्द्रले सर्वसाधरणलाई आग्रह गरेको छ ।

धादिङ, जेठ ९ - धादिङमा एक महिलाले दुई छोरीलाई बिष खुवाएर आफुले पनि आत्महत्या गरेकी छन् ।
धादिङको बैरेनी गाउँ विकास समिति ७ बेलटारकी २२ वर्षीया चन्द्रिका विकले आफ्ना दुई छोरीलाई बिष खुवाएर आत्महत्या गरेकी हुन् ।
सागसब्जीमा प्रयोग हुने विष सेवनबाट चाँदनी र उनकी एक छोरीको मृत्यु भएको तथा गम्भीर रहेकी अर्कीलाई उपचारका निम्ति काठमाडौँ पठाइएको गजुरीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धानका लागी चन्द्रीकाका श्रीमान्लाई हिरासतमा लिएको छ ।
झापामा बलात्कारको अभियोगमा धर्मगुरु पक्राउ
यस्तै झापामा बलात्कारको अभियोगमा श्रीकृष्ण प्रणामी धर्मका गुरु मोहनानन्द भारद्वाज सुवेदीे कनकाई नगरपालिका – ४ बाट पक्राउ परेका छन् ।
माईधामस्थित श्री कृष्णप्रणामी मन्दिरमा आश्रित १४ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा आज उनी पक्राउ परेका हुन् ।
धर्मगुरुबाट आफू पटक–पटक बलात्कृत भएको उजुरी किशोरीले गरेपछि अभियुक्तलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।dcnepal.com

झापाः बालिका बलात्कारको आरोपमा श्रीकृष्ण प्रणामी धर्मका गुरु मोहनानन्द सुवेदी शनिवार साँझ झापाको कनकाई नगरपालिका – ४ स्थित कोटीहोमबाट प्रहरीले पक्राउ गरेको छ।
कोटीहोमस्थित माईधाममा सञ्चालित श्री कृष्णप्रणामी मन्दिर आश्रममा रहेका बालिकालाई धर्मगुरु सुवेदीले लामो समयदेखि आश्रममै बलात्कार गर्ने गरेको जनाउदै आश्रमकी १४ वर्षीया एक बालिकाले प्रहरी समक्ष उजुरी गरेपछि उनी आश्रमबाटै परिषद्को जिल्लास्तरीय बैठक भइरहेको समयमा वैठक स्थलबाटै पक्राउ परेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनलाई प्रहरीले कैलालीको टीकापुर घर भई हाल आश्रममा बस्तै आएकी १४ वर्षीया एक बालिकालाई विगत एक बर्षदेखि बलात्कार गर्ने गरेको उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक रविन्द्रनाथ रेग्मीले जानकारी दिए।
मोरङ घर भई २० वर्षदेखि आश्रममा बस्तै आएका ६० वर्षीय सुवेदीले यस अघि पनि आश्रममा रहेका ६ जना बालिकालाई गुरु सेवाको नाममा यौन शोषण गर्ने गरेको पीडित वालिकाको आरोप छ ।
कनकाई उच्च मावि सुरुङ्गामा कक्षा– ९ मा अध्ययनरत बालिकाले आफूमाथि लगातार भएको यौन शोषण अरु कसैले पनि भोग्नु नपरोस् भन्दै प्रहरीलाई खबर गरेसँगै घटना सार्वजनिक भएको हो । धर्मगुरुको यौन शोषणमा परेकी पीडित वालिकाको शनिबार मेची अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको बताइएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।