काठमाडौँ, २ मङ्सिर । राष्ट्रिय महिला आयोग तथा अन्य संवैधानिक निकायका नियुक्तिका क्रममा दलगत भागबण्डा नगरी विषयगत दक्षता हासिल गरेका विज्ञ महिलालाई चयन गर्न महिला अधिकारकर्मीले सरकारलाई आग्रह गरेका छन् ।
आज यहाँ महिला अधिकारको क्षेत्रमा काम गर्ने संस्था साथी नेपाल, फेडो नेपाल, जागरण नेपाल, एकल महिला समूह, महिला, कानुन र विकास मञ्च, बियोण्ड बेइजिङ कमिटी, सञ्चारिका समूह, होमनेट साउथ एसिया तथा मिडिया एड्भोकेसी ग्रुपले जारी गरेको विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको हो ।
उनीहरुले महिलामैत्री संविधान जारी भएकोमा खुसी हुँदै पुनर्निर्माण प्राधिकरण गठनमा महिलाको समानुपातिक प्रतिनिधित्व अनिवार्य रहेको भन्दै यस अभियानको नेतृत्वदायी भूमिकामा महिलाको सहभागिता मुख्यरुपमा गराउन पनि सरकारसमक्ष अनुरोध गरेका छन् ।
विज्ञप्ति जारी गर्दै साथी संस्थाका अध्यक्ष बन्दना राणाले विनाशकारी भूकम्पले क्षति पु¥याएको लामो समयपछि पनि पीडितको अवस्थाप्रति चासो राख्दै पुनःनिर्माणको निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सम्बोधनमार्फत दर्शाउनु भएको प्रतिबद्धताप्रति आफूहरु खुसी भएको जानकारी दिनुभयो ।
महिला सहभागिता गराउँदा राजनीतिक आस्थाका आधारमा भागबण्डा नगरी समस्याको गहिराईलाई बुझेका विज्ञ महिला व्यक्तित्वहरुलाई उच्च प्राथमिकता दिए मात्र महिला तथा बालबालिकाको समस्या उपयुक्त ढङ्गले सम्बोधन हुने विश्वास महिला अधिकारकर्मीहरुले लिएका छन् ।
dainiknepal

काठमाडौं । वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुन एक साता लामो चीन भ्रमण सकेर नेपाल फर्किएका छन् ।
मंगलबारराति नेपाल फर्किएका आपूर्तिमन्त्री पुनले चीनलाई नेपाल आपतकालीन अवस्थामा रहेको भन्दै तत्कालै इन्धन, खाना पकाउने ग्याँस, औषधी लगायतका सामग्री उपलब्ध गराईदिन आग्रह गरेका थिए ।
मन्त्री पुनको प्रस्तावमा चीन सकारात्मक भएको स्रोतले जनाएको छ । मन्त्री पुनले भने चीन भ्रमणका बारेमा प्रधानमन्त्रीसँग छलफल गर्ने तयारी समेत गरेको बुझिएको छ ।
उनले चीनमा रहँदा चीन सरकार र चीनको कम्युनिष्ट पार्टीका उच्च तहका अधिकारीहरुसँग छलफल गरेका थिए । चीनको पेट्रो चाइनासँग केही समय अघि इन्धन खरिदका लागि सैद्धान्तिक सहमति भइसकेको छ ।
चीनसँग भएको सहमतिअनुसार चीनले तातोपानी नाका हुँदै नेपाललाई खाना पकाउने ग्याँस, इन्धनलगायत उपलब्ध गराउँने छ । नेपाल आयल निगमलाई सम्झौताको लागि चीनले बेइजिङ बोलाइसकेको छ ।
nepalsandesh

२ मङ्सिर । पर्साको ठोरीनाकाबाट चितवनको माडीहुँदै दैनिक रुपमा एक लाख ५० हजार लिटरको हाराहारीमा इन्धन नेपाल भित्रिएको पाइएको छ ।
जसले नारायणी, धौलागिरि, गण्डकी र बाग्मती अञ्चलका विभिन्न जिल्लाको अत्यावश्यक सेवा धानेको प्रहरीको अनुमान छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवर दैनिक रुपमा एकदेखि डेढ लाख लिटरसम्म इन्धन माडीको बाटोबाट भित्रिने गरेको प्रहरीको सर्वेक्षणले देखाएको बताउनुहुन्छ ।
“कूल इन्धनमध्ये ३० प्रतिशत पेट्रोल र ७० प्रतिशत डिजेल रहने गर्दछ” उहाँले भन्नुभयो । चितवन, मकवानपुर, धादिङ, काठमाडौँंसँगै धौलागिरि र गण्डकीका केही जिल्लामा यहीँको इन्धन पुग्ने गरेको उहाँको भनाइ छ । पर्साको ठोरीमा डिजेल प्रतिलिटर रु १५० र पेट्रोल रु १६० मा खरिद गर्ने गरेको जानकारी आएको कुँवरले बताउनुभयो । कतिपयले भारतीय पेट्रोल पम्पमै गएर इन्धन भर्ने गरेका छन् भने केहीले सीमा क्षेत्रमा सम्पर्कव्यक्तिमार्फत् इन्धन किन्दै आएका छन् ।
यसरी खरिद गरिएको इन्धन अधिकांशले आफ्नो प्रयोगको लागि खपत गर्ने गरेको भए पनि केहीले कालोबजारी गर्ने गरेको पाइएको छ । जिल्लामा पेट्रोल प्रतिलिटर रु २५० देखि रु ३०० सम्ममा बिक्री हुने गरेको छ । त्यही पेट्रोल काठमाडाँैं पुग्दा प्रतिलिटर रु ५०० सम्ममा बिक्री हुने गरेको पाइएकोे प्रहरी उपरीक्षक कुँवरले बताउनुभयो ।
सो बाटो हुँदै आउने तेल रोक्ने विषयमा छलफल गरिएको भए पनि अत्यावश्यक क्षेत्र समेत सञ्चालनका लागि कठिनाई हुने भन्दै स्थानीय दबाब बढेपछि प्रहरी प्रशासनले त्यसरी भित्रिएको इन्धनलाई अभाव टार्न भन्दै छाडेको उहाँ बताउनुहुन्छ । जसका कारण ठूलो मात्रामा राजस्वमा चुहावट हुँदै आएको छ ।
चितवनमा मात्रै सहज अवस्थामा दैनिक ४५ हजार लिटर पेट्रोल र एक लाख ८० हजार लिटर डिजेल खपत हुने गर्दछ । अहिले कुपन र पालो लगाएर सातामा एक पटक वितरण गरिंँदै आएको ६० हजार लिटर डिजेल र २४ हजार लिटर पेट्रोलसँगै माडी र नवलपरासीको त्रिवेणी नाकाबाट आउने इन्धनले बजार धानेको पेट्रोलियम डिलर्स एसोसिएसन चितवनका अध्यक्ष काशीराज पाठक बताउनुहुन्छ ।
“खेती किसानीको बेला अधिकांशले महंँगोमा ठोरी, त्रिवेणीलगायतका विभिन्न नाकाबाट इन्धन ल्याएर धानेका छन्” उहाँले भन्नुभयो । यसरी आएका इन्धनमा बढी मात्रामा मिसावट हुने हुँदा सर्वसाधारणले दुःख पाउने गरेका छन् । अर्काेतर्फ पश्चिम चितवनको गीतानगरबाट माडीको अयोध्यापुरीसम्मका धेरै घरमा इन्धन सङ्कलन गरेर राखिएकाले दुर्घटनाको जोखिम समेत बढेको प्रहरीको भनाइ छ ।
प्रहरी उपरीक्षक कुँवर इन्धन सङ्कलन नगर भन्ने अवस्था नरहेकाले सुरक्षित रुपमा राख्न आग्रह गर्नुहुन्छ । विभिन्न जिल्लामा सङ्कलन गरिएर राखिएको इन्धनकै कारण आगलागी भइरहँदा त्यस्ता घटना नहोस् भन्नका लागि जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह गरिएको उहाँले बताउनुभयो ।

काठमाडौं, २ मङ्सिर । नेपालमा बुधबार फेरि भूकम्प गएको छ ।
दार्चुलामा आज भूकम्पका धक्का महसुस गरिएको हो । दिउँसो २ः१० बजे धक्का महसुस गरिएको हो ।
भूकम्प मापन केन्द्र सुर्खेतले अनुसार दार्चुलाबाट १० किलोमिटर पश्चिम भारतमा ३ दशमलव ६ रेक्टर स्केलको भूकम्पको गएको जनाएको छ ।
यसअघि मंगलबार साँझ रसुवालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो ।

लहान, २ मङ्सिर । सिरहाको दक्षिणी सीमावर्ती माडर गाउँसँग जोडिएको भारतीय जयनगर बजारमा किनमेल गरेर फर्किन लागेको समयमा मङ्गलबार अपराह्न बिजुलीको तार खसेर करेन्ट लाग्दा दुई नेपालीसहित ११ जनाको मृत्यु भएको छ ।
जिल्लाको दक्षिणी सीमावर्ती लगडी गदियानी गाविस–२ का करिब २५ वर्षीय सरोजकुमार यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय माडरका प्रहरी नायब निरीक्षक शङ्कर चौधरीले बताउनुभयो ।
यादवको खल्तीमा रहेको नेपाली रुपैयाँ र कागजातको आधारमा नेपाली रहेको भारतीय जयनगर प्रहरीले समेत पुष्टि गरेको प्रनानि चौधरीले उल्लेख गर्नुभयो । प्रहरीका अनुसार करेन्ट लागेर यादव चढेको मोटरसाइकलसमेत पूर्णरुपले जलेको थियो ।
एघार हजार भोल्टको विद्युत् प्रसारण लाइनको तार झरेर करेन्ट लाग्दा अर्का एक जनाको मृत्यु भएको बताइए पनि सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । उनी सिरहाको गोलबजार क्षेत्रको हुनसक्ने आशङ्का गरिएको भएपनि पुष्टि हुन नसकेको माडर प्रहरीले जनाएको छ ।
नेपालमा मधेसी दलको आन्दोलनको कारणले लामो समयदेखि स्थानीय बजार बन्द हुँदा दैनिक उपभोग्य सामग्री महँगो भएकाले किनमेलका लागि जयनगर पुगेकामध्ये दुई जनाले ज्यान गुमाएका हुन् । किनमेल गरेर घर फर्किने तर्खर गरिरहेका बेला तार झरेपछि लागेको आगोमा जलेर १० जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त घटनामा अर्को मोटरसाइकल समेत जलेको छ । भारतीय प्रहरीका अनुसार विद्युतको तार खसेर भारतीय सीमावर्ती गाउँ कोरहियाका चारजना र बेलहीका चार जनाको मृत्यु भएको थियो । रासस

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा गरेको सम्बोधनमा पहिलो पटक भारतले गरेको ‘अघोषित नाकाबन्दी’ को प्रसंग उठाएपछि भारतमा नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना शुरु भएको छ । उनीहरुले मोदी सरकारको विदेश नीतिप्रति प्रश्न चिन्ह उठाएका हुन् ।
जनता दल युनाइडेटका राज्यसभा सदस्य केसी त्यागीले नेपाल मामिलामा मोदीको विदेश नीति पूर्णरुपमा असफल भएको आरोप लगाए । ‘नेपाल अहिले दिनानु चीन नजिक गइरहेको छ । मोदी सरकारको नेपालको हकमा विदेश नीति पूर्ण रुपमा असफल भएको छ । अहिले नेपाल त्यसको विरुद्ध उभिरहेको छ ।’ बीरगञ्जमा गत महिना भएको वीरगञ्ज घटनाबारे उल्लेख गर्दै दस्टेटमेनसँग कुरा गर्दै उनले भने, ‘इतिहासमा पहिलो पटक नेपाल प्रहरीबाट भारतीय नागरिक मारिएको छ, यो निकै दुःखद् घटना हो ।’ त्यस्तै राष्ट्रिय जनता दलका प्रवक्ता मनोज झाले पनि नेपाल नीतिको उदाहरण दिँदै मोदीको आलोचना गरेका छन् । ‘मोदीको असफल विदेश नीतिको उदाहरण भनेको नेपाल मामिला हो,’ उनले भने । ‘नेपालमा जसरी मधेशीको मुद्दा आएको छ, यसमा मोदी सरकारको रणनीति र विचारविमर्शको कमी देखिएको छ,’ झाले थपे । त्यस्तै कंग्रेस नेता रसिद अल्भीले पनि नेपाल मामिलामा मोदी असफल भएको कुरा उल्लेख गरे । ‘पछिल्ला ७० वर्षमा भारतसँग नेपालको ठूलो गुनासो थिएन । तर अहिले त्यो देखिएको छ । यो मोदीको विदेश नीतिको असफलता हो ।’ ‘प्रधानमन्त्रीले एकपटकभन्दा बढी नेपाल भ्रमण गर्नुभयो । तैपनि दुई देशबीच सम्बन्ध बिग्रिएको छ । योभन्दा अघि रहिआएको सुमधुर सम्बन्ध पनि रहेन,’ अल्भीले भने ।ratopati

काठमाडौं । पृथ्वीमा जीवन छ किनभने जीवन अनुकुल वायुमण्डल छ अनि पानी पनि छ । जीवनको लागि वायुमण्डल हुनु जरुरी छ । लामो समयदेखि मानिसले पृथ्वीबाहेक ब्रम्हाण्डका अन्य स्थानमा समेत जीवन भएको हुन सक्ने अनुमान गर्दै आएका छन् ।
१९ औं शताब्दीमा खगोलशास्त्रीहरुले पनि चन्द्रमामा बुद्धिमान प्राणीहरु हुनुपर्छ भन्ने सोच राखेका थिए । तर पछि भएका वैज्ञानिक अनुसन्धानहरुमा चन्द्रमामा बुद्धिमान प्राणी त के, कुनै पनि जीव छैन भन्ने भन्ने पत्ता लाग्यो । चन्द्रमामा वायुमण्डल नै छैन र पानी पनि छैन भन्ने प्रमाणित नै भयो । त्यति हुँदा हुँदै पनि एपोलो अन्तरिक्ष अभियानबाट चन्द्रमामा पुगी पृथ्वी फर्केका अन्तरिक्षयात्रीहरुलाई केही समयसम्म सुरक्षित क्षेत्रमा राखिएको थियो ताकि उनीहरुका साथमा अन्तरिक्षबाट कुनै खतरनाक जीवाणुहरु पनि आए नआएको निर्क्यौल गर्न सकियोस् ।
चन्द्रमामा जीवनको चिन्ह नभेटे पनि वैज्ञानिकहरु निराश भएका छैनन् । उनीहरुको पक्का विश्वास छ, ब्रम्हाण्डमा कुनै न कुनै क्षेत्रमा जीवन छ र त्यो जीवन हाम्रो जस्तो वा हाम्रोभन्दा पनि उन्नत हुन सम्भव छ । अझ वैज्ञानिकहरु त कतिसम्म विश्वास गर्छन् भने हाम्रै सौर्यमण्डलमा पनि पृथ्वीको जीवनको शुरुवातकालको जस्तो जीवन रहेको हुन सम्भव छ ।
यद्यपी अहिलेसम्म यसबारेमा कुनै ठोस प्रमाण र तथ्यहरु हासिल हुन सकेका छैनन् । सोही विश्वासको आधारमा वैज्ञानिकहरु निरन्तर रुपमा अध्ययन अनुसन्धानमा लागेका छन् । यसै क्रममा पृथ्वी बाहिर समेत जीवन हुन सक्ने एउटा सम्भाब्य स्थानको रुपमा हाम्रै सौर्यमण्डलको एक विशाल ग्रह शनिको उपग्रह टाइटन र बृहस्पतिको उपग्रह युरोपामाथि वैज्ञानिकहरुको दृष्टि परेको छ । ती मध्ये पनि बढी सम्भावनायुक्त रुपमा टाइटनलाई लिईएको छ । वैज्ञानिकहरुले टाइटनमा जीवनको सम्भावना देख्नुको प्रमुख कारण चाहिँ त्यहाँ पृथ्वीमा जीवनको शुरुवातमा रहेको जस्तो वायुमण्डल हुनु नै हो । त्यहाँ पृथ्वीमा अहिले विद्यमान रहेको जस्तो बिस्तृत र विकसित जीवनको सम्भावना न्युन छ । किनकि पृथ्वीको वर्तमान वायुमण्डल जस्तो प्रकृतिको वायुमण्डल हाल त्यहाँ विकसित भइसकेको छैन । तर वैज्ञानिकरुहरुको विश्वास छ कि पक्कै पनि टाइटनमा जीवन कुनै न कुनै रुपमा रहेको हुनुपर्छ । त्यहाँको जीवन हाम्रो पृथ्वीको जस्तो विकसित रुपमा नहुन सक्छ तर त्यहाँ ब्याक्टेरिया लगायत अति सुक्ष्म जीव जीवाणुको रुपमा जीवनको अस्तित्व पक्कै हुनुपर्छ ।
वर्तमान अवस्थामा टाइटनको वायुमण्डल पृथ्वीको हालको वायुमण्डल भन्दा नितान्त भिन्न छ । तर वैज्ञानिकहरुको विश्लेषणमा सृष्टिको प्रारम्भिक कालमा पृथ्वीमा रहेको र टाइटनको हालको वायुमण्डलको स्वरुप एकै किसिमको रहेको हुनुपर्छ । अझ पृथ्वीमा जीवको उत्पति हुँदा पनि पृथ्वी र टाइटनको वायुमण्डलमा खासै भिन्नता नरहेको वैज्ञानिकहरु बताउँछन् । टाइटनलाई सुन्तला रङको बाक्लो बादलले ढाकेको वैज्ञानिकरुहरुले बताएका छन् । यसको वायुमण्डल पृथ्वीको भन्दा दश गुना बढी बाक्लो छ । यस्तो बाक्लो वायुमण्डल भएको अहिलेसम्म थाहा भएकोमा सौर्यमण्डलभित्र यही एउटामात्र उपग्रह रहेको छ । बाक्लो सुन्तला रङको बादलले ढाकिएका कारण टाइटनको सतहमा के छ भन्ने थाहा पाउन त्यहाँ नै गई अनुसन्धान गर्नुको विकल्प छैन भन्छन् वैज्ञानिकहरु । पृथ्वीको जस्तो जीवको अस्तित्वको लागि भने टाइटन अहिले अत्यधिक चिसोको कारण अनुपयुक्त छ तर भविष्यमा यो अवस्था फेरिन पनि सक्छ भन्ने कुरामा वैज्ञानिकहरु आशावादी छन् । उनीहरुले के कुरा प्रमाणित गरिसकेका छन् भने हरेक ब्रम्हाण्डीय पिण्डहरुको निश्चित आयु हुन्छ र उर्जा सकिंदै गएपछि हरेकको अस्तित्व पनि समाप्त हुँदै जान्छ ।
हाम्रो सूर्यको पनि आयु निश्चित रहेको कुरा वैज्ञानिकहरुले पत्ता लगाइसकेका छन् । सूर्यमा रहेको उर्जा सकिंदै जाने क्रममा अरबौं वर्ष पछाडि सुर्यको आकार अहिलेको भन्दा ५० गुना ठूलो हुने र रातो तारामा परिणत हुने भविष्यवाणी वैज्ञानिहरुले गरेका छन् । उनीहरुको गणनामा त्यसबेलामा पृथ्वीको सतहको तापक्रम अति नै बढ्नेछ । जसले गर्दा यहाँको जीवको अस्तित्व नै समाप्त हुनेछ । तर ठीक त्यही समयमा नै टाइटनको तापक्रम भने जीवनका लागि अनुकुल हुनेछ । (एजेन्सी)
imagekhabar