काठमाडौं, १ मंसिर । नेपालको नाकाबन्दी र भारतमा बढेको असहिष्णूताले चौतर्फी आलोचना खेपिरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पदबाट हटाउन आवाज उठ्न थालेका छन् ।
नाकाबन्दी गरेर नेपाली जनताको मन तोडेका मोदीले आफ्ना सेनालाई दिनदिनै आक्रमण गर्न लगाएर पाकिस्तानको मनसँगै धन र तन पनि ताडेका छन् । यति मात्रै होइन् भारतमा असहिष्णूता बढाएर आफ्नै जनताको मन समेत तोडेका छन् ।
आफ्नै प्रधानमन्त्रीले मन तोडेपछि भारतका नेता तथा जनताले मोदीलाई पदबाट हटाउनुपर्ने माग राख्न थालेका छन् । यसको सुरुवात कांग्रेस आईका नेता एवं पूर्व मन्त्री मणशिंकर अय्यरले गरेका छन् । प्रधानमन्त्री मोदीमाथि हमला गर्दै उनले भारत-पाकिस्तान र भारत-नेपालबीच सम्बन्ध सुधार गर्ने हो भने सबैभन्दा पहिला नरेन्द्र मोदीलाई पदबाट हटाउनुपर्ने बताए ।
पाकिस्तानको न्यूज च्यानल ‘दुनिया टेलिभिजन’लाई इन्टरव्यू दिँदै कांग्रेस नेता अय्यरले भने– ‘भारत–पाकिस्तान सम्बन्ध सुदृढ पार्न सबैभन्दा पहिला मोदीलाई हटाउनपर्छ । अन्यथा सम्बन्ध अगाडि बढ्न सक्दैन् ।’ मोदीलाई कसले हटाउने प्रश्न उनले समय आएपछि जनताले आफै हटाउने बताए ।
नेपालसँगको सम्बन्ध पनि प्रधानमन्त्रीकै कारण विग्रिएको भन्दै मोदीलाई नहटाई नेपालसँग पनि सम्बन्ध सुमधुर हुन नसक्ने उनको भनाई थियो ।
dainiknepal

काठमाण्डु, १ मंसिर– वैशाख १२ गते नेपालमा भूकम्प शत्तिशाली भूकम्प गएपछि विश्वका अन्य कुनामा पनि भूकम्प जाने क्रम रोकिएको छैन ।
पछिल्लो समय पाकिस्तान र अफगानिस्तानलाई केन्द्र बनाएर ७.५ रेक्टर स्केलको भूकम्प गएको थियो ।
त्यसको एक महिना नबित्दै ग्रिसको पश्चिमी तटीय क्षेत्रमा ६.७ रेक्टर स्केलको भूकम्प भएको छ । अमेरिकी भौगर्भिक विभागका अनुसार भूकम्पको गहिराइ पृथ्वीको सहतह देखि १० किलोमिटर रहेको छ ।
अहिलेसम्म भूकम्पमा परि एक जना महिलाको मृत्यु भएको समाचार छ । अन्य क्षति बिबरण भने अझै आउन बाँकी छ ।
kathmandutoday

चीनले भनिसक्यो नेपालमा केहि गर्न सक्दैनौं, भारतसँग सम्वन्ध बनाउनुस: भट्टराई
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भारतीय सञ्चार माध्यमलाई अन्तर्वार्ता दिँदै चीनले नेपालमा केही गर्न नसक्ने र यसकालागि नेपालले भारतसँग सम्वन्ध सुधार गर्नुपर्ने सुझाव चीनका पूर्वप्रधानमन्त्री वेन जियाबाओले नेपाललाई दिएको बताएका छन्।
भारतीय समाचार संस्था सीएनएन-आइबिएनमा काम गर्ने पत्रकार आँचल भोरासँग कुरा गर्दै भट्टराईले उक्त कुरा बताएका हुन्। उनी उक्त समाचार संस्थामा बैदेशिक मामला सम्पादकका रूपमा काम कार्यरत छन्।
‘भट्टराई भन्छन्,‘प्रधानमन्त्री वेन जियाबाओले मलाई भने: चीनले खासै केही गर्न सक्दैन, भारतसँग सम्वन्ध सुधार गर,’ उनले टुइट गरेकी छिन्। वेन जियाबाओले २०१२ को जनवरीमा नेपालको छोटो भ्रमण गरेका थिए। त्यस समयमा बाबुराम भट्टराई नेपालका प्रधानमन्त्री थिए।
उक्त अन्तर्वार्ता आज नै प्रशारण हुने बताइएको छ। अहिलेको संवेदनशिल स्थितिमा आफू प्रधानमन्त्री हुँदा चिनियाँ समकक्षीसँग राज्यस्तरमा भएको कुराकानीका कुन कुन अंश उनले भारतीय मिडियालाई भने त्यसबारे थाहा पाउन अन्तर्वार्ता नै पर्खनुपर्नेछ। उनले कुन सन्दर्भमा उक्त कुरा भने भन्ने जान्न पनि पूर्ण अन्तर्वार्ता हेर्नुपर्नेछ।
भोराका अनुसार, नेपालको आन्दोलनमा भारतको कुनै हात नरहेको पनि भट्टराईले अन्तर्वार्ताका क्रममा बताएका छन्। नेपाल सरकारले आफ्नो समस्याबाट भाग्न मात्र भारतीय भूत जगाएको भट्टराईको भनाइ छ।
नाकाबन्दीको सेरोफेरोमा सीएनएन-आइबिएनको नेपाल सम्वन्धि समाचार मुख्यतः भारतीय संस्थापनको नेपाल नीति प्रचारप्रसार गर्नमा सिमित छ। उक्त समाचार संस्थाले नेपालमा संविधान जारी हुनुका पछाडि चिनियाँहरूको हात रहेको समाचार पनि दिँदै आएको छ।setopati

काठमाडौं , १ मङ्सिर । ६ गतेबाट नाकामा झन कडाई
काठमाडौं संविधान जारी हुने सुनिश्चित भएको तर, आफुहरुको मुद्दा संविधानमा नसमेटिने पक्का भएपछि आन्दोलन सुरु गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मुख्य माग प्रदेशको सिमाङ्कन पुनरावलोकन र ‘हिन्दुराष्ट्र’ रहेको तथ्य फेला परेको छ । सरकारी टोलीसंगको बार्ताका क्रममा मोर्चाका नेताहरुले स्पष्टरुपमा आफुहरुको सो एजेण्डा रहेको नवताएपनि घुमाउरो पारामा त्यो विषयलाई पनि उल्लेख गरेको स्रोतहरु बताउँछ ।
बार्तामा सहभागिहरुका अनुसार तत्काल मोर्चाले गरेको मागबमोजिम प्रदेशको सिमाङ्कनमा कुरा मिल्ने संकेत देखा परेका छैनन् । मिल्ने अवस्था पनि छैन् । खासमा सिमाङ्कनमा कुरा नमिल्नाको कारण ‘हिन्दुराष्ट’को मुद्दा पनि रहेको स्रोतहरुले उल्लेख गरेका छन् । दक्षिणी छिमेकी मुलुक भारतको मनसाय पनि त्यही रहेको देखिन्छ । मङ्सिर ६ गतेबाट नाकामा झन कडाई गर्ने तयारीमा भारत रहेको बिशेष समाचार स्रोतले बताएको छ । भारतीय एक उच्च अधिकारीले दिएको जानकारी अनुसार संविधान जारी गर्ने मिति घोषणा भैसकेपछि भारतीय प्रधानमन्त्रीको विशेष दुतका रुपमा नेपाल आएका परराष्ट्र सचिवले पनि संविधानमा हिन्दुराष्ट्र कुनैपनि हालतमा उल्लेख गर्न दवाव दिएका थिए ।
तर, नेपालका दलहरुले त्यो सुझावलाई कुनै ख्याल नगरी संविधान जारी गरे । त्यसैको प्रभाव अहिलेको नाकावन्दी भारतीय पक्षले गरेको भारत निकट स्रोत बताउछ । संविधानको प्रारम्भीक मस्यौदामा रहेको बाक्याम्समा भारत केहि लचिलो रहेको भएपनि पछि परिवर्तन गरिएपछि आक्रोषित भएको हो । मोर्चा ‘हिन्दुराष्ट्र’ कन्भिन्स विशेषतः प्रदेशको सिमाङ्कनलाई मुख्य मुद्दा बनाएर तराईमा तीन महिनादेखि आन्दोलन गरिरहेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा पनि हिन्दु राष्ट्रका पक्षमा कन्भीन्स छ ।
उसले अवको बार्तामा सिमाङ्कनसंगै हिन्दु राष्ट्रको मुद्दापनि शसक्त रुपमा उठाउने तयारी गरिरहेको मोर्चाका एक नेताले बताए । उनीहरुको आन्दोलनलाई प्रत्यक्ष-अप्रत्यक्ष रुपमा सहयोग गरिरहेको भारतले पनि उनीहरुलाई सो मुद्दा उठाउन दवाव दिइरहेको बताइन्छ । छटपछि आन्दोलन झनै कडा मधेशी मोर्चाले आफ्ना मागमा सरकार उदाशीन भएको भन्दै छट पछि आफुहरुको आन्दोलन झनै कडा बनाउने बताएको छ । मधेशी समुदायको पर्व छट भोली मनाइदै छ । मोर्चाका एक नेताले पर्सीबाट आन्दोलन झन चर्काइने बताए । भारतले पनि ६ गतेबाट नेपाल छिर्ने सबै नाकामा कडाई गर्ने तयारी गरेको स्रोतहरुले बताएका छन् ।
तराईबाट दाउरा पनि ल्याउन नदिइने मधेशी मोर्चाले भारतको नाकावन्दी र आफुहरुको आन्दोलनका कारण राजधानी उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव भएपछि तराईको चुरे पहाडबाट ल्याएर राजधानीलाई वितरण गर्न लागिएको दाउरा पनि ल्याउन नदिने रणनीति बनाएको छ । छटपछि चुरेबाट दाउरा ल्याउन रोक लगाइने मोर्चाका एक नेताले जनाए । प्रधानमन्त्री सत्ता टिकाउने खेलमा आम जनता अभाव र भोकमरीबाट पिल्सीने अवस्था आइसक्दा पनि प्रधानमन्त्री केपी शर्मा ओली भने आफ्नो सत्ता कसरी टिकाउने भन्ने रणनीतिमा लागिरहेका छन् ।
उनले सत्ता टिकाउनका लागि अझै मन्त्रीमण्डलमा सदस्यहरु थप्ने तयारीमा रहेको उनी निकट स्रोतले बतायो । स्रोतका अनुसार उनले आफ्नो पार्टी एमालेबाट एक जना र सत्ता साझेदार दल राप्रपाबाट एक मन्त्री थप्न लागेका हुन । राप्रपाबाट संसदीय दलका नेता दिपक बोहोरालाई उपप्रधानसहित मन्त्री बनाउने तयारीमा उनी रहेको बताइन्छ । यता, सरकार एक बर्षपनि टिक्न नसक्ने अवस्थामा पुग्न लागेको विश्लेषण गर्न लागिएको छ । कांग्रेस ‘हिन्दुराष्ट्र’ पक्षमा सफ्ट संसदको सबैभन्दा ठुलो तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा संविधानमा हिन्दुराष्ट्र उल्लेख गर्ने गरी संशोधन गर्नुपर्ने पक्षमा ठुलो मत छ । साथै मधेसले उठाएका मुद्दामा पनि कांग्रेस लचिलो रहेको सस्थागत निर्णय गरिसकेको छ ।
त्यसैले हिन्दुराष्ट्र उल्लेख गर्न संशोधन प्रस्ताव पेश गर्नुपर्नेमा कांग्रेसले नै पहल गर्ने तयारी थालेको समेत बताइन्छ । नेपालमा ९४ प्रतिशत ओमकार परिवार बस्छन् । यस्तो छ ओली र मोदीको जुहारी नेपालको सरकारको नेतृत्व गरिरहेका केपी ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीबाट प्रधानमन्त्री भएकै दिन बधाई त पाए तर नाका खुलेर सहज परिस्थितको आशा गरेका ओली आशा मै सिमित भए । ओली पक्षका एजेन्टहरु भारतलाई रिझाउन विभिन्न विङ्स मार्फत लागि परेका छन् तर त्यो भने सार्थक हुन सकेको छैन् । हिन्दुराष्ट्र राख्न तयार भए भारतले नाका खोल्ने संविधान संशोधन गरी हिन्दुराष्ट्र राख्न तयार भएमा भारत नाकाबन्दी खोल्न तयार रहेको भारतीय अधिकारीहरुले सरकारलाई जानकारी गराइसकेको बताइन्छ । तर, सरकारी पक्षबाट भने त्यस विषयमा कुनै प्रतिक्रिया प्राप्त नभएको भारतीय पक्षको भनाई छ । राजाका विषयमा चर्चा नै छैन् एकथरीले भारतले राजा फर्काउन चाहेको बताइरहेका छन् ।
तर, राजा पुनः फर्कने सम्भावना नरहेको बताइन्छ । अहिलेसम्म भारतमा राजाका विषयमा कुनै छलफल समेत नभएको एक भारतीय अघिकारीले बताए । ६ महिनामा हिन्दुराष्ट्र हुने ठोकुवा नेपाल र भारतको सम्वन्धका बारेमा लामो समयदेखि अध्ययन गर्दै आएका एक विश्लेषकले नेपालमा अवको ६ महिनाभित्र संविधानमा हिन्दु राष्ट्र उल्लेख हुने दावी गर्छन । हिन्दुराष्ट्रको विषयमा रहेका शक्तिहरुले कांग्रेस र कम्युनिष्टका विषयमा फाटो ल्याएको उनको भनाई छ । अव कांग्रेसको नेतृत्वमा सरकार नबन्दासम्म नेपालमा देखिएको समस्या समाधान नहुने पनि उनी बताउँछन् ।hamrosandesh बाट

काठमाडौँ, १ मंसिर । तपाइको मोवाइल भित्र अरुले देख्न नहुने गोप्य कुराहरु पनि हुन सक्छन् । ति कुराहरुलाई कसरी अरुको नजरबाट बचाउने भन्ने चिन्ता लिनुभएको छ । यदी मोवाइल हरायो भने अरुले आफ्नो गोपनियता देख्न सक्छन् भन्ने लागेको छ । यदि त्यसो हो भने यसो गर्नुहोस् । त्यसको लागी तपाईले मोवाइलमा नै एउटा गोप्य फोल्डर बनाएर त्यस्ता गोप्य कुराहरुलाई लुकाउन सक्नु हुनेछ ।
त्यसको लागी तपाइको मोवाइलको फाइल एक्सप्लोररमा जानुहोस् । नयाँ फोल्डर बनाउनुहोस् । त्यसमा एउटा अप्सन आउँछ जसमा स्क्रेट कि वा फ़ोल्डर लेखिएको हुन्छ । तपाइले सेक्र्रेट फ़ोल्डर बनाएपछि त्यसको नाम अगाडी अंग्रेज़ी अक्षरको ुएु पनि जोड्नुहोस् । किनकी यसबाट तपाईलाई चिन्न सजिलो हुनेछ ।
अब स्क्र्रेट फोल्डर बनिसकेपछि सबै आफ्नो गोप्य सामाग्रीलाई यसभित्र राखेपछि यसलाई एंड्रायडको अपरेटिंग सिस्टमले पढ्न सक्ने छैन र फलत तपाइको हर गोप्य कुरा कसैले देख्ने छैन । उक्त फोल्डरलाई तपाई फाइल मेनेजरमा गएर हेर्न सक्नुहुनेछ । तर यसलाई त्यहाँबाट पनि भित्र लुकाउन सक्नुहुनेछ ।
जसका लागी माथि बाईं अथवा टेप गर्नुहोस् र सेटिंगमा जानुहोस् । त्यसपछि डिसप्ले सेटिंग्समा जानुहोस् र त्यहाँ तपाइले ुशो हिडन फाइल्सु भन्ने अप्सन देख्नुहुनेछ त्यहाँको बाकसमा देखिएको टिक मार्कलाई हटाइदिनुहोस् । अब लुकेको फाइललाई कसैले देख्न सक्ने छैन । यदी तपाईले अगिको जस्तै बनाउन चाहे टिक मार्क लगाउन सक्नुहुनेछ । एजेन्सीको सहयोगमा
etajakhabar

सप्तरी: इलाका प्रहरी कार्यालय भारदहका प्रमुख एवम् प्रहरी नायब निरीक्षक सुरेन्द्र खैरवार यादवले स्थानीय बासिन्दा तथा सर्वसाधारण र पत्रकारमाथि अभद्र व्यवहार तथा प्रहरी आचारण विपरीत काम गर्ने गरेको गुनासो पाइएको छ।
विभिन्न कामले सो कार्यालयमा जाने सेवाग्राही तथा पीडितमाथि जथाभाबी बोल्ने र कार्य सम्पादन समयमा नगर्ने गरेको तथा आफूहरुलाई मधेसवादी आन्दोलनकारी भन्दै धम्काउने गरेको स्थानीयवासी रामकुमार शाहले बताएका छन्।
प्रमुख यादवले सर्वसाधारणमाथि मात्र होइन पत्रकारलाई समेत धम्काउने तथा टेलिफोनमा गाली गर्ने गरेको राजविराजका पत्रकार अरुण यादवले गुनासो रहेको छ।
पत्रकार यादवले आफूले पनि सप्तरीका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालको आदेश अनुसार प्रमुख यादवमार्फत काठमाडौँका लागि आवश्यक कागजात पठाउन जाँदा जथाभाबी गाली गरेको गुनासो गरेका छन् ।प्रहरी निरीक्षक यादवले आफू तनाबमा परेको बताउँदै कसैलाई दुर्व्यवहार भने नगरेको जिकिर गरे।
प्रहरी उपरीक्षक ढकाल समक्ष नेपाल पत्रकार महासङ्घका सप्तरीका कावा अध्यक्ष श्रवणकुमारदेव सहितको टोलीले यादवमाथि कारबाहीका लागि माग गरेका छन्। प्रहरी उपरीक्षक ढकालले पनि यादवलाई कारबाही गरी अनुशासनमा ल्याइने आश्वासन दिए। रासस
annapurnapost

काठमाडौं– कात्तिक महिनायता निरन्तर ओरालो लाग्दै गएको सुनको भाउ आज पनि घटेको छ ।
स्थानीय बजारमा आज सुन ४८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंसिर महिना सुरु भएको र अब बिहेको मौसम पनि भएकाले सुनको भाउ घट्टा उपभोक्ता खुसी भएका छन् ।