ठूलो मन्त्री हुन खोज्ने ओली प्रधानमन्त्री बने
भक्तपुर : नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीका ८५ वर्षका पिता मोहनप्रसाद ओलीलाई १५ दिनअघि नै छोरा प्रधानमन्त्री हुन्छ भन्ने लागेको थियो ।
आइतबार दिउँसो मात्रै झापा पृथ्वीनगरबाट भक्तपुरको बालकोटस्थित ओली निवासमा आइपुगेका उनको ध्यान संसद् भवनमा भएको प्रधानमन्त्रीको चुनावमै केन्द्रित थियो ।
'१५ दिनअघि छोरा खड्गको कुण्डली हेर्दा ग्रह पनि राम्रो आयो, चन्द्रमा गएर ठ्याक्कै लग्नमा पुग्यो, जे चितायो त्यही पुग्छ भन्ने लाग्यो', उनले भने, 'अब छोराले चिताएको पुग्छ र देशमा गरिब जनताले न्याय पाउँछन् ।'
नभन्दै संसद् भवनमा भएको निर्वाचनमा ओली प्रधानमन्त्रीमा विजयी भएपछि संसद् भवनमा प्रधानमन्त्रीका उम्मेदवार बनेका ओलीका पिता झापास्थित घरबाट बालकोट आइपुगेलगत्तै टिभी हेर्न थाले । संसद्मा चुनाव भइरहँदा पनि उनलाई छोरा प्रधानमन्त्रीमा जित्ने पूर्ण विश्वास थियो ।
'म वैशाखमा यहाँ आउँदा पनि मैले भनेको थिएँ, अब चिताएको पुग्छ', उनी भन्छन्, 'आज ऊ प्रधानमन्त्री भएको छ, अब देशलाई राम्रो हुन्छ, देशका गरिब जनतालाई राम्रो हुन्छ ।'
गाउँमा सानैदेखि प्रधानमन्त्री ओली ठूलाले सानालाई हप्काए गाली गर्ने, धनीले गरिबलाई निचोरे धनीमाथि नै जाइलाग्ने गरेकाले धनी मान्छेले धेरै नै रिस गरेको उनी बताउँछन्
'उसको सानैदेखि नराम्रो बानी थिएन, ऊ चार वर्षको उमेरमा आमाले हजुरआमाको काखमा छाडेर गएदेखि नै हजुरआमाको प्यारो भएको थियो', प्रधानमन्त्रीका पिता मदनप्रसादले भने, 'कतै गएर आउँदा हजुरआमाको खुट्टामा टाउको राखेपछि ठूलो भएस् भन्दा टाउको नझिक्ने तर ठूलो मन्त्री भएस् भनेपछि मात्रै टाउको झिक्ने बानी थियो ।'
सुरुमा ओलीले राजनीति गरेको उनलाई पटक्कै मन पर्दैनथ्यो । 'सुरुमा राजनीति नगर् भनियो, ठूला धनी मान्छेलाई हेपेपछि समस्या पर्छ भन्थे, त्यसपछि यिनैले त खाए, धनीले गरिबलाई मार्छन् भन्थ्यो', उनले सुनाए, 'तर देश विदेशमा समेत चिनिने भएर निस्किएपछि अब राजनीतिमै अगाडि बढ्नुपर्छ, अब राजनीति चाहिँ छाड्ने होइन भन्ने मलाई लागेर छोराको राजनीतिमा कुनै दख्खल दिइनँ ।'
प्रधानमन्त्री ओलीको बानी सानैदेखि कसैसँग नझुक्ने, अन्यायको विरुद्ध आवाज उठाइहाल्ने, गरिबमाथि हुने थिचोमिचोका विरुद्धमा कराइहाल्ने गरेकाले धेरै धनी मानिसले उनलाई मन पराउँदैनथे ।
'उसमा सानैदेखि अजिर, कसैसँग नडराउने, कसैसँग नझुक्ने, अन्यायको विरुद्ध कराइहाल्ने बानी थियो', प्रधानमन्त्री ओलीका पिता मदनप्रसादले भने, 'आजसम्म पनि उस्तै छ बानी ।'
छोरा प्रधानमन्त्री भएपछि अब देशको विकास हुने तथा धनी र गरिबबीचको खाडल पुरिनेमा विश्वस्त छन् । उनलाई पनि गरिब धनी हुन्छ र देशले पनि सङ्कटबाट निकास पाउँछ भन्ने लागेको छ । रासस
annapurnapost.com

काठमाडौं, २४ असोज । नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गर्नुहुने भएको छ ।
राष्ट्रपति निवास शीतल निवासमा सोमबार दिउँसो १ बजे विशेष समारोहकाबीच प्रधानमन्त्री ओलीले सपथ ग्रहण गर्नुहुने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीसँगै केही मन्त्रीहरुले पनि सपथग्रहण गर्ने बताइएको छ । सत्ता साझेदार दलहरुमध्ये एमाओवादीबाट टोप बहादुर रायमाझीलाई उपप्रधानमन्त्री बनाउन छलफल भइरहेको एमाओवादी स्रोतले जनाएको छ । यसैगरी राप्रपा नेपाल अध्यक्ष कमल थापाको नेतृत्वमा सरकारमा जाने बताइएको छ । प्रधानमन्त्री निर्वाचित भएपछि प्रधानमन्त्री ओलीले आफ्नो टिम बनाउने तयारी थाल्नुभएको हो ।
उहाँले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा नेकपा एमालेका केन्द्रीय सचिव प्रदीप ज्ञवाली वा स्थायी समिति सदस्य शंकर पोखरेलमध्ये एक जनालाई बनाउने सम्भावना छ ।
यसैगरी प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा वरिष्ठ पत्रकार समेत रहनुभएका एमाले काभ्रेका पूर्व अध्यक्ष गोकुल बाँस्कोटा, प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष सम्भु श्रेष्ठ र प्रेस चौतारी नेपालका केन्द्रीय सल्लाहकार प्रमोद दाहाल चर्चामा हुनुहुन्छ । दाहालको सम्भावना बलियो छ । यस्तै, विदेश सल्लाहकार र अन्य सल्लाहकारहरुको भने भोली छलफल हुने बताइएको छ ।
यस्तै, प्रधानमन्त्रीको सचिवालयमा इन्द्र भण्डारी, राजेश महर्जन र रमेश आचार्य रहने बताइएको छ । आफूसँगै प्रधानमन्त्री ओलीले सोमबार सत्ता साझेदार दलका तर्फबाट केही मन्त्रीलाई सपथ गराउनुहुने तयारी भइरहेको छ ।
dainiknepal.com

पथलैया : पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको पथलैया–निजगढ सडकखण्डमा आइतबार साँझ मोटरसाइकल दुर्घटना हुँदा दुई प्रहरीको मृत्यु भएको छ ।
पथलैयादेखि तीन किलोमिटर पूर्वतर्फ रहेको रहेको दुधौरा पुल नजिक बा२८प ३०३८ नम्बरको मोटरसाइकल बदेलसँग ठोक्किएर दुर्घटना हुँदा प्रहरी हवल्दार गोविन्द राणा र प्रहरी जवान सागर गुरुङको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु भएका दुबै प्रहरीको ठेगाना खुल्न सकेको छैन ।
हेटौडाबाट चन्द्रनिगाहपुर जाँदै गरेका बेला मोटरसाईकल बँदेलसँग ठोक्किएर दुर्घटना भएको ईलाका प्रहरी कार्यलय सिमराका प्रहरी निरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए ।
मोटरसाइकलसँग ठोक्किएको बँदेल पनि मरेको छ । बँदेलले सडक पार गर्ने क्रममा मोटरसाइकलसँग ठोक्किएको हुनसक्ने प्रहरी निरीक्षक खड्काले बताए । annapurnapost.com

आइतबार, २४ असोज
काठमाडौ । निवर्तमान प्रधानमन्त्री एवं प्रधानमन्त्रीका हरुवा उम्मेदवार सुशील कोइरालाले राम्रो कामकालागि नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुर्ण समर्थन गर्ने बताएका छन् ।
निकै निरास मुद्रामा बिहीरीएको कोइरालाले १६ बुँदे सहमतिमा नाम नतोकीएकाले आफु उम्मेदवार भएको बताए ।
उनले लोकतान्त्रिक प्रकृयालाई बलियो बनाउनकालागि पनि आफुले उम्मेदवारी दिएको बताए । प्रधानमन्त्री रहँदारहँदै निर्वाचन लडेर हार्न पुगेको कोइराला निकै थकीत देखिन्थे ।
कोइरालाले आफु कमजोर नभएको र अब आउने सरकारले आफुले थालेका काम पुरा गर्ने बताए ।
www.nepalsandesh.com

विराटनगर । दसगजामा धर्ना बसेका मधेशी मोर्चाका कार्यकर्तालाई हटाउन खोज्ने नेपाल प्रहरीका असइमाथि आक्रमण गरेको छ । भारतीय एसएसबीले दादागिरी देखाउँदै नेपाली सुरक्षाकर्मीमाथि हमला गरेको हो ।
विराटनगरको रानी नाकास्थित दसगजा क्षेत्रमा आएर नेपाल प्रहरीका असईलाई नियन्त्रणमा लिएर भारतीय भूमिमा लगि कुटपीट गर्नुका साथै उनको साथमा रहेको हतीयर समेत लेटेका छन् ।
एसएसबीले असई प्रदीप गिरीलाई नियन्त्रणमा लिएर कुटपीट गर्दे हतियार समेत खोसेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी प्रमोद खरेलले पुष्टि गरेका छन् ।
आज दिउँसो मधेसी मोर्चाका कार्यकर्ताले नाकामा धर्ना दिने कार्यक्रम अन्तर्गत विराटनगर–जोगवनी नाकाको दसगजा क्षेत्रमा मधेशी मोर्चाका कार्यकर्ता धर्ना बसेपछि हटाउने प्रयासमा रहेका नेपाल प्रहरीमाथि भारतीय एसएसबीले आक्रमण प्रयास गरेको थियो ।
एसएसबी आक्रमणले असई गिरीको निधारमा गम्भिर चोट लागेको छ । नियन्त्रणमा लिइएको केही बेरपछि नेपाली सुरक्षाकर्मीको दबाबमा उनलाई मुक्त गरिएको थियो ।
गिरीको अहिले विराटनगर स्थित कोसी अञ्चल अस्पतालमा उपचार भईरहेको छ । उनको पेस्तोल लुटेको एसएसबीले अझै दादागिरी देखाइरहेको छ । भारतीय सुरक्षाकर्मीले देखाएको यस्तो व्यावहार अन्तर्राष्ट्रिय सीमा नयम विपरीत रहेको छ ।

आश्विन २४, २०७२- आज संसदबाट निर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोन गरेर बधाई दिएका छन् ।
भारतीय प्रधानमन्त्री कार्यालयले ट्वीट गर्दै ओलीलाई मोदीले फोन गरेर बधाई दिएको जानकारी दिएको हो ।
एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिकसहित १६ दलको समर्थनमा ओली आइतबार प्रधानमन्त्री निर्वाचित भएका हुन् ।
संविधान जारी भएपछि मधेसमा जारी आन्दोलनको कारण देखाउदै भारतीय पक्षले भन्सार नाकामा नेपाल आउने सामानको ढुवानीमा अवरोध गर्दै आएको छ ।
यसैगरी, नेपालका लागि चिनियाँ राजदूत उ छुन्थाईले प्रधानमन्त्रीमा निर्वाचित ओलीलाई भेटेर बधाई दिएका छन् । एमाले पार्टी कार्यालय पुगेर राजदूत छुन्थाईले ओलीलाई बधाई दिएका हुन् । सांसद
भवनबाट निस्किएर ओली एमाले मुख्यालय पुगेका छन् ।kantipur.ekantipur.com

काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा शान्ति, अमनचयन कायम गर्ने आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् ।
प्रधानमन्त्रीमा निर्वाचित भएपश्चात् संवाददाताहरुसँग प्रतित्रिलया दिँदै ओलीले भूकम्प पछिको पुनः निर्माण आफ्नो प्रथमिकतामा रहने बताए ।
उनले तराई मधेसमा जारी आन्दोलन अन्त्यकालागि आफुले विशेष पहल गर्ने बताए । नवनिर्वाचित प्रधानमन्त्री ओलीले आन्दोलनको उचित समाधान खोज्न आजबाटै पहल थालीने बताए ।
ओलीले बिकास निर्माणलाई तिब्रताका लागि सबै एकताबद्ध भएर लाग्नुपर्ने बताउँदै जनताले आफुमाथि देखाएको विश्वासलाई उत्साहमा परिणत गर्ने वचनबद्धता व्यक्त गरे ।
उनले राष्ट्रियताको सवालमा मिडियाहरुले खेलेको भुमिकालाई धन्यवाद समेत दिए । उनले कसैले पनि दुःख कष्ट भोग्न नपर्नेगरि अबको सरकारले काम गर्ने उल्लेख गर्दै त्यसकालागि सबैको सहयोग चाहिने बताए ।