केटीहरुको विषयलाई लिएर केटाहरुमा सधै उत्सुकता रहिरहनु सामान्य कुरा हो । अझ जो महिला भित्रै देखि मन परेको छ र आफ्नो बनाउन पाए हुन्थ्यो भन्ने लागेको छ भने त उनको बारेमा धेरै कुरा खोजिनीति गर्छन् केटाहरु । केटाहरुको यस्तो उत्सुकता तपाइँ आफैले पनि देख्नु तथा भोग्नु भएकै होला ।
अझ कलेज तथा अफिसमा जब कुनै नयाँ केटी आउँछन् तब केटाहरु यो जानकारी जुटाउनमा तल्लीन हुन्छन् की उक्त केटीको वैवाहिक स्थिति वा रिलेसनसीप स्टाटस के हो ? केटीहरुको बारेमा केही विशेष कुरा जानिहाल्न केटाहरुलाई निकै हतार हुन्छन् । जुन यस्ता छन् :
१. कुनैपनि युवतीसँग मित्रता तथा प्रेमको सम्बन्ध गाँस्नुभन्दा पहिला युवकहरुले यो कुरा पक्का गर्न चाहन्छन् की ती महिला अरु कसैसँग सम्बन्धमा त छैनिन् ? वा उनको पहिले अरु कसैसँग सम्बन्ध पो थियो की ?
२. केटाहरुलाई यो कुरा जान्न पनि निकै मन हुन्छ की आफुले मन पराउन थालेकी केटी आफ्ना साथीसँगीहरुको बीचमा कस्तो व्यवहारकी छिन् । उनको व्यवहार तथा कुराकानी जान्नका लागि केटाहरु निकै सक्रिय बन्दछन् ।
३. आफुले मन पराएकी कुनै केटीको बारेमा केटाहरुले जान्न चाहने अर्को कुरा हो, ती केटीका कति पुरुष मित्र छन् ? पुरुष मित्रसँगको हेलमेल तथा संख्याको आधारमा धेरै केटाहरुले कुनैपनि केटीको चरित्रको अड्कल समेत काट्ने गरेको पाइन्छ । कतिपय अवस्थामा भने शंका निवारणका लागि पनि केटीका पुरुष साथीको संख्या खोजीनिति गरिएको हुन्छ ।
४. हरेक केटा यो जान्न चाहन्छ की जुन केटीलाई उसले मन पराएकेा छ, त्यो केटी ऊप्रति कत्तिको वफादार छे र कति माया गर्छे । आफ्नो प्रेमिकाको आँखामा उसले आफ्नो मूल्य देख्न चाहन्छ ।
५. केटाहरुलाई यो कुरा जान्न पनि निकै हतार हुन्छ की जुन केटीलाई उसले मन पराएको हुन्छ त्यो केटीलाई यौन सम्बन्धको बारेमा के जानकारी छ अनि शारीरिक सम्पर्क राख्ने इच्छा उसमा छ की छैन ?
www.onlinekhabar.com

काठमाडौं : राप्रपा नेपालले संविधान जारी प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ। राप्रपा नेपालका अध्यक्ष कमल थापाकाे अध्यक्षतामा बुधबार बिहान बसेको बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रक्रियाबाट बाहिरिने निर्णय गरेको हो ।
राप्रपा नेपालले राखको माग तथा मुद्दालाई सम्बोधन गर्ने र संविधानमा समेट्नेतर्फ तीन ठूला दलबाट कुनै पनि सकारात्मक पहल नभएको निश्कर्ष निकाल्दै यस्तो अवस्थामा प्रक्रियामा सहभागी भइरहनुको कुनै अर्थ नरहेको निर्णय बैठकले गरेको छ।
राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले बिहान बसेको बैठकले प्रक्रियामा सहभागी नहुने निर्णय गरेको जानकारी दिए । अध्यक्ष थापाले तीन दलले संविधानसभा कब्जा गरेको आरोप लगाउँदै तीन दलको सिन्डीकेटले संविधानसभाको भूमिकालाई पंगु बनाएको बताएका छन्।
annapurnapost.com

काठमाडौं : एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टरार्इ नेपाली सेनालार्इ फिर्ता गरेर तत्काल मधेसी दलसँग वार्ता थाल्न माग गरेका छन् ।
बुधबार एमाओवादी निकट मधेसी नेताहरुसँगको भेटपछि नेता भट्टरार्इले मधेसको स्थिति अत्यन्त गम्भीर दिशातर्फ उन्मुख भइरहेको दाबी गर्दै नेपाली सेनालार्इ व्यारेक फर्काउन माग गरेका हुन् ।
'हाम्रो पार्टी एमाओवादीका मधेसका नेता/सभासद्हरू समेतबाट पछिल्लो चरणको तराई-मधेसको स्थिति बुझ्दा अत्यन्त गम्भीर दिशातिर उन्मुख भैरहेकोछ', उनले सामाजिक सञ्जालमा भनेका छन्, 'त्यसैले सरकारमा रहेका दलहरुले आवश्यक लचकता र जिम्मेवारी प्रदर्शन गर्दै तुरुन्तै सेना फिर्ता गर्न अग्रसर हुनुपर्यो ।'
नेता भट्टरार्इ मधेसको तनावलार्इ शिथिल पार्नका लागि सेनालार्इ व्यारेक फर्काइनुपर्ने बताउँदै त्यसपछि आन्दोलनकारीसँग वार्ता गरी राजनीतिक समाधान खोज्नेतर्फ प्रयत्न गर्न सरकारसँग आग्रह गरेका हुन् ।
'शुभकार्य गर्न कहिल्यै ढिलो हुन्न भने झैं सार्वभौम संविधानसभाले पनि अहिलेको प्रक्रिया भित्रैबाट यससम्बन्धमा कुनै बाटो निकाल्न सक्छ । सबै गम्भीर बनौं', बाबुरामले भनेका छन् । '/www.annapurnapost.com

केही दिनअघि सोसल नेटवर्किंग साइट फेसबुकले ठूलो कोशेढुंगा पार गर्यो, दैनिक प्रयोगकर्ताको संख्या १ अर्ब नघाएर । विश्वका डेढ अर्ब मानिसले फेसबुक चलाउँछन्, कम्तिमा महिनामा एक पटक । यति धेरै प्रयोगकर्ता रहेको फेसबुक वास्तवमै प्रयोगका लागि सजिलो तथा निकै अन्तरक्रियात्मक छ, त्यसैले त सामान्य मानिसहरु पनि यसमा जोडिएका छन्, अझ विकाशोन्मुख देशहरुमा पनि ।
आफ्ना फेसबुके साथीहरुको चित्तबुझ्दो फेसबुक पोष्टमा लाइक ठोक्नु निकै चल्तीको चलन हो र फेसबुकेहरुको लागि सबैभन्दा सजिलो काम पनि हो ।
तर विश्वभरका करोडौँ मानिसहरु जब कुनै तस्वीर वा घटनाका विषयका पोष्टहरुमा आफ्नो लाइक ठोक्छन् तब यसले खास अर्थ बोक्दछ । यदि बेलायतको युनिभर्सिटी अफ क्याम्ब्रिजका शोधकर्ताहरुको कुरा पत्याउने हो भने मानिसले फेसबुकमा गरेको लाइकको आधारमा उसको बारेमा धेरै कुरा थाहा पाउन सकिन्छ ।
युनिभर्सिटी अफ क्याम्ब्रिजको म्यासिक सस टूल एप्लाइ म्याजिकले यो जानकारी दिन सक्छ की फेसबुक प्रयोगकर्ता पुरुष हो वा महिला ? उसको धर्म के हो ? राजनीतिक विचारधारा के हो ? आदि आदि ।
उक्त टुलमा गएर तपाइँले अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि Try it Now नामक अप्सन छान्नुहोस् । आफ्नो फेसबुकको लाइकको बारेमा जानकारी लिने इजाजत दिएपछि यो एपले काम गर्न सुरु गर्छ । त्यसपछि केही सेकेण्डमा पर्खिनुस् र अन्ततः आफ्नो बारेमा सबै जान्नुहोस् ।
यद्यपि हरेक फेसबुकेहको बारेमा यो एपले गर्ने विश्लेषण सबै ठ्याक्कै नमिल्न सक्छ, तथापि यसले बताउने धेरै कुराहरु भने सही ठहरिने बताइएको छ ।
www.onlinekhabar.com
२३ भदौ, काठमाडौ । अभिनेत्री मनिषा कोइरालाले नेपालमा राजसंस्थालाई उचित स्थान दिनु पर्ने भन्दै हिन्दुअधिराज्य कायम हुनुपर्ने माग गरेकी छिन् ।
‘नयाँ संविधानका लागि हाम्रो सुझाब’ भन्दै उनले आफ्नो फेसबुक वालमा लेखेकी छिन् ‘राजसंस्थालाई पाखा लगाएर संविधान निर्माण गरिँदा राष्ट्रिय एकता खल्बलिनुका साथै नेपालको सार्वभौमसत्ता नै गुम्ने सम्भावना भएकाले राजसंस्थालाई उचित स्थान दिनु वाञ्छनीय छ ।’
मनिषा कोइरालाको फेसबुक वालमा सुझाब लेख्नेमा भने मनिषासँगै साहित्यकार नरेन्द्रराज प्रसाईको पनि नाम छ । उनीहरु दुबैले सुझाब दिँदै नेपाली राजसंस्थाले अढाइ सय वर्षसम्म राष्ट्रमा संरक्षकको भूमिका निर्वाह गरेको उल्लेख गरेका छन् ।
प्रसाईले राजसंस्थाका बारेमा बोल्न लगाएर मनिषालाई विवादमा तानेका हुन् । मनिषाको स्टाटसमा उनको भन्दा माथि प्रसाइको नाम उल्लेख छ ।
राजावादी मानिने साहित्यकार प्रसाईले एक समय मनिषा कोइरालाको बायोग्राफी लेख्ने योजनासमेत बनाएका थिए । अहिले उनले राजसंस्था चाहिन्छ भन्ने अभिव्यक्तिका लागि मनिषालाई सघाएका हुन् ।
नेपाल राष्ट्रले सनातन हिन्दुधर्मको संरक्षण र वैदिक संस्कृतिले नेपालको संरक्षण गर्दै आएको भन्दै मनिषाले भनेकी छिन् ‘नेपाली हिन्दुत्वले विश्वमा आफ्नै विशिष्ट पहिचान स्थापित गरिसकेको सन्दर्भलाई बिथोल्नु हुन्न ।’
नेपाली सेनालाई आगामी दिनमा शक्तिशाली बनाउनुपर्ने सुझाब दिएकी मनिषाले सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संवैधानिक आयोगलाई बलियो बनाउनुपर्ने बताएकी छिन् ।
बीपी कोईरालाकी नातिनी मनिषा पूर्वमन्त्री प्रकाश कोइरालाकी छोरी हुन् । कुनै समय नेपाली कांग्रेसमा आवद्ध प्रकाश कोईराला पछिल्लो समय राजावादी भएका थिए । राजा ज्ञानेन्द्रको शासनकालमा मन्त्री समेत भएका कोइराला अहिले राजनीतिमा सक्रिय छैनन् ।
आफ्ना पिता शाही सरकारको मन्त्री बनेसँगै मनिाषाले त्यसबेलै पूर्वराजा ज्ञानेन्द्रको कदमलाई समर्थन गरेकी थिइन् ।

२३ भदौ, राजविराज । सप्तरीको भारदहमा प्रहरीको गोली लागेर बुधबार एकजनाको मृत्यु भएको छ । सवारी साधनहरु स्कोटिङ गरेर गन्तव्यतर्फ लैजान लाग्दा प्रदर्शनकारीले अवरोध गरेपछि झडप भएको थियो ।
झडपमा प्रहरीले चलाएको गोली लागेर पोर्ताहा २ का ६० वर्षीय रामकिसन राउतको मृत्यु भएको हो ।
प्रहरीले स्कोटिङ गरेर गाडी पठाउने भनेपछि आन्दोलनकारीहरुले रुख ढालेर सडक अबरुद्ध पारेका थिए ।
सो स्थानमा अहिले पनि तनाव जारी छ । प्रहरी र प्रदर्शनकारीबीच अहिले पनि झडप भैरहेको छ । प्रहरीले दर्जनौं सेल अश्रुग्यास र रबरका गोली प्रहार गरेको छ ।

भारदह: सप्तरीमा प्रहरीको गोली लागेर एकजना प्रदर्शनकारीको मृत्यु भएको छ।
प्रहरी र प्रदर्शनकारीको झडपमा गोली लागेर मृत्यु हुनेमा पोर्ताहा-२ का ६० वर्षीय रामकृष्ण राउत रहेका छन्। झडपमा सशस्त्र प्रहरीका डिएसपीसहित २० जना घाइते भएका छन्। nnapurnapost.com