२० भदौ, काठमाडौं । रोजगारीका लागि साउदी अरब गएका एक नेपालीको मृत्यु भएको छ । मैनाघाट ३ नवलपरासीका ४७ वर्षीय उर्जरबहादुर सोमैको गत शुक्रबार मृत्यु भएको हो ।
साउदीमै रहेका उर्जरबहादुरका साथी पुर्मलले फोन गरेर मृत्युको जानकारी दिएको परिवारका सदस्यहरुले बताएका छन् । उर्जरबहादुरका छोरा खुमबहादुरले एक हप्ता अगाडि बिरामी छु भनेर घरमा सम्पर्क गरेको र गत शुक्रबार मृत्युको खबर पाएको जानकारी दिए ।
परिवारका सदस्यले शव नेपाल झिकाइदिन आग्रहसहित आइतबार सुरक्षित आप्रवासन परामर्श तथा सूचना केन्द्र कावासोतीमा निवेदन दिएका छन् ।
उर्जरबहादुर गत वैशाख महिनामा साउदी अरब गएका थिए । उनका श्रीमती, ३ छोरी र १ छोरा छन् ।
www.onlinekhabar.com

एजेन्सी । फ्रान्सका एक प्रेमी जोडीको इंग्लिस टेलिभिजन च्यानलमा देखाइएको आशन अनुसार शोजी द्वीपको पर्खालमा सेक्स गर्ने क्रममा खसेर मृत्यु भएको छ ।
मिडिया रपटको जानकारी अनुसार गएको हप्ता वबान किल्लाको पर्खाल नजिकै प्रेमी जोडीको शव नाङ्गो अवस्थामा भेटिएको हो ।
पुलिसका अनुसार दुबै जना उक्त किल्लाको पर्खालमा बसेर निवस्त्र सेक्स गरिरहेका थिए, त्यही क्रममा भुलबस चिप्लेर भुईमा खसे । उनीहरुको कपडा किल्लाको पर्खालमा भेटियो ।
प्रेमी जोडीको उमेर ३० वर्ष थियो । उनीहरु फ्रान्सको नरमैंडी क्षेत्रमा बस्थे ।
dainiknepal.com

२० भदौ, काठमाडौं । नेपाली विषयका शिक्षकको त्रुटीपूर्ण अध्यापनबारे विद्यालयलाई अवगत गराउँदा एक अभिभावकले उल्टै खप्की खानुपरेको छ । ललितपुरस्थित स्टेपिङ स्टोन इन्टरनेसनल प्रि-स्कुलका प्रिन्सिपलले गल्ति महसुस गर्नुको सट्टा चेतावनीयुक्त जवाफ दिएका हुन् ।
विद्यार्थीले गरेको गल्तीलार्इ पनि शिक्षिकाले सहि गरेकी छन् । जुन रातो घेरामा देखाइएको छ ।
सो विद्यालयमा तीन वर्षदेखि छोरालाई पढाइरहेकी लुमन्ती चित्रकारले अध्यापनका क्रममा शिक्षिकाहरुको लापरवाहीबारे पटक-पटक औंला उठाउँदै आएकी थिइन् ।
तर, प्रिन्सिपल मुना श्रेष्ठले ‘राम्रो स्कुलहरु अरु नि छन्’ भन्दै चेतावनी दिएको उनले बताइन् । सो प्रिस्कुलका शिक्षिकाले बच्चाले लेखेको गलत जवाफलाई सही भन्दै ठीक लगाएको प्रमाण समेत चित्रकारले उपलब्ध गराएकी छिन् ।
‘नेपाली शिक्षिकाले, मेरो छोराले गल्ती लेखेकोमा ‘राम्रो छ’ भनी रिमार्क गरेपछि प्रधानाध्यापिकासँग कुरा गरेँ । उहाँले एकदमै हल्का रुपले लिएर ‘यो नेपाली शिक्षिका उपस्थित नभएको दिनको हो’ भन्ने जवाफ दिनुभयो ।’
त्यसपछि उनलेे भाइबरमा सो प्रिस्कुलले खोलेको २० जनाको एक सानो कक्षा समुहमा आफ्नो कुरा र शिक्षिकाको गल्तीलाई राखिदिएकी थिइन् । यसपछि उक्त स्कुलबाट आफूलाई चेतावनीयुक्त पत्र पठाइएको चित्रकारले बताइन् ।
‘सामाजिक सञ्जालबाट स्कुलकोे अपमान गरेको भन्दै या लिखित माफी माग, या बच्चालाई स्कुलबाट निकाल’ भन्ने आशयको पत्र छ,’ उनले भनिन्, ‘मेरो छोरालाई पनि मानसिक तनाब दिने काम भएको छ । जसको कारण मेरो छोरा स्कुल जान मान्दैन ।’
यस विषयमा जिल्ला शिक्षा कार्यालय र अभिभावक संघमा याचनापत्र दायर गर्दा आजको मितिसम्म पनि सो प्रिस्कुल दर्ता नै नभएको पाइएको उनको भनाइ छ ।
यस विषयमा बुझ्न खोज्दा प्रिस्कुलकी प्रिन्सीपल मुना श्रेष्ठले फोन रिसिभ गरिनन् ।

काठमाडौँ , भदौ २० । अज्ञात रोगका पूर्वमा ७ जनाको मृत्यु भएको छ । परिचय खुली नसकेको रोगका कारण पूर्वका भोजपूर, सिराहा, धनकुटा र संखुवासभामा उपचार गराइरहेका करिब १ दर्जन विरामीमध्ये ७ जनाको मृत्यु भएको हो ।
अन्य केहीको अवस्था अझै गम्भीर छ । उनीहरुको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उनीहरुलाई हान्टा भाइरस लागेको अनुमान गरिएको छ ।
यद्ययपी नेपालमा परीक्षण संभव नभएपछि यसको नमुना बैकक पठाइएको महाशाखाका निर्देशक डा बावुराम मरासिनीले बताए । दक्षिण कोरियाको हान्टा नदीको किनाराका मानिसमा पहिलो पटक देखिएको यो रोग यसरी अचानक नेपालमा देखिएको पहिलो पटक हो ।
www.etajakhabar.com

काठमाडौँ, २० भदौ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७१ साल माघ÷फागुन महिनामा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष (२०७०) को राजनीति शास्त्र विषयको (सोधपत्र बाहेक) परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।
त्यस्तै, २०७१ साल माघ÷फागुन महिनामा सञ्चालित शिक्षा शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमएड) दोस्रो वर्षको २०७० सालको मौका परीक्षासहित शोधपत्रबाहेकको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशन गरिएको छ ।
परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.net.np र www.educationkhabar.com मा पनि हेर्न सकिने छ भने नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशनअनुसार थाहा पाउन सकिने छ । साथै ४९४९ मा एसएमएस गरेर पनि परीक्षाफल थाहा पाउन सकिनेछ । रासस

बलिउडका तीन खानले कति पढेका छन् ? को हो सबैभन्दा विद्वान खान
एजेन्सी ।
बलिउडका सुपरस्टार तीन खानबीच अनेक प्रतिस्पर्धाका कुरा हुन्छन् । उनीहरुबीच फेसबुक, ट्वीटर लाइक र कमाइ सम्मका चर्चा चलिरहन्छन् । खासमा तीन खान शाहरुख, सलमान र आमिर खान मध्ये को सबैभन्दा बढी सुपरस्टार भन्ने विषयमा पनि सँधै विवाद र बहस हुन्छन् ।
यी तीन खानको शैक्षिक योग्यता चाँहि के छ त ? शाहरुख खान, आमिर खान र सलमान खानले कति सम्म पढेका छन् ?
शाहरुख खान फेरी बने नम्बर १ खान
शाहरुख खानः
हंसराज कलेज पढेका शाहरुख खान ने मास कम्यूनिकेशनमा मास्टर्स डिग्री सम्म पढेका कलाकार हुन् । उनले दिल्लीको जामिया मिलियामा भर्ना भएपनि कोर्स पुरा गरेनन् । शाहरुख खान तीन खान मध्ये सबैभन्दा बढी ट्वीटर फलोअर भएका खान हुन् ।
सलमान खानः
संसारकै सबैभन्दा बढी कमाउने कलाकारको सुचीमा रहेका सलमान खानले ग्वालियरको सिन्धिया स्कुलमा पढेका थिए । त्यसपछि उनी मुम्बइको सेन्ट स्टानिसलाङ हाइस्कुल गए । उनी बान्द्रा नेशनल कलेजका ड्रपआउट विद्यार्थी हुन् ।
आमिर खानः
बलिउडमा मिष्टर पर्फेक्सनिष्ट भनिने आमिर खान कक्षा १२ सम्म मात्र पढेका विद्यार्थी हुन् । कक्षा १२ पछि उनी अभिनयमा लागे । त्यसपछि उनले पढाइ अघि बढाएनन् ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

भक्तपुर, भदौ २० । अन्नत १४ दिनपछिको निरन्तर खबरदारी र आमरणअनशनबाट केसीले आज बिदा लिएका छन् । गएराती सरकारसँग ११ बुँदे सहमति कायम भएसँगै डाक्टर गोविन्द केसीले अनशन तोड्ने संकेत गरे । तर आज एक दिन देशमा शान्ति र सहिष्णुताका लागी भनेर उनले फेरी आमरण अनशनलाई नै निरन्तरता दिए ।
अनशन तोडीएको संकेत गर्दै डा केसीले शिक्षण अस्पतालमा उपचारका लागि आएका बिरामी १८ महिनाकी सुहानी उप्रेती र डोल्पाकी फोर्बु शेर्पाको हातबाट जुस पिएर अनशन तोडे । यसअघि पनि उनले अस्पतालमा उपचाररत बिरामीहरुबाट नै आशन तोड्दै आएका थिए ।
सरकार र डा केसी पक्षबीच माथेमा प्रतिवेदन लागू गर्ने, सम्बन्धन, भर्ना नियुक्ति लगायत छानबिनका लागि न्यायिक आयोग गठन गर्ने, लगायत ११ बुँदे सहमति भएको हो । सरकारका तर्फबाट मुख्य सचिव सोमलाल सुवेदी र स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठको उपस्थिति रहेको थियो ।