बेंसीशहर : लमजुङको सोतीपसलस्थित रिस्ती भ्याली विकास बोर्डिङका प्रिन्सिपल हरिकृष्ण ओझाले आफ्नै विद्यालयकी सात वर्षीया छात्रालाई बलात्कार गरेका छन् ।
तनहुँको क्यामिन गाउँ विकास समिति–६ स्थायी घर भएका प्रिन्सिपल ओझाले ती छात्रालाई चक्लेट दिएर बलात्कार गरको बालिकाका दाजुले बताएका छन् ।
कक्षा १ मा पढ्दै गरेकी बालिकालाई बलात्कार गरेर ‘कसैलाई नभन्नु’ भनेको बालिकालाई उधृत गर्दै उनका दाजुले जानकारी दिए ।
बालिकालाई बलात्कार गरेपछि स्थानीयले विद्यालय घेराउ गरी नाराबाजी गर्न थालेपछि प्रिन्सिपल ओझालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा पठाइएको इलाका प्रहरी कार्यालय सोतीपसलका सई गणेश साउदले बताए ।
बालिकालाई पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार गराएपछि स्वास्थ्य रिपोर्टका आधारमा प्रिन्सीपलविरुद्व मुद्वा दर्ता गरी कारवाही अगाडि बढाइएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।
बयानका क्रममा प्रिन्सीपल ओझाले बालिका बलात्कारको घटना स्वीकारेको उनले जानकारी दिए । annapurnapost.com

एजेन्सी । एक बालिकाले आफ्नो मृत्यु देखेर नै अन्तिम इच्छा परिवारलाई सुनाएकी छिन् । तर, नभन्दै ती ७ वर्षकी नाबालिकाको टाइफाइडका कारण ज्यान गयो ।
मर्नुभन्दा पहिला यी बालिकाले दुई जनाको अध्यारो जि़न्दगीमा खुसी ल्याएकी थिईन् । खबर अनुसार कृष्णबाग कलोनी निवासी सांईनाथ वाडेकरकी छोरी भाव्यालाई टाइफाइड रोग लाग्यो ।
पत्रकारहरुसँग कुराकानी गर्दै बालिकाका पिता सांईनाथ वाडेकरले भाव्यालाई टाइफाइड भएको भएको बताए । उपचारका लागि उनलाई भवन अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा केही सुधार आएपछि दुई दिन पहिला बुधबार उनलाई अस्पतालले छुट्टी दिएको थियो । एक दिन बेलुका अचानक भाव्याको स्वास्थ्य अवस्था विग्रियो । त्यसपछि दोस्रो पटक जब भाव्यालाई उपचारका लागि अस्पताल लगियो ।
1उपचारका लागि अस्पताल जाँदै गर्दा बाटोमा उनले आफ्ना बुवालाई भनेकी थिईन-‘बाबा यदि म यो संसारमा रहिन भने मेरा आँखा दान गरिदिनु ।’ उनले आफ्ना बाबुलाई आफ्नो यो सपना अनिवार्य पूरा गर्न आग्रह गरिन् । बावु वाडेकरले छोरीको कुरा सुनेर आँसु थाम्न सकेनन् । र छोरीलाई अंगालो हाल्दै त्यस्तो कुरा नगर भन्दै सम्झाए ।
वाडेकरका अनुसार भाव्यालाई जब अस्पतालमा लगेर उपचार थालियो तब डाक्टरले धेरै कोशिश गरे तर, उनलाई बचाउन सकिएन् । वाडेकरलाई छोरीको मृत्यु खबर डाक्टरले सुनाएपछि उनले तुरुन्त उनको आँखा कुनै अन्धो मान्छेलाई दान गर्ने फैसला गरे । भाव्याको आँखा अब दुई जना अन्धा मानिसलाई दिने तयारी अस्पतालले गरेको छ । सोमबार भाव्याका आँखा दुई जनालाई दान गर्न अप्रेशन गरिँदैछ । मरेर पनि अब भाव्याले आफ्ना आँखाबाट संसार देख्न पाउनेछिन् ।
dainiknepal.com
आन्दोलनमा दश सुरक्षाकर्मीसहित २९ जना मारिए
काठमाडौँ : सीमाङ्कनप्रति विरोध जनाउँदै तरार्इ-मधेसमा भएका हिंसात्मक घटनामा १० सुरक्षाकर्मीसहित २९ जनाको मृत्यु भएको सरकारले जनाएको छ ।
व्यवस्थापिका–संसद्को आइतबारको बैठकमा मुलुकको शान्ति सुरक्षा र तराई–मधेसको स्थितिबारे सदनलाई जानकारी गराउँदै उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले सुरक्षा कारबाहीमा १७ र बाटो हिँडेका दुई आन्दोलनकारी आक्रमणमा मारिएका बताए।
'दुईवर्षे दूधे बालकलाई गोली हानेर मार्नेदेखि सुरक्षाकर्मीलाई ज्यूँदै आगो लगाएर मार्नेसम्मका नेपालको इतिहासमा नभएका बर्बर एवम् अमानवीय आक्रमणका घटना भए', गौतमले भने, 'त्यस्ता ब्रबर घटनाको जति निन्दा गरे पनि कम हुन्छ ।'
सुदूरपश्चिम, मध्यपश्चिम, मध्यमाञ्चल र पूर्वाञ्चलका तराई क्षेत्र तथा जुम्ला, कैलालीको टीकापुर, बर्दिया, रौतहट, बारा, पर्सा र सप्तरीमा आन्दोलन शान्तिपूर्ण भए पनि केही स्थानमा अराजक र हिंसात्मक घटना भएको उनले बताए ।
उनले सरकारी तथा सार्वजनिक सम्पत्ति तोडफोड, प्रहरी चौकीमा आक्रमण, सरकारी कार्यालय, व्यक्ति र संस्थाका सवारी साधनमा आगजनीलगायत हिंसात्मक गतिविधि हुन नदिन सुरक्षाकर्मीले बारम्बारको प्रयास असफल भएपछि बाध्य भई गोली चलाउनुपरेको स्पष्ट पारे ।
'आन्दोलनकारीले निषेधाज्ञा तोड्ने, प्रहरीलाई गोली हान्नेजस्ता गतिविधि गरे', गौतमले भने, 'शान्ति, सुव्यवस्था कायम गर्न प्रहरीले बाध्यात्मक परिस्थितिमा आत्मरक्षा तथा जनताको जीउधनको सुरक्षाका लागि कारबाही गर्नुपरेको हो ।'
आन्दोलन अत्यन्त अराजक र हिंसात्मक बन्दै गएपछि त्यस्ता गतिविधि हुन नदिन सरकार दृढ रहेको बताउँदै उनले शान्तिपूर्ण आन्दोलनबाट विमुख नहुन अनुरोध गरे ।
'अहिलेको समस्या राजनीतिक भएकाले त्यसको समाधान पनि राजनीतिक रुपमै गर्नुपर्छ', उनले भने, 'सङ्घीयताका नाममा मुलुक दलदलमा फस्न लागेको हो कि भन्ने चिन्ता जनतामा पर्न थालेको छ ।' रासस
www.annapurnapost.com

हेटौंडा : एक वर्षअघि रौतहटको चन्द्रनिगाहापुरस्थित एसबीआई बैंकबाट २० लाख रुपैयाँ लुटेर फरार मकवानपुरको हाँडीखोला गाविस–४ का कौशल भन्ने सन्तकुमार थिङ पक्राउ परेका छन् ।
२०७१ मंसिर २ गते चन्द्रनिगाहपुरस्थित एसबीआई बैंकबाट २० लाख रुपैयाँ निकालेर आईडी बैंकले लैजान लागेको अवस्थामा हतियारधारी समूहले लुटेको थियो ।
चन्द्रनिगाहापुरस्थित एसबीआई बैंकबाट ईन्फास्ट्रक्चर डेभलपमेन्ट बैंक लिमिटेडका वरिष्ठ सहायक उज्ज्वल रिजालले २० लाख रुपैयाँ नगद झिकेर लैजाने क्रममा थिङले गोली प्रहार गरी लुटेका थिए ।
रिजालले आईडी बैंकका सुरक्षा गार्ड तेजबहादुर कार्कीलाई झोलामा नगद बोकाएर बैंकबाट निस्कन लागेको अवस्थामा उनीहरुमाथि गोली प्रहार भएको थियो ।
थिङलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले शनिबार बसामाडीबाट पक्राउ गरेको मकवानपुरका प्रहरी प्रबक्ता डीएस्पी शिशु शर्माले जानकारी दिएका छन् ।
मकवानपुर प्रहरीले आवश्यक अनुसन्धानका लागि थिङलाई आइतबार ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुर पठाइएको प्रवक्ता शर्माले बताए । www.annapurnapost.comf

भदौ, २० कोहलपुर । शुक्रबार दिउँसो मधेसी मोर्चाका आन्दोलनकारीले ढुंगा प्रहार गर्दा मृत्यु भएका नौबस्ताका करण सिंहको शव शनिबार मध्यराती शव नेपालगन्ज ल्याइएको छ ।
शनिबार दिनभर कोहलपुरमा हत्याको विरोधमा प्रर्दशन भएपछि मध्यराती शंव पोष्टमार्टमका लागि नेपालगन्ज ल्याइएको हो । हत्याको विरोधमा भएको प्रदर्शन नेपालगन्ज आउन थालेपछि प्रहरीलाई रोक्न हम्मेहम्मे परेको थियो ।
ठूलो मात्रामा प्रहरी, सशस्त्र प्रहरी परिचालन गरेर हत्याका विरोधमा उत्रिएका सर्वसाधारणलाई नेपालगन्ज आउन दिइएको थिएन । नेपालगन्जको विभिन्न क्षेत्रलाई प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । निषेधित क्षेत्रमा समूहमा भेला हुन, सभा प्रदर्शन गर्न पूर्ण रुपमा रोक लगाइएको छ ।
सुरक्षालाई मध्यनजर गर्दै करणको शव मध्यराती पोष्टमार्टमको लागि भेरी अञ्चल अस्पताल नेपालगन्ज ल्याइएको हो ।
www.etajakhabar.com

भक्तपुर, भदौ २० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विखण्डनकारी शक्तिले मुलुकलाई चोइटाउने खेल खेलीरहेको दावी गरेका छन् ।
आइतबार भक्तपुरमा वास्तुटोल सुधार समितिको पाँचौ साधारणसभामा बोल्दै नेता ओलीले मुलुकलाई आमा भएको इगींत गर्दै आमालाई मार्छु, टुक्राउँछु भन्ने कुनै पनि षडयन्त्रकारीको सपना आफुले पुरा हुन नदिने उनको तर्क थियो ।
भदौ मसान्त भित्र संविधान जारी हुने बताउँदै ओलीले संविधान जारी गर्ने मिति फेरी पनि पर सारेर देशमा उपद्रो मच्चाउने षडयन्त्र भईरहेको दाबी गरे ।
भोली भोली भन्दा भन्दै हाम्रो संबिधान बनाउने डेडलाइन ८ बर्ष सम्म धकेलिएकाले अब पनि ढिला गर्न नहुने उनको तर्क थियो ।
ओलीले ‘अहिले संविधान जारी हुन नदिन ठुलै चलखेल भइरहेको भन्दै त्यस्तालाइृ आफुहरुले जनाताको संविधान दिएर गतिलो झापड दिने समेत बताए ।

गोरखा, भदौ २० । भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक गाउँका विद्यार्थी बिरामी भएका छन् । यहाँ एकपछि अर्को विद्यार्थी बिरामी परेको हिमालय उच्च माध्यमिक विद्यालयका शिक्षक रामकुमार घलेले जानकारी दिनुभयो । हिमालय उमाविमा अध्ययनरत १५ जनाभन्दा बढी विद्यार्थी बिरामी भएका हुन् ।
विगत एक सातादेखि विद्यार्थी बिरामी हुने समस्या देखिएको शिक्षकको भनाइ छ । पढिरहेको अवस्थामा विद्यार्थी बेहोस हुने समस्या देखापरेको हो । छात्रामा बेहोस हुने समस्या देखापरेको र एकै विद्यार्थी पटकपटक बेहोस हुने गरेको शिक्षक घलेले बताउनुभयो । अहिलेसम्म कक्षा १० मा पढिरहेकी दिलकुमारी गुरुङ, कोपिला गुरुङ, कक्षा १२ मा पढिरहेकी अञ्जु गुरुङलगायत विद्यार्थीमा बेहोस हुने समस्या देखापरेको छ ।
“गत आइतबार पहिलोपटक विद्यार्थी बेहोस भएका थिए,” उहाँले भन्नुभयो – “त्यसपछि लगातार विद्यार्थी बेहोस हुने क्रम बढ्यो ।” भूकम्पपछि बढेको मानसिक तनावले गर्दा बेहोस हुने बिरामी बढेको हुनसक्ने अनुमान गरिएको छ ।
बिरामी विद्यार्थीलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार गरी घर लगिएको छ । अर्का शिक्षक जनी घलेका अनुसार सन्तुलित भोजनको अभावले गर्दा महिला तथा विद्यार्थी छात्रामा शारीरिक समस्या देखिएको हो ।
उहाँले भन्नुभयो – “पालमुनिको बास छ । पोषणयुक्त खाना खान पाएका छैनन् । भूकम्पपछि दुई छाक खाना खान नपाएका विद्यार्थी पनि छन् ।”
विद्यार्थी लगातार एकदेखि दुई घन्टासम्म बेहोस हुने गर्छन् । “धेरै विद्यार्थीको आँखामा आँसु देखिन्छ,” उहाँले भन्नुभयो, “भूकम्पअघि हँसिला विद्यार्थी अहिले उदास र निराश देखिन्छन् ।” भूकम्पले घर भत्किएको, परिवार, आफन्तजनको निधन भएको, किताबकापी पुरिएको जस्ता अनेकखालका तनावका कारण पनि विद्यार्थीको आत्मबल कमजोर भएको हुनसक्ने शिक्षक अनुमान गर्छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाका प्रमुख महेन्द्रध्वज अधिकारीले समस्या समाधानका लागि चिकित्सकको टोली परिचालन गरिएको बताउनुभयो । मानसिक समस्याका कारणले गर्दा बेहोस हुने समस्या देखिएको भन्दै अधिकारीले मनोपरामर्शदाता खटाएको जानकारी दिनुभयो । यसअघि बारपाकमा फैलिएको कमलपित्त रोग नियन्त्रणमा आएको बताइएको छ ।