गोलबजार (सिरहा), १४ भदौ । सिरहा नगरपालिकामा आज दिउँसै एक सर्वसाधारण युवकमाथि गोली प्रहार भएको छ ।
गोली प्रहारबाट मिर्चैया नगरपालिका–१० मथलेश्वरका अन्दाजी ३२ वर्षीय रामबाबु यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक रामकृपाल साहले जानकारी दिनुभयो । उहाँका अनुसार सिरहा नगरपालिकाबाट स३प ७२२० नंको मोटरसाइकल लिएर माडरतर्फ जाँदै गरेको अवस्थामा यादवमाथि गोली प्रहार भएको हो ।
तिघ्रामा गोली लागेका यादवको उपचार अहिले सिरहास्थित जिल्ला अस्पतालमा भइरहेको छ । प्रहरीका अनुसार गोली कसले र किन प्रहार गरेको विषयमा केही खुल्न सकेको छैन । गोली प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरी उपरीक्षक साहले जानकारी दिनुभयो । रासस
www.etajakhabar.com

१४ भदौ, काठमाडौं । ६० लाख रुपैयाँ ठगीको आरोपमा प्रहरीले इन्दिरा रिमाललाई पक्राउ गरेको छ । रिमालसहितको समूहले जडिबुटीको कारोवार गर्ने भक्तपुर १४ का रामलक्ष्मी त्वायनाको ६० लाख रुपैयाँ ठगेको अभियोग छ ।
प्रहरीका अनुसार त्वायनालाई शंकरापुर ८ का गणेशकुमार पण्डितले जैविक विविधता नेपाल नामको जडिबुटी प्रशोधनका सञ्चालक निर्मल कार्कीसँग चिनजान गराराएका थिए ।
पण्डितले नुवाकोट खड्ग भन्ज्याङ्ग २ घर भई बालुवाटार बस्ने इन्दिरा रिमालको भारतमा जडिबुटी सम्बन्धी ठुलो कारोवार भएको र भारतबाट आवश्यक उपकरण तथा पाटपुर्जा ल्याई नवरस हर्बल इन्ड्रष्टिजको स्तरोन्नती गर्ने प्रलोभन देखाएका थिए ।
उनीहरुले रामलक्ष्मी त्वायनाको जग्गा धितो राख्न लगाई ६० लाख झिकेको थिए । त्वायनालाई भने इन्दिरा रिमालले ६० लाखको चेक दिएकी थिइन् । तर, चेक साट्न जाँदा रकम नपाएपछि पीडित रामलक्ष्मी त्वायनाले यस अपराध महाशाखामा ठगीको उजरी दिएका थिए ।
ठगीमा संलग्न मध्ये गणेश कुमार पण्डित धरौटीमा छुटेका छन् । इन्दिरालाई बालुवाटारबाट पक्राउ गरी महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको अपराध महाशाखाले जनाएको छ ।
www.onlinekhabar.com

१४ भदौ, काठमाडौं । पूर्वसभासद शान्ता चौधरीले थारु समुदायलाई अगाडि सारेर हत्या हिंसा गर्नेहरु अपराधी भएको बताएकी छन् । उनले आन्दोलनका नाममा साम्प्रदायिकता र हिंसा फैलाउनेहरुलाई सरकारले कारबाही गर्नु पर्ने समेत बताएकी छन् ।
एमाले पूर्व सभासद चौधरीले टीकापुर घटनाको दोष सिंगो थारु समुदायलाई दिन खोसिजएको भन्दै त्यो कुनै हालतमा स्वीकार नगरिने बताएकी छन् ।
नेपालमा सबैभन्दा शान्ति पक्षधर थारु भएको भन्दै उनले भनिन्-‘केही व्यक्तिले षड्यन्त्रपूर्वक ढंगले गरेको आरोमिा सिंगो थार समुदायलाई दोष दिने र थारुलाई आक्रमण गर्ने काम भयानक अपराध हो ।’
लोकतन्त्रमा हिंसात्मक आन्दोलन मान्य नहुने भन्दै उनले प्रश्न गरेकी छन्-दुई वर्षे बालकलाई मार्ने यो कस्तो आन्दोलन हो ? दूधमुखे बालक मारेर आमाको काख उजाड बनाउनेलाई आन्दोलनकारी कसरी भन्ने ?
थारु समुदायको हित गर्छु भन्दै आन्दोलन गरेर त्यही समुदायलाई अगाडि सारेर गरिएको हिंसालाई समर्थन गर्ने काम थारु नेताहरूले गर्न नहुने उनको सुझाव छ ।
‘थारु समुदाय विभेद र अन्यायमा परेको छ तर हिँसा गरेर न्याय पाउन सकिँदैन’ उनले फेसबुकमा लेखेकी छन्-शान्तिपूर्ण आन्दोलनमा जुन शक्ति हुन्छ हिँसात्मक आन्दोलनमा हुँदैन । शान्तिपूर्ण आन्दोलनलाई बदनाम बनाउने र आफूले आव्हान गरेको आन्दोलनमा भएको नैतिक जिम्मेवारी नलिने गैरजिम्मेवार काम लोकतान्त्रिक हुँदैन ।’
आन्दोलनको नाममा साम्प्रदायिकता र हिँसा फैलाउनेहरुलाई सरकारले कारबाही गर्नुपर्छ । थारु समुदायको घर पसल जलाउने हुन् या थारु समुदायको हितको नाममा हिँसा मच्चाउने हुन्, उनीहरुलाई जातको आँखाले नहेरौं, उनीहरुलाई कानुनको कठघरामा उभ्याएर दण्ड दिनैपर्छ, मुलुकमा कानुनी राज हुनैपर्छ ।
हिंसात्मक आन्दोलन गरेर थारु समुदाय मात्र होइन कुनै समुदायलाई बदनाम बनाउन नपाइने उनले बताएकी छन् । ‘आन्दोलनको नाममा साम्प्रदायिकता र हिँसा फैलाउनेहरुलाई सरकारले कारबाही गर्नुपर्छ’ उनले भनिन्-‘थारु समुदायको घर पसल जलाउने हुन् या थारु समुदायको हितको नाममा हिंसा मच्चाउने हुन्, उनीहरुलाई जातको आँखाले नहेरौं । कानुनको कठघरामा उभ्याएर दण्ड दिनैपर्छ, मुलुकमा कानुनी राज हुनैपर्छ । ‘
देश अहिले रोइरहेको र देशको आँशु पुछ्न नयाँ संविधान ल्याउनु पनेर् भन्दै उनले सकारात्मक सोच राख्न, शान्तिको पक्षमा उभिन सबैलाई अपील गरेकी छन् ।
.onlinekhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस

१४ भदौ, काठमाडौँ ।
आफू पुनर्बहाली हुने कुरामा पूर्वराजा ज्ञानेन्द्र शाह ढुक्क देखिँदै गएका छन् । राजासहितको लोकतन्त्रका पक्षमा छिमेकी मुलुक चीन र भारतबीच कुरा मिलेको बुझाइका कारण पूर्वराजा शाह आफ्नो पुनर्बहालीप्रति ढुक्क रहेको समाचार स्रोतको दाबी छ ।
गत सात आफ्ना स्वकीय सचिव सागर तिमिल्सेनालाई मात्र लिएर सुटुक्क थाइल्यान्ड गएका पूर्वराजा शाहले चीन र भारतबीचको उच्चस्तरीय बैठक गराएको स्रोतले बतायो । समाचार स्रोतका अनुसार पूर्वराजा शाहद्वारा आयोजित उक्त बैठकमा भारतका तर्फबाट गृहमन्त्री एवं बीजेपीका पूर्वअध्यक्ष राजनाथ सिंह सहभागी थिए भने चीनका तर्फबाट चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्यसमेत रहेका उपप्रधानमन्त्रीस्तरका नेताको सहभागिता थियो ।
राजतन्त्र पुनर्बहालीका लागि चीन र भारतबीच मोटामोटी रूपमा कुरा मिलेपछि मात्रै पूर्वराजा शाहले थाइल्यान्डमा बैठकको आयोजना गरेको बताइन्छ । कुरा मिलेपछि पूर्वराजा शाह सिंगापुर हुँदै दिल्ली पुगेका छन् । उनी दिल्ली पुग्नु दुई दिनअघि पूर्वयुवराज्ञी हिमानी शाह पुगेको बुझिएको छ ।
दक्षिण–पूर्वी एसियामा पश्चिमाहरूको अतिक्रमण सामना गर्न चीन र भारत मिल्नुपर्ने र नेपालमा राजतन्त्र हुनुपर्ने अवधारणा भारतीय जनता पार्टीको छ । यतिबेला सुविधाजनक बहुमतका साथ भाजपाको सरकार रहेका कारण राजतन्त्र पुनर्बहालीको सम्भावना बढेको हो ।
कांग्रेस र माओवादी तयार नभएसम्मका लागि राजतन्त्र पुनर्बहाली सम्भावना छैन भन्ने तर्क राख्दै आइरहेका विजय जोलीलाई भाजपाले नेपाल मामिला हेर्न प्रतिबन्ध लगाइदिएको छ । तर जोलीकै सल्लाहबमोजिम एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारत भ्रमणमा बोलाइएको हो । राजतन्त्र पुनर्बहालीका लागि सहमत भएर प्रचण्ड स्वदेश फर्केको दाबी समाचार स्रोतको छ ।
निर्मल निवास स्रोतका अनुसार राजसंस्था पुनर्बहालीका लागि बीजेपी र पूर्वराजा ज्ञानेन्द्र शाहबीच संवादको वातावरण मिलाइदिने भूमिका माया शाह ठकुरी नाम गरेकी एक महिलाको छ । उनी मुम्बई निवासी हुन् । उनकी आमा नेपालकी हुन् । माया शाह ठकुरी र बीजेपी अध्यक्ष अमित शाहबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताइन्छ । यही सम्बन्धका कारण बीजेपीले गम्भीरतापूर्वक राजतन्त्र पुनर्बहाली गर्ने अभियानको जोखिम उठाएको हो, स्रोतले भन्यो ।
यो अभियान जोखिमपूर्ण छ भन्ने कुरा बीजेपीका धेरै नेताहरूले चाल पाएका छन् । नयाँ संविधान जारी हुने मिति लम्ब्याउनुपर्ने, मिति लम्ब्याउनका लागि ठाउँठाउँमा आन्दोलन उठाएर अशान्ति मच्चाउनुपर्नेलगायत थुप्रै चुनौतीहरू रहेका छन् । अहिले ठाउँठाँउमा आन्दोलनको आगो बाल्न पनि सुरु गरिएको छ । धेरैजसो क्षेत्रका आन्दोलनमा भारतीयहरूकै सहयोग रहेको बुझिएको छ ।
तर आन्दोलन नियन्त्रण बाहिर गयो या आन्दोलनको लगाम अमेरिकाको हातमा पुग्यो भने नेपाल मात्रै होइन, भारत पनि समाप्त हुने अवस्था छ । त्यसैले राजसंस्था पुनर्बहालीको अभियानलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयंले निकै महँगो र जोखिमपूर्ण भन्ने प्रतिक्रिया दिएक छन् ।
तरुण साप्ताहिकबाट सभार गरिएको
यसैबीच, राप्रपाका अध्यक्ष लोकेन्द्रबहादुर चन्द पनि भारत भ्रमणमा जाने भएका छन् । उनी भदौको दोस्रो साता दिल्ली जाने बताइएको छ ।
nepaliheadlines भिडियो हेर्न तलको बाकस थिच्नुहोस

१४ भदौ, काठमाडौं । मुख्य सचिव र सचिवहरुको गाडीमा सरकारी झण्डा हाल्ने र उनीहरुको सवारी भीआइपीजस्तै हुने चर्चाले सोमबार सामाजिक सञ्जाल गर्माएको छ ।
तर, यस्तो चर्चालाई सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भने ‘फेक’ बताएका छन् ।
‘कर्मचारीको गाडीमा झण्डा राख्ने चर्चा एक किसिमले भन्दाखेरि फेक हो,’ मन्त्री पण्डितले अनलाइनखबरसँग भने-‘यस्तो कुनै निर्णय नै भएको छैन, निजामति कर्मचारी ऐनको पाँचौं संशोधनका लागि सुझाव मागिएको छ, कर्मचारीको उमेर, शैक्षिक योग्यता वा उमेरका विषयमा पनि कुनै निर्णय भएको छैन ।’
गाडीमा लोगो राख्नु राम्रो हो : पौडेल
पूर्वमुख्यसचिव लीलामणि पौडेलले मुख्यसचिव र सचिवहरुको गाडीमा लोगो प्रयोग गर्दा कर्मचारीको पहिचान गर्न सजिलो हुने र यसले सरकारी गाडीको दुरुपयोग रोक्न मद्दत पुग्ने अनलाइनखबरलाई बताए ।
‘सरकारी गाडीमा लोगो प्रयोग गर्दा दुरुपयोग रोक्न सजिलो हुन्छ,’ पौडेलले अनलाइनखबरसँग भने- ‘मेरै कार्यकालमा लोगो राख्ने व्यवस्था गर्न लागिएको थियो, तर समयाभावले गर्दा निर्णय हुन पाएन ।’
तर, सरकारी गाडीमा कर्मचारीको लागोमात्रै राखिने र अन्य कुनै सविधान नदिने आफ्नो पालामा छलफल भएको पौडेलले स्पष्ट पारे । ‘कर्मचारीको गाडीमा लोगोमात्रै राँखे भनिएको हो, यसबाट ट्राफिक जाम हुने वा उनीहरुले विशेष सुविधा पाउने भनिएकै होइन, पौडेलले अनलाइनखबरसँग भने, ‘कर्मचारीलाई विशेष सुविधा दिने भनिएको होइन ।’
पौडेलले भने- ‘कर्मचारीले सरकारी गाडी दुरुपयोग गरे नगरेको जनताले पहिचान गर्नु राम्रो र पारदर्शी काम हो नि ।’
www.onlinekhabar.com
तर, यस्तो चर्चालाई सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भने ‘फेक’ बताएका छन् ।
गाडीमा लोगो राख्नु राम्रो हो : पौडेल
पूर्वमुख्यसचिव लीलामणि पौडेलले मुख्यसचिव र सचिवहरुको गाडीमा लोगो प्रयोग गर्दा कर्मचारीको पहिचान गर्न सजिलो हुने र यसले सरकारी गाडीको दुरुपयोग रोक्न मद्दत पुग्ने अनलाइनखबरलाई बताए ।
‘सरकारी गाडीमा लोगो प्रयोग गर्दा दुरुपयोग रोक्न सजिलो हुन्छ,’ पौडेलले अनलाइनखबरसँग भने- ‘मेरै कार्यकालमा लोगो राख्ने व्यवस्था गर्न लागिएको थियो, तर समयाभावले गर्दा निर्णय हुन पाएन ।’
तर, सरकारी गाडीमा कर्मचारीको लागोमात्रै राखिने र अन्य कुनै सविधान नदिने आफ्नो पालामा छलफल भएको पौडेलले स्पष्ट पारे । ‘कर्मचारीको गाडीमा लोगोमात्रै राँखे भनिएको हो, यसबाट ट्राफिक जाम हुने वा उनीहरुले विशेष सुविधा पाउने भनिएकै होइन, पौडेलले अनलाइनखबरसँग भने, ‘कर्मचारीलाई विशेष सुविधा दिने भनिएको होइन ।’
पौडेलले भने- ‘कर्मचारीले सरकारी गाडी दुरुपयोग गरे नगरेको जनताले पहिचान गर्नु राम्रो र पारदर्शी काम हो नि ।’
www.onlinekhabar.com
तिमीलाई त थाहा पनि छैन होला तिमीबिना यी पल कति मुस्किलले काट्दै छु म।तिमी समस्यामा परेका छौ थाहा छ मलाई।
तर पुरै कुरा किन खुलेर भन्दैनौ???? मनभरी बोझ बोकेर जिउनु हुन्न । अरुसंग बाड्नुपर्छ ।अनि मात्र मन हलुका बन्छ!हैन तिमी कस्तो बोझ बोकेर जिउदै छौ हँ ?????”मलाई फोन नगर मेसेज नगर म बाध्यतामा परेको छु” सधै यस्तै यस्तै भन्छौ र टाढा हुन खोज्छौ मबाट! आखिर के बाध्यता हो तिम्रो??? मलाई यहाँ कति कठिन भको छ तिम्रो अत्तोपत्तो नहुदाँ, तिमी किन बुझ्दैनौ???
घरमा तिम्रो खबर सोध्छ्न के जवाफ दिनु मैले???
जब म समस्यामा थिएँ तिमीले मलाई हौसला दिएका थियौं। मेरो हिम्मत बढाएका थियौँ। तिम्रो साथ पाएर नै मैले कठिन भन्दा कठिन परिस्थितिको सामना गरेर यहाँसम्म आइपुगेकी हुँ । मलाई त्यसरी हौसला र हिम्मत दिने तिमी आज किन आफै कायर बन्दैछौ हँ???
मैले तिमीलाई कति खोजेँ थाहा छ??? कस्लाई चाहिँ सोधिन तिम्रो बारे??? तिम्रो एउटा एस.एम एस आउँछ कि भन्दै रातभर जागा बस्छु म। एक्कासी , बाध्यतामा परेँ ३ महिना कुर्नु म आउछु अनि सबै कुरा भन्छु भन्यौ। नि:सन्देह म कुरि रहेकी छु। मलाई बिश्वास पनि छ तिमी माथी । तर पृय म जान्न चाहन्छु कस्तो बाध्यता हो तिम्रो???
निशा प्रतीक्षित
“कुनै केटीले ब्लाकमेल गर्दैछे मलाई ” बस यति भनेका थियौँ। तर त्यो केटि को हो??? किन तिम्लाई ब्लाकमेल गरि त्यस्ले???? के त्योसँग पहिले तिम्रो कुनै सम्बन्ध थियो???? यस्तै मनभरी कुन्ठा बनेका यी प्रश्न सोध्न मन छ तिमीलाई। तिमीले त बस पर्ख भन्यौ सक्यो तिम्रो लागि । के तिम्लाई थाहा छ पर्खिनु को पीडा कति हुन्छ????
म तिम्रो सम्झनामा पलपल मरेर बाचीरहेकी छु। साच्चै भनु त म एक जिबित मुर्दा भैसकेँ। मन पोल्छ अत्यास लाग्छ। तिम्रा चिरपरिचित सबैलाई सोध्छु उस्को खबर के छ भनेर।।।
जब बल्ल बल्ल तिम्रो एउटा सन्देश आउँछ ,तिमीले
“निशा मलाई मेसेज नपठाउनु ! म बाचेर फर्केको हेर्न चाहन्छौ भने मसँग सम्पर्क नराख्नु !” बस यति लेख्छौ। तिमीलाई के थाहा तिम्रो कुरा पढेर कस्तो हुन्छ मलाई । यो मनमा भक्कानो फुट्छ प्यारा!
अनि म आफ्नो कोठाको ढोका थुनेर रुन्छु ।बेस्सरी रुन्छु! तिम्रो तस्बीर चुम्दै रुन्छु। लाग्छ म रुदाँ यी परेलीबाट बग्ने आँसुसँगै तिम्रा यावत यादहरु बगेर जाउन। तर सक्दिन म । यो पापी मनले पनि के के सोच्दो रहेछ घरीघरी त! तिमीले त्यतै घरजम गर्यौ र मलाई छोड्न बहाना बनाएका हौ कि जस्तो पनि लाग्छ।मलाई माफ गर प्यारा मैले तिम्रो मायालाई कहिलेकाही आँखा चिम्लेर बिस्वाश गर्न सक्दिन। मन न हो के के सोचीहाल्छ।।
तिमीले थोरै समयमा धेरै माया दिएर यसरी हराइदियौ, कहिले त लाग्छ अब तिमीसँग मेरो भेट नै हुन्न। मन यसै अतालिन्छ। मुटु ढुकढुक हुन्छ। परेलीबाट एक्कासी तिम्रो माया पानी बनेर बग्न थाल्छ। म सक्दिन प्यारा यस्तो सस्पेन्समा जिन्दगी काट्न ।।। तिमीलाई के भएको हो भन मलाई। सायद म तिम्रो कुनै मदत गर्न सक्छु कि ??तिम्रो अनुपस्थितिमा हरेक प्रहर शुन्य लाग्छ मलाई।
शरीरमा लागेको घाउ त औषधिले निको हुन्छ तर तिम्रा यादहरुको सुनामीले यो मन मुटु र मष्तिस्कमा लागेको घाउको उपचार म कसरी गरौ प्रिय ????
म केही सोच्न सकिरहेकै छैन बस तिमीले भनेझै तिमीलाई नै पर्खिरहेकी छु। सायद माया त्याग पनि हो रहेछ त्यसैले त तिम्रो साथ त्यागेर तिमीलाई नै पर्खिरहेकी छु। तिमीले भनेजस्तै गरि तिमीबाट टाढा गैदिएकी छु। तर यो मनमा तिमी बाहेक अरु कोहि छैन र हुने पनि छैन। जब तिमी त्यो पराइ भुमीबाट नेपाल फर्केर आउनेछौ, यो ‘प्रतीक्षित’ तिमीलाई नै पर्खिरहेकी हुनेछे तिम्रा यादहरुले दिएको घाउ बोकेर।। तर पृय त्यो बेलासम्म मलाई माया गर्ने तिम्रो त्यो मन नबद्लियोस!!!।।।
निशा प्रतीक्षित
www.etajakhabar.com
तर पुरै कुरा किन खुलेर भन्दैनौ???? मनभरी बोझ बोकेर जिउनु हुन्न । अरुसंग बाड्नुपर्छ ।अनि मात्र मन हलुका बन्छ!हैन तिमी कस्तो बोझ बोकेर जिउदै छौ हँ ?????”मलाई फोन नगर मेसेज नगर म बाध्यतामा परेको छु” सधै यस्तै यस्तै भन्छौ र टाढा हुन खोज्छौ मबाट! आखिर के बाध्यता हो तिम्रो??? मलाई यहाँ कति कठिन भको छ तिम्रो अत्तोपत्तो नहुदाँ, तिमी किन बुझ्दैनौ???
घरमा तिम्रो खबर सोध्छ्न के जवाफ दिनु मैले???
जब म समस्यामा थिएँ तिमीले मलाई हौसला दिएका थियौं। मेरो हिम्मत बढाएका थियौँ। तिम्रो साथ पाएर नै मैले कठिन भन्दा कठिन परिस्थितिको सामना गरेर यहाँसम्म आइपुगेकी हुँ । मलाई त्यसरी हौसला र हिम्मत दिने तिमी आज किन आफै कायर बन्दैछौ हँ???
निशा प्रतीक्षित
“कुनै केटीले ब्लाकमेल गर्दैछे मलाई ” बस यति भनेका थियौँ। तर त्यो केटि को हो??? किन तिम्लाई ब्लाकमेल गरि त्यस्ले???? के त्योसँग पहिले तिम्रो कुनै सम्बन्ध थियो???? यस्तै मनभरी कुन्ठा बनेका यी प्रश्न सोध्न मन छ तिमीलाई। तिमीले त बस पर्ख भन्यौ सक्यो तिम्रो लागि । के तिम्लाई थाहा छ पर्खिनु को पीडा कति हुन्छ????
म तिम्रो सम्झनामा पलपल मरेर बाचीरहेकी छु। साच्चै भनु त म एक जिबित मुर्दा भैसकेँ। मन पोल्छ अत्यास लाग्छ। तिम्रा चिरपरिचित सबैलाई सोध्छु उस्को खबर के छ भनेर।।।
जब बल्ल बल्ल तिम्रो एउटा सन्देश आउँछ ,तिमीले
“निशा मलाई मेसेज नपठाउनु ! म बाचेर फर्केको हेर्न चाहन्छौ भने मसँग सम्पर्क नराख्नु !” बस यति लेख्छौ। तिमीलाई के थाहा तिम्रो कुरा पढेर कस्तो हुन्छ मलाई । यो मनमा भक्कानो फुट्छ प्यारा!
अनि म आफ्नो कोठाको ढोका थुनेर रुन्छु ।बेस्सरी रुन्छु! तिम्रो तस्बीर चुम्दै रुन्छु। लाग्छ म रुदाँ यी परेलीबाट बग्ने आँसुसँगै तिम्रा यावत यादहरु बगेर जाउन। तर सक्दिन म । यो पापी मनले पनि के के सोच्दो रहेछ घरीघरी त! तिमीले त्यतै घरजम गर्यौ र मलाई छोड्न बहाना बनाएका हौ कि जस्तो पनि लाग्छ।मलाई माफ गर प्यारा मैले तिम्रो मायालाई कहिलेकाही आँखा चिम्लेर बिस्वाश गर्न सक्दिन। मन न हो के के सोचीहाल्छ।।
तिमीले थोरै समयमा धेरै माया दिएर यसरी हराइदियौ, कहिले त लाग्छ अब तिमीसँग मेरो भेट नै हुन्न। मन यसै अतालिन्छ। मुटु ढुकढुक हुन्छ। परेलीबाट एक्कासी तिम्रो माया पानी बनेर बग्न थाल्छ। म सक्दिन प्यारा यस्तो सस्पेन्समा जिन्दगी काट्न ।।। तिमीलाई के भएको हो भन मलाई। सायद म तिम्रो कुनै मदत गर्न सक्छु कि ??तिम्रो अनुपस्थितिमा हरेक प्रहर शुन्य लाग्छ मलाई।
शरीरमा लागेको घाउ त औषधिले निको हुन्छ तर तिम्रा यादहरुको सुनामीले यो मन मुटु र मष्तिस्कमा लागेको घाउको उपचार म कसरी गरौ प्रिय ????
म केही सोच्न सकिरहेकै छैन बस तिमीले भनेझै तिमीलाई नै पर्खिरहेकी छु। सायद माया त्याग पनि हो रहेछ त्यसैले त तिम्रो साथ त्यागेर तिमीलाई नै पर्खिरहेकी छु। तिमीले भनेजस्तै गरि तिमीबाट टाढा गैदिएकी छु। तर यो मनमा तिमी बाहेक अरु कोहि छैन र हुने पनि छैन। जब तिमी त्यो पराइ भुमीबाट नेपाल फर्केर आउनेछौ, यो ‘प्रतीक्षित’ तिमीलाई नै पर्खिरहेकी हुनेछे तिम्रा यादहरुले दिएको घाउ बोकेर।। तर पृय त्यो बेलासम्म मलाई माया गर्ने तिम्रो त्यो मन नबद्लियोस!!!।।।
निशा प्रतीक्षित
www.etajakhabar.com
काठमाडौं : वीरगञ्जमा प्रहरी र मधेसी मोर्चाका प्रदर्शनकारीबीचको झडपमा गोली चलेको छ ।
प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले बीस राउन्डभन्दा बढी हवाइ फायर गरेको छ। हवाइ फायरसँगै प्रहरीको लाठी तथा अश्रुग्यास प्रहारबाट केही प्रदर्शनकारीहरु घाइते भएका छन् ।
नागवाचोकमा भएको झडपपछि बीरगञ्ज अहिले पनि तनावपूर्ण छ । प्रमुख जिल्ला अधिकारी केशवप्रसाद घिमिरेे भीड अनियन्त्रित भएपछि केही बल प्रयोग भएकाे बताए। प्रहरीमाथि प्रदर्शनकारीबाट ढुंगामुढा प्रहार भइरहेको छ।
annapurnapost.com