• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
पाप धुरीबाट कराउँछ भन्ने उक्ती यतिबेला चन्द्रबहादूर पहरीको हकमा लागू होला । १२ वर्षअघि गरेको हत्याको रहस्य खुलेपछि उनी अहिले प्रहरी खोरमा छन् । उनलाई प्रहरीले पक्राउ गरेरसार्वजनिक गरेको छ । के गरेका थिए चन्द्रबहादूर पहरीले निर्मम ढंगबाट घाँटी रेटी हत्या गरिएको अवस्थामा ललितपुर बडिखेलमा एकै परिवारका ५ सदस्यको लाश २०६० साल असोज १६ गते भेटिएको थियो ।
त्यसपछि अहिलेसम्म घटना रहस्यमै रह्यो । बडिखेलस्थित खेल गाउँमा एकै परिवारका ५ जनाको हत्या हुदाँ पुरै गाउँ स्तब्ध बनेको थियो । घटनामा भानु नगरकोटी र उनकी श्रीमति धनकुमारी नगरकोटी मात्रै मारिएनन् निर्दोष एक छोरा र दुई छोरीको समेत हत्या भयो । १३ वर्षका रविन्द्र नगरकोटी, १० वर्षकी लुरी नगरकोटी तथा ८ वर्षकी टुकुली नगरकोटी समेतको शव उनीहरुकै ओछ्यानमा घाँटी रेटिएको अवस्थामा फेला परेको थियो । प्रहरीले अहिले हत्यारा चन्द्रबहादुर पहरीलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । नगरकोटीको परिवारसँगै बस्ने चन्द्र बहादुर राँगा काट्ने काम गर्दथे । उनी पछिल्लो ३ वर्षयता भने भक्तपुर चागुनारायणमा बसाई सरेको प्रहरीले जनाएको छ । किन गरे पहरीले हत्या प्रहरी अनुसन्धानबाट फलामको धारिलो हतियार प्रहार गरेर घाँटी रेटी भानु नगरकोटीको परिवारको हत्या भएको रहस्य खुलेको थियो । तर लामो समयसम्म प्रहरीले अपराधीलाई पक्राउ गर्न सकेको थिएन । प्रहरीका अनुसार नातामा चन्द्रबहादूर पहरी भानु नगरकोटीको ज्वाई पर्छन् । तर भानु नगरकोटी र आफ्नी पत्नी सुर्यकुमारी पहरीबीच अनौतीक सम्बन्ध रहेको आशंका चन्द्रबहादूरले गरेका थिए । उनले सुर्यकुमारी र भानुबीचको सम्बन्धका विषयमा अरु कोही नभएर भानुकै छोरीहरुबाट थाहा पाएको बयान दिएका छन् । घटना हुनु ५–६ दिनअघि दुई परिवारबीचमा झगडा भएको थियो । त्यतिबेला चन्द्रबहादुरले आफ्नो बहिनी र ज्वाईलाई मार्ने धम्की दिएका थिए । त्यसपछि दशैँको अस्टमीका दिन चन्द्र बहादुर पहरीकै आमाको घरमा राँगाको मासू बोकेर मृतक भानु नगरकोटी आफ्नो घर गएका थिए । त्यसरात चन्द्रबहादूर र भानु दुबै आ–आफ्नो घरमा भोज गर्दैथिए । त्यसपछि अत्याधिक मदिरा सवेन गरेपछि ५–६ दिनअघिको झगडा संझेर बहिनी ज्वाईको हत्या गर्ने सोचमा पुगेको चन्द्रबहादूर पहरीले प्रहरी समक्ष बताएका छन् । उनले घरमा श्रीमती तथा परिवारका अन्य सदस्यलाई थाहा नदिई भानुको घर गएको बयान दिएका छन् । भानुकै घरमा मासु काट्ने हतियार फेला पारेपछि त्यही हतियारले भानुलाई सिध्याउने सोचका राखेका चन्द्रबहादूर पुग्दा भानुको कोठामा त्यस दिन श्रीमान् श्रीमती थिएनन्, भानूका छोरा रविन्द्र नगरकोटी र छोरी लुरी सुतिरहेका थिए । चन्द्रबहादूरले रिसको झोकमा उनीहरुमाथि प्रहार गरे । तर प्रहार गरिसकेपछि मात्रै उनलाई भानु नभएर उनका छोरा–छोरीको हत्या गरेको हेक्का भयो । लगत्तै उनी अर्को कोठामा गए र सुतिरहेका भानुका श्रीमान् –श्रीमतीसँगै कान्छी छोरी ८ वर्षीया टुकुलीको उस्तै निर्मम तरिकाले घाँटी रटेर हत्या गरे । उनले हत्यापछि सबै प्रमाण नस्ट गर्ने उद्धेश्यसहित उनले घाँटी रेट्दा प्रयोग गरेको हतियार भानु नगरकोटीको घर नजिकै रहेको खोल्सामा फालेका थिए । त्यस्तै हत्याका समय प्रयोग गरेको कपडा पूर्वपट्टी रहेको ठूलो खोलामा फाले । त्यसपछि चन्द्रबहादूरकै कान्छा छोरा महेश्वरले भोलीपल्ट भानु नगरकोटीको परिवारको हत्याका विषयमा सुनाउँदा उनले केही थाहा नपाएजस्तो गरेका थिए । आफ्नो जेठो छोरा कालेले दिएको हैरानीका कारण पछिल्लो समय भक्तपुरमा बस्दै आएको उनले प्रहरी समक्ष बताएका छन् । www.ratopati.com
नुवाकोट : बिहीबार दिउँसो गएको भूकम्पले नुवाकोटको काहुले गाविसमा एक जनाको मृत्यु भएको छ ।

भुकम्पसँगै झरेको पहिरोले पुर्दा सदरमुकाम विदुरदेखि २६ किलोमिटर पश्चिममा रहेको काहुले गाविसा एक वृद्धको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

परकम्पपछि खसेको पहिरोले पुरिएर साल्मे गाविस–९ का ८३ वर्षीय कुशव तामाङको मृत्यु भएको हो । काहुले गाविस–२ खुर्लुखोला नजिकै भूकम्पसँगै झरेको पहिरोले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीसँगै नुवाकोटमा भूकम्पबाट मृत्यु हुनेको संख्या एकहजार एकसय चार पुगेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।annapurnapost.comf
काठमाडौं, ३ भदौं । प्रहरी इन्काउन्टरमा गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’ मारिएपछि महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाल अहिले खुसीसँगै तनावमा छन् ।
खुसी यस मानेमा छन् की महाशाखाले एउटा ठूलो सफलता हात पा¥यो गुन्डा नाइके घैंटेलाई इन्काउन्टरमा मारेर । तर अर्काेतर्फ उनी तनावमा छन् । तनावको कारण हो नेताहरुको फोन ।
उनलाई अहिले नेताहरुको फोन रिसिभ गर्न हम्मे हम्मे परेको छ । सुरुमा उनलाई नेपाल प्रहरी प्रमुख आर्इजीपी उपेन्द्रकान्त अर्यालले फोन गरेर धन्यवाद दिए । उनको त्यो शब्दले खनाल झनै खुसी भए । त्यसपछि गृहमन्त्री वामदेव गौतमले खनाललाई फोन गरे । फोन गर्दै अपराध नियन्त्रण र गुण्डागर्दी रोकथाम गर्न विशेष ध्यान दिएको भन्दै मन्त्री गौतमले खनाललाई बधाइ दिए । त्यसपछि उनको मन झन प्रफुल्ल भयो ।
तर, त्यसपछिका फोनले उनलाई तनाव भयो । त्यसपछि कांग्रेसका नेताहरुले पालैपालो फोन गरेर उनलाई हप्काए । कतिपयले उनलाई बेस्सरी गाली समेत गरे । कांग्रेसका नेताहरुको नाम भने उनले खुलाएनन् । अहिले खनाल खुसी भन्दा बढी तनावमा छन् । अझै पनि नेताहरुको फोन आउने क्रम जारी रहेको उनले बताए ।
आज दिउँसो सामाखुसीको कपुरधारामा गुन्डा नाइके घैंटे इन्काउन्टरमा परेर घाइते भएका थिए । घाइते लगत्तै शिक्षण अस्पताल लगिएका उनको त्यही मृत्यु भएको थियो ।
dainiknepal.com

काठमाडौं ।

नेपाल प्रहरीको ‘मोष्ट वान्टेड’ सूचिमा रहेका गुन्डा नाइके कुमार लामा ‘घैँटे’ प्रहरी कारबाहीमा मारिएका छन् । खोजतलासको क्रममा रहेको प्रहरीको टोलीलाई घैँटे नेतृत्वको टोलीले विहीबार स्थानीय सामाखुसीमा आक्रमण गरेपछि प्रहरीको जवाफी कारबाहीमा उनी मारिएका प्रहरी प्रवक्ता कमलसिंह बमले बताए ।

काठमाडौंको सामाखुसीस्थित आफ्नै घर नजिक कपुरधारामा प्रहरी र घैंटेको समूहबीच गोली हानाहान हुँदा घाइते भएका उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याए लगत्तै मृत घोषणा गरिएको हो । घैंटे अवैध चन्दा असुली, हतियार देखाएर धम्क्याउने तथा गुण्डागर्दीमा संलग्न भएको लगायतका दजनौ मुद्दाको आधारमा प्रहरीले मोस्ट वान्टेडमाको सूचिमा राखेको थियो । एमाले निकटका गुण्डा नाइके दिनेश अधिकारी चरी मारिएको १ वर्ष पछि अर्का गुण्डा नाइके घैंटेलाई प्रहरीले उस्तै स्टाइलको इन्काउन्टरमा अन्त्य गरिदिएको छ ।




‘मोष्ट वान्टेड’ सूचिमा रहेका घैंटे घरमै रहेको सूचनाका आधारमा प्रहरी उनलाई पक्राउ गर्न गएको थियो । तर, प्रहरी देख्ने बित्तिकै घैंटेको समूहले फायर खोलेपछि प्रतिरक्षाका लागि गोली चलाउदा उनीसहित अन्य दुई ब्यक्ति घाइते भएका थिए ।

 “प्रहरीमाथि जाई लागेपछि दोहोरो भिडन्तमा घाइते भएका घैँटेको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मृत्यु भएको हो” – नाइके समूहका सुरेन्द्र महर्जन र राज महर्जन घाइते भएको जानकारी दिँदै प्रहरी नायब महानिरीक्षक बमले भने । दुईजना प्रहरी सहायक निरीक्षक र एकजना प्रहरी जवान पनि घाइते भएको जानकारी दिँदै उनले ती तिनैजनाको वीर अस्पतालमा उपचार भइरहेको बताए ।

गृहमन्त्रीको आदेशमा घैटेको हत्याः केसी दाजुभाइ
गुण्डा नाइके कुमार घैटेको मृत्यु गृहमन्त्री वामदेव गौतमको ठाडो निर्देशनमा भएको कांग्रेसले आरोप लगाएको छ । कांग्रेसको संरक्षणमा घैटेले गुण्डागर्दी चलाएको आरोप लाग्दै आएको बेला कांग्रेसले घैटेको प्रहरी इन्काउन्टरको नाममा सुनियोजित हत्या भएको बताएको हो । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले गुण्डा नाइके कुमार घैट मारिएकोप्रति आक्रोस पाखेका छन् । राजनीति गतिविधिमा सहयोग गर्दै आएका घैटको मृत्यु प्रहरी इन्काउन्टरमा नभएर सुनियोजित भएको उनले दावी गरेका छन् । घैटेको मृत्युपछि कांग्रेसका नेता तथा कार्यकर्ता ठूलो संख्यामा महाराजगन्जस्थिति शिक्षण अस्पतामा पुगेका छन् । मान्छे मार्न नपाइने भन्दै केसीले प्रहरीले कानुन हातमा लिएर जे पनि गर्ने छुट नभएको बताए ।



कांग्रेसका अर्को नेता एवं सभाषद जगदिशनरसिंह केसीले गहृमन्त्रीको ठाडो आदेशमा इन्काउन्टर गरेर कुमार घैटेलाई मारिएको आरोप लगाए । इन्काउन्टर र हत्या एकै प्रकृतिको कसुर भएकाले हत्यारालाई जे सजाय हुन्छ हत्या गर्नेलाई पनि त्यही साजय हुनुपर्ने उनले माग गरे । उनले भने- प्रहरीले भनेको कुरा ५०० प्रतिशत गलत छ । उनको घरमै गएर गोली हानिएको छ । गोली लागेर ढलिसकेको मान्छेले गोली हानेको उनले बताए । कुमार श्रेष्ठलाई मारिएको छ । उनले यस अघि नै आफूमाथि इन्काउण्टर हुन सक्ने भनेर निवेदन दिएका थिए । यो हत्या हो गोली हान्ने हत्यारा हो ।


कांग्रेस नेताः अर्जुननरसिंह केसी
उनले प्रहरीले जे मन लाग्यो त्यही गर्ने अधिकार नपाएको दावी गरे । घैंटको सरासर हत्या भएको भन्दै उनले यसका हत्यारालाई कारवाही गर्न माग गरे । उनले भने यो इन्काउन्टर होइन, सिभिल प्रहरीले मास्क लगाएर सिधै छातीमा गोली हानेको हो । इन्काउन्टर भए उसलाई गोली हान्न जाने ५/६ जना को हुन्? जवाफ चाहियो ।

कांग्रेस सभाषदः जगदिश्वरनरसिंह केसी
गुण्डा मार्ने प्रहरी काइदाः पालैपालो इन्काउण्टर

जतिसुकै गुण्डागर्दी र अपराधका लागि कुख्यात भएपनि त्यस्ता ब्यक्ति मारिँदा समेत प्रहरीको आलोचना गरिनु र गैरन्यायिक हत्याको मुद्धा उठ्नु नेपालमा सामान्य जस्तै बनेको छ । घैंटे मारिँदा पनि विहीबार महाराजगञ्जस्थित शिक्षण अस्पतालमा यस्तै दृष्य देखियो । उनका समर्थक र कांग्रेसी नेता कार्यकर्ताले समेत प्रहरीको आलोचना गर्दै गृहमन्त्रीमाथि समेत प्रश्न उठाए ।

धेरै समय भएको छैन प्रहरीले नेकपा एमालेका जिल्ला नेता समेत रहेका दिनेश अधिकारी ‘चरी’लाई प्रहरीले इन्काउन्टरमा मारेपछि एमालेभित्र हंगामा भयो । आफ्नै गृहमन्त्री भएको समयमा पार्टी आवद्ध गुण्डा नाइके मारिएपछि एमालेभित्र नै गृहमन्त्रीको राजिनामा समेत मागियो । चरी मारिएको विरोधमा धादिङका सांसद राजेन्द्र पाण्डेले संसदमै तमासा देखाएका थिए । अव त्यस्तै संकेत नुवाकोटका कांग्रेसी राजनीतिज्ञद्व केसी दाजुभाइले देखाएका छन् । प्रहरीले पछिल्लो समय राजनीतिक संरक्षणमा रहेका भएपनि गुण्डाहरुलाई पालै पालो तह लगाउने रणनीति अपनाएको देखिन्छ । एमाले संरक्षणमा रहेका भनिएका चरी मारिएको करिव १ वर्ष पछि कांग्रेस संरक्षणका भनिएका घैंटेले पनि इन्काउन्टरको उस्तै नियती भोग्नुले अव राजनीतिक संरक्षणले मात्र गुण्डाहरु जोगिन सक्दैनन् भन्ने संकेत गरेको छ ।

यस्तो थियो घैंटको विगतः कस कसलाई भयो तनाव?

कुमार घैटे सम्पति सुद्धीकरण विभागले गलतबाटोबाट अकुत सम्पति कमाएको भनेर छानविनमा रहेका गुण्डा नायिके थिए । उनीमाथि विभिन्न हत्या देखि अपहरण र गुण्डागर्दीका मुद्धामा संलग्न भएको आरोप थियो ।

प्रहरीले चरीको इन्काउन्टर गरेपछि केही हच्किएका भएपनि गुण्डा सर्कलमा घामड, लिंडे र निडरको रुपमा चिनिने गुण्डाका नाईके कुमार श्रेष्ठ ‘घैंटे’ भने आफ्ना सहयोगी परिचालन गरी असुली धन्दामा सक्रिय थिए । आफूलाई गोली हान्न सक्ने डनद्धय रमेश बाहुन जेल चलान र दिनेश अधिकारी ‘चरी’को प्रहरी कारबाहीमा मृत्यु भएपछि उनी अहिले निर्धक्क भएर गुण्डागर्दी र क्षेत्रविस्तारमा सक्रिय थिए । अघिल्लो वर्ष प्रहरी इन्काउन्टरमा मारिएका चरीलाई समेत घैंटेले नै जन्माएको हुन् । चरीसंग सम्बन्ध बिग्रिएपछि घैंटेले चरी बिरुद्ध बाफलका गुण्डा समिरमान बस्नेतलाई उभ्याएका थिए ।

धादिङमा चरीले एकाधिकार गर्न थालेपछि चरीसंग बिच्किएका राधे भण्डारीलाई धार बनाएर घैंटेले चरीबिरुद्ध गत बर्ष गोली हान्न लगाएका थिए । आफूमाथी गोली प्रहार गर्ने राधेलाई बदला लिने उदेश्यले ६ महिना अगाडि गोली चलाएका चरीलाई दुई साता अघि मात्र प्रहरीले मुडभेटमा मारेको बताएको छ । चरीको मृत्युसंगै चरीको क्षेत्रमा राज गर्ने उनको मनसाय थियो । उनले सामाखुसि, बाफल, बालाजु क्षेत्रका प्राय कलेजहरुमा घैंटेले यी आराधिक समूह परिचान गरेर डीआईको नाममा विभिन्न कलेजहरुबाट रकम असुल्दै आएका थिए ।

कस कसलाई तनाव ?

नेपाली राजनीतिमा गुण्डा र राजनीतिज्ञहरुको सम्बन्ध अनौठो छ । गुण्डा भनेर प्रहरी इन्काउन्टरमा परेका चरीलाई एमालेले झण्डा ओडाएर विदाइ गरेको थियो । अव घैंटे मर्दा सबैभन्दा बढी तनाव नुवाकोटमा राजनीति गर्ने नेपाली कांग्रेसका अर्जुननर सिंह केसी र उनका दाजु जगदिशश्वरनरसिंह केसीलाई भएको देखिएको छ । केसी दाजु भाइले घैंटेलाई घरमै गएर मारिएको आरोप लगाएका छन् । सभाषद समेत रहेका जगदिश्वरनरसिंह केसीले प्रहरीले गृहमन्त्रीको ठाडो आदेशमा हत्या गरेको आरोप लगाए । उनले यो घटनाको छानविन गर्न माग गर्दै प्रहरीले इन्काउण्टरको नाममा मन लागेको मान्छे मार्न नपाउने माग गरे । उनले प्रहरीले भनेको कुरा ५०० प्रतिशत गलत भएको समेत बताए ।

केही समय अघि चर्चित गुण्डा नाइके कुमार घैंटेको एक कार्यक्रममा प्रमुख अतिथिको रुपमा शिक्षामन्त्री चित्रलेखा यादव सहभागी भएपछि उनीहरुबीचको सम्बन्धका बारे अनेकथरी चर्चा चलेका थिए । गुण्डागर्दीबाट अकुत सम्पत्ति बटुलेका घैंटेले पैसा वितरण गर्नकै लागि आयोजना गरेको कार्यक्रममा शिक्षामन्त्री यादव सहभागी भएकी थिइन् । गत १७ गते सामाखुसीमा घैंटेले आयोजना गरेको पैसा बाँढ्ने कार्यक्रममा मन्त्री नै संलग्न भएपछि स्थानीयहरु अचम्ममा परेका थिए ।


चित्रलेखा यादव
घैंटेका प्रमुख संरक्षक भनेर आलोचित कांग्रेस नेता जगदिश्वर नरसिंह केसी तथा सभासद् भिमसेनदास प्रधान समेत उक्त कार्यक्रममा सहभागी भएका थिए । समय समयमा घैंटेले कांग्रेस युवा नेता गगन थापाको नाममा धम्क्याउँदै पैसा उठाउँदै हिडेको समेत चर्चा चलेको थियो ।

डिभिजन–४ र दक्षिण अमेरिकी देश बर्मुडामा आयोजना भएको डिभिजन–३ को छनोट खेल पार गरेको नेपाली क्रिकेट टिमलाई सम्मानमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा सम्मान र पुरस्कार वितरणलाई भव्य बनाउन पार्टीका खेलकुद प्रमुख धनराज गुरुङले गुण्डा नाइके कुमार घैंटेको सहारा लिएपछि त्यसको ब्यापक आलोचना भएको थियो । कांग्रेस पार्टी कार्यालय सानेपामा क्रिकेट खेलाडी सम्मान कार्यक्रममा उनलाई पनि बोल्ने अवसर दिइएको थियो । घैंटेले बोल्दा तालीले कार्यक्रम हल गुन्जायमान बन्यो भने पार्टी सभापति सुशील कोइरालाले बोल्दा र सम्मान गर्दा खेलाडी मात्र थिए र ताली सम्म नबजेको भनेर समाचार नै बनेको nepaliheadlines.comथियो । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
वामदेवको ठाडो आदेशमा घैंटेको हत्या भयो : सभासद केसी
'घैंटे चार वर्षदेखि नर्मल जीवनमा थिए'
२०७२ भदौ ३
३ भदौ, काठमाडौं । कांग्रेस सभासद जगदीशनरसिंह केसीले कुमार श्रेष्ठ घैंटे निर्दोष रहेको भन्दै उनलाई गृहमन्त्री वामदेव गौतमको ठाडो आदेशमा हत्या गरिएको बताएका छन् ।


चार वर्षदेखि घैंटेले क्रिमिनल काम छाडेर नर्मल लाइफ बिताइरहेको सभासद केसीले बताए । मास्क लगाएर सादा पोशाकमा आएका ५ जनाले खाना खान लागेका बेला घैंटेलाई हत्या गरेर बाहिर ल्याई दोहोरो भिडन्तको नाटक गरेको केसीले आरोप लगाए ।
चार वर्षदेखि आपराधिक क्रियाकलाप छाडेर हाल निर्माण व्यवसायीका रुपमा कमारले काम गरिरहेको सभासद केसीले बताए ।
घटनालगत्तै गोली चलेको स्थलमा पुगेका सभासद केसीले टेलिफोनमा कसैलाई रिपोटिङ गर्दै वामदेव गौतमको ठाडो आदेशमा निर्दोष व्यक्तिको हत्या भएको बताएका थिए ।
‘यो सरासर मानवअधिकार विरोधी काम हो । नागरिकले सामान्य जीवन बिताएर बाँच्न पाउने व्यक्तिमाथि गरिएको यो अपराध हो,’ हत्या भएको स्थलमा पुगेका सभासद केसीले भने,’उसले चाहेको भए त्यहाँ केही हुन सक्थ्यो, तर केही भएन किनभने उसले प्रहरीले समात्छ र समाते पनि केही हुँदैन भन्ने ठानेको थियो ।’
मास्क लगाएर जाने ५ जनाले कुमारलाई मारिसकेपछि भीडन्तका नाममा आकाशतिर फाइरिङ गरेको सभासद केसीले बताए ।
दोहोरो भिडन्तमा गोली चलेको हो : प्रहरी
महानगरी प्रहरी महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले चाँहि घैंटेलाई नियमित चेकजाँचका क्रममा उसको समूहले प्रहरीमाथि आक्रमण गरेको र दोहोरो भिडन्त भएको बताएका छन् ।
यसैवीच सभासद केसीको नेतृत्वमा शिक्षण अस्पताल परिसरमा कुमारको समर्थनमा नाराबाजी सुरु भएको छ ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
दैनिक नेपाल२०७२ भदौ ३
काठमाडौँ, ३ भदौ । गुन्डा नाइके कुमार लामा ‘घैँटे’ प्रहरी कारबाहीमा मारिएका छन् ।
खोजतलासको क्रममा रहेको प्रहरीको टोलीलाई घैँटे नेतृत्वको टोलीले आज स्थानीय सामाखुसीमा आक्रमण

गरेपछि प्रहरीको जवाफी कारबाहीमा उनी मारिएका प्रहरी प्रवक्ता कमलसिंह बमले बताउनुभयो ।
“प्रहरीमाथि जाई लागेपछि दोहोरो भिडन्तमा घाइते भएका घैँटेको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मृत्यु भएको हो” – नाइके समूहका सुरेन्द्र महर्जन र राज महर्जन घाइते भएको जानकारी दिँदै प्रहरी नायब महानिरीक्षक बमले बताउनुभयो ।
उहाँका अनुसार दोहोरो भीडन्तमा दुईजना प्रहरी सहायक निरीक्षक र एकजना प्रहरी जवानलाई गोली लागेको छ । गोली लागेर घाइते तीनै जना प्रहरी कर्मचारीको वीर अस्पतालमा उपचार भइरहेको छ ।
साथै घैँटे समूहका महर्जनद्वयको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको जानकारी पनि उहाँले दिनुभयो ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
शिक्षण अस्पतालमा प्रहरी र गृहमन्त्रीविरुद्ध नाराबाजी
काठमाडौं : कांग्रेसका सभासद् जगदीशनरसिंह केसीले अपराधकर्म छाडेर सुध्रिसकेका कुमार घैंटेलार्इ गृहमन्त्रीको ठाडो आदेशमा हत्या गरिएको आरोप लगाएका छन्। घैंटेमाथिको इन्काउन्टरलगत्तै शिक्षण अस्पताल महाराजगञ्ज पुगेका कांग्रेस नेतासमेत रहेका केसीले मास्क लगाएका पाँच जनाको समूहले कुमार घैंटेलार्इ घरैभित्र गोली हानेर हत्या गरेको बताएका हुन् ।


'अपराधकर्म छाडेर सत्कर्म थालिसकेको एउटा युवालार्इ कायरतापूर्वक हत्या गरेर उनको बाँच्न पाउने अधिकार खोसियो', केसीले भने, 'प्रहरीले नाटकीय रुपमा कुमारको छातीमै टाँसेर गोली हानेको पाइयो । उसले चार वर्षदेखि अपराधकर्म छाडिसकेको थियो ।'


नेता केसीले कुमारलार्इ घरैमा हत्या गरेर प्रहरीले दोहोरो भिडन्तको नाटक गरेको पनि आरोप लगाए । 'प्रहरीले कुमारको हत्या गरेको छ। अपराध गरेको भए सजाय गर्नुपर्नेमा अपराध छाडेर निर्माण व्यवसायमा लागेको मान्छे मारियो', उनले भने, 'मास्क लगाएर आएका प्रहरीले अपराधीको शैलीमा उनको ज्यान लिए । अपराध गर्दा कानुनी कारबाही गर्न छाडेर मान्छे मार्नु कहाँको कानुनीराज हो ?'

यसैबीच ठूलो संख्यामा शिक्षण अस्पतालमा जम्मा भएका कुमार घैंटेका समर्थक र कांग्रेस कार्यकर्ताले हत्याको विरोधमा नाराबाजी गरिरहेका छन् ।

सयौंको संख्यामा जम्मा भएका कांग्रेस कार्यकर्ताले गृहमन्त्री वामदेव गौतम र प्रहरीविरुद्ध चर्को नाराबाजी गरिरहेका छन्।

उनीहरुले प्रहरीले कुमारको ज्यान लिएर अपराध शुरु गरेको आरोप लगाउँदै घटनाको छानविन गर्न पनि माग गरेका छन्।
www.annapurnapost.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home