काठमाडौ, श्रावण ३ - नायिका प्रियंका कार्की डिभोर्सी हुन् भन्ने धेरैलाई थाहा नहुन पनि सक्छ। वैवाहिक सम्बन्ध टुंग्याएर उनी अमेरिकादेखि स्वदेश फिरेकी थिइन्। उनको पहिलो रिलिज फिल्म ‘थ्री लभर्स’ हो। अहिलेकी सर्वाधिक व्यस्त र चुजी नायिका प्रियंकाको हालै वाहियात लभ–स्टोरी सार्वजनिक भएको छ। तर यो उनको रियल लाइफसँग सम्बन्धित नभई फिल्म ‘वडा नम्बर ६’ को एक गीतको हो। जुन गीतमा प्रियंका र दीपकराज गिरीलाई कोरियोग्राफर गम्भीर विष्टले फिचरिङ गराएका छन्। असोज १ देखि प्रदर्शनमा आउने फिल्म ‘वडा नम्बर ६’ ले शुक्रबार उक्त गीत सार्वजनिक गरेको हो। गीतमा दीपकले को–स्टार प्रियंकाको ‘वाहियात लभ–स्टोरी’ को वर्णन गरेका छन्। युट्युबमा समेत राखिएको उक्त गीत यति बेला हिट भइरहेको छ
उज्ज्वल घिमिरेको निर्देशन रहेको फिल्मलाई दीपक र दीपाश्री निरौलाले प्रस्तुत गरेका हुन्। फिल्ममा जितु नेपाल, सीताराम कट्टेल, केदार घिमिरेको लगानीका साथमा अभिनय पनि रहेको छ। दीपकले कार्यक्रममा उपस्थित जितु र केदारलाई पैसा हालेर हिरो भएकाहरू भनेर ठट्टा गर्दा केदारले जवाफ फर्काए, ‘हामी पैसा हालेर हिरो भएका होइनौं। बरु हिरो भएपछि पैसा हालेका हौं।’ उनले त्यति थोरै पैसा हालेर पनि हिरो हुनु पाएपछि पछि नपरेको भन्दा माहोल हाँसोमय भएको थियो। फिल्म नै हास्यप्रधान भएकाले पनि कार्यक्रममा बोल्ने अधिकांशले ठट्टा गरिरहेका थिए। ‘यो फिल्म गर्दा यति मज्जा आयो कि भनेर साध्य छैन,’ नायिका प्रियंकाले त भनिदिइन् नै, ‘फिल्म सुटिङमा यस्तो रमाइलो हुने हो भने त मलाई खानु पनि पर्दैन। सुत्नु पनि पर्दैन। २४ घन्टै काम गर्न सक्थें होला।’ अघिल्लो फिल्म ‘छ एकान छ’ मा निता ढुंगानालाई नायिका बनाएका दीपक–दीपाले यसपटक भने प्रियंकालाई पत्याएका हुन्। कार्यक्रममा पनि दीपा र दीपकले प्रियंकाप्रतिको मायालाई अनेक तवरले व्यक्त गरिरहेका थिए भने प्रियंकाले पनि क्लोजनेस झल्काउँदै दीपालाई आफ्नो मुटुको टुक्रा भएको जिकिर गरिन्।/www.ekantipur.com

वि.सं.२०७२ साल साउन ३ गते आइतबार,इ स २०१५ जुलाई १९ तारिख,
नेपाल संवत् ११३५ दिल्लाथ्व,
आषाढ शुक्ल पक्षकोतृतीया तिथि, बिहान ०९:१९ बजेसम्म उप्रान्त चतुर्थी ,
मघा नक्षत्र बेलुकी ०८:३३ बजेसम्म उप्रान्त पुर्बफाल्गुनी,
ब्यतीपात योग रात्रि १०:५० बजेसम्म उप्रान्त वारियान,
गर करण बिहान ०९:१९ बजेसम्म,वाणिज बेलुकी १०:१० बजेसम्म उप्रान्त भद्रा,
आनन्दादियोगमा मुद्गर योग,
चन्द्रमा सिंहराशिमा,
काठमाडौंमा सूर्योदय ५:२० बजे, सूर्यास्त ६:५९ बजे
दिनमान ३४ घडी ७ पला
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
शरीरमा अस्वस्थता छाउनेछ,गरिरहेको काममा रोकावट आउनाले ढिला सुस्ती हुन सकछ,आज नसोचिएको आकस्मिक समाचारले दुःखी बनाउला, व्यापार–व्यवसायमा घाटा व्यहोर्नु पर्नेछ, धैर्यता कायम हुन नसक्दा काममा केहि खराबी देखिन सक्छः ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
पारिवारिक असमझदारी बढ्नेछ,मान्य जनको सुझाब सल्लाह आज अप्रिय लाग्नेछ,सामाजिक र जनता संग प्रतक्ष सरोकार राख्ने काममा फाइदा मिल्नेछ,माताको स्वास्थ्यामा कमजोरी देखिन सक्छ,कृषि तथा जग्गा जमिनको क्षेत्रमा राम्रै प्रतिफल हात लाग्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
नया कामको थालनी गरिनेछ,ब्यापार ब्यबसायमा पनि राम्रै सफलता हात लाग्ने समय छ,साथी भाइको सहयोग पाइनेछ,रचनात्मक कामा समय खर्चिने समय छ,रोकिएका कामहरु पुरा हुनेछन, दुख गरे अनुरुप सन्तोषजनक प्रातिफल पनि हात लाग्नेछ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
काममा असफलता हात लाग्न सक्छ,ब्यबसायिक पाटोमा सामान्य रोकावट आउन सक्ने देखिन्छ, बोलीको प्राभाब आज कमजोर हुनेछ भने आर्थिक अबस्था खस्कन सक्ने देखिन्छ,आत्म-सम्मानमा चोट पुग्न सक्छ,यात्रा पनि कष्टकरपूर्ण हुन सक्ने देखिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
आत्मबल दरिलो बन्ने समय छ,विशिष्ट व्यक्तित्व संगको भेटघाट फलदायी बन्नेछ,मन परेका बस्तु कपडा अलंकार जस्ता चिजहरु हात लाग्नेछन,मिष्ठान्न भोजन गर्ने सु अवसर मिल्नेछ, रोकिएका कामहरु बन्नेछ भने स्वास्थ्यमा केहि समस्या आउन सक्छ
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
शरीरमा आलस्यता देखिनेछ,आफ्नै कमि कमजोरीले गर्दा आज बिबादित बनिन सकिन्छ, प्रतिस्पर्धामा खासै सफलता हात पर्न नसक्ने देखिन्छ आफन्त तथा नजिकका व्यक्तिहरुबाट चनाखो रहनुहोला,स्थान परिवर्तनको सम्भाबना पनि देखिन्छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
ब्यबसायमका लागि साझेदारीमा गरिएको काममा बिशेष लाभ मिल्नेछ,ब्यापार व्यसाय फस्टाउनेछ,बिगत लामो समय देखि रोकिएका कामहरु पुरा गरिनेछन.तपाइले गरेको परिश्रमको आज उचित मुल्यांकन हुनेछ,पैत्रिक सम्पत्तिबात पनि लाभ मिल्ने देखिन्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ, व्यापारमा पनि राम्रै फाइदा हुने देखिन्छ,मातापिताको सहयोग र आशिर्बाद मिल्नेछ, प्रतिष्ठित काम गर्ने मौका पाइनेछ अरूलाई सजिलै प्रभावित पार्न सकिनेछ, दाम, इनाम र प्रतिष्ठा कमाउनको लागि अत्यन्त उत्तम समय रहेकोछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
स्वास्थ्यमा कमजोरी आउन सक्नेछ, अरुको कर बल र बाध्यतामा गरिएको काममै समय बित्न सक्छ, आशा देखाउनेहरूबाटै धोका पाइएला,व्यावसायिक काममा खर्च बढ्नेछ,अरूका काममा महत्वपूर्ण समय खर्चिनु पर्ने हुन सक्छ ,आथिक कारोबार कमजोर रहनेछ।
मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
गरेको काम बिग्रनाले मन खिन्न रहनेछ,आजको दिनमा लगानी र श्रमको उचित मूल्य नपाइएला, व्यक्तिगत स्वास्थ्यमा कमजोरी आउन सक्ने देखिन्छ,अप्ठ्यारो परिस्थितिमा गरिएको पुरुषार्थले फाइदा नै दिलाउनेछ, आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, सचेत रहनुहोला।।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ,व्यवसायको उन्नतिको लागि सम्झौता संगै रमाइलो यात्रा हुन सक्छ,सवारी साधन र मेसेनेरी बस्तुको आम्दानी हुनेछ, आतिथ्यपूर्ण सम्मान पाइनुका साथै कामको उचित प्रतिफल पनि मिल्नेछ,प्रेम सम्बंधा मिठास पूर्ण रहनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
निरन्तरको मेहनतले प्रतिस्पर्धामा जित दिलाउन सक्नेछ,भौतिक साधनहरु जुट्नेछन,शत्रु पक्ष तपाइको वशमा रहनेछ जिद्दी गर्ने बानीले केहि समय दुख पाइएला,मनमा सद्विचार लिनेहरूका लागि समय उत्साहजनक रहनेछ,गोपनियता राख्नुहोला ।
सुन्दर अनुहार, मिलेको अनुहार र स्मार्ट । साँच्चै भन्नु पर्दा सपनाकी राजकुमारी जस्ती । यदि यस्तै कुनै स्त्री भेट्नु भो भने यसै जान दिनुहुन्छ ? पक्कै दिनु हुन्न होला । पक्कै पनि तपाइँ उनलाई आकर्षित गर्ने कोशिस गर्नु हुन्छ होला ।
तर जति गर्दा पनि उनलाई आकर्षित गर्न नसकेमा चाँहि पक्कै रिस उठ्छ होला । यहाँ कुनै पनि सुन्दर स्त्रीसँग नजिक हुनका लागि चाहिने ५ कुराको चर्चा गरिएको छ ।
१ आँखामा आँखा राखेर कुरा गर्नुस्
हुन त यो कुरा सँधै सुन्नु भएको छ होला । आँखामा आँखा राखेर कुरा गर्नुको प्रभाव निक्कै फरक हुन्छ । यदि तपाइँलाई कस्तो कस्तो लागेको छ भने यता उता आँखा दौडिन्छन् । यसो नगर्नुस् । आँखामा आँखा राखेर कुरा गर्नुस् यसको प्रभाव नाटकीय हुन्छ । तर यसको अर्थ एककोहोरो अनुहारमा घुर्ने भनेको चाँहि होइन ।
२ हाँसी मजाक गर्नुस्
हाँसो गर्न जान्ने केटाहरु अधिकाँश केटीलाई मन पर्छ । यसको अर्थ जथाभावी हाँस्ने भनेको होइन । तर समय समयमा विभिन्न तरिकाले हाँसोको विषय निकाल्नु केटामा चाहिने अनिवार्य कला हो ।
३ बडी ल्याङ्ग्वेज
कुनै पनि स्त्रीलाई आफूप्रति आकर्षित गर्नमा मुख्य भूमिका तपाइँको हाउभाउ र भाव भङ्गिमा ले खेल्छ । तपाइँले आफूलाई कसरी प्रस्तुत गर्नु हुन्छ भन्ने कुराले तपाइँको ब्यक्तित्वप्रति स्त्रीको प्रभाव पर्छ । आत्मविश्वासी र हँसिलो मुद्रामा गरेको कुराकानीको प्रभाव नै फरक हुन्छ ।
४ भन्नुस् र सुन्नुस् पनि
कतिपय ब्यक्ति कुनै कुरा भन्नुछ भने एककोहोरो भन्ने र कुरा थपेको थप्यै गर्ने स्वभावका हुन्छन् । तर त्यस्तो गर्दा नकारात्मक प्रभाव पर्छ । आफ्ना कुरा राखेपछि उनले के भन्छिन् भनेर सँधै विचार गर्नुस् । सके सम्म दिल खोलेर कुरा गर्ने वातावरण बनाउनुस् ।
५ मौनता पनि जरुरी
कुनै पनि कुरा गरिसकेपछि केही समय मौन रहनुस् । प्रतिक्रिया सुन्नुस् । सके सम्म हाँसी मजाकका साथमा कुरा शेयर गर्नुस् ।

गर्मीको मौसम शुरु भइसकेको छ । यो मौसममा भुल्नै नहुने कु्रामा पर्छन् छाता, रेनकोट, सजिलो स्लीपर अनि पानी । असिनपसिन भएर काम गर्नु, यात्रा गर्नु गर्मीको विशेषता हो, तर यो मौसम जत्ति रोमाञ्चकारी हुन्छ त्यत्ति नै शरिरमा पानीको अभाव पनि देखापर्छ ।
पानी मात्रै पिएर भन्दा पनि शरिरमा अन्य खाद्यपदार्थको सेवनबाट पानीको पूर्ति गर्नु बुद्धिमानी हुने फिटनेस एक्सपर्ट र न्यट्रिशनिष्ट नीरज मेहताको सुझाव छ । गर्मीमा प्रशस्त पानी पिउनु त राम्रो नै हो तर ठोस खाद्यपदार्थले एकातर्फ शरिरमा पोषणको मात्रा पु¥याउँछ भने आश्चर्यचकित रुपमा पानीको मात्रालाई पनि सन्तुलित बनाईराख्छ । शरिरमा पानीको मात्र सन्तुलन गर्न कुन कुन खाद्यपदार्थ उपयुक्त हुन्छन् त ?
१. सलाद साग सलाद सागमा ९५ प्रतिशत पानी पाइन्छ । यसमा प्रोटीनको उपयुक्त मात्रा पाइनुका साथै शून्य घृतांश र थोरै मात्र क्यालोरी हुन्छ । ओमेगा थ्री फ्याट्टी एशिड, उच्च फाइबर, आइरन र क्याल्शियम पनि पाइने हुनाले सलाद सागको पोषण मूल्य उच्च छ । यसमा पाइने पर्याप्त पानीले हाम्रो शरिरलाई हाइड्रेट त गराईहाल्छ नै ।
२.ब्रोकोली एन्टी इन्फ्लेमेन्टोरी गुणका कारण गर्मीमा हुने एलर्जीहरुबाट ब्रोकोलीले त बचाउँछ नै साथै यसमा ८९ प्रतिशत पानी पाईने हुनाले यसले शरिरलाई पर्याप्त पानी पनि उपलव्ध गराउँछ ।
३. भात मोटोपना र मधुमेहबाट ग्रसित व्यक्तिका लागि भात खासै राम्रो नमानिए पनि आइरन, कार्बोहाइड्रेट र अन्य तत्वका लागि भात सर्वआहार हुन सक्छ । पाकेको भातमा ७० प्रतिशत पानी पाइने हुनाले शरिरमा भएको पानीको कमीलाई पूर्ति गर्न भातले अवश्य मद्दत गर्छ ।
४. स्याउ स्याउको बारेमा एउटा प्रचलित भनाई छ, “स्याउ खाउ, डाक्टर भगाऊ ।” फाइबर, भिटामिन सी र शरिरलाई अन्य आवश्यक तत्वका लागि स्याउ अत्यन्तै राम्रो श्रोत हो भने यसमा पाइने ८६ प्रतिशत पानीले यसलाई गर्मीको लागि उचित आहार मान्न सकिन्छ ।
५.दही ८५ प्रतिशत पानीको मात्रा बोक्ने दही गर्मीको लागि उत्तम रोजाई हुन सक्छ । दहीमा शरिरलाई आवश्यक पर्ने प्रो बायोटिक जस्ता सुक्ष्म जीवहरु पाइन्छ जसले स्वास्थ्यमा सकारात्मक असर त पार्छ नै साथै गर्मीमा हुने एलर्जीसंग लड्न मद्धत गर्दछ । दही प्रोटीन, भिटामिन डी र क्याल्शियमको पनि राम्रो श्रोत हो । रातोपाटी भिडियो हेर्न तलको बाकस थिच्नुहोस

रचना रायमाझी, राजधानीमा सफल टेलिभिजन प्रस्तोतामा पर्छिन् । नेपाली मिडियामा छाउने ध्येयसहित झापाबाट काठमाडौँ आएकी उनी माउन्टेन टेलिभिजनमा कार्यरत छिन् । झापामै टेलिभिजनबाट क्यारियर सुरु गरेकी रायमाझी काठमाडौँमा हिमालय टिभी, यस टिभीमा पनि काम गरेकी थिइन् । उनी आफूलाई सफल मिडियाकर्मी बनाउन चाहन्छिन् । महिलालाई लहरा मान्ने र कुनै थाँक्रोको सहारा चाहिने मान्यता तोड्न चाहन्छिन् उनी । उनीसँगको कुराकानीः
मिडियामा कसरी लाग्नुभयो ?
सानैदेखि सकैको अगाडि गएर बोल्न पाए हुन्थ्यो भन्ने चाहना राख्थेँ । यसका लागि स्कुलका विभिन्न कार्यक्रममा भाग लिन्थेँ । पछि स्थानीय तहमा सञ्चार माध्यमको विकास भयो र झापाको दमकस्थित सप्तरंगी एफएममा काम गर्ने अवसर मिल्यो । एफएफमा २ वर्ष काम गरेपछि झापामै हिमशिखर टेलिभिजनमा २ वर्ष काम गरेँ । ४ वर्षे पत्रकारिताको अनुभव र ब्याचलर क्लियर गरेको सर्टिफिकेट बोकेर राजधानी आएँ । पछिल्लो ४ वर्षदेखि माउन्टेन टेलिभिजनमा कार्यरत छु ।
परिवारको साथ सहयोग कस्तो छ ?
आमाबुबाको एकमात्र सन्तान म । उहाँहरुको ममाथिको अपेक्षा र सपना धरै थियो । उहाँहरु नर्स अथवा शिक्षक बनाउन चाहनुहुन्थ्यो । द्वन्द्वकालमा पत्रकारमाथि हुने हमला र आक्रमण देखेर आमबुबा धरै त्रसित हुनुहुन्थ्यो । एक मात्र सन्तान पनि गुमाउनु पर्ने हो कि भन्ने आशंकाले । द्वन्द्वकालमा पत्रकारको हात खुट्टा काट्ने, यातना दिनेदेखि ज्यानैसम्म दिने दृष्य झलझली देखेर होला यो पेशाप्रति सकारात्मक हुनु भएन । तर विस्तारै कन्भिन्स गरँे । अहिले म भन्दा बढी उहाँहरु खुसी हुनुहुन्छ ।
मिडियाकर्मी भनेर चिनाउँन पाउदा कस्तो अनुभव हुन्छ ?
धरै मेहनत र परिश्रम गरेपछि बल्ल मिडियाकर्मीको परिचय दिन सक्षम भएकी छु । अझै पनि सिक्ने क्रममै छु । समाजमा धरै इस्यु मिडियाले पर्दाफास गर्नुपर्ने भएकाले धरै जसो मिडया र मिडियाकर्मीको आलोचना हुन्छ । कसैकसैले व्यक्तिगतरुपमै अश्लली शब्द प्रयोग गर्छन् । त्यतिबेला मन खिन्न हुन्छ । सत्य र साँचो सबैलाई सुसूचित गर्नु मिडिया र मिडियाकर्मीको धर्म हो भन्ने कुराले थप हौसला दिन्छ । आफैँ सम्झिन्छु, सत्यतथ्य विषयवस्तुको उजागर गर्नु मेरो दायित्व र कर्तव्य हो । आलोचना मात्रै होइन, धरैजसो मानिसले रेस्पेक्ट पनि गर्नु हुन्छ । हौसला बढाइदिनुहुन्छ ।
मिडिया महिलाका लागि कस्तो छ ?
हरेक क्षेत्रमा महिलालाई काम गर्न सहज वातावरण छैन । वातावरण आफैँ बनाउने हो । घरभित्रै पनि त महिला सुरक्षित छैनन् नि ! जबसम्म महिलालाई आफैँ आफ्नो लागि लड्नुपर्छ भन्ने स्वचेतना हुँदैन । तबसम्म कुनै पनि स्थान महिलाका लागि सुरक्षित हुँदैन । एटलिष्ट आफ्नो शरीरदेखि पूरै विश्वमा महिलाले आफ्नो हक र अधिकारका लागि लड्न सक्नुपर्छ ।
कुनचाहिँ काम गर्न राम्रो लाग्छ ?
मलाई अलि चुनौतीपूर्ण र फरक काम गर्न मन पर्छ । समाचार वाचन त पहिलो रोजाई हो । त्यससँगै आफूले नबुझेका विषय अध्ययन गरेर विभिन्न व्यक्तित्वसँग अन्तर्वार्ता गर्ने । समाजिक विषयवस्तुमा स्थलगत रिपोर्टिङ गर्न मन पर्छ । अलिकति फरक प्रसंगमा केही मुभी र म्युजिक भियियो डिरेक्टरले काम गर्न भनिरहनु भएको छ । केही चलचित्रको स्क्रिप्ट पढेपनि मरो पर्सनालिटीमा मिल्दैन जस्तो लाग्यो । हाल दुई मुभीको स्क्रिप्ट पढिरहेको छु । समय अनुकुल भयो भने गर्न पनि सक्छु । तर कुनै पनि स्क्रिन र पपुलारिटीका लागि लागि मबाट कहिल्यै गलत कुरामा कम्प्रोमाइज हुन सक्दैन ।
के कुरा कमी छ मिडियामा ?
धेरै कुराको कमी र थोरै कुरामात्र उपलव्धी छ । एउटा चलचित्रको अभिनयजस्तै लाग्छ कहिलेकाहिँ । धरै समस्याका बाबजुद पनि आफूलाई टिकाइराख्नु नै ठूलो सफलता हो । कतिपय सञ्चारमाध्यममा महिनौँसम्म काम गरेको पारिश्रमिक नपाए पनि काम गरिरहनु पर्ने बाध्यता छ । मिडिया नबुझेका मानिसले अस्वस्थ प्रतिस्पर्धाका लागि मिडिया खोल्ने प्रवृतिले धरै बेरोजगार युवालाई मानसिक रोगी बनाउँदै छ ।
पाँच महिनादेखि कोठाभाडा र परिवार पाल्ने पीडा मनमा साँचेर दर्शकका अगाडि मुसुक्क मुस्कुराउँदै म फलानो भन्ने साहस गर्नु सानो कुरा हो र ? मिडिया मालिकले सञ्चारकर्मीलाई मानिस नै सोच्दैनन् । सोच्ने भए त यिनीहरुका पनि परिवार छन् । समस्या पर्छ । समाजमा आत्मसम्मान गिराउनु हुँदैन भन्ने कुरा बुझ्थे नि ! मिडियाभित्र आफू काम गर्न नसक्ने र चाकरी गरेर मेहेनतीलाई पछि पार्ने प्रवृति सहकर्मीबीच नै हुन्छ । यस्ता ‘मिडिया भाइरस’ जो बाहिर देखिँदैन, रहुन्जेल कहिल्यै त्यस्ता मिडिया उँभो लाग्दैन ।
तपाईलाई यो फिल्डमा कस्ले बढी सहयोग गरेको छ ?
हुन त हरेक फिल्डमा कसैको सहयोगबिना सफल हुन गाह्रो छ । तर मलाई सुरुमा मेरो परिवारकै साथ थिएन । विस्तारै धेरैले सहयोग गरे पनि म गर्वका साथ भन्छु, मेरो मेहैनत र परिश्रमले नै यहाँसम्म आउन सफल भएकी हुँ । अझै सिक्ने क्रममा छु । हरेक दिन सिकिरहेकी छु, अझै धरै विषयबस्तु बुझ्न बाँकी छ । तर दुःख लाग्छ, जतिबेला मलाई आफूभन्दा सिनियरको सहयोगको आवश्यकता थियो, त्यतिबेला कसैले केही गरेनन् ।
अहिले एक किसिमको स्टाटस भइसकेपछि धरै छन् । जसले मैले यहाँसम्म ल्याएको भन्ने भ्रम पालेर बसेका छन् । मेरो अगाडि आएर सबै कुरा भन्ने साहस जुटाउन सक्दैनन् । पछाडि कुरा काट्नेको वास्ता लाग्दैन । म त्यस्ता मानसिक रोगीलाई भन्न चाहन्छु, म लहरा होइन रुख हुँ, मलाई थाँक्रा र सिँढीको आवश्यकता छैन । तर, धरै यस्ता व्यक्ति पनि छन् जसले मलाई प्रेरणा र हौसला दिनुभयो, उहाँहरुप्रति सधैँ सम्मान छ ।
मिडियामा आउने नवप्रवेशीलाई के भन्नु हुन्छ ?
मिडिया तपाईंले जे देख्नु र बुझ्नु भएको छ, त्यो होइन । तपाईंले जे देख्नु भएको छैन, त्यही हो । रहर पूरा गर्न होइन, मिडियाका हरेक समस्यासँग जुध्ने साहस बोकेर आउनुस् । आर्थिक, सामाजिक र कतिपय अवस्थामा ज्यानै जोखिममा पर्ने अवस्था आउन सक्छ । स्क्रिनमा सभ्य बन्ने अभिप्रायले होइन, आफ्नो व्यक्तित्व नै अनुकरणीय बनाएर आउनुस । किनकी तपाईंका पाइला र शव्दको मूल्यांकन हुन्छ यहाँ ।
महिला हिँसा हरेक ठाउँमा हुन्छ भन्छन् नि ?
हामी महिला अधिकारको कुरा गर्छौँ तर अधिकार प्राप्तिका लागि लड्न डराउँछौँ । अगाडि बढ्न पुरुषको साथ र सहयोग चाहिन्छ भन्ने दिमागमा छापिएको छ । सानो कुरामा श्रीमान अथवा ब्वाइफ्रेन्ड अथवा केटा साथीले सहयोग गरोस् भन्ने चाहन्छौँ । आर्थिकदेखि लिएर सबै कुरामा उनीहरुको आसा गर्छौँ । अर्को कुरा म कतिपय केसमा महिला कमजोर हुनुमा उनी स्वयम्लाई दोष दिन्छु । ब्वाइफ्रेन्ड अथवा श्रीमानले खोजिदिएको जागिर, ब्वाइफ्रेन्डले किनिदिएको बाइक, स्कुटर, मोबाइल बोकेर आत्मसम्मान खोज्छौँ ।
जब उसले कसैमाथि लगानी गर्छ भने प्रतिफल त चाहन्छ नै । जुन पेशामा पनि लगानीपश्चात प्रतिफलको स्वतः आस हुन्छ र यो अधिकार पनि हो । त्यसैले महत्वाकांक्षी जीवन बिताउने बहानामा हामी महिला लहरा नबनौँ जता थाँक्रो भेटिन्छ, त्यतै लहरिने । यदि राम्रो काम गरेर अगाडि बढ्न सकियो भने महिलामाथि हिंसा होइन, गलत आसयसमेत व्यक्त गर्न सक्दैनन् कसैले ।
प्रस्तुतिः रेखा श्रेष्ठ
via/nepalese.org

काठमाडौं । एउटा परदेशी विदेशबाट घर फर्कदा आफ्नी श्रीमती अर्कैको अंगालोमा पाउँदा उसको मनमा के बित्ला ? यस्तै एक कथालाई दृश्यमा उतारेर म्यूजिक भिडियो तयार भएको छ ।
गायक किरण इजम लिम्बुको ‘नयनभरी तिम्रो तस्बिर’ बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको हो जहाँ यस्तै कथा समावेश छ । ५ मिनेट ५ सेकेण्डको गीतमा एउटा कथा देखाउन खोजेका छन् निर्देशक विज्ञान राईले । उनैले यो भिडियो सम्पादन पनि गरेका हुन् ।
‘ओझेल’ एल्बममा समावेश यो गीतमा शब्द र संगीत पनि गायक स्वयम्कै छ । ‘मैले यो गीतमा धेरै मिहेनत गरेको छु’, सातवर्षपछि दोश्रो एल्बम लिएर आएका किरणले भने, ‘यो गीतले मलाई ‘ओझेल’ बाट बाहिर ल्याउन मद्धत गर्छ भन्ने आशा राखेको छु ।’
ज्ञानेन्द्र शर्माले खिचेको यो गीतको भिडियोमा व्यस्त मोडल पल शाहले अभिनय गरेका छन् । उनीसंगै निशा लिम्बुले अभिनय गरेकी छिन् । भिडियोमा विवाहेत्तर सम्बन्धको परिणामलाई रोचक ढंगले प्रस्तुत गरिएको छ ।
dainiknepal.com

भक्तपुर : भाउजूको समेत साथ लिएर एक पुरुषले आफ्नी श्रीमतिलाई कुटीकुटी हत्या गरी हनुमन्ते खोलामा फालेको खुलासा भएको छ।
महानगरीय प्रहरी वृत्त ठिमीले श्रीमती मारेर हनुमन्ते खोलामा फाल्ने पति र हत्यामा सघाउने उनकी भाउजूलाई पक्राउ गरेको छ।प्रहरीले सिराहा भदैया ६ माइतीघर भएका वर्ष ३० की साहजादी खातुनलाई मारेर भक्तपुरको हनुमन्ते खोलामा फाल्ने सिराहा मनहर गोलबजार ६ बस्ने वर्ष १९ की जाविर अन्सारी र हत्यामा सहभागी अन्सारीकी भाउजू मनिका चौधरी अन्सारीलाई शुक्रबार राती काठमाडौंको कालोपुलबाट पक्राउ गरेको हो।

वृत्तका प्रहरी नायब प्रहरी उपरीक्षक भीमकिरण बोगटीका अनुसार शुक्रबार साँझ भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका ५ स्थित हनुमन्ते खोलामा खातुनको शव फेला परेको थियो।शरीरको पछाडिपट्टि घाउ र चोटपटक लागेको खातुनको सव भेटिएपछि खोजतलास गर्दै जाँदा उनकै श्रीमान् जाविर फरार रहेको पाइएको र त्यसपछि प्रहरीले खोजतलास गरी पक्राउ गरेको नायब प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए।
उनीहरु भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका ५ बालकोटमा कोठा लिएर बस्दै आएका थिए । खातुन भने मध्यपुर थिमीस्थित राजन ढुंगानाको ब्याग पसलमा काम गर्थिन् ।श्रीमान र श्रीमतीको उमेर धेरै फरक भएकाले उनीहरुबीच बेला बेलामा झैझगडा हुने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । साथै खातुनको यसअघि नै अन्य केटासँग विवाह भइसकेको हुँदा दुईजनाबीचको सम्बन्ध राम्रो थिएन । दुई वर्षअघि विवाह गरेका खातुन र अन्सारीबीच हुने झगडा प्रहरीसम्म पनि पुगेको थियो ।
घटना भएको दिन बिहीबार पनि श्रीमानश्रीमतीबीच झगडा भएको थियो । झगडाले उग्र रुप लिएपछि दुईजना बालकोटस्थित महानगरीय प्रहरी प्रभाग पुगेका थिए । प्रभागमा दुवैजनाले अब पुनः झगडा नगर्ने वाचा गरेपछि राती साढे नौ बजे श्रीमानश्रीमती कोठातर्फ लागेका थिए ।तर बाटोमा पुनः झगडा भएपछि अन्सारीले श्रीमतीलाई कुटीकुटी मारेर हनुमन्ते खोलामा फालेको प्रहरी अनुसन्धानबाट देखिएको छ।
‘प्रहरीकहाँ मिलेका दुई जना कोठातर्फ फर्कने बेला फेरि झगडा हुँदा अन्सारीले कुटपिट गर्दा मरेकी श्रीमतीलाई हनुमन्ते खोलामा फालेको स्वीकार गरेका छन्’, नायब प्रहरी उपरीक्षक वोगटीले भने, ‘श्रीमतीलाई मारेपछि फाल्नलाई अन्सारीले आफ्नी भाउजूलाई बोलाएका थिए र भाउजूले पनि देवरानीको लास खोलामा फाल्न सघाएर दुवै भागेका थिए ।’
वृत्तले प्रहरीको अपराध महाशाखाको सहयोगमा शुक्रबार राती हत्यामा संलग्न अन्सारी र उनकी भाउजू मनिकालाई काठमाडौं कालोपुलबाट नियन्त्रणमा लिएको हो ।
प्रहरीले हत्यामा संलग्न अन्सारी र मतियार बनेकी मनिका दुवैलाई कर्तव्य ज्यान मुद्दा चलाउँदै थप अनुसन्धान अघि बढाएको छ ।
annapurnapost.com