• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
थाई मिडिया खाई न्युजले बैंककमा समाचार लेखेर नेपालमा सनसनी मच्चाएको छ । नेपालका पूर्वयुवराज पारसलाई थाई प्रहरीले हत्कडी लगाएको तस्बिरले सोसल मिडियाका भित्ता भरिएका छन् । गाँजासहित पक्राउ परेर अन्तर्राष्ट्रिय रूपमा नेपाललाई बदनाम गराएको भनेर पारसप्रति घृणा गर्नेहरूले सामाजिक सन्जालमा आगो ओकलिरहेका छन्, सोमालियास्थित राष्ट्रसंघीय शिविरमा भेटिएको कुपोषित शरणार्थीजस्तो पारसको अनुहार देखेर दया गर्नेहरू चुकचुकाइरहेका छन्, राजालाई विष्णुको अवतार मान्ने कतिपयले यो तस्बिर पारसको होइन, उनको जस्तै अनुहार मिल्ने अरू कसैको रहेछ भन्ने समाचार आओस् भनेर कामना गरिरहेका छन् । तर, सर्वसाधारणको यो घृणा, करुणा र कामनाबाट बेखबर पूर्वयुवराज पारसको अनुहारमा अझै मन्द मुस्कान छ ।


अधिराजकुमार तथा युवराजका रूपमा पारसले नेपाली समाजबाट त्यस्तो आदर कहिल्यै पाएनन् जसको उनी संवैधानिक हकदार थिए । मदिराको लतमा गाडी कुदाउँदै मान्छे किचेर, डिस्कोथेकमा फायरिङ गरेर तथा आफ्नै साथी र श्रीमतीलाई पेस्तोल ताकेर उनी पटक–पटक विवादमा आए । यसमा उनको व्यक्तिगत स्वभावको पनि दोष होला, तर राजपरिवारको सदस्यका रूपमा उनलाई सिकाइएको संस्कार झन् बढी जिम्मेवार छ । राजपरिवारको सदस्यलाई भगवान् बनाउने भन्दै उनीहरूको मानवता खोसियो, त्यसैले शाही परिवारमा पारसभन्दा अघि पनि धेरै धुन्धुकारी प्रकट भए कहिले सुरेन्द्रका नाममा कहिले धीरेन्द्रका नाममा ।
नेपालमा मात्रै किन ? विश्वका सबैजसो शाही परिवारमा टाइप–टाइपका धुन्धुकारी जन्मिएका छन् । नेपालको राजसंस्था त विघटन भइसकेको छ, तर बेलायतको राजसंस्था अहिले पनि संसारभर आदरणीय छ । रानी एलिजाबेथ द्वितीया आजका मितिमा पनि बेलायत मात्र होइन, क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, पपुआ न्युगिनी, जमैका र बेलिजजस्ता १६ देशकी राष्ट्रप्रमुख हुन् । तर, तिनका नाति प्रिन्स ह्यारी कहिले चरेस घोट्दै गरेका भेटिन्छन्, कहिले पत्रकार कुट्दै गरेका भेटिन्छन् । आमा डायनाको मृत्युपछि प्रिन्स ह्यारी बेलायती सञ्चारमाध्यमका लागि यस्ता सनसनी हुन् जसले ‘डेस्क क्लोज’ गरिसकेका सम्पादकहरूलाई पनि नयाँ स्क्यान्डल सिर्जना गरेर ‘स्टप द प्रेस’ भन्न बाध्य पार्छन् ।

पारस अहिले थाइल्यान्डमा बन्दी छन्, तर त्यही देशको राजसंस्था पनि विवादमुक्त छैन । अमेरिकाको बोस्टनमा जन्मिएका र स्विट्जरल्यान्डमा हुर्किएका अहिलेका राजा भुमिबोल अदुल्यादेज १९ वर्षको उमेरमा त्यतिवेला गद्दीमा बसे जब उनका दाजु गोली लागेर आफ्नै ओछ्यानमा मृत अवस्थामा भेटिए । तत्कालीन राजालाई कसले र किन गोली हान्यो, बन्दुक बोकेर राजाको शयनकक्षसम्म पुग्ने सक्ने दुस्मन को थियो ? यो विषयलाई रहस्यमै राखेर राजा भुमिबोलले थाइल्यान्डमा ६८ वर्ष अविच्छिन्न शासन गरिसकेका छन् । सबैभन्दा लामो शासन गर्ने जीवित राजा भुमिबोलका छोरा महा भाजिरालोङकर्न उमेरले त ५७ वर्षका भइसके, तर उपद्रो गर्न छाडेका छैनन् । थाईभूमिमा चर्चा गर्नु जोखिम मानिन्छ, तर पश्चिमा मिडियाका लागि यी वृद्ध राजकुमार सधै ‘न्युजमेकर’ हुन् । पहिलो श्रीमतीबाट एउटी छोरी हुँदा उनले गर्लफ्रेन्डबाट पाँचवटी छोरी जन्माइसकेका थिए । आमासँगै बेलायत गएका छोरीहरूलाई ‘अपहरण’ गरी ल्याएको भनेर ब्रिटिस मिडियामा थाई राजकुमारको निकै ठूलो आलोचना भयो । यी सबै आलोचनालाई बेवास्ता गर्दै नयाँ बेहुली भित्र्याएका राजकुमारको व्यक्तिगत तर आपत्तिजनक भिडियो देखेर संसार चकित भयो । सुट लगाएका राजकुमार र कम्मरमा धागोको एउटा धर्सो मात्र झुन्डयाएकी राजकुमारीले ‘ह्याप्पी बर्थडे टु यु’ भन्दै कुकुरलाई केक खुवाइरहेको भिडियो दरबारमै खिचिएको थियो । राजकुमारीको तस्बिर पश्चिमा मिडियाले त ‘मोज्याक’ गरेर छापे, तर जनावरको बर्थडे मनाउँदा जनावरजस्तै नांगै हुनुपर्छ भन्ने भावी राजारानीको विवेक संसारभरि छर्लंग भएको छ ।
शाही सदस्यको उन्माद अनौठो होइन, तर आफ्नो सन्तान निराश, हतास र बर्बाद हुँदा पनि तिनका अभिभावकको बेवास्ता अनौठो र चिन्ताजनक छ । तर, यसमा पनि सर्वसाधारणको घरबारभन्दा नितान्त फरक राजाको दरबारको संस्कार नै जिम्मेवार छ । जब एउटा सर्वसाधारण बालक भोकाउँछ, खेतमा धान रोप्दै गरेका, बगरमा गिटी कुट्दै गरेका र कार्यालयमा किबोर्ड चलाउँदै गरेका आमाको दूध चस्कन्छ, त्यही दूधले जोड्छ सर्वसाधारणको परिवारमा मायाको माला । तर, धाई आमाको दूधले हुर्किएका र तस्बिर खिचाउन मात्र बाबुआमाको काखमा बस्ने अवसर पाएका ती दरबारिया बालबालिका साँच्चै अभागी हुन् । तिनले न आफ्ना बाबुआमाको न्यानो काख पाए, न आफ्ना बाबुआमाको साख जोगाउन सके ।
जावलाखेलस्थित सेन्टमेरिज स्कुलको एउटा प्रसंग निकै मार्मिक छ । तत्कालीन अधिराजकुमारी श्रुति विद्यार्थी हुँदा स्कुलले अभिभावक दिवसमा तत्कालीन महारानी ऐश्वर्यलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरेको थियो । स्कुल व्यवस्थापनले दरबारीया सचिवहरूसँग जाहेर गरेपछि महारानीबाट ४० मिनेटको समय बक्स भएको थियो । आफ्नै परिसरमा महारानीका लावालस्कर देखेर रंगिबिरंगी नानीहरू खुसीले फुरुंग हँुदै नाचिरहेका थिए, गाइरहेका थिए । नाचगानबीच समय बितेको पत्तै भएन, तर ४० मिनेट बितेपछि महारानीले घडी हेरेर एडिसीलाई घुर्न थालिन् । डराएका एडिसी आयोजकसँग गएर कार्यक्रम समापन गर्न अनुरोध गर्न थाले । आयोजकले भन्न थाले–अधिकाराजकुमारी श्रुतिको विशेष प्रस्तुति त आउनै बाँकी छ हजुर । एडिसीले यो विषय जानकारी गराउँदा पनि महारानीको मन पग्लिएन, उनले फेरि घडी हेर्न थालेपछि एडिसीले निर्धारित समय सकिएकाले कार्यक्रम समापन गर्न निर्देशन दिए । महारानीको यो स्वभाव देखेर पश्चिमा संस्कारबाट आएकी प्रिन्सिपल पनि आश्चर्यचकित भइन् र उनले ठूलो स्वरमा प्रश्न गरिन्, ‘इजन्ट सी अ मदर ?’ अंग्रेज प्रिन्सिपललाई नै आश्चर्यचकित बनाउने नेपाली आमाको यो कथा सुनाउने प्रत्यक्षदर्शीहरू अहिले पनि जिब्रो टोक्छन् ।
दरबारको नाता कति चिसो हुँदो रहेछ भन्ने उदाहरण पारसलाई हृदयाघात हुँदा पनि स्पष्ट भयो । गत वर्ष फागुनमा बैंककको समितिवेज अस्पताल पुर्‍याइएका पारस ‘अलमोस्ट डेड’ भनेर समाचार आउँदा उनका बाबुआमा पूर्वी तराईको भ्रमणमा थिए । अपेक्षा थियो, छोरालाई भेट्न बाबुआमा अविलम्ब बैंकक पुग्नेछन् । म ठोकुवाका साथ भन्न सक्छु, पारसलाई जस्तै मलाई केही भएको खबर पाउने हो भने ७० नाघेका मेरा बुबा अर्घाखाँचीबाट जिपको ढोकामा झुन्डिएर, नाइट बसको छतमा बसेर रातारात काठमाडौं आइपुग्नुहुन्छ । तर विस्मय, पारसका बाबुले अन्तिम अवस्थामा पुगेको छोरो भेट्न एअरकन्डिसन भएको जहाज चढेर जाने अवसर पनि सदुपयोग गर्न सकेनन् । पारस अचेत छन् भनेर साताभरि समाचार आइरहँदा पनि उनका बाबुले ज्योतिषिसँग छोरो भेट्न जाने दिन हेराएर समय गुजारे र नौ दिनपछि छोरो होसमा आएपछि मात्र पत्रकारलाई अन्तर्वार्ता दिँदै बैंककतिर गए । यो ढोंग र आडम्बर दरबारमा मात्र चल्छ, सर्वसाधारणको घरमा कहिल्यै देख्नु पर्दैन ।
पारस बैंककमा चौथोपटक लागुऔषधसहित पक्राउ परेका छन् । तर, लागुऔषध खाने पारस एक्लो नेपाली होइनन् । अहिले पनि यो देशमा थुप्रै किसान ज्ञानबहादुरका छोराले गाँजा खान्छन्, थुपै शिक्षक ज्ञानप्रसादका छोराले सिरिन्ज हान्छन् र थुप्रै उद्यमी ज्ञानचन्द्रका छोराले चरेस खान्छन् । तर, तिनका बाबुआमाले छोरालाई गाली गरेर, छोरासँग रोएर, सुधारगृहमा लगेर सुधार्ने प्रयत्नमा हुन्छन् । तर, पारसको दुर्भाग्य, उनी पूर्वराजा ज्ञानेन्द्रका छोरा हुन्, त्यसैले उनको दु:खमा रोइदिने बाबुआमा उनीसँग छैनन् । त्यसैले राजदण्ड समाउने भनेर प्रशिक्षित हातमा हत्कडी लगाएर प्रहरीले तस्बिर खिच्दा पनि उनी मन्द मुस्कान दिन्छन् । उनको लाचार तस्बिर देख्दा लाग्छ–उनी ‘सेल्फ भिक्टिमाइजेसन डिस्अर्डर’का सिकार भएका छन् । यो त्यस्तो अवस्था हो जब एउटा व्यक्तिले आफूलाई समाज, परिवार र परिस्थितिबाट सम्पूर्ण रूपमा लुटिएको महसुस गर्छ र आफ्नो पुनरुत्थानका सबै ढोका अँध्यारा देख्छ । त्यो अँध्यारोबाट उज्यालोमा ल्याउने सबैभन्दा ठूलो भरोसा परिवार हो, तर निर्मलनिवासमा यस्तो कठोर आत्माहरूको बास रहेछ, जसले बिग्रेको सन्तानलाई छोए आफ्नो प्रतिष्ठा जान्छ भन्ने आडम्बर पालेको छ । त्यो आडम्बरबाट निस्कने हो भने पूर्वराजा ज्ञानेन्द्रका लागि बेलायतको शाही परिवारकै उदाहरण काफी छ जहाँ दुव्र्यसनी छोरा ह्यारीलाई आफैँ हातमा समातेर दक्षिण लन्डनको पेखामस्थित फेदरस्टोन सुधारगृहमा पुगेका थिए युवराज चाल्र्स । राजकुमार ह्यारी अहिले पनि टाइसुट लगाएर स्विमिङपुलमा हाम फाल्छन्, म पुरुषसँग सहवास गर्न मनपराउँछु भनेर सार्वजनिक रूपमा बोल्छन्, तर उनको परिवार उनीसँगै छ । त्यसैले ह्यारीको हातमा हत्कडी छैन ।

नि:सन्देह पूर्वराजा ज्ञानेन्द्र फेरि कुनै न कुनै रूपमा शक्तिमा आउन चाहन्छन्, राजनीतिशास्त्रले यसलाई असम्भव भनेर इन्कार पनि गर्न सक्दैन । शाहीशक्तिको पुनरुत्थान आफँैबाट नभए बुहारी हिमानी अथवा नाति हृदयन्द्रबाट हुन सक्ला, तर पारसबाट सम्भव हँुदैन भन्ने ठहरमा ज्ञानेन्द्र पुगेका छन् भन्ने देखिन्छ । त्यसैले एउटा सचेत मानसिकताका साथ निर्मलनिवासले छोरा पारससँग दूरी बनाएको छ, भविष्यको एउटा राजनीतिका लागि वर्तमानको एउटा छोराको बलि दिन निर्मलनिवास तयार भएको छ । साँच्चै यसो भयो भने यो शृंखला एउटा छोरा पारसमाथि बाबु ज्ञानेन्द्रको अत्याचारका रूपमा मात्र होइन, मानवतामाथि राजनीतिको अपराधका रूपमा भविष्यले मूल्यांकन गर्नेछ ।
लेखकको अनुमतिमा नयाँ पत्रिका दैनिकबाट साभार
www.ratopati.com

फेसबुकमा केटाले पोखरामा डिपार्टमेन्टल स्टोर्स र चारतले घर छ भनेपछि तन, मन र धन सुम्पिएकी झापाकी युवती प्रहरीको सहयोगमा केटाको घर खोज्दै जाँदा ब्लकको एउटा कोठामा पुगिन्।

फेसबुकमै भेटिएका केटाको विश्वासमा परेर काखे बच्चा छाडी घरबाट गहना र सम्पत्ति लिएर हिँडेकी युवती लुटिएर अहिले घर न घाटकी भएकी छन् । मोबाइलमा मायाजालमा परेर धोका खानेहरूमा सोझा महिला र पुरुषहरू बढी छन्।



फेसबुक, मोबाइल र इन्टरनेटमा आउने सबै कुरा साँचो होइनन्, झूठो र धोका हुनसक्छ भनेर सचेत बन्न जरुरी छ।तपाईंको घरपरिवारका जवान सदस्य मोबाइल र फेसबुकमा झुम्मिरहने गरेका छन् ?  अथवा फेसबुकको अपरिचित व्यक्तिले तपाईंको प्रशंसा गर्दै अनुचित प्रस्ताव त राख्ने गरेको छैन ?
   
फेसबुक र मोबाइलमा भेटिएका अपरिचितलाई विश्वास गरेर मायाजालमा पर्दै हुनुहुन्छ भने होसियार हुनुहोस् । एकछिनको रमाइलोले तपाईंलाई जीवनभर धुरुधुरु रुवाउनसक्छ।

मोबाइल र फेसबुकमा साथी बनेर मीठा कुरा गर्दै अरूको जीउधनमाथि खेलवाड गर्नेहरू बढ्दै गएका छन्। लुटिनेमा अधिकांश वैदेशिक रोजगारमा गएकाका श्रीमतीहरू, माध्यमिक र उच्च शिक्षा पढ्दै गरेका छात्रा र परदेशमा धन कमाउन गएकाहरू बढी छन्।

कतिपय घटना चर्कंदै गएर समस्यामा पारेपछि पीडितहरू न्यायका लागि प्रहरी कार्यालयमा गुहार माग्न पुगेका पाइन्छन्। कास्की लेखनाथकी दुई वर्षीय छोराकी आमा कल्पना (नाम परिवर्तन) फेसबुकमा एक युवकसँग मायाजालमा फसिन्।

श्रीमान् धन कमाउन घरबाहिर गइरहने र कसैले रोकतोक नगर्ने हुनाले फुर्सदमा रहेकी उनी धेरैजसो फेसबुकमै च्याटमा व्ब्यस्त हुन्थिन्। त्यही क्रममा भेटिएका अपरिचित युवकसँग जीवन बिताउने भन्दै उनी गहना र सम्पत्ति लिई बच्चा त्यागेर हिँडिन्।

परिवारले सानो बच्चाको भविष्यका लागि भन्दै प्रहरीकहाँ उजुरी दिएर दुईपटकसम्म फर्काएर ल्याए पनि फेरि भाग्न छाडिनन्।परिवारले उनको मोबाइलको म्यासेजमा गएर हेर्दा अन्य युवकहरूसँग अश्लील कुराकानी र तस्बिर आदानप्रदान गरेको भेटेपछि स्वीकार्न नसक्ने बताए । परिवारको माया र साथबाट वञ्चित ती युवतीले यतिखेर मानसिक सन्तुलन गुमाएकी छन्।

फेसबुकमा भेटिएका युवकले पोखरामा डिपार्टमेन्टल स्टोर र चारतले घर छ भनेपछि झापाकी सरिता (नाम परिवर्तन) ले सजिलै विश्वास गरिन् । युवकलाई आफ्नो सहरमा बोलाएर तन, मन र धन सुम्पिदिइन्।

बिहे गर्छु भनेको केटाले पोखरा बोलाए पनि घरमा नलगेर बाहिर होटलमा राख्दै झुलाइरहेपछि धोका पाएको महसुस गर्दै उनले न्यायका लागि प्रहरी गुहारिन्। विभिन्न बहानामा केटीको चार लाख रुपैयाँसमेत खाइदिएकाले प्रहरीले छानबिन गर्दा केटा ब्लकको सानो कोठामा बस्दै आएको खुलासा भयो।

सम्पन्न परिवारका श्रीमान्सँग सुखद जीवन बिताउने उनको सपना यतिखेर भताभुंग भयो। लमजुङ घर भएकी रसिला (नाम परिवर्तन) को पर्वतका एक युवकसँग फेसबुकमै चिनजान भयो। कुराकानी गर्दै जाँदा एकले अर्कालाई मन पराएपछि दुवैजना विवाहबन्धनमा बाँधिए। बिहे गरेको केही वर्षपछि बच्चा जन्मियो।

श्रीमती, बच्चा र परिवारको सुखका लागि सम्पत्ति कमाउन युवक वैदेशिक रोजगारमा हिँडे। तर यता, फेसबुकमै च्याट र कुराकानी गर्ने लत बसेकी युवतीको अर्को केटासँग कुराकानीमात्रै भएन, मन पनि साटियो।

नयाँ प्रेमीसँगको कुराकानी र भेटमा होश गुमाएकी उनले काखे बच्चालाई समेत त्यागिन्। लोग्ने, परिवार र प्रहरीले समेत बच्चाका लागि घर फर्कन सम्झाउँदा उनले पटक्कै टेरिनन्।

साउदी अरबमा काम गर्न पुगेका कास्कीका २६ वर्षीय रामेशसँग फेसबुकमा भेटिएकी युवतीले सुरुमा मीठा कुराकानी गर्दागर्दै पछि पैसासमेत माग्न थालिन् । घरमा श्रीमती र दुई बच्चाको सुखका लागि परदेशमा पसिना बगाउन पुगेका उनले कमाइजति युवतीलाई नै पठाउन थाले।

नेपालमा फर्केर मोजमस्ती गर्ने योजना बनाएका उनले एअरपोर्टमा आएर फेसबुकमा भेटिएकी युवतीलाई फोन गरे। काठमाडौंमा नै लिन आउँछु र मजासँग घुमफिर गरौंला भनेकी युवतीको मोबाइल स्विच अफ भइरह्यो । फेसबुक खोलेर हेर्दा ब्लक गरिसकेकी रहिछन्।

पोखराको प्रस्याङमा डेरामा बस्दै आएकी २२ वर्षीया निशा बिहानैदेखि राति अबेरसम्म मोबाइल र फेसबुकमै व्यस्त हुन्छिन्। श्रीमान्ले कतारबाट पठाइदिएको आइप्याडमा नयाँनयाँ युवकसँग हाई हेल्लो भन्दै मीठामीठा कुराकानी गर्दै उपहार माग्नु उनको दिनचर्या नै हो।

आफूलाई अविवाहित बताउँदै फोनमा घन्टौंसम्म रल्लिएर कुरा गर्ने उनी रकम, मोबाइल, कपडादेखि रिजार्च कार्डको नम्बरसमेत माग्ने गर्छिन्।
सूचना र प्रविधिले धेरै सुविधा दिए पनि यसको गलत प्रयोगले बढाएका विकृतिका यी केही नमुना हुन्।

विशेष गरेर क्याम्पस पढ्ने तन्नेरी, परदेशीका श्रीमतीहरू, वैदेशिक रोजगारमा रहेकाहरू फेसबुकमा भेटिएकाहरूको मायाजालमा परेर घर न घाटका भएका छन्। परिवारका सदस्य र आफन्तलाई समेत झन्झटमा फसाएका छन्।
मोबाइलबाट मायाजालमा परेर धोका खानेमा सोझा महिला र पुरुषहरु बढी छन्।
धेरैजसो घटनामा ठगहरूले महिलाको धन, सम्पत्ति र जवानी मजासँग धुतेर छाडिदिने गरेका प्रहरीले जनाएको छ। फेसबुकमा झुन्डिरहने १८ वर्षीया बहिनीका कारण आफूले निकै सास्ती खेप्नु परेको पोखरा बिरौटामा बस्दै आएकी २३ वर्षीया एक महिलाले बताइन्।

बहिनी काखे बच्चा छोडेर फेरि पनि रुपैयाँ गुटमुट्याएर हिँडेको खबर दिएपछि भक्कानिँदै प्रहरी कार्यालयमा आइपुगेकी उनले रुँदै बिलौना गरिन्।'जतिखेर पनि फेसबुकमा हुन्थिन्, मोबाइल खोसेर हेर्दा, सुन्दरी, आई लभ यु, मिस यु, होटलमा कोठा लिएर बस्छु, के के लेखेको रहेछ', उनले भनिन्, ‘विचरा लोग्नेले श्रीमती र बच्चालाई भनेर दिनरात नभनी काम गर्छन्।

 ऊ भने घर छाडेर दुईचार दिन बेपत्ता भइरहने। अहिले पनि पैसा लिएर हिँडेकी घरबाट खबर आएपछि उजुरी दिन आएकी हुँ।'उनले पहिला पनि फेसबुकमा आउने केटाहरूले बहिनीले घरबाट लगेको सम्पत्ति सकेपछि अलपत्र पारेर छाडिदिएको बताइन्।

प्रहरीमा पछिल्लो समय अनुचित सम्बन्ध, धोका, जीउज्यानको नोक्सानी, पारिवारिक, सामाजिक र सांस्कृतिक विचलनका घटनाका मुद्दाहरू बढी पर्न थालेको छ। बढ्दो सहरीकरण, उपभोगवादी संस्कृतिले यस्ता विकृति बढेको जिल्ला प्रहरी कार्यालय कास्कीकी महिला तथा बालबालिका सेलकी प्रमुख चन्द्रा गुरुङले बताइन्।

'वैदेशिक रोजागारमा गएकाका श्रीमती, भर्खर क्याम्पस पढ्ने युवतीहरू बढी मात्रामा फेसबुक र मोबाइलमा भेटिएकाहरूसँग लागेर घर नै छाडेर हिँड्ने गरेका छन्', प्रहरी निरीक्षक गुरुङले भनिन्, ‘फेसबुकमा झूठो नाम, ठेगाना र फोटो हालेर अरूलाई फसाउनेहरू सक्रिय भइरहेका छन्।

कसैको जालमा आफू र अरूलाई फस्न नदिन सचेत बन्नुपर्छ।' उनले झापाकी केटी ठगिएको घटनामा पनि राजु अधिकारी नामको केटाले अर्कै नाम र ठेगाना राखेर केटीको चार लाख रुपैयाँ खाएर धोका दिएको जानकारी दिइन्।

‘फेसबुकमै साथी बनेर विवाह गरेका र पछि आफूले भनेजस्तो नभएर झगडा गर्दै बिछोड भएका घटना बढिरहेका छन्', उनले भनिन्, ‘पहिला ठीक बेठीक केही नछुट्ट्याईकन, कसैले भनेको नसुनीकन आपूmखुसी निर्णय गर्छन्। पछि धोका भयो भन्दै झगडा गर्दै छुट्टिनु पर्‍यो भन्दै आउँछन्।'

आफन्तलाई कुबाटोमा जान नदिन अभिभावकले अनावश्यक कुराहरू दिन नहुने उनले बताइन्। 'विदेशमा भएकाहरूले घरमा कुराकानी गर्न सजिलो होला भनेर महँगो मोबाइल पठाइदिएका हुन्छन्', उनले भनिन्, ‘कतिपयले त्यही चलाउँदाचलाउँदै अर्कोसँग लागेर जिन्दगी बर्बाद पारेका छन्।' श्रीमान् घर आउँदा श्रीमती र सम्पत्ति दुवै नरहने स्थिति रहेको र कतिपय पुरुषले भने वैदेशिक रोजगारबाट फर्कंदा अर्की श्रीमतीसमेत ल्याएका घटना प्रहरीमा आउने गरेका छन्।

घटनाले साह्रै जटिल मोड लिएपछि प्रहरी कार्यालयमा आइपुग्ने बताउँदै उनले धेरैजसोलाई सम्झाएर मिलापत्र गराई पठाइने गरेको जानकारी दिइन्। दिनहुँजसो प्रहरीमा आइरहने बढ्दो महत्‍वाकांक्षा, लोभ, धोका र स्वार्थले प्रेरित अधिकांश घटना केलाउँदै जाँदा मोबाइल र फेसबुकले सम्बन्ध जोडेको भेटिएको उनले बताइन्।

अभिभावकले पनि छोराछोरी र परिवारका सदस्यको गतिविधि र चालचलनमाथि निगरानी राख्ने, अनावश्यक माग पूरा गर्न नहुने उनको सुझाव छ।
जिल्ला प्रहरी कार्यालयमा विभिन्न ब्लफ कल गरेर हैरानी बनाएका कारण खोजबिन गरिदिन दिनहुँ उजुरी आउने गरेको छ।

प्रहरीले घटनाको अनुसन्धान गरी अपराधी पत्ता लगाउन मोबाइलमा कल डिटेल र इन्टरनेट प्रयोग गरिएका विषयबारे अध्ययन गर्ने गरेको छ।
'फसाउनेलाई कडा कारबाही गरिनुपर्छ' जसरी हुन्छ धन कमाउने र मोजमस्ती गर्ने उपभोगवादी संस्कृति विकास हुँदै जाँदा समाजमा विकृति र अपराध बढेको समाजशास्त्री डा. विश्वकल्याण पराजुलीले बताए।

मोबाइल, फेसबुक, इन्टरनेटमार्फत अरूलाई सजिलै झुक्याएर स्वार्थ पूरा गर्न सकिने हुनाले ठगहरूले सूचनाप्रविधिको प्रयोग बढी गर्न थालेका उनले बताए। ‘बदलिँदो विश्वपरिवेशमा हाम्रोजस्तो अविकसित देशका बासिन्दालाई फेसबुक, मोबाइल, ईमेल, इन्टरनेटबारे पूर्ण जानकारी छैन', उनले भने, ‘यी साधन प्रयोग गरी झूटो परिचय र विवरण राखेर अरूलाई धोका दिन सकिन्छ। तर अधिकांश नेपाली यसलाई पूर्ण सत्य ठानेर अरूले राखेको जालमा पर्छन् र धोका खान्छन्।

उनले पहिला ईमेलमा तपाईंलाई करोडौं रकमको चिट्ठा पर्‍यो, बधाई छ, करबापतको रकम जम्मा गरेर रकम लैजानुहोस् भन्दै आएको झूठो विवरणमा धेरै नेपाली विश्वासमा परेर ठगिएका बताए। अहिले भने फेसबुकलाई पूरै सत्य मान्ने कमजोर बुझाइ भएकाहरूलाई ठगी खानेहरू बढिरहेका उनले बताए।

इन्टरनेटमा अनेक पक्ष समेटिए पनि यौन र अश्लील विषयले धेरैलाई आकर्षित गर्ने भएकाले त्यो हेरेर प्रयोग गर्न खोज्दा विचलन आउने उनको भनाइ छ।‘सोझासीधा किशोरी, महिला र पुरुषहरू मोबाइल र फेसबुकमा जे आउँछ त्यसैलाई शतप्रतिशत विश्वास गर्छन्', उनले भने, 'अनि ठगहरूले मीठा कुरा गर्दै, आकर्षक प्रलोभन देखाएर लुट्नसम्म लुटेर बिचल्लीमा पार्छन्।' महिलाहरू सीधा हुने र अरूलाई चाँडै विश्वास गर्ने हुनाले पनि सजिलै लुटिने गरेको उनले बताए।

उनले नियोजित ढंगले लुट्नेहरूलाई कानुन कार्यान्वयन गर्ने निकायले कडा कारबाही गर्नुपर्ने र सर्वसाधारणले मोबाइल, फेसबुक र इन्टरनेटमा झूठो विवरण पनि आउनसक्ने हुनाले विश्वास गरिहाल्न हुँदैन भनेर सचेत बन्न सल्लाह दिए
annapurnapost.com
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
फेसबुक कम्पनीलाई प्रविधि उद्योगमा काम गर्नका लागि सबैभन्दा उत्तम ठाउँ मानिन्छ । नमानियोस् पनि कसरी ? फेसबुकमा काम गर्ने इन्टन्र्सले समेत २५ हजार डलर सम्म कमाउँछन्, जुन आम सहरी मानिसको औषत कमाइ भन्दा निकै बढि हो । कार्यालय समयमा निशुल्क पेय तथा खाना…. यस्तै यस्तै थुप्रै कर्मचारी मैत्री सेवा सुविधाका कारण फेसबुकका जागिरेहरुले फेसबुकको जागिरलाई नम्बर वान जागिर मान्दछन् ।

तर फेसबुकका सबै कर्मचारीहरुले फेसबुकमा रामराज्य नै छ भन्ने सोँच्छन् भन्नुभयो भने त्यो गलत हुनेछ । त्तगयचब वेबसाइटमा यहीँ विषयलाई लिएर भैरहेको बहसमा फेसबुकका इन्जिनियर, सफ्टवेयर डेभलपर्स तथा अन्य धेरै कर्मचारीहरुले आफ्नो आलोचनात्मक राय राखेका छन् ।
फेसबुकको कार्यवातावरणप्रति नकारात्मक टिप्पणी गर्नेमध्ये अधिकांस फेसबुकको जागिर छाडिसकेका पूर्व कर्मचारी हुन् । फेसबुकको जागिर छोड्नुका कारण अर्थात् फेसबुक किन काम गर्नका लागि उत्तम कम्पनी होइन ? भन्ने बारेमा उनीहरुले पेश गरेका केही तर्क यस्ता छन्-

वर्षमा कम्तिमा ६ हप्ता सातौ दिन-चौबिसै घण्टा अनकल ड्युटी गर्नुपर्ने- फेसबुकका इन्जिनियर किथ एडम्सले यस बारेमा दुखेसो गर्दै भनेका छन्- ती हप्ताहरुमा म सहरभन्दा बाहिर जान पाउँदिन । मैले त्यस समयमा सधै एउटा फूल चाज्र्ड मोबाइल फोन साथमा राखिरहनु पर्छ, ता की कुनैपनि समयमा अफिसको कलको जवाफ दिनसकुँ । रातमा सुत्ने बेला समेत मोबाइल फोनको घण्टी खुल्लै राख्नुपर्ने हुन्छ ।

कार्यस्थलमा व्यवसायिकता छैन- एक फेसबुक इन्जिनियरका अनुसार धेरै कम्पनीहरुमा मानिसहरु आफ्नो व्यवसायिक व्यक्तित्व तथा निजी जिवनशैलीलाई अलग अलग राख्दछन् । तर फेसबुकमा भने त्यसको अभाव छ । तपाइँ निजि जिवनमा जस्तो हुनुहुन्छ, जागिरमा पनि त्यस्तै भए पुग्छ । कुनै देखावटी व्यवसायिकता आवश्यक छैन । यसको खराब असर भनेको फेसबुकका कर्मचारीहरु खासै व्यवसायिक छै्रनन् ।

गोपनियताको अभाव- यस्तो ठाउँ जहाँ अफिसमा काम गर्ने कर्मचारीहरुबीच एक अर्कामा केवल ६ इन्चको मात्र दूरी रहन्छ र गोपनियता भन्ने शुन्य रहन्छ । त्यस्तो ठाउँमा चैनले काम गर्ने बारेमा सोँच्न पनि सकिन्न ।
विदामै किन नहोस् काम गर्नैपर्छ- फेसबुक इण्डियाकी जागिरे सुनयना सेनका अनुसार फेसबुकका कर्मचारीहरु विदामा बसेको किन नहोस् उनीहरु फेसबुकमा लगातार जोडिएकै हुनुपर्छ । नचाहेर पनि कैयन् फेसबुक ग्रुपमा जोडिइरहनुपर्छ र टिम तथा प्रोजेक्टका नोटिफिकेसन प्राप्त गरिरहनुपर्छ ।

एक दिनमा १६ सय भन्दा बढि इमेल-फेसबुकको जागिर छोडिसकेका केही कर्मचारीहरुको गुनासो यो छ की फेसबुकका कर्मचारीले एक दिनमै डेढ हजार भन्दा बढि इमेल चेक गर्नुपर्छ ।
इन्टर्नले समेत फैसला गर्छन्- फेसबुकका एक पूर्व कर्मचारी फिलिप सूका अनुसार कतिपय महत्वपूर्ण फैसला त्यहाँका इन्जिनियर्स तथा इन्टन्र्सहरुले लिन्छन् र त्यस्तो निर्णय आफ्नो हाकिमलाई बताउन पनि आवश्यक ठान्दैनन् । निर्णय प्रक्रियाको यस्तो थितिले गर्दा कर्मचारीहरुबीचमा आपसी सहयोगमा असर पुग्दछ तथा कम्पनीको समग्र लक्ष्य प्राप्तिमा समेत नकारात्मक प्रभाव पर्दछ ।

सधै नयाँजस्तो गर्ने- एक पूर्व कर्मचारीका अनुसार फेसबुक एक ठूलो तथा स्थापित कम्पनी हो तर उसले आफुलाई एक नयाँ स्टार्टअप जस्तो गरी प्रस्तुत गर्दछ । फेसबुकका हाकिम देखि लिएर यसका नितिहरु परिपक्व हुँदैनन् ।
व्यवस्थापनले समूह व्यवस्थापनमा ध्यान दिँदैन- फेसबुकका पूर्व कर्मचारीका अनुसार फेसबुकको मेक एन इम्प्याक्ट भन्ने मन्त्र कम्पनीको समग्र लक्ष्य प्राप्तिका लागि होइन व्यक्तिगत फाइदाका लागि सिमित छ । हरेक कर्मचारीहरु आफ्नो प्रभाव बढाउनमा मात्र लागेका हुन्छन् । म्यानेजर समेत केवल आफ्नो काममा मात्र सोच्दछ, समूह भावनाको अभाव छ ।

आफुमात्रै जानिटोपल्ने- फेसबुकका एक बेनामी कर्मचारीको गुनासो छ की कम्पनीका सस्थापक जुकरबर्ग तथा सिइओ शेरिलका एटिच्युड नै घमण्डी पाराको छ । उनीहरु आफुभन्दा जान्ने कोही छैन भन्ने ठान्छन् । उनीहरुको अधिकतम समय त अतिरिक्त क्रियाकलापमै बित्दछ ।
फेसबुकका एक कर्मचारीका अनुसार फेसबुक कम्पनीको आकार बढिरहेको छ । कर्मचारीको संख्या ४ हजार भन्दा बढि छ । तर कम्पनीले संगठन सुदृढिकरण तथा स्थायित्वमा ध्यान दिन सकिरहेको छैन ।
www.onlinekhabar.com
एजेन्सी : सोलोमन द्वीपसमूहमा शनिबार बिहान ७ म्याग्निच्यूडको भूकम्प गएको छ । अमेरिकी भूवैज्ञानिक सर्वेक्षण (यूएसजीसी) का अनुसार सोलोमन द्वीपसमूहको तटीय क्षेत्रमा ७ म्याग्निच्यूडको भूकम्प महसूस गरिएको छ । तर, यो भूकम्पबाट सुनामीको कुनै सम्भावना भने नरहेको अमेरिकन भूगर्भ विभागले जनाएको छ ।

शुरुआती रेकर्डमा भूकम्प ७.५ म्याग्निच्यूडको भएको समाचार आएको थियो । पछि रेकर्डमा सुधार गरेर भूकम्प ७ म्याग्निच्यूड बताइएको हो ।

यो भूकम्पको केन्द्रबिन्दु सोलोमन द्वीपसमूहको लाताबाट ७८ किलोमीटर पश्चिम-उत्तरमा रहेको थियो । यो स्थान राजधानी होनियाराबाट लगभग ५८३ किलोमिटरको दुरीमा रहेको छ ।

भूकम्प ७.३ म्याग्निच्यूडको बताउँदै जियोसाइन्स अस्ट्रेलियाले भूकम्प प्रभावित क्षेत्रको केही हजार किलोमीटर परसम्मको भूभागमा सुनामी आउने  आशंका जनाएका थिए ।

अमेरिकाको हवाईस्थित प्रशान्त सुनामी चेतावनी केन्द्रले यो भूकम्प ६.९ म्याग्निच्यूडको भएको जनाएको छ । सबै तथ्यांकको अध्ययनपछि वैज्ञानिकहरुले सुनामीको आशंका करिब समाप्त भएको जनाएका छन् ।

यसअघि सन् २०१३ मा सोलोमनमा ८ म्याग्निच्यूडको भूकम्पपछि सुनामी आउँदा सो क्षेत्रमा १० जना मानिसको ज्यान गएको थियो । सुनामीले बस्ती भत्काउँदा हजारौं मानिस विस्थापित भएका थिए।
मुम्बई । सलमान खानको ‘बजरंगी भाइजान’ ले धमाकेदार सुरुवात गरेको छ । रिलिडको पहिलो दिनमा नै बजरंगी भाइजानले २८ करोडको व्यापार गरेको हो ।
यो सँगै सलमान खानको यसअघिको फिल्म ‘किक’ को रेकर्डलाई बजरंगी भाइजानले तोडेको छ ।
शनिबार भारतका मात्रै कबिर खान निर्देशित ‘बजरंगी भाइजान’ ५ हजारभन्दा बढी हलमा चलिरहेको छ । बलिउडमा यसबर्ष दुई वटा फिल्म मात्रै सय करोड क्लबमा प्रवेश गरेका छन् ।
सलमानको यो फिल्मले पनि सय करोड क्लबमा स्थान बनाउने अपेक्षा गरिएको छ । सलमानको फिल्मप्रतिको सर्वसाधारणको मोहलाई ध्यानमा राखेर ११०–१५० सम्मको टिकटको मूल्य २५०–३०० कायम गरिएपनि ठूला साना सबै सहरमा हाउस फूल भएको छ भने भारतभरीका ९० देखि ९५ प्रतिशत हलमा लागेको छ ।
www.nepalsandesh.com
एजेन्सी–पृथ्वीबाट डेढ मिलियन माइल टाढाबाट जान खोजिरहेको यो छुद्र ग्रहलाई मान्छेले पृथ्वीमा झारेर बिक्री गर्न खोज्दैछन् भन्ने सुन्दा तपाईँलाई अचम्म लाग्न सक्छ ।
तर कुरा यस्तै छ । एस्टेरोइड माइनिङ कम्पनीले यो ग्रहलाई कुनै दिन पृथ्वीमा झारेर यसमा रहेको खनिज बिक्री गर्ने सपना सजाएको छ । यसमा रहेको प्लाटिनम बिक्रीबाट ५ दशमलव ४ ट्रिलियन डलर कमाउन सकिन्छ भन्ने अनुमान उनीहरुले गरेका छन् । ५ दशमलव ४ ट्रिलियन भनेको चाहिँ कति होला ? १० लाखको एक मिलियन हुन्छ । १००० मिलियनको १ बिलियन हुन्छ र १००० बिलियनको एक ट्रिलियन हुन्छ । यो छुद्र ग्रहमा रहेको खनिजको नेपाली रुपैयाँमा मूल्य निकाल्न गाह्रै छ ।
यो ग्रहको केन्द्रमा रहेको प्लाटिनम नामक धातुका कारण यसमा मानिसको चासो बढेको हो । यो छुद्र ग्रह भित्र १ सय मिलियन टन प्लाटिनम रहेको विश्वास गरिन्छ ।
यो छुद्र ग्रह पृथ्वीको जुन दूरिमा रहन्छ, त्यो भन्दा ३० गुणा नजिक आइबार आउँदै छ । बेलायतमा यस ग्रहलाई नियाल्ने तयारी भइरहेको छ । बेलायतमा ११ बजे राति यो छुद्र ग्रहको अवलोकन हनेछ । यसको नाम चाहिँ ‘एस्टेरोइड २०११ युडब्लु –१५८’ हो ।
मृत्यु संस्कार जीवनका १६ संस्कार मध्ये अन्तिम संस्कार हो ।

हिन्दु धर्म शास्त्रहरुमा दाह संस्कारपछि आत्म अन्य शरीरमा प्रवेश गर्ने उल्लेख छ । अन्तिम संस्कारको समयमा दागबत्ति दिँद मन्त्रोच्चारण समेत गर्ने गरिन्छ । शरीर अग्निमा भष्म भएपछि यसका आधारभूत पञ्च तत्वमा विलिन हुने विश्वास गरिन्छ ।



गरुण पुराणमा मृत्यु पछि पनि आत्माको परिवारका सदस्यहरुसँग मोह भैरहने र त्यस्ता ब्यक्तिलाई दुःख दिने समेत बताइएको छ । शव दाह गर्ने समयमा मृतक ब्यक्तिको आत्मलाई अव परिवारसँग तिम्रो सम्बन्ध छैन भन्ने सन्देश समेत दिने चलन छ ।

शव जलाएपछि फर्केर हेर्नु हुँदैन

शव दाह गरिसकेपछि कुनै पनि परिवारको सदस्य वा मलामीले शव जलाएको स्थाततर्फ हेर्‍यो भने जसले हेर्छ उसलाई नै आत्म भड्किने समेत गरुण पुराणमा उल्लेख छ ।

त्यसकारण कुनै पनि ब्यक्तिले लाश जलाइ सकेपछि मसानघाट तिर फर्केर नहेर्नु नै बुद्धीमानी हुन्छ ।



शरीर जलाइ सकेपछि आत्म भड्किने र कुनै पनि ब्यक्तिले पछि फर्केर हेरेमा उसलाई नै दुःख दिने भएका कारण मलामीले फर्केर नहेर्ने चलन रहेको छ । मलामीमा बच्चा समेत भएमा त्यस्ता बच्चालाई सबै भन्दा अघि लगाएर फर्किनु समेत उत्तम भनेर शास्त्रमा उल्लेख छ ।
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home