काठमाडौँ, १० असार । नेपालमा बिहीबार राति फेरि भूकम्पको धक्का महसुस गरिएको छ ।
बिहीबार राति ९ बजेर ७ मिनेट जाँदा नुवाकोटलाई केन्द्रबिन्दु बनाएर ४.३ रेक्टर स्केलको पराकम्प गएको हो । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार, भूकम्पको केन्द्रबिन्दु काठमाडौँबाट १५ किलोमिटर उत्तरपश्चिम र नुवाकोटको विदुर नगरपालिकाबाट १२ किलोमिटर दक्षिण रहेको थियो । काठमाडौँबाट नजिकै केन्द्रबिन्दु रहेका कारण काठमाडौँमा धक्का महसुस गरिएको हो । भूकम्प गएपछि कहीँ कहीँ काठमाडौँका बासिन्दा पनि घरबाहिर निस्केका छन् ।
नुवाकोट सहकर्मी भोला पौडेलका अनुसार, नुवाकोट सदरमुकाम विदुरमा भने भूकम्पको कडा नै धक्का महसुस गरिएको थियो । भूकम्पपछि विदुरका बासिन्दा अहिले घरबाहिर निस्केका छन् ।
यसअघि बुधबार दिउँसो सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

अहिले केहीबेर अघि (९ बजेर ७ मिनेट जाँदा) भूकम्पको सामान्य धक्का महसुस गएको हो । भूकम्प गएपछि काठमाडौँबासी घरबाहिर निस्केका छन् ।
नुवाकोट सहकर्मी भोला पौडेलका अनुसार, नुवाकोट सदरमुकाम विदुरमा भूकम्पको कडा नै धक्का महसुस गरिएको थियो । भूकम्पपछि विदुरका बासिन्दा अहिले घरबाहिर निस्केका छन् ।
थप विवरण आउन बाँकी छ ।
यसअघि बुधबार दिउँसो सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।
नुवाकोट सहकर्मी भोला पौडेलका अनुसार, नुवाकोट सदरमुकाम विदुरमा भूकम्पको कडा नै धक्का महसुस गरिएको थियो । भूकम्पपछि विदुरका बासिन्दा अहिले घरबाहिर निस्केका छन् ।
थप विवरण आउन बाँकी छ ।
यसअघि बुधबार दिउँसो सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।
धर्म शास्त्रमा हरेक कुराका लागि निश्चित समयको चर्चा गरिएको छ । पुजा गर्ने समय देखि नुहाउने र खाना खाने समय समेत निश्चित तोकिएको छ । भनिएका काम भनिएकै समयमा गर्दा मात्र राम्रो फल मिल्ने समेत शास्त्रमा उल्लेख छ ।
यहाँ साँझको समयमा गर्न नहुने भनेर शास्त्रमा उल्लेख गरिएका ७ कामको चर्चा गरिएको छ ।
१ सुत्नु हुँदैनः सूर्यास्तको समयमा पल्टिनु वा सुत्नु हुँदैन । यो समय भगवानको पुजा वा आराधाना गर्ने समय मानिन्छ । विरामी वा वृद्ध अथवा सुत्केरी बाहेक साँझमा सुत्नु अशुभ मानिन्छ ।
२ पढ्नु हुँदैनः सूर्यास्तको समयमा पढ्ने लेख्ने काम नगरेको राम्रो मानिन्छ । साँझको समयमा पढ्दा आँखामा नराम्रो प्रभाव पर्छ । यो समयमा केही समय मदन रहने वा सरस्वतीको आराधाना गर्नु उचित मानिन्छ ।
३ सरसफाइः साँझको समयमा घरको सफाइ गर्नु अनुपयुक्त मानिन्छ । सूर्यास्तको समय कुचो लगाउनु पनि अशुभ मानिनंछ । साँझको समयमा घर सफाइ गर्दा लक्ष्मी रिसाउने विश्वास गरिन्छ । रातिको समयमा बढार्दा आर्थिक नोक्सानी पनि हुने बताइन्छ ।
५ नङ कपाल काट्नु हुँदैनः अधिकाँश मानिसहरु दिउसोमा नभ्याए साँझमा पनि नङ काट्छन् । तर यो बानी राम्रो होइन । साँझको समयमा नङ काट्नु नराम्रो मानिन्छ । नङ काट्ने वित्तिकै नुहाउनु पनि अशुभ मानिन्छ । त्यस्तै साँझको समयमा कपाल काट्नु पनि अशुभ मानिन्छ । सके सम्म साँझको समयमा कपाल काट्नु हुँदैन ।
६ खाना खानु हुँदैनः साँझको अर्थात सूर्यास्तको समयमा खाना खानु हूँदैन । शास्त्रका अनुसार यो समय भोजन गर्दा पाचनमा समस्या हुन सक्छ । यसले पेटका अनेक रोग लाग्न सक्छन् ।
७ सुगन्धित चिज प्रयोग नगर्नुस्ः साँझको समयमा सुगन्धित तेल वा अत्तरको प्रयोग राम्रो मानिँदैन । शास्त्रका अनुसार साँझको समयमा यस्तो सुगन्धले शरीरमा नकारात्मक उर्जा बढाउँछ ।

महिलामाथि बढी आश्रित छन् पुरुषहरु त्यो त सबैलाई थाहा नै होला । महिलाहरुले पुरुसहरुको जीवनमा ठुलो भुमिका निर्वाह गरेका हुन्छन । विवाह अगाडी पिताको, विवाह पछाडी श्रीमानको र बृद्धावस्थामा छोराको सहारामा स्त्री बाँच्छन् भन्ने धारणा पनि पाइन्छ । तर कतिपय यस्ता आधारहरु छन् जसले सोच्न बाध्य नै बनाउँछ, पुरुषहरु पो महिलामाथि बढी आश्रित छन् की ? के हुन् त ती आधारहरु ? १. स्त्रीले पुरुषको जीवनमा क्रमबद्धता ल्याँउछिन् महिलाहरु पुरुषको जीवनमा अनुशासन, क्रमबद्धता र सहजता ल्याउन ठूलो भूमिका खेल्छन् ।
अस्तव्यस्त कोठालाई सही राख्न होस् वा सामानहरुलाई यथास्थान समेटेर राख्ने काममा होस् महिलालाई यस्तो काममा अगाडी देख्न सकिन्छ । तर पुरुषहरु यस्तो कुरामा लापरबाही गर्छन्, त्यसैले घरको शान्ति, अनुशासन र जिन्दगीमा सन्तुलन ल्याउन महिलाको भर पर्छन् प्रायः पुरुष । २.घरको खानामा महिलाको योगदान जीवनमा घरको खानाको महत्व निकै हुन्छ । किनकी पैसा मात्र भएर पनि हामीले स्वस्थ खाना बाहिर किनेर खान सक्दैंनौं । स्वादका हिसाबले बाहिरी खाना अब्बल भएपनि स्वास्थ्यका दृष्टिकोणले घरको खाना सबैभन्दा उत्तम हुन्छ । महिला घरको एक असल इन्टिरियर डिजाइनर मात्र होईन कुक पनि हुन्छिन् र तपाईको स्वास्थ्यको चाबी पनि उनैसंग हुन्छ । ३.बालबच्चाको हेरचाहमा महिला अगाडी बच्चालाई जन्म दिनका लागि मात्रै नभई बालबच्चाको हेरचाह गर्नमा पनि महिलामा प्रकृतिप्रदत्त स्वाभाविक गुण हुन्छ । चाहे कामकाजी महिला हुन् या एक गृहिणी, महिलाले सन्तानको हेरचार र लालनपालनमा देखाउने उर्जा र समर्पणको कुनै जवाफ छैन । बच्चाको जीवनमा पिताको भूमिका महत्वपूर्ण भएपनि आमासंगको भावानात्मक बन्धन अतुलनीय हुन्छ । ४. मातापिताको हेरचाह गर्न दत्तचित्त विवाहभन्दा अगाडी महिलाले एक छोरीका रुपमा मातापिताको सेवा गर्छिन् भने विवाह पश्चात पनि आफ्नो श्रीमानको मातापितालाई आफ्नो गुण, प्रेम र स्नेहले आफ्नो बनाउँछिन् । नेपाली समाजमा पुरुषले पनि आफ्नी श्रीमतीका मातापितालाई उत्तिकै स्नेह र आदर त दर्शाउँछन् नै तर पनि आफ्नो जन्मघर छोडेर श्रीमानको घरपरिवार सम्हाल्ने महिलाको त्याग र समर्पणसंग तुलना गर्न सकिंदैन । ५. फेशन प्रकोपबाट बचाउँछन् महिलाले प्रकृतिबाट नै सुन्दर रुपमा सृजित महिला, सजिन पनि उत्तिकै रुचाउँछन् । सज्न, श्रृंगार गर्न र फेशनअनुसारका पहिरन लगाउनमा पनि महिला निकै अगाडी हुन्छन् । पुरुषले आफ्नी बहिनी, भाउजु, श्रीमती वा प्रेमिकासंग फेशन सल्लाह पनि लिन सक्छन्, आवश्यक परेको बेला । ६. महिला आकस्मिक कोष बन्न सक्छिन् महिलाहरुमा बुद्धिमत्तापूर्वक खर्च गर्ने र बचत गर्ने बानी हुन्छ । हुन त घण्टौं विण्डो शपिङ र पसल पसल बार्गेनिङ गरेर हैरान नहुने कमै पुरुष होलान् तर महिलाको यो बानी आफ्नै परिवारको लागि हो । मितव्ययीता अपनाउने महिलाहरुले बचत पनि राम्रैसंग गर्ने गर्दछन्, जुन भविष्यमा कुनै पनि बेला काम लाग्न सक्छ । ७. अन्ततः महिला तपाईको सफलताको कुञ्जी पनि त हुन् पुरानो भनाई छ, “एक सफल पुरुषको पछाडी महिलाको हात हुन्छ” । आफ्नो सपना विर्सिएर सदैव श्रीमानलाई हौसला दिने, जीवनको उतारचढावमा साथ दिने महिला केही हदसम्म पुरुषको सफलताको क्रेडिटहोल्डर पनि हुन् । तर नबिसिऔं है, जीवनको रथमा महिला पुरुष दुबैको भूमिका चाँही बराबरी हुन्छ है ? हामीले महिला पुरुषको एउटा महत्वपुर्ण जीवनको हिस्साहो भनेर बुज्न सक्छौ ।
स्रोत : रातो पाटि

अज्ञात व्यक्तिले गोली चलाएर वीरेन्द्रको वंशनाश गरेको दाबी गरेका छन् । १९ जेठ २०५८ मा नारायणहिटीको त्रिभुवन सदन (घटनास्थल) मा ड्युटीमा रहेका तत्कालीन सैनिक हवल्दार लालबहादुर लम्तेरी मगरका अनुसार हत्याराले पहिलो गोली नै दीपेन्द्रलाई हानेको थियो ।
दरबार हत्याकान्डको तीन महिनापछि हत्याको अभियोगमा मुद्दा चलेर अहिले नख्खु कारागारमा रहेका लम्तेरी मगरले गत साता नयाँ पत्रिकासित लामो कुराकानी गरे । उनले यतिसम्म भने, ‘दीपेन्द्रको ढाडमा ६ राउन्ड र बायाँ कन्चटमा एउटा ब्रस्ट फायर भएको हो ।’
हरेक महिनाको अन्तिम शुक्रबार ‘गुड फ्राइडे’ मनाउने क्रममा त्यस रात (१९ जेठ २०५८) भोजमा सरिक तत्कालीन राजा वीरेन्द्रसहित उनको परिवारका पाँचैजना र नातेदारको पनि हत्या भएको थियो । सरकारले पहिले स्वचालित हतियार पड्किएको बताएको थियो भने पछि दीपेन्द्रले गोली चलाएर आफ्नै बाबु, आमा, भाइ र बहिनी मारेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
दीपेन्द्रले गोली चलाएका होइनन्, षड्यन्त्रपूर्वक वंश नै नाश गरेर दीपेन्द्रलाई दोषी बनाइएको हो भन्ने चर्चा जनमानसमा भए पनि घटनाका कुनै पनि प्रत्यक्षदर्शीले दीपेन्द्र हत्यारा होइनन् भनेर बयान दिएका थिएनन् । ‘दीपेन्द्रले होइन, नकाव लगाएर उनको जस्तै अनुहार बनाएको हतियारधारीले’ गोली चलाएको थियो भन्ने लम्तेरी घटनाको पहिलो ‘प्रत्यक्षदर्शी’ हुन् । उनका अनुसार नकावधारी तत्कालीन शाहजादा पारस शाहसँगै भित्र आएका थिए । ‘भोज चलिरहेको बेला पारस गाडीमा बाहिरए,’ लम्तेरीले भने, ‘केहीबरेपछि त्यही गाडीमा दीपेन्द्रको मुखुन्डोधारी भित्र आएको हो ।’
लम्तेरीले घटना हुँदा दीपेन्द्र आफ्नै खोपीमा रहेको पनि बताए । ‘मलाई नै थाहा छ- दीपेन्द्र सरकार नसा लागेर खोपीमा सुतेका थिए, नकावधारीले पहिलो गोली त्यहीँ चलाएका हुन्, त्यसपछि चारैतिरबाट गोली चल्यो, मचाहिँ केराघारीमा ल्यान्ड पोजिसनमा बसेर बचेँ ।’
लम्तेरी मगरका अनुसार दीपेन्द्र आफ्नै खोपीमा मरेका हुन् । ‘दुईजना एडिसीले लास उठाएर सैनिक प्रहरीको गाडीमा छाउनी पुर्याएका हुन् । दीपेन्द्र त्यतिबेलै मरिसकेका थिए,’ उनले भने ।
वीरेन्द्र र नीराजनको लास आफूले पनि उठाएको उनले बताए । ‘मैले पनि वीरेन्द्र र नीराजन सरकारको लास उठाएको हुँ,’ उनले भने, ‘वीरेन्द्र सरकारको लास लिएर सैनिक अस्पताल जानेमा म पनि थिएँ । सैनिक प्रहरीको गाडीमा म पछाडि बसेको थिएँ । बाटोमा वीरेन्द्रले सानो स्वरमा दुख्यो, दुख्यो भनेको मैले सुनेको हुँ । अस्पताल पुगेपछि के भयो थाहा छैन ।’
गोलीको वषर्ात्पछि सन्नाटा छाएको घटनास्थलमा पारस खालीखुट्टामै आएको उनले बताए । ‘ल अब हस्पिटल लैजानुपर्यो भनेका थिए पारसले,’ लम्तेरीले भने, ‘पारस र उनका परिवारलाई केही पनि भएको थिएन ।’
खोपीमा सुतेका दीपेन्द्र त्यहीँ मारिएको देखेका लम्तेरीले पछि दीपेन्द्र नै हत्यारा हुन् भन्दै प्रतिवेदन आएपछि आश्चर्यमा परेको बताए । दीपेन्द्र निर्दोष हुन् भन्दै उनले दरबारमा बिन्तीपत्र पनि हालेका थिए । ‘घटनाको साता दिनभित्रै जेठ २५ गते मसहित लेसनायक नरेन्द्र थापामगर, हवल्दार शिव कुँवर, नायक गुणबहादुर पुन र एउटा सिपाही भएर दरबारको प्रमुख सचिवालयमा बिन्तीपत्र हाल्यौं,’ लम्तेरीले भने, ‘हामीले बेनामी बिन्तीपत्रमा दीपेन्द्रबाट घटना भएको होइन, यसको निष्पक्ष छानबिन होस् भन्यौं ।’
आफ्नो अभिभावकजस्तो मान्छे दीपेन्द्र मारिएपछि ‘त्यतिसम्मको दुस्साहस’ गरेको उनले बताए । तर ‘कतैबाट पोल खुलेपछि २९ जेठमै आफ्नै हाकिमहरूद्वारा समातिएको’ उनले बताए । ‘पहिले दरबारमा आतंक मच्चाएको भन्दै समातियो, पछि एउटा होटलमालिकलाई मारेको भन्ने झुटो केस चलाएर मुद्दा हालियो ।’
आफू कलाकार पनि भएकोले दीपेन्द्रको प्यारो मान्छे भएको दाबी गर्दै उनले भने, ‘म सांगीतिक क्षेत्रको मान्छे, बाजा बजाउन, नाच्न, गाउन र खेल खेल्न सधैं अघि सर्थें, त्यसैले पनि दीपेन्द्र सरकारका लागि म निकै प्यारो मान्छे थिएँ ।’
उनले दीपेन्द्रलाई मुड भएको बेला खोपीमै गएर गीत गाउने गरेको पनि बताए । ‘गीत सुन्नुपर्यो भने त्यो डल्लुलाई बोलाऊ भन्ने हुकुम हुन्थ्यो । म खोपीमै जान्थें । गीत सुनाएर खुसी पार्थें,’ उनले भने ।
उनका अनुसार संगीतकार प्रवीण गुरुङलाई गाडीले किचेर मारेको आरोपमा तत्कालीन राजा वीरेन्द्रले पारसलाई कारबाही गर्न खोजेका थिए । ‘तर पारसको चुनौतीका कारण उनी (वीरेन्द्र) पछि हटे,’ उनले भने । लम्तेरी मगरका अनुसार प्रवीण गुरुङ मारिनुअघि श्रुतिले चलाएको कारको ठक्करले दरबारभित्रै तनहुँ घर भएका पुरानो गोरखगणका सिपाही मारिएका थिए । ‘ऊ ड्युटीमै उभिएको बेला गाडीको ठक्करले मर्यो । पछि बाहिर तालिमका बेला एम्बुसमा परेर मारियो भनेर परिवारलाई क्षतिपूर्ति दिइयो ।’ पारसले आफूलाई भन्दा अघि श्रुतिलाई कारबाही गर्न वीरेन्द्रलाई चुनौती दिएपछि वीरेन्द्र मत्थर भएको लम्तेरीले बताए ।
दरबार हत्याकान्ड दीपेन्द्रले नगराएको भन्ने बिन्तीपत्र लेखेको चार दिनमा पक्राउ गरिएका लालबहादुर सोह्रखुट्टेस्थित आरामदायी लजका मालिक उत्तमराज पाण्डेको हत्या अभियोगमा जेल परेका हुन् । उनी जन्मकैदको सजाय नख्खु जेलमा बसेर भोगिरहेका छन् । ‘म निर्दोष छु,’ उनले भने, ‘मलाई जेल हाल्ने कुनै आधार थिएन, तर म गरिबको छोरोलाई कानुनले पत्याएन ।’
उनको मुद्दा हेरेका अधिवक्ता भूमिनन्द चुँडालले पनि लम्तेरी निर्दोष रहेको जिकिर गरे । ‘लालबहादुरलाई जेल हाल्नुपर्ने कुनै आधार छैन,’ उनले नयाँ पत्रिकासँग भने, ‘उनलाई हत्याको अभियोग लगाइएको छ, तर त्यसको कुनै पनि प्रमाण छैन । ऊ सफाइ पाउनुपर्ने मान्छे हो ।’
नख्खु कारागारका जेलर चन्द्रप्रसाद देवकोटाले लालबहादुर कर्तव्य ज्यान मुद्दामा जेलमा रहेको बताए । देवकोटाका अनुसार उनी २ भदौ २०५८ देखि जेल छन् । जेलको रेकर्डअनुसार लम्तेरी पुरानो गोरखगणका सैनिक हुन् । लालबहादुरले आफूलाई सैनिक प्रहरीबाट नक्कली कागजात बनाएर पुरानो गोरखगणमा सरुवा मात्र होइन, घटुवा गरेर जेलमा हालिएका बताए ।
लम्तेरीको बयान
म लालबहादुर लम्तेरी मगर, घर पाल्पाको ठिमुरे हो । २०४९ सालमा सेनामा भर्ती भएर दरबारको सैनिक प्रहरीमा काम गर्न थालेको हुँ ।
म खेलाडी पनि थिएँ, गीत-संगीतमा त च्याम्पियन । ‘रोयल फेमिली’सँग एकदमै नजिक । दीपेन्द्र सरकारले मलाई यति माया गर्ने कि म कसरी भनौं ! कतिसम्म भने मेरी श्रीमती डेलिभरी हुँदा दीपेन्द्रबाट १० हजार रुपैयाँ बक्सिस प्रदान भएको थियो ।
दरबारमा काम गर्दा त मोजमस्ती थियो, खर्चको अभाव हुँदैनथ्यो । केही पर्यो भने पैसा पाइहाल्थें । दीपेन्द्र सरकारले त मलाई खोपीमै बोलाएर बाजा बजाउन लगाउने, पैसा दिने, बडो माया गर्ने ।
जागिर खाएको नौ वर्षमा मेरो जीवनमा ठूलो चोट पर्यो, मैले अनाहकमा दुःख पाएँ । महिनाको अन्तिम शुक्रबार शाही परिवारले जलपान गरेर ‘गुड प|mाइडे’ मनाउने चलन थियो । १९ जेठ २०५८ मा पनि जलपान आयोजना भयो दरबारमा । त्यो दिन म पनि बाहिरी ड्युटीमा थिएँ । दौरा, सुरुवाल, कोट र कालो टोपी लगाएर पेस्तोल भिरेर म ड्युटी गरिरहेको थिएँ । त्यतिबेला मलाई याद छ- नेपाल टेलिभिजनमा सन्तोष पन्तको ‘हिजो आजका कुरा’ कार्यक्रम आउँथ्यो ।
अबेरसम्म जलपान भइरहेको थियो । त्यहीबीचमा पारस गाडीमा बाहिरिए । एकैछिनपछि उनको गाडीमा केही मान्छे भित्र छिरे, पारस पनि छिरे । यो दृश्य त्रिभुवन सदनमा गार्ड बस्ने अरू सैनिकले पनि देखेका छन् । त्यसपछि फायरिङको आवाज आयो ।
दीपेन्द्र सरकार नसाले लठ्ठ भएर आफ्नै खोपीमा सुतेको मलाई पनि थाहा छ । भित्र जान हामीलाई अनुमति थिएन । आदेशबिना दायाँबायाँ गर्न पनि नपाइने । दरबारको ड्युटी फेरि निकै कडा हुन्छ क्या ! मैले थाहा पाएँ, पहिलो फायर दीपेन्द्र सरकारको खोपीमा भयो । त्यहाँ सात फायर भएपछि त जलपान भएको ठाउँमा एकैचोटि गोली चल्यो । बाहिर पनि । दीपेन्द्रको मुखुन्डो लाएको हतियारधारीले गोली चलायो । वीरेन्द्रका परिवारलाई ताकी-ताकी हान्यो उसले । दीपेन्द्रलाई त ब्रस्ट फायर भयो । बाहिरसमेत गोली चलेपछि ज्यान जोगाउन मुस्किल भो । म त्रिभुवन सदनअगाडि बगैंचामा लुकें ।
गोली रोकिएपछि पारस खालीखुट्टा आइपुगे, खुट्टामा जुत्ता, चप्पल केही थिएन । उनले आउनेबित्तिकै भने- ल भाइ हो, हस्पिटल लानुपर्छ । त्यसपछि घाइते र लास उठाउन थालियो । म पनि लास उठाउन गएको थिएँ । मैले वीरेन्द्र सरकार र नीराजनलाई उठाएँ । ऐश्वर्यको चिउँडो छेडेर गोली चलेको रहेछ । चिउँडो त पंखामा झुन्डिएको रहेछ ।
अस्पताल जाँदासम्म सास भएको अवस्थामा वीरेन्द्र सरकार र श्रुति थिए । धीरेन्द्रको बारेमा मलाई थाहा भएन । वीरेन्द्रको मृत्यु भइसकेको थिएन । वीरेन्द्रलाई हालिएको सैनिक प्रहरीको गाडीमा पछाडि बसेर म पनि छाउनी अस्पताल गएको थिएँ । म सम्झिन्छु, अस्पताल पुग्ने बेलासम्म वीरेन्द्र दुख्यो, दुख्यो भनेर सानो स्वरमा भनिरहेका थिए ।
सैनिक अस्पताल पुर्याइए पनि वीरेन्द्र सरकारलाई तत्कालै उपचार गरिएन, ऐश्वर्यको मुख नभएकोले प्लास्टिक सर्जरी भयो । हामीले धेरै हेर्न पाएनौं । हामी त हाकिमको आदेशअनुसार अस्पतालबाट फक्र्यौं । त्यसपछि के गरियो थाहा भएन ।
मैले आफैं देखेको, दीपेन्द्रको पहिले नै हत्या भइसकेको थियो । तर, दीपेन्द्रलाई दोषी बनाएपछि मेरो मन धेरै रोयो । म र साथीहरूले जेठ २५ गते १२ बजेतिर बिन्तीपत्र तयार गर्यौं र ४ बजेतिर प्रमुख सचिवालयमा दर्ता गर्यौं । सायद हाम्रो रेकर्ड सचिवालयमा होला अहिले पनि । बिन्तीपत्र हाल्नेमा म अगुवा थिएँ । बिन्तीपत्र दिनेमा लेसनायक नरेन्द्र थापामगर, हवल्दार शिव कुँवर, नायक गुणबहादुर पुन र अर्का एक सिपाही थियौं ।
हामीले बिन्तीपत्र दिएपछि त त्यहाँ हलचल भएछ । हामीले भनेका थियौं- दरबार हत्याकान्डमा युवराज दीपेन्द्र सरकार दोषी होइनन् । पहिलो फायर नै उनीमाथि भएको हो । त्यसकारण निष्पक्ष छानबिन होस् ।
बिन्तीपत्र हालेको चार दिनमा दरबारमा आतंक मच्चाएको भन्दै मलाई पक्राउ गरियो । २९ जेठमा ड्युटी सकेर खाना खाएर कोठामा पल्टिन लाग्दा निर्मल निवास (सदन- हाम्रो भाषामा) को फौज आएर मलाई समात्यो ।
मलाई आँखामा कालोपट्टी बाँधेर क्वार्टर गार्डमा (हिरासतमा) राखियो । जबकि मेरो दोष केही पनि थिएन । आँखामा पट्टी बाँधेर नेपाली कागजहरूमा ल्याप्चे लगाउन लगाइयो ।
एक सातापछि मलाई हनुमानढोकामा लगेर बुझाइयो । त्यसपछि मलाई एक महिनाजति झुलाइयो । कहिले सैनिक हेडक्वार्टर, कहिले प्रहरी हेडक्वार्टर, कहिले कता लगेर एक महिना झुलाइयो ।
दरबारभित्रको सैनिक हिरासतमा रहँदा मलाई ल्याप्चे लगाउन लगाइयो । पछि थाहा भयो, मलाई पुरानो गोरखगणमा सरुवा गरेर सिपाहीमा घटुवा गरेको कागज बनाइएछ । र, सैनिक प्रहरीमा रहेको मेरो कागजात सबै खतम पारिएछ । एक महिनाअघि समातेर मलाई एक महिनापछि भएको घटनामा फसाइयो ।
२ साउन २०५८ मा सोह्रखुट्टेको आरामदायी लजका मालिक उत्तमराज पाण्डेको हत्या भएको रहेछ । मैले जेलमा बसेपछि सुनेअनुसार दरबारका एक क्याप्टेनले पाण्डेलाई गोली ठोकेर मारेका रहेछन् । पाण्डे नवलपरासीका रहेछन् भन्ने मलाई फसाइएको नक्कली कागज हेरेर थाहा पाएँ । तर, कुन केसमा पाण्डेलाई किन मारियो भन्ने मलाई केही थाहा थिएन किनकि म त एक महिनाअघि नै पक्राउ परिसकेको थिएँ ।
मलाई ५ भदौ २०५८ मा पुर्पक्षका लागि भनेर जेल हालियो । जेलमा बसेर मुद्दा लडें । सुरुमा वकिल भूमिनन्द चुँडाल र पछि तारा खनालको सहयोग लिएँ । १३ फागुन २०६० मा काठमाडौं जिल्ला अदालतले मलाई दोषी ठहर गर्यो । र, म जेल परें ।
म हिरासतमा बस्दा शाही रक्षक बाहिनीका बाहिनीपति सुदर्शन खड्का, पारसका हितैषी अनुप सिंह मलाई भेट्न आइरहन्थे । उनीहरू भन्थे- दरबार तिमीप्रति पोजिटिभ छ । हामी छुटाउन पहल गरिरहेका छौँ ।
तर, दरबारले मेरो जिन्दगी बर्बाद बनाइदियो । बिन्तीपत्र हाल्ने मेरा साथीहरूलाई पनि समातियो भन्ने थाहा पाएँ, तर उनीहरू अहिले मरे-बाँचेको मलाई थाहा छैन ।
यो पनि लेखिदिनुस्- दरबार हत्याकान्डमा सैनिकहरू पनि मारिएका छन् । मलाई यकिन विवरण त छैन, तर छानबिन गरे थाहा हुन्छ । मारिएका परिवारलाई अरू केही वहानामा क्षतिपूर्ति दिइएको हुन सक्छ, तर हत्याकान्डमा सैनिक मारिएका छन् । सत्यतथ्य खोजी गर्ने हो भने पारसलाई समातेर बयान लिनुपर्छ । सबै कुरा थाहा हुन्छ । सरकारले चाहने हो भने दरबार हत्याकान्डको बारेमा निष्पक्ष छानबिन गर्न अझै पनि सक्छ ।
पर्शुराम काफ्ले/नयाँ पत्रिका
www.hamrosandesh.com
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

बर्ष २०७१ को सर्वाधिक चर्चित र सफल चलचित्र ‘कोहिनुर’ भदौमा आयोजना हुन लागेको ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’बाट बाहिरिएको छ । चलचित्रका निर्माता मध्येका एक चन्द्रप्रसाद शर्माले आयोजकसँग आग्रह गरेरै आफूहरुले अवार्डबाट हात झिकेको बताएका छन् ।
उनले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ-‘दर्ता प्रक्रिया तथा प्राविधिक त्रुटी पूर्ण तरिकाले कोहिनुर चलचित्रलाई अवार्ड कार्यक्रममा समावेश गरेको हुनाले त्यस गरिमामय अवार्ड कार्यक्रम विवादित नहोस् भन्ने मनसायले नेपा मुभिजद्धार निर्मित तथा आकाश अधिकारीद्धारा निर्देशित स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठको सविनय भेट तथा बर्षको सफल चलचित्रले एनएफडीसी अवार्डको सहभागीताबाट बाहिरन गरेको आग्रहलाई आयोजकले स्विकार गरेको छ । यसलाई अन्यथा नलिइदिन आग्रह गर्दछौ ।’
यस्तै, जेठ ११ गते अर्थात भोलीबाट यो चलचित्र काठमाण्डौका हलहरुमा पून प्रदर्शनमा पनि आउने भएको छ । चलचित्रबाट आएको कम्पनीको शेयरबाट ५० प्रतिशत रकम ‘श्रीकृष्ण श्रेष्ठ स्मृती प्रतिष्ठान’लाई हस्तान्तरण गरिने निर्माताको विज्ञप्तीमा उल्लेख छ ।
यो अवार्डको मनोनयनमा जम्मा ३ विधामा चलचित्र परेपछि यसका निर्माता असन्तुष्ट बनेका थिए ।
www.onlinekhabar.com

अमेरिका, १० असार । अमेरिकामा भूकम्पको धक्का महसुस गरिएको छ ।
अमेरिकाको अलस्कालाई केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको थियो ।
अमेरिकी भूगर्व विभागका अनुसार, प्यासिफिक समय अनुसार, ३ बजेर ३२ मिनेटमा भूकम्पको धक्का महुसस गरिएको थियो । अहिलेसम्म कुनै क्षतिको विवरण प्राप्त भएको छैन ।
अलस्कामा नेपालीहरुको पनि बाक्लै बसोबास छ । त्यहाँ रहेका नेपालीहरु पनि यो समाचार तयार पार्दासम्म सुरक्षित रहेको बताइएको छ ।
dainiknepal.com