एजेन्सी । विश्वमा कहिलेकाहि अचम्मका घटना सार्वजनिक हुने गरेको छ ।
बंगलादेशको मंडी जनजातिमा आमा र छोरीको एउटै पति हुने अनौठो व्यवस्था रहेको द गार्डियन पत्रिकाले जनाएको छ । गार्डियनका अनुसार ३० बर्षकि ओरोला डालबोटको बुबाको मृत्यु उनी सानी छदानै भएको थियो ।
उनको आमाले दोस्रो बिबाह गरिन् । दोस्रो बुबाको नाम नाटेन थियो । नाटेन डालबोटलाई अत्यन्त मन पर्ने बाबु थिए । उनी कहिले काही आफ्नी आमाले राम्रो पति पाएकोमा खुसी हुन्थिन् ।
ओरोली जव किशोरावस्थामा पुगिन् त उनले थाहा पाइन् कि उनको दोस्रो बाबुनै उनको श्रीमान् हुन् । यस्तो सुनेर उनी अचम्ममा परिन् । जसलाई बाबुको रुपमा हेरीएको थियो उनै सँग उनको बिबाह तीन बर्षको उमेरमा भइसकेको थियो । यो त्यहाँको परम्परानै हो ।
जुन महिलाको श्रीमान कम उमेरमा वित्दछन् र विधवा महिलालाई जसले स्विकार गर्दछन् उनको छोरी दोस्रो बाबुको श्रीमती बन्ने । तर विवाह गर्नेको उमेर भने विधवा श्रीमतीको भन्दा कम हुनु आवस्यक मानिन्छ ।
विधवाको बिबाह गर्दा उनको छोरीको पनि एउटै मण्डपमा एकै पुरुष सँग विबाह गर्ने प्रचलन उक्त गाउमा रहेको छ ।
परम्परा अनुसार कम उमेरका पति नयाँ पत्नि र उनको छोरीको पति बनेर दुबैको सुरक्ष गर्न सक्ने छन् ।
ओरोला र उनको आमा एउटै पतिका साथ बसेका छन् र उनीहरुको संवन्धमा समेत कुनै समस्या छैन ।
www.nepalsandesh.com

भीमज्वाला राई
३२ जेठ, काठमाडौं । बंगलादेशको ढाका निवासी मिलन डी प्युरिफिकेशनसँग गत पुसमा विवाह गरेकी सर्लाही लालबन्दीकी कमलाकुमारी विकको रहस्यमय मृत्यु भएको छ । दाजु भुवनसँग गत बुधबार बंगलादेशबाट नेपाल आउन चाहेको बताएकी बिकको शुक्रबार साँझ मृत्युको खबर आएको हो ।
कमलालाई बंगलादेशमा सासू ससुरासँग राखेर उनका पति मिलन बैदेशिक रोजगारीका लागि कुवेत गएका थिए । मिलनले फेसबुक एसएमएस मार्फत कमलाले आत्महत्या गरेको जानकारी गरेको कमलाका दाजु भुवनले बताए ।
भुवनका अनुसार आफुसँग कुरा हुँदा आफु नेपाल आउन चाहेको भए पनि मिलनले पासपोर्ट लुकाइदिएर चैत्रमा (अप्रिल २४ मा) कुवेत गएकाले आउन नसकेको कमलाले बताएकी थिइन् ।
उनले फोनमा सासू ससुरा र देवरले मानसिक तनाब दिने गरेको बताएकी थिइन् । ‘जसरी भए पनि एक हप्ताभित्र नेपाल ल्याउँछु चिन्ता नगर भनेको थिएँ, कुरा गरेको दुई दिन नबित्दै शुक्रबार राति साढे ११ बजे बहिनीको मृत्युको खबर सुन्नुपर्यो’-भुवनले भने ।
‘मेरी बहिनी आत्महत्या गर्ने खालकी होइनन्, उनी हक्की र आँटी स्वभावकी थिइन्, त्यसैले यो आत्महत्या होइन, उनकै श्रीमानका परिवारको मिलेमतोमा हत्या भएको हो, भुवनले भने-‘न्यायका लागि म सबैसँग आग्रह गर्छु ।’
भुवनका अनुसार सुरुमा मिलनले तिमीे बहिनी दुर्घटनामा परेकी छ भन्दै अस्पताल भर्ना भएको बताएका थिए । त्यसपछि आत्महत्या गरेको बताएका थिए । ‘घटनाका विषयमा बंगलादेशस्थित बहिनीको घर रहेको ढाका कालीगञ्ज नगरी रोडमा रहेका परिवारका अन्य कसैले पनि कुरा गर्न चाहिरहेका छैनन्’ भुवन भन्छन्- ‘हामीले दाहसंस्कार नगर्नुस्, हामी आउँछौं भन्दाभन्दै जवरजस्ती दाहसंस्कार गरिएको छ ।’
मिलनका आफन्तले धम्कीपूर्ण भाषामा के गर्नसक्छस गर भनेकाले घटनामाथि झन शंका बढेको दाई भुवनले बताए । आफुहरुलाई बहिनीको शवको फोटो देखाउन भन्दा पनि नदेखाएको उनले बताए ।
‘घटना भएको १० दिन बितिसकेको छ, तर मृत्युको खबर सुनेका भुवनका परिवारले अन्य केही सूचना पाएका छैनन् । घटनाको भोलिपल्टै शनिबार कुवेतबाट बंगलादेश फर्किएका मिलनले बिक परिवारको फोन उठाएका छैनन् ।
बहिनीको मृत्युको कारण बुझ्न तथा न्याय खोज्न दाइ भुवन र दिदी रमिला कालीकोटे आठ दिनदेखि काठमाण्डौंमा भौंतारिइरहेका छन् । भुवनले भने-अझैसम्म तथ्य बुझ्न सकेका छैनौं, नेपाल ट्रेड युनियन महासंघ जिफन्टको सहयोगमा परराष्ट्र मन्त्रालयमार्फत् नेपालस्थित बंगलादेश दुतावासमा निवेदन दिएका छौं ।’
परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाश सुवेदीले भने बंगलादेशमा रहेको नेपाली दुतावास मार्फत बुझ्दा कमलाको मृत्युबारे अनुसन्धान भइरहेको र चाँडै तथ्य आउने जानकारी गराएको भुवनले बताए ।
कमला कसरी पुगिन् बंगलादेश ?
परिवारमा सात बहिनी र दुई दाजुभाइ रहेका कमलाका आमाबुबाको मृत्यु १५ वर्षअघि नै भइसकेको थियो । आर्थिक रुपमा कमजोर कालीकोटे परिवारकी तीक्ष्ण दिमागकी कमला आफै केही गर्नुपर्छ भन्ने स्वभावकी थिइन् । उनको त्यही भावनाका कारण उनी ०६७ सालमा बैदेशिक रोजगारीका लागि कुवेत पुगिन् ।
पाँच वर्षमा उनी दुईपटक नेपाल आएकी थिइन् । उनले भाइबहिनीको शिक्षा दीक्षादेखि घर सञ्चालनसम्म भरथेग गरिन् । दाइ भुवनसमेत कुवेतमै थिए । दाजु बहिनीको कमाइले उनीहरुले लालबन्दीमा घरसमेत बनाए ।
कुवेतमै रहँदा बंगलादेशी नागरिक मिलनसँग कमलाको भेट भयो । करिव दुई वर्षपछि उनीहरुको सम्बन्ध वैवाहिक जीवनमा परिवर्तन भयो । गत पुस १० गते नेपाल फर्किनुपर्ने कमलालाई मिलनले बंगलादेश लगेर ईसाई परम्पराअनुसार चर्चमा लगेर विवाह गरे । त्यसपछि कमलालाई बंगलादेशमै छाडेर मिलन चैत्रमा पुनः कुवेत फर्किएका थिए ।
www.onlinekhabar.com

काठमाडौं । मानव लगायतका संसारका जीवित प्राणीमा बंश परम्परा कायम गर्न सेक्स गर्नु अनिवार्य हुन्छ ।
प्राणीहरुमा सर्वश्रेष्ठ मानव प्राणीले सेक्सबाट भरपुर आनन्द खोज्दछ । सेक्सको समयमा कसरी बढीभन्दा बढी आनन्द लिने भन्ने जुक्ति खोज्दछ । त्यो बेला सहि उपायहरु नपाउँदा यौनजीवनमा निराश समेत हुने गर्छन् । हामीले यहाँ यौन जीवनमा चरमसुख प्राप्त गर्ने केही टिप्स प्रस्तुत गरेका छौं । थाहा पाउनुहोस् । प्रयोग गर्नुहोस् ।
अध्ययनले देखाएका केही उपायहरू । सेक्सको समयमा महिलाले आफ्नो पुरुष साथीलाई जोडले अंगालोमा कस्नु उत्तम हुन्छ ।
सेक्सका बेला गरिने त्यो आलिंगनले तपाइँको पार्टनरलाई लागोस ‘कि कति धेरै माया गर्छ ?’ यसो गर्नाले दुईजनाबीचको प्रेम अझ गहिरो र मधु बन्ने अध्ययनले देखाएको छ ।
तपाइँलाई तपाइँको सेक्स पार्टनर मुडमा छैन भन्ने लाग्यो भने उसलाई तुरुन्त अंगालोमा बेर्नु उत्तम हुन्छ । जसले पार्टनरको मनमा पनि प्रेम र उत्सुकता जगाउन मद्दत गर्छ ।
सेक्सका बेला बोल्नुको साँटो केही यस्तो हाउभाउ गर्नुस जसले तपाइँको भावना संप्रेसित होस र सेक्सका लागि पार्टनरलाई साउती गरोस ।
महिलाहरूले आफ्नो पुरुष साथीलाई सेक्सका लागि आकर्षित गर्न सजिलो उपाए पनि अध्ययनले पत्ता लगाएको छ ।
त्यसका लागि महिलाले पुरुषलाई कुनै रोमान्टिक वा सेक्सी वस्तु उपहार दिन सकिन्छिन, या कुनै रोमान्छिक भिडियो देखाएर पनि आफ्नो इच्छा प्रकट गर्न सकिन्छ ।
त्यसो भएमा जस्तोसुकै पुरुष साथीले पनि तपाइँको इच्छा परा गर्न चुक्ने छैन । एजेन्सी
dainiknepal.com

नेपालगन्ज, ३२ जेठ । अंश लिएर सम्बन्धविच्छेद गर्ने प्रक्रिया झन्झटिलो र समय बढी खर्चिनु पर्ने भएकाले आफ्ना पतिसँग अंश नलिएरै सम्बन्धविच्छेद गर्ने क्रम बढेको पाइन्छ ।
बाँके जिल्ला अदालतको तथ्याङ्कअनुसार, मेलमिलापका आधारमा अंश नलिएर सम्बन्धविच्छेद गर्ने करिब १७ देखि २५ वर्ष उमेर समूहका महिलाको सङ्ख्या अधिक रहेको छ ।
सो अदालतका न्यायाधीश अम्बरराज पौडेलले कामका लागि विदेश गएका पतिसँग सम्बन्ध बिग्रेको भनी पारपाचुके गर्न आउने महिलाको सङ्ख्या अधिक रहेको बताउनुभयो ।
“यसखाले सम्बन्धविच्छेदका मुद्दा दुवै पक्षको मेलमिलापबाट ‘फास्ट ट्रयाक’को व्यवस्थाअनुसार फैसला गर्ने गरेका छौँ” – न्यायाधीश पौडेलले भन्नुभयो ।
अंशसहित सम्बन्धविच्छेद गर्दा कम्तीमा एक वर्ष लाग्ने भएकाले पनि पतिसँग व्यवहार नमिलेका महिलाले ‘सम्बन्धविच्छेद मात्र गरी पाऊँ’ भनी मुद्दा हाल्ने गरेको न्यायाधीश पौडेलले बताउनुभयो ।
सो अदालतको तथ्याङ्कमा दुनियावादी फौजदारी मुद्दामा सबैभन्दा बढी ३१४ वटा सम्बन्धविच्छेदका मुद्दा रहेको उल्लेख छ । रासस

म्यागी र केही स्थानीय चाउचाउमा मापदण्ड विपरीत हानिकारक मोनोसोडियम ग्लुटामेट एमएसजी भेटिएको छ। म्यागी चाउचाउको आयात र बिक्री–वितरण रोक्दै विभिन्न चाउचाउको परीक्षण गरिरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रारम्भिक प्रतिवेदन अनुसार म्यागी र केही स्वदेशी ब्रान्डका चाउचाउमा एमएसजी भेटिएको हो। शून्य प्रतिशत एमएसजी प्रयोग गरेको भनेर दाबी गरिरहेका केही कम्पनीको चाउचाउमा समेत उक्त तत्व भेटिएको छ। स्रोतले हानिकारक तत्व मापदण्डभन्दा बढी भेटिएका स्वदेशी चाउचाउको नाम भने बताउन चाहेन।
देशका विभिन्न भागबाट म्यागी र नेपाली चाउचाउको नमूना लिएर परीक्षण गरिरहेको विभागले केहीमा मापदण्ड विपरीत एमएसजी भेटेको स्रोतले बतायो। मापदण्डविपरीत एमएसजी भेटिएका चाउचाउमा खाद्य ऐनअनुसार प्रतिबन्ध लगाउन सकिन्छ। खाद्य ऐनअनुसार कुनै पनि चाउचाउमा एक प्रतिशतभन्दा धेरै एमएसजी प्रयोग गर्न पाइँदैन। केही उद्योगले एमएसजी प्रयोगै नगरी उत्पादन गरिरहेको बताएका छन्। कुनैले एक प्रतिशतभन्दा तल प्रयोग गरेको जनाएका छन्। विभागको परीक्षणमा भने एमएसजी प्रयोग नै नगरेको भन्दै आएका चाउचाउमा समेत उक्त तत्व भेटिएको छ। कुनैमा कम्पनीले दाबी गरेभन्दा धेरै एमएसजी पाइएको छ। नागरिक दैनिकमा खबर छ ।
www.canadanepal.net

मुम्बई । श्रीमानलाई धोका दिएको भन्दै एक हिरोइनलाई प्रहरीले अदालतको आदेशमा पक्राउ गरेको छ ।
प्रहरीले पाकिस्तानकी अभिनेत्री मीरालाई आइतबार उनकै घरबाट पक्राउ गरी अदालतको आदेश अनुसार हिरासतमा राखेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मीराविरुद्ध लाहौरको कैण्ट अदालतका सिविल जजले प्रहरीलाई पक्राउ आदेश दिएका हुन ।
मीरामाथि आरोप छ कि उनले आफ्नै श्रीमानलाई धोका दिएकी छिन् । डेली टाइम्सका अनुसार (इर्तिजा रुबाब) उनलाई फिल्मी नाम मीरा भनेर चिनिन्छ । उनी विरुद्ध अतिकुर्रहमानले उजुरी दर्ता गरेका थिए ।
अतिकुर्रहमान मीराका श्रीमान हुन् । र उनको आरोप छ कि मीराले उनलाई धोका दिएकी छिन् । जजले आगामी सुनवाईमा मीरालाई अदालतमा पेश गर्न प्रहरीलाई निर्देशन दिएको छ ।
आफूलाई मीराको श्रीमान बताउने रहमानका अनुसार मीराले उनसँग विहे गरिन । तर फेरि उनले क्याप्टेन नवेद परवेज नामका व्यक्तिसँग गुपचुपमा दोस्रो विहे गरिन् ।
रहमान भन्छन्-‘मेरी श्रीमती हुँदाहुँदै मीरा दोस्रो विहे गर्नै सक्दिनन् ।’ यसैका कारण रहमानले लाहौर कोर्टमा मुद्दा दर्ता गरेका हुन् । कयौं पटक अदालतको पत्रलाई बेवास्ता गरी कोर्टमा हाजिर नभएको भन्दै मीराविरुद्ध पक्राउ पुर्जी जारी गरिएको समाचारमा जनाइएको छ ।
मीराले बलिउड फिल्म ‘नजर’ र ‘कसक’ नामको दुई फिल्ममा काम गरिसकेकी छिन् । एजेन्सी

थुप्रै मानिसहरुको विश्वास छ कि जन्मेको महिना, गते, समय अथवा पलले मानिसको जीवनमा प्रभाव पार्ने गर्दछ । यसका साथसाथै दिनको असर पनि जीवन र व्यक्तित्वमाथि हुने गर्दछ त्यसकारण त आजकालका मानिसहरु आफ्ना बच्चाको जन्म यो दिनमा होइन, यो दिनमा गराउनुस् भनेर डाक्टरहरुलाई आग्रह गर्ने गर्दछन् ।
भारतीय अंक ज्योतिष श्रीमती ज्योतिमा शर्माले सोमबार जन्मेका व्यक्तिहरुको निम्नलिखित गुणहरु बताएकी छिन्ः
१. सोमबार जन्मेका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ ।
२. तपाईं मृदुभाषी हुनुहन्छ तर तपाईं निकै मुडी हुनुहुन्छ ।
३. तपाईं निकै संवेदनशील हुनुहुन्छ त्यसकारण निकै चाँडै नर्भस हुनुहुन्छ ।
४. तपाईंलाई आफ्नो परिवारसँग समय बिताउन निकै रमाइलो लाग्छ ।
५. तपाईंका लागि सम्बन्ध निकै महत्व राख्नेछ ।
६. तपाईं पढाईमा तिक्ष्ण हुनुहुन्छ र आफ्नो करियरमा निकै माथि पुग्नुहुन्छ ।
७. सोमबार जन्मने महिलाहरु भविष्यमा निकै माया र केयर गर्ने श्रीमतीको रुपमा परिचित हुन्छिन् ।
८. सोमबार जन्मेका पुरुषहरु निकै माया गर्ने स्वभावका हुन्छन् तर अलि लोभी हुने भएका कारण उनीहरुले प्रायजसो आफ्नी श्रीमतीको गाली सुन्नुपर्ने हुन्छ ।
९. तपाईं आफ्नो सौन्दर्यमा निकै ध्यान दिनुहुन्छ र तपाईंको सुन्दरताले धेरैजसोलाई आकर्षित पनि गरेको हुन्छ ।
१०. हुन त तपाईं सबैलाई सम्मान गर्नुहुन्छ तर तपाईंको मुडी स्वभावले तपाईंलाई तनाव दिने गर्दछ । (एजेन्सी)
भिडियो हेर्न तलको बाकस थिच्नुहोस