• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
नेपाल टेलिकम र इन्टरनेट सेवा प्रदायक कम्पनी (आईएसपी)हरुले भूकम्पबाट प्रभावित जिल्लाका अस्थायी शिविरमा निःशुल्क वाईफाई जोन राख्ने भएका छन् ।

भूकम्पबाट बढी प्रभावित १४ जिल्लालाई लक्षित गरी कम्पनीहरुले वाईफाईमार्फत इन्टरनेट सेवा दिन लागेका हुन् । सञ्चारका साथै आफन्तसँग नजिक हुने माध्याम इन्टरनेट सुविधा अभावले भूकम्प प्रभावित क्षेत्रमा थप सास्ती भएको छ । कतिपय जिल्लामा सरकारी कामकाजसमेत ठप्प छ भने इन्टरनेटकै लागि सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको छ ।
नेपाल टेलिकमले दोलखा, सिन्धुपाल्चोक, गोरखा, नुवाकोटलगायत १४ जिल्लालाई वाईफाई सेवा दिने कार्यक्रम स्वीकृत गरेको छ । भूकम्प गएलगत्तै एक सातासम्म उसले आन्तरिक तथा बाहृय टेलिफोन/इन्टरनेट निःशुल्क गरेको थियो ।
कम्पनीले बढी प्रभावित जिल्लामा पीडितले इन्टरनेट सुविधाबाट बञ्चित हुनु नपरोस् र आफन्तसँग पहिलेजस्तो सम्पर्क कायम होस् भनेर यस्तो सुविधा ल्याइएको टेलिकम प्रवक्ता प्रतिभा वैद्यले बताइन् । वाईफाई सेवा लिन सम्बन्धित स्थानमा कम्तीमा ५० घर परिवार वा १५० जनसंख्या हुनुपर्ने सर्त उनले सुनाइन् । कारोबार दैनिकमा खबर छ
dainiknepal.com
तपाईंले चाहने हो भने तपाईंको अर्बपति छोराले सायद संसारको जुनसुकै कुनामा राखेर पनि ऐशआरामसँग राख्न सक्नुहुन्थ्यो होला । तर, तपाईंले आफ्नै पाखापखेरा अनि परिवेश रोज्नुभयो । आफ्नै माटोमा मर्न चाहनुभयो । परदेशमा पजरो चढन् भन्दा आफ्नै पतिले सिर्जना गरेको पाखापखेरामा पैदलै हिँडन चाहनुभयो । तपाईँको प्रशंसाको लागि जतिनै अक्षर पोखे पनि अपुग हुन्छ ।
पूज्यनीय आमा नमस्कार !
आमा ! सन्चै हुनुहन्छ कि बिसन्चो, त्यो त थाहा छैन् । ८६ बर्षको उमेरमा पनि एक्लै बस्दै आउनुभएको छ भन्नेसम्म थाहा पाएँ । बुढेशकालको जिन्दगी एक्लै गुजार्नु पर्दा नरमाइलो त पक्कै लाग्दो हो । कति निश्चल मन तपाईको, छोराले सुःख सुबिधासँग राख्न खोज्दा खोज्दै पनि लोभिनु भएन । देश, बिदेश चहारेर संसार देख्नुभो । तर, पनि आफ्नै जन्मथलो छाड्न मान्नु भएन ।
तपाईबारेको खोजमुलक समाचार दैनिक नेपाल डटकममा पढेँ । अति मार्मिक लाग्यो । त्यसैले चिठी लेख्न थालेँ । मलाई थाहा छ आमा, तपाईँले आफै त यो चिठी पढ्न सक्नुहुन्न । तपाईँको एउटा फुलो छ । बुढ्यौलीले आँखा पनि राम्रोसँग देख्न सक्नुहुन्न होला । तर, दैनिक नेपालमा प्रकाशित भएको समाचार पढेर नसक्दै मेरो हातले कलम समाउने पुगे र चिठी लेख्न थालेँ । कसैले पढेर तपाईंलाई बेलीविस्तार लगाइदिन्छ भन्नेमा विश्वस्त छु ।

शारदा गैरै
आमा ! यो उमेरमा पनि तपाईंको सक्रियता देख्दा साह्रै खुसी लाग्यो । दुनियाँलाई चक्मा दिने जोश छ तपाईँसँग । उस्तै जाँगर । यो उमेरमा पनि गाउँकै उकालीओराली गर्न मन पराउनु हुन्छ । नेपालीहरु देश छोड्न हतारिँदा तपाईँ भने गाउँलाई माया गरेर सतिसालझैँ उभिनुहुन्छ । समाजसेवाको काममा सक्रिय हुनुहुन्छ । यो थाहा पाउँदा म तपाईसँग नतमस्तक छु ।
तपाईँका छोराछोरी कति भाग्यमानी ! तपाईँ जस्ती महान आमाको कोखबाट जन्मिन पाए । अनि तपाई पनि उस्तै भाग्यमानी हुनुन्छ । बिश्वले आदर गर्ने शेष घलेजस्ता सपुतलाई जन्मदिनुभयो । शेष घले तपाईंको मात्र छोरा होइन्, धेरै नेपाली आमाको छोरा हो । बैशाख १२ गतेको महाभूकम्पपछि अष्ट्रेलियादेखि नेपाल आएर गाउँ गाउँका आमाहरुलाई सेवा गर्नुभयो, कयौँ दिनसम्म अन्न देख्न नपाएका दाजुभाइ, दिदीबहिनीलाई राहत दिनुभयो । हो, तपाईंलाई भेट्न आउन पाउनु भएन होला । त्यसैले तपाईँले आफूलाई अभागी नसम्झनु आमा ! झन् तपाईंले आँखाबाट आँशु झार्ने त कुरै भएन ।
हुन त हरेक आमा आफैमा महान हुन्छिन । उनीहरु भएभरको पीडा आफै बोकेर आफ्नो सन्तानलाई खुसी पार्न हतारिन्छन् । नौ महिनासम्म कोखको पीडा सहेर पनि सन्तानको खुसीका लागि आफ्नो हर खुशीहरुलाइ बलस् चढाउँछन् । आमा शब्दनै महान छ । तर, पनि तपाईँको महानताको उचाई निकै अग्लो छ । सिंगो नेपालीले गर्व गर्न लायक छ । तपाईँ विदेशीहरुसमक्ष शिर झुकाउन चाहनुभएन । तपाईंले चाहने हो भने तपाईंको अर्बपति छोराले सायद संसारको जुनसुकै कुनामा राखेर पनि ऐशआरामसँग राख्न सक्नुहुन्थ्यो होला । तर, तपाईंले आफ्नै पाखापखेरा अनि परिवेश रोज्नुभयो । आफ्नै माटोमा मर्न चाहनुभयो । परदेशमा पजरो चढन् भन्दा आफ्नै पतिले सिर्जना गरेको पाखापखेरामा पैदलै हिँडन चाहनुभयो । तपाईँको प्रशंसाको लागि जतिनै अक्षर पोखे पनि अपुग हुन्छ । किनकी तपाईँको देशप्रेम र मातृभूमिप्रतिको माया अक्षरमा वर्णण गर्न सम्भव छैन् ।
श्रीमानप्रति कति अगाढ माया तपाईको ! दिनरात उहाँकै सम्झनामा डुब्नु हुँदोरहेछ । हुन त आमाको आँखामा आफ्नो सन्तान सँधै सानै हुन्छ । तर, आज तपाईँलाई शेषको आमा भनेर देशले चिनेको छ । शेष जस्तो सपुत दिने आमालाई देशले माया गर्छ, आँशु नखसालिदिनु होला । तपाईँ जस्तो साहसी आमाको आँखामा आँशु सुहाउँदैन ।
हुन त मानिसलाई धन र दौलतले कहिल्यै पुग्दैन् । अष्ट्रेलियाको अर्बौ सम्पत्ति भन्दा तपाईँलाई नायुको भेडाबाख्रा र खेतको मुल्य नै बढी छ । तर, तपाईँको छोरा धनले मात्र होइन्, मनले पनि सम्पन्नशील हुनुहुन्छ । अस्ति भर्खर एक अर्ब रुपैँयाको कल्याणकारी कोष स्थापना गरेको थाहा पाउनु भो ? त्यो विकट गाउँमा जन्मेको छोरालाई आज संसारले चर्चा गर्छ । यो नभुल्नु, शेष जस्ता छोराको आमा बन्ने शौभाग्य कमैले मात्र पाउँछन् ।
हो, तपाईले भोग्नु भएको पहिलेका ती पीडा गनिसाध्य छैनन् । तर, अब ती दुःख तपाईँबाट टाढा भागिसकेका छन् । सुखसयलसँग जीवन बिताउन सक्नुहुन्छ । संसारको जुनकुनै ठाउँमा पनि तपार्इँ सानको साथ आफ्नो जीवन जिउन सक्नुहुन्छ । तपाईको छोराले त्यो हैसियत कायम गरिसकेका छन् । अब दाउराको धुवाँमा पिरोलिनु पर्दैन, बिहानै उठेर पानी बोक्न पनि पर्दैन । हिँड्नु पर्दैन । घरको सिँडी ओर्लनु पर्दैन, लिफ्टबाट सरर झरे पुग्छ । तर, यी सबै सुविधा तपाईँका लागि मुल्यहीन छन् । मानिसहरु धर र दौलतको पछाडि दौडिरहेको बेला तपाईँ भने सारा सुख सम्पत्तिबाट टाढा हुनुहुन्छ, गाउँको सामान्य आमा हुनुमै गर्व गर्नुहुन्छ यो नै तपाईंको महानता हो ।
आमा मानिस रहरले को परदेशी हुन्छ र ? तपाईँ जस्तो कथा लाखौँ नेपाली आमाको कथा हो । किनकी शेषजस्ता लाखौँ नेपाली सपुतहरु यतिबेला परदेशी माटोमा श्रम र सीप बेचिरहेका छन् । त्यसैले तपाईँको कथा व्यथा पढेर धेरैले आफ्ना आमा सम्झेका छन्, धेरैले आँशु पनि खसाले होलान् । आफ्नो प्रिय परिवारलाई छाडेर परदेशमा बस्न कस्लाई मनलाग्छ र आमा ? त्यसैले आफूलाई कहिल्यै पनि अभागी नठान्नु होला आमा । बरु आफ्नो स्वास्थ्यको ख्याल राख्नु । दिर्घायूको कामना ।

अर्बपति शेष घलेको आमाले रुँदै भनिन्, ‘सबैभन्दा अभागी रहेछु’

केटीहरुलाई बचपन देखि नै मान मर्यादा र इज्जतको बारेमा धेरै कुरा सिकाइन्छ । केटीहरुलाई सँधै घरको इज्जत तेरै हातमा छ । केटी जस्तो हुनु पर्छ इत्यादी कुरा भन्ने गरिन्छ । तर जमाना बदलिएको छ । त्यसरी नै बानी ब्यवहार पनि । केटीहरु आजकल बदलिएका छन् । उनीहरु आफ्नो निर्णय आफै गर्न सक्ने भएका छन् । तर पनि अधिकाँश सम्बन्धमा धोका दिएकोरुपमा महिलालाई नै प्रस्तुत गरिन्छन् । महिलाहरुले किन दिन्छन् त धोका ?

एक जर्नलले गरेको अध्यनमा यस्तो देखियोः


१ ध्यान नदिनु
कुनै पनि सम्बन्धमा आपसी प्रेम र हेरचाह महत्वपूर्ण हुन्छ । यस्ता कुरामा ध्यान दिन छोडेपछि सम्बन्ध धरापमा पर्छ । महिलाहरु बढी भावुक हुने हुँदा यसको असर उनीहरुमा छिटो पर्छ । घरमा निरन्तर प्रेम र हेरचाहको अनुभव भएन भने महिलाले विवाहइत्तरमा सम्बन्धमा जान्छन् ।

२ बदलाको भावना

सम्बन्धमा धोका पाएको अनुभव भयो भने त्यसलाई भुल्न गाह्रो हुन्छ । खासगरी पार्टनरलाई दुःख लाग्ने गरी गरिएका यस्ता गल्तीले भावना समेत जगाउँछन् । पुरुषले आफूलाई धोका दिएको छ भन्ने लागिरहेको छ भने महिलाहरु बदला चुकाउनका लागि पनि अन्य पुरुषसँग सम्बन्ध राख्न पुग्छन् ।



३ आपसी सम्बन्ध राम्रो नहुनु
आपसी सम्बन्ध राम्रो भएन भने पनि महिलाहरुले फरक सम्बन्ध खोजी गर्छन् । महिलाले आफ्नो पुरुषले केवल यौनिक सम्बन्धमा मात्र ध्यान दिन्छ भन्ने लाग्यो भने प्रेमको पार्टनर खोज्छन् । पुरुषहरु आफू आफिसमा थाकेको वा तनावमा रहेको भन्दै यस्ता कुरामा ध्यान दिँदैनन तर महिलाहरुलाई यस्ता कुराको ठूलो महत्व हुन्छ ।

४ आकर्षक नहुनु

विवाह गरेको शुरु शुरुमा पुरुषहरुले आफ्ना र पत्निका हरेक कुरामा ध्यान दिन्छन् । तर विस्तारै यो कुरा हराउँदै जान्छ । महिलामा भने उनीहरुलाई आकर्षक हुनु पर्छ भन्ने चेत रहेको हुन्छ । उनीहरुलाई आफू सुन्दरी नभएकोमा पिर पनि हुन्छ । महिलाहरुलाई आफ्नो पार्टनरले सुन्दर भनोस् र प्रसंसा गरोस भन्ने चाहाना हुन्छ तर पुरुषहरु यस्ता कुरामा ध्यान दिँदैनन् । यसकै कारण महिलाहरु अन्य सम्बन्ध तिर मोडिन्छन् ।



५ आर्थिकरुपमा परनिर्भर

यदि कुनै पनि महिला पति वा प्रेमीसँग आर्थिकरुपमा निर्भर छिन भने उनले चाहेको कुरा गर्न सक्दिनन् । उनलाई सँधै आर्थिक जीवनको पिरले सताइरहन्छ । यसै कारणले कहिले काँहि महिलाहरु परपुरुषसँगको सम्बन्धमा पुग्छन् ।

६ असुरक्षा
भावनात्मकरुपमा वा शारीरिकरुपमा असुरक्षा महसुस गर्ने महिलाले कुनै पनि सम्बन्धलाई नाजायज मान्दैनन् । उनीहरुलाई मानसिक र शारीरिक सपोर्ट भयो भन उनीहरु सम्बन्ध राख्न चाहन्छन् चाहे त्यो परपुरुष नै किन नहोस् । असुरक्षित महसुस गरेका महिलाले सम्बन्धमा धोका पनि सहजै दिन्छन् ।



७ श्रेय नदिने

कुनै पनि पुरुषले आफ्नी स्त्रीलाई प्रशंसा पनि चाहिन्छ भन्ने सोंच्दैनन् । उनीहरु जति नै सिंगार पटार गरे वा राम्रो काम गर्दा समेत प्रशंसा दिनु पर्छ भन्ने हेक्का अधिकाँश पुरुषलाई हुँदैन । जसका कारण महिलाहरु प्रंशसा गर्ने पुरुषसँग नजिकिन्छन् । आफ्नी स्त्रीलाई प्रशंसा गर्न नभुल्नुस् ।

८ दिक्क लाग्ने सम्बन्ध
पुरुष अफिसबाट आउँछन् उनीहरुलाई चासो हुन्छ के खानेकुरा तयार छ ।अफिसमा हाकिमसँग झोंक चलेको विषयमा पनि उनीहरुलाई दिक्क लागिरहेको हुन्छ । उनीहरुले त्यही टेन्सन घरमा पनि देखाउँछन् जसका कारण महिलालाई भने विरक्त लाग्छ । अनि उनलाई पनि चाहिन्छ अलि फ्रेस गराउने साथी ।
प्रकृतिले हरेक मानिसलाई फरक फरक बनाएको छ । सबैको कद र अनुहारको बनौट फरक छ । कसैको अग्लो कद छ त कसैको होँचो । कसैको अनुहार गोरो छ भने कसैको कालो ।


समुन्द्र शास्त्र अनुसार मानिसको अनुहार हेरेकै भरमा पनि उसको विषयमा धेरै कुरा बताउन सकिन्छ । आनी बानी मात्र होइन अनुहारबाटै आयुको विषयमा समेत अनुमान लगाउन सम्भव रहेको समुन्द्र शास्त्रको दावी छ ।

यसै कारण शरीर लक्षण विजानले निधारमा देखिने साना साना रेखालाई पनि महत्वपूर्ण मानेको छ । निधारमा देखिने रेखाका आधारमा मानिसको उमेर र आयु अनुमान गर्न सकिन्छ ।
कुनै पनि ब्यक्तिको निधारमा रहेको शुभ रेखाले २५ प्रतिशत आयु वृद्धी गर्छ । अशुभ रेखाले त्यति नै आयु कम गर्ने बताइन्छ । तपाइँको निधारमा हेरेर आफै आफ्नो अनुहार अनुमान गर्न सक्नु हुन्छ ।

ज्योतिषका अनुसार जुन ब्यक्तिको निधारमा २ पूर्ण रेखा हुन्छ त्यस्तो ब्यक्तिको आयु ६० वर्ष हुन्छ । यदि रेखा एकदम स्पष्ट छ भने यस्ता ब्यक्तिले जीवनमा धन र सुख प्राप्त गर्छन् ।
तर रेखा काटिएको छ भने चाँहि यस्ता ब्यक्तिको जीवनमा दुःख आइ लाग्छ । आर्थिकरुपमा पनि यिनीहरुको जीवन कठिन नै हुन्छ ।
यदि कुनै ब्यक्तिको निधारमा ३ रेखा छन् भने यस्ता ब्यक्तिको आयु ७५ वर्ष जति हुन्छ । यदी निधार उस्केको छ भने यस्ता ब्यक्तिले नाती पनाती समेत देख्छन् । यस्ता ब्यक्तिको जीवन सुखमय हुन्छ ।


निधारमा ४ रेखा हुने ब्यक्तिको आयु पनि ७५ वर्ष जति नै हुन्छ र ५ रेखा हुने ब्यक्ति भने १०० वर्ष सम्म जिउँछन् ।
यदि कुनै ब्यक्तिको निधारमा ५ भन्दा पनि बढी रेखा हुन्छ भने त्यस्ता ब्यक्तिको आयु मध्यम हुन्छ । रेखा नै नहुने ब्यक्तिको अल्पायु हुन्छ ।
nepaliheadlines.com भिडियो हेर्न तलको बाकस थिच्नुहोस
इन्डोनेशियाको दक्षिण सुमात्रा स्थित सिनावुङ पहाडबाट शुक्रबार ज्वालामुखी निस्कदै । सिनावुङमा ४ सय बर्ष
निष्कृय रहेको ज्वालामुखी सन् २०१० बाट निस्किन सुरु भएको थियो । ww.annapurnapost.com
ल्यापटप अव हरेक ब्यक्तिका लागि अभिन्न अंग जस्तै भैसक्यो । मानिसहरु नियमितरुपमा ल्यापटपमा बस्छन् । तपाइँ पनि त्यस मध्ये एक हो भने तपाइँका लागि अलिक डरलाग्दो खवर छ । अझ तपाइँ तपाइँ एचपी वा कम्प्याक ल्यापटप चलाउनु हुन्छ भने त सुन्दै झसंग हुनु होला । खासमा तपाइँको ल्यापटपको केवलमा जुनसुकै बेला पनि आगो लाग्न सक्छ ।


एचपी र कम्प्याक ल्यापटपमा केवल जल्ने समस्या बढ्दै गएपछि यी २ कम्पनीले ६० लाख भन्दा बढी विक्री भैसेका ल्यापटप बजारबाट फिर्ता मगाएका छन् ।

अमेरिकामा मात्र ५६ लाख ल्यापटप फिर्चा मगाइएको छ भने क्यानडामा ४ लाख ।
सन् २०१० देखि २०१२को बीचमा उत्पादन भएका यी २ कम्पनीका ल्यापटपमा केवल जल्ने समस्या देखिएपछि कम्पनिले ल्यापटप साट्ने सुविधा समेत दिएका छन् ।

यस्तो साट्ने सुविधा वेवसाइटबाट पनि लिन सकिन्छ ।
अहिले सम्म २९ वटा ल्यापटपमा केवल जल्ने समस्या देखिएको छ । बजारमा केवल जल्ने समस्या देखिएपछि एचपीले आफ्नो कम्पनीको केवल प्रयोग नगर्न समेत आग्रह गरेको छ ।
nepaliheadlines.com
हाम्रो शरीर स्वस्थ रहन निरन्तर पानी पिउनु जरुरी हुन्छ । तर कतिपय मानिसलाई पानी पिउन खासै जाँगर लाग्दैन । गर्मीको समयमा पानीको कमी हुँदा शरीरमा अनेक स्वास्थ्य समस्या आउन सक्छन् ।

यदि तपाइँको पनि पानी कम पिउने बानी छ भने याद गर्नुस् यी खानेकुरा । यहाँ त्यस्ता केही खानेकुराको बारेमा चर्चा गरिएको जसले पानी नपिउँदा पनि शरीरमा पानी कम हुन दिँदैन ।
१ नरिवलको पानी

काँचो नरिवल गर्मीमा निक्कै राम्रो मानिन्छ । नरिवलमा ९५ प्रतिशत पानी हुन्छ । यो सेवन गर्दा शरीरमा पानीको कमी हुन पाउँदैन ।



दही लगायतका अन्य दुग्ध पदार्थमा पनि अत्याधिक मात्रामा पानी हुन्छ । यसले शरीरमा पानीको कमी हुन दिँदैन । दुग्ध पदार्थमा ८५ देखि ९० प्रतिशत सम्म पानीको मात्रा हुने हुँदा गर्मी मौषममा दुग्ध पदार्थको सेवन गर्नु राम्रो हुन्छ ।



३ ब्रोकाउली

गर्मीमा ब्रोकाउली सेवन गर्नु असाध्यै राम्रो मानिन्छ । किन भने गर्मीमा शरीरलाई अत्याधिक पानी आवश्यक पर्छ र ब्रोकाउलीमा ९१ प्रतिशत पानी हुन्छ ।



४ पालक

गर्मी मौषममा पालकको साग निक्कै राम्रो मानिन्छ । यसमा ९२ प्रतिशत पानीको मात्रा हुन्छ ।


५ फूलगोभी

गर्मीमा फूल गोभीको सेवन राम्रो मानिन्छ । फूल गोभीले पनि शरीरमा पानीको कमि हुन दिँदैन । यसमा ९२ प्रतिशत सम्म पानी हुन्छ ।



६ टमाटर
टमाटर अर्थात गोलभेँडा पनि गर्मीमा खानै पर्ने तरकारी हो । यसमा ९४ प्रतिशत सम्म पानी हुने विज्ञहरु बताउँछन् ।





७ काँक्रो

काँक्रो पनि गर्मीमा राम्रो फल हो । यसलमा ९६ प्रतिशत सम्म पानी हुने हुँदा शरीरमा पानीको कमी हुन दिँदैन ।



८ सलाद

जुन सुकै फलको सलाद पनि गर्मीमा राम्रो मानिन्छ । काँचो फलको सलाद सेवन गर्मीमा शरीरमा पानी कमी हुन नदिने तरिका हो ।
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home