• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
२७ जेठ, धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान/प्रतिस्ठानपरिसरमा सोमबार राति १५ वर्षकी किशोरीमाथि सामूहिक बलात्कार भएको छ । सात आठजनाको समूहमा आएको युवाले प्रेमीसँग रहेकी उनलाई खोसेर बलात्कार गरेका हुन् ।

प्रतिष्ठानपरिसरको पश्चिमतर्फको चौरमा साथीसँग बसिरहेकी धरान १७ की ती किशोरीलाई समूहले नियन्त्रणमा लिएर सामूहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको नयाँ पत्रिकामा खबर छ । मादक पदार्थ सेवन गरेका ती युवाले सँगै रहेका केटा साथीलाई निर्घात कुटपिट गरी भगाएको र किशोरीलाई नियन्त्रणमा लिएर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुदमकुमार सिजापतिले जानकारी दिए । सँगै रहेका युवक उनका प्रेमी भएको बताइएको छ ।
राति करिब साढे नौ बजेको समयमा समूहले किशोरीलाई चौरबाट नियन्त्रणमा लिएर जंगलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । मुखमा पट्टी बाँधेको र आँखा पनि छोपेका कारण उनीहरुलाई चिन्न नसकेको पीडित किशोरीले बताएकी छन् । उनलाई अर्धचेत अवस्थामा छिमेकीले भेट्टाएर परिवारलाई जिम्मा लगाएका थिए । परिवारले उनलाई राति नै उपचारका लागि अस्पताल भर्ना गरेको थियो ।
बलात्कारको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको डिएसपी सिजापतिले बताए ।
www.onlinekhabar.com
काठमाडौं ।सेक्स स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ । तर यो निश्चित हो की सेक्सको आनन्द लिनका लागि यस विषयमा पनि सामान्य जानकारी हुन आवश्यक छ । सेक्सका लागि समान्य टिप्स अपनाएर आफ्नो सेक्स जीवनलाई राम्रो बनाउन सक्नुहुन्छ । जान्नुहोस्, आनन्दमयी सेक्स जीवन बनाउने केही टिप्स् ः
– सेक्स गर्नुअघि मुख मैथुन (ओरल सेक्स) गराउनु अतिउत्तम हुन्छ । यसले सेक्स क्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यसबाट तपाईंले सेक्सको भरपूर आनन्द लिन सक्नुहुन्छ ।


– अक्कसर महिला सेक्सका लागि आफ्नो पार्टनरलाई भन्न सक्दैनन् ।
मानौ पुरुषको तुलनामा महिला आफ्नो सेक्स इच्छा व्यक्त गर्न हिचकिचाउने गर्छन । यसले सेक्स जीवनलाई नजानिँदो पाराले नकारात्मक प्रभाव पार्नेगर्छ । यसर्थ स्वयम् महिलाले सेक्सका लागि क्रिया अगाडि बढाए सेक्समा औधी आनन्द प्राप्त हुन्छ ।
– पुरुष वा महिला यस विषयमा जानकार हुनुपर्छ की आफूहरु कुन बस्तु वा परिवेशबाट खुसी रहन सकिन्छ जसले आफ्नो सेक्स जीवनलाई आनन्दमय बनाउन सकियोस् ।

– यस्तो योजना बनाउनुस् जसले तपाईंको पार्टनरलाई सेक्सको लागि मनाउन सकियोस् । साथै यस्तो वातावरण बनाउनुस् पार्टनर स्वयमले तपाईंसँग सेक्सका लागि भन्न सकोस्
– सेक्स आनन्द प्राप्त गर्नका लागि पनि हो । यसका लागि सेक्स गर्नुअघि फोरप्ले गर्नु अति आवश्यक छ ।
– आपसी प्रेम र सम्बन्धलाई मजबुद बनाउन पार्टनरबीचको कुराकानी आवश्यक पर्छ । आपसी कुराकानीबाट पनि सेक्स जीवनमा आनन्द प्राप्त गर्न र राम्रो बनाउन सकिन्छ ।

– राम्रो र आनन्दमयी सेक्स जीवनका लागि स्वस्थ रहनु अतिआवश्यक हुन्छ । यसका लागि सबै भन्दा राम्रो उपाय यो हुन्छ कि तपाईं खानपानमा ध्यान दिनूस्, व्यायाम गर्नूस् र मजाले निदाउने गर्नुस् ।
सेक्सका यि टिप्स अपनाएर तपाईं आससी सम्बन्ध मात्रै मजबुद पार्नु हुन्न सेक्स जीवनलाई समेत आनन्दमयी बनाउन सक्नुहुन्छ ।
medianp.com
दिनेश बास्तोला, काठमाडौं, रातो र मिठो गाजरलाइ देख्दा मानिसहरूको मुख रसाएर आउँछ । यसलाइ देखेर धेरै जसो मानिसहरू त यसको हलुवा सम्झन पुग्दछन । निश्चित रूपमा गाजरबाट बनाइने हलुवा यति स्वादिष्ट हुन्छ कि मानिसहरू यसलाइ भूल्न सक्दैनन ।

गाजरले तपाइँलाइ स्वाद मात्र दिने हैन, यसले तपाइँलाइ तन्दुरुस्त राख्नका लागी पनि ठुलो भूमिका खेल्दछ । यो तपाइलाइ स्वस्थ राख्नका लागी मात्र नभै आंखाको ज्योति समेत बढाउनमा सहायक हुने गर्दछ । गाजरको नियमित प्रयोगले तपाइँको केश तथा छालाका लागी समेत निकै लाभकारी हुन्छ । गाजरको जुसलाइ दैनिक रूपमा डाइटको हिस्सा बनाउनु पनि निकै गुणकारी छ ।

गाजरका १० फाइदाहरूः

१. गाजरको जुस खास गुणहरूले भरपुर हुन्छ । यसमा बीटा-केरोटिन, भिटामिन्स र पोटेशियम हुने गर्दछ । गाजरबाट शरीरको इम्यून सिस्टमलाइ बलियो बनाउँदछ । भिटामिन ए ले तपाइँको आंखाको ज्योति मात्र बढाउने नभै यसको जुसको नियमित सेवनले मुटुको रोगबाट समेत तपाइँलाइ बचाउँछन ।


२. गाजरको जुसमा हुने पोटेशियमले शरीरमा कोलेस्ट्रोलको स्तरलाइ कम गर्दछ । गाजरले लिभर लाइ समेत ठिक राख्दछ । पोटाशियम, म्यागनीज र म्याग्नेशियमले एकसाथ ब्लड शुगर को स्तरलाइ समेत सामान्य बनाइ राख्छ । यसले शरीरमा डाइबिटिज हुने खतरा कम गर्दछ ।

३. ग़ाजरको जुसमा हुने भिटामिन K ले चोटपटक लाग्दा रगतलाइ जमाउनमा मद्दत गर्दछ र रगत बग्नबाट जोगाउँदछ । भिटामिन K चोट गर्नमा निकै सक्षम हुन्छ । गाजरमा रहेको भिटामिन C ले घाउ ठिक गर्नुका साथै गिजालाइ समेत स्वस्थ राख्दछ ।

४. गाजरको जुसमा क्यान्सरसंग लड्ने गुण हुन्छ । यसमा केरोटेनोइड नामको एक बिशेष तत्व हुन्छ, जसलाइ प्रोस्टेट, कोलोन, र स्तन क्यान्सरबाट लडनमा निकै महत्वपूर्ण तत्व मानिन्छ ।
५. गाजरको जुसले शरीरमा प्रोटीन को कमीलाइ पुरा गर्दछ साथै शरीरमा पर्याप्त मात्रामा क्याल्सियम पनि प्रदान गर्दछ, जसले हड्डीहरूलाइ बलियो बनाउँदछ ।

६. गाजरको जुसले लिभरलाइ सफा राख्दछ । शरीरमा उत्पन्न हुने विभिन्न प्रकारका बिषालु तत्वहरूलाइ जुसको सेवनले बाहिर निकाल्ने काम गर्दछ । गाजरको जुसले लिभरलाइ बलियो बनाएर यसको कार्य गर्ने क्षमता समेत बढाउँदछ । गाजरको जुसले तौल कम गर्नमा पनि मद्दत गर्दछ ।
७. गाजरको जुसले गर्भावस्थामा रहेको बच्चालाइ बिशेष रूपमा लाभ पुर्याउँदछ । जसले बच्चा र आमा दुबैको स्वास्थ्यमा सुधार ल्याउँदछ ।

८. गाजरको जुसले आमाको दूधको गुणस्तर बढ्दछ ।
९. गाजरको जुसले गर्भमा हुर्किरहेको बच्चालाइ इन्फेक्शन्सबाट समेत बचाउने गर्दछ ।
१०. गाजरको जुस तौल घटाउने कोशिश गरिरहेकाहरूका लागी निकै उपयोगी छ, किनभने यसमा क्यालोरीको मात्रा निकै कम हुन्छ ।

 कम क्यालोरीका कारण यो निकै हेल्दी ड्रिङ्क हो। गाजरको जुसलाइ बिशेष गुणहरूका कारण मानिसहरूले लगभग सबै डाइट प्लानहरूमा यसको प्रयोग गर्न सक्दछन ।
यति बहुउपयोगी गाजरलाइ आजैबाट आफ्नो डाइटमा समावेश गर्ने कि ?

दाल तरकारी या अन्य अचार मसलामा राखेर धनियाको पात सेवन गर्ने सामान्य चलन छ । तर बजारमा गएर पनि चाट वा अन्य खानेकुरा खाँदा धनियाको पात मागेर खाने बानी छ भने आजै छोड्नुस्

सही तरिकाले नधोएको धनियाको पातबाट खतरनाक किरा (टेपवर्म) पेटमा पुग्ने र पेट हुँदै दिमाग सम्म पुग्ने विज्ञहरुले बताएका छन् ।



टेपवर्म मस्तिस्कमा पुगेमा मानिसको मृत्यु समेत हुन सक्छ । भारतको ब्याङ्लोरस्थित नेशनल इन्स्टीट्यूट आफ मेडिकल हेल्थ एण्ड न्यू साइन्स (निमहाम्स) का चिकित्सकले गरेको शोधमा यस्तो कुरा पत्ता लागेको हो ।

यो संस्थामा रहेको एक मात्र ब्रेन म्यूजियममा मस्तिष्क सम्बन्धी शोध भैरहेको छ । यसै क्रममा धनियाँको पातमा किरा पत्याङ्ग्राको संख्या बढी हुने र त्यस्ता पात राम्रोसँग नपखाली खाएमा निक्कै खतरनाक हुन सक्ने चिकित्सकहरुले बताएका छन् ।

होटल वा सडकमा राखिएका खानेकुरा खाँदा धनियाको पात भुलेर पनि खान नहुने समेत उनीहरुको भनाइ छ ।



राम्रोसँग नधोएको धनियाको पात सेवन गर्नु हेलमेट नलगाइ बाइक चलाउनु जस्तै खतरनाक रहेको समेत एक शोधकर्ताले टिप्पणी गरे ।
नयाँ दिल्ली, २६ जेठ । भारतीय राजधानी नयाँ दिल्ली राज्यका कानुनमन्त्री उनी आफैले आफ्नो विश्वविद्यालय डिग्रीका रुपमा पेस गरेको प्रमाणपत्र नक्कली पाइएको आरोपमा पक्राउ परेका छन् ।

नयाँ दिल्ली राज्यका कानुनमन्त्री जितेन्द्र सिंह तोमरलाई सो आरोपमा सोमबार राति दिल्ली प्रहरीले पक्राउ गरेको छ । उनले प्रस्तुत गरेको आफ्नो शैक्षिक प्रमाणपत्र नक्कली रहेको प्रहरीको दाबी छ ।

मन्त्री तोमरको आफ्नो प्रमाणपत्र नक्कली पाइएको भन्दै केही समयदेखि अनुसन्धान जारी रहेको थियो । सोही प्रमाणका आधारमा प्रहरीले सोमबार राति नै उनलाई नियन्त्रणमा लिएको बताइएको हो ।

प्रहरी स्रोतले भनेको छ– दिल्लीका कानुनमन्त्रीले आफुले नयाँ दिल्लीको निर्वाचनमा उम्मेदवार बन्ने क्रममा पेस गरेको प्रमाणपत्र नक्कली पाइएको छ त्यसैले उनलाई पक्राउ गरिएको छ ।

उनलाई मङ्गलबार नै अदातलसमक्ष पेस गरिने जानकारी पनि सो प्रहरी स्रोतले दिएको समाचारमा जनाइएको छ । उनी आम आदमी पार्टीका नेता हुन् । भ्रष्टाचार विरोधी अभियानका एक अभियन्ताका रुपमा पनि उनले काम गरेका थिए ।

दिल्लीमा यसअघि अर्का एक अधिकारीलाई पनि उनले आफ्नो नक्कली प्रमाणपत्र पेस गरेको आरोपमा पक्राउ गरिएको केहीदिनमात्र पछि यो अर्को नक्कली प्रमाणपत्रका आधारमा पक्राउ गरिएको समाचार आएको जनाइएको छ ।

दिल्लीको निर्वाचनमा उम्मेदवार बन्ने क्रममा मन्त्री तोमरले यो प्रमाणपत्र पेस गरेका थिए । पछि उनको सो प्रमाणपत्र नक्कली रहेको भनी दिइएको उजुरीका आधारमा यो अनुसन्धान अघि बढाइएको थियो ।

internetkhabar.com
जनकपुरधाम, २६ जेठ । सीमावर्ती विहार राज्यको मिथिलाञ्चलमा खासगरी ब्राह्मण समाजमा विवाहको एउटा अद्भूत एवम् रोमाञ्चकारी प्रथा हेर्न पाइन्छ, जहाँ बेहुलाको प्रदर्शनी गरिन्छ ।

मिथिलाञ्चलअन्तर्गत भारत मधुवनी जिल्लाको सौराठ गाउँमा प्रतिवर्ष बेहुलाको भव्य मेला लाग्दछ । यहाँ दलालको माध्यमबाट सार्वजनिक रुपमा बेहुलाको खरिद बिक्री हुने गर्दछ । यहाँ बेहुला पक्षले आफ्नो छोरालाई परम्परागत रुपमा रातो धोती र पाग लगाएर बेहुलालाई सजाउने गर्छ र बेहुली पक्षका आफन्त आर्थिक अवस्थाअनुसार बेहुला किन्न आउँछन् ।


प्राचीन मिथिला संस्कृति र सामाजिक विधि व्यवहारमा विवाहलाई स्त्री र पुरुषबीचको शाश्वत र पवित्र सम्बन्धको रुपमा मान्ने गरिएको छ । तसर्थ युवायुवतीलाई दाम्पत्य सूत्रमा बाँध्न अनेक धार्मिक एवम् सामाजिक परम्परा र रीतिरिवाज अपनाइएको हुन्छ । युवायुवती विवाह बन्धनमा बाँधिनुपूर्व सम्बन्धित परिवार एकअर्काको पारिवारिक पृष्ठभूमि तथा सामाजिक प्रतिष्ठाको विषयमा गहन अध्ययन गर्ने चलन छ ।

इतिहासकार सौराठसभाको सुरुवात १४औँ शताब्दीमा कर्नाटक वंशीय राजा हरिसिंह देवले सुरुवात गरेका ठान्दछन् । राजा हरिसिंह देवको दरबारमा समय समयमा विद्वान्बीच शास्त्रार्थ हुन्थ्यो । यसमा विजयी विद्वान्लाई पुरस्कृत गरिन्थ्यो । सन् १३२६ मा राजा हरिसिंह देवले अविवाहित मैथिली ब्राह्मण युवकबीच शास्त्रार्थ गराएका थिए ।

लामो समयसम्म तर्क वितर्क चलिरह्यो र त्यसमा वेद, वेदान्त, योग र न्याय जस्ता विषयहरु उठेका थिए । राजा हरिसिंह देवले ब्राह्मण युवकको विद्वता देखेर प्रभावित हुनुभयो र अनौठो तरिकाले ती युवकहरुलाई पुरस्कृत गरे । यद्यपि शास्त्रार्थमा भाग लिने युवकहरु अविवाहित भएकाले पुरस्कारस्वरुप उनीहरुलाई एक÷एक सुन्दर बेहुली विवाह गर्ने मौका दिनुभयो ।

भनिन्छ त्यसपछि यसको आयोजना प्रत्येक वर्ष हुन थाल्यो । पहिले मैथिल ब्राह्मण युवकको सभा हुने गथ्र्यो । यसमा उनीहरुबीच शास्त्रार्थ हुन्थ्यो र बेहुली पक्षले आफ्नो छोरीको लागि योग्य बेहुलाको खोजी गर्न त्यहाँ भेला हुन्थे । तर समयको परिवर्तनसँगै शास्त्रार्थको पुरानो परम्परा समाप्त भएको छ र सौराठसभा मैथिल बेहुलीका लागि बेहुला खोज्ने एउटा प्रमुख केन्द्रको रुपमा विकसित हुँदै गयो ।

सौराठसभा सीमावर्ती भारत विहार राज्यअन्तर्गत बासोपट्टी कलुवाही चोकदेखि कुनखौरीबाट एक किलोमिटर पूर्व तथा मधुवनी बजारबाट पाँच किलोमिटर पश्चिम उत्तरमा अवस्थित छ । यस गाउँको एउटा ऐतिहासिक पोखरी किनारामा रहेको पिपलको पुरानो रुखमुनि प्रतिवर्ष जेठदेखि सौराठसभा मेला लाग्ने गर्दछ ।

यस वर्ष पुरुषोत्तम महिना पर्ने भएकाले असारको सट्टा जेठमै सौराठसभा मेला लागेको छ । पोखरी नजिक भगवान् महादेवको ऐतिहासिक तथा प्राचीन मन्दिर रहेको छ । करिब दुई सातासम्म चल्ने यो सौराठसभामा मैथिल ब्राह्मण बेहुला खोज्नेहरु यस सभामा पुग्ने गर्दछन् । यस सभामा विवाह हुने बेहुला परम्परागत रुपमा धोती, पाग, चन्दनको टीका र आँखामा गाजल लगाएर आफ्नो अभिभावकसँगै भुईंमा ओछ्याएको दरी चटाइमा बसेको हुन्छ ।

यदि कुनै युवक केटी पक्षलाई केटा मन पर्‍यो भने त्यसको अभिभावकसँग कुराकानी गरेर बेहुलाको खान्दान, उसको उमेर, आर्थिक अवस्था, सम्भावित दाइजोबारे पत्ता लगाउने प्रयास हुन्छ । बेहुला पक्ष र बेहुली पक्षबीच कुराकानी मिलेपछि विवाहका लागि पञ्जिकार ९पुरोहित० बाट परामर्श लिने गरिन्छ ।

पञ्जिकारसँग प्रत्येक मैथिल ब्राह्मण परिवारको पूर्ण वंशावली रहेको हुन्छ । पञ्जिकारले पात्रो हेरी केटा र केटीको विवाहको साइत जुराउने गर्दछ । यसमा बेहुला पक्षको सात पुस्ता र बेहुली पक्षको पाँच पुस्ताबीच रगतको सम्बन्ध नदेखिएमा पञ्जिकारले विवाहको अनुमति दिने गर्दछ । यसमा एउटा अनौठो परम्परा ‘हथघडी’ विधिले स्थान पाएको हुन्छ, जसमा बेहुलालाई बेहुली पक्षका विशिष्ट मानिसले बेहुलाको हात समातेर उठाउँछ । त्यसपछि बेहुलाले आफ्नो सासू, ससुरा तथा पूजनीय व्यक्तिको खुट्टा ढोगेपछि दुवै पक्ष एकअर्काको अङ्गालो हाली खुसी साटासाट गर्दछन् ।

समयको परिवर्तनसँगै पञ्जिकारको भूमिकामा समेत परिवर्तन आएको छ । आजभोलि पञ्जिकारले आफ्नो भूमिकामा परिवर्तन गरी धनाढ्य बेहुली पक्षको खोजीमा लाग्ने गरेको देखिन्छ । बेहुला र बेहुली पक्षबीच दाइजोको छिनोफानो पञ्जिकारले गर्ने गर्दछ । सौराठसभाको सुरुवात मैथिल ब्राह्मणको कल्याण र धनी तथा गरिब ब्राह्मणबीचको भेदभाव हटाउन गरिएको भएपनि ब्राह्मण समाज एकजुट भएर यो परम्पराको रक्षा गर्दै आएको सौराठसभा विकास समितिका सचिव डा शेखरचन्द्र मिश्रले बताए ।

दाइजो प्रथा, आधुनिकता र सरकारी उपेक्षाको कारण यो सभाको पौराणिकतामा ह्रास आउन थालेको छ । पहिले देश विदेशमा बस्ने मैथिल ब्राह्मण आफ्नो छोराछोरीको विवाहका लागि सौराठसभामा भाग लिन आउँथे । तर अब यो सभाको आवश्यकता देखिँदैन । पढे लेखेको केटा अहिले यस प्रकारको खुलासभामा लिलाम हुन डराउँछन् । अब यो मेला गरिब ब्राह्मणमा मात्र सीमित हुन पुगेको छ । मधुवनीको स्थानीय प्रतिष्ठित ब्राह्मण समाजका सदस्यहरु सौराठसभालाई नयाँ स्वरुप दिन प्रयासरत छन् ।

internetkhabar.com
एजेन्सी । बलिउडकी पछिल्लो समयकी सर्वाधिक आकर्षक र चर्चित हिरोइन मध्येमा पर्छिन्, सोनाक्षी सिन्हा । उनका पिता शत्रुधन सिन्हा छोरी फिल्ममा नआओस भन्ने चाहन्थे । तर, जब सलमान खानले नै सोनाक्षीलाई फिल्मका लागि आग्रह गरे । उनले टार्न सकेनन् ।

सोनाक्षी दबंग गर्लका रुपमा बलिउडमा प्रवेश गरिन् । त्यसपछि उनले विभिन्न फिल्ममा अभिनय गरिसकेकी छन् । उनको सुन्दरताको र अभिनयको पनि चर्को तािरफ हुने गरेको छ । सोनाक्षी बलिउडकी ‘डि्रम गर्ल’ बनिसकेकी छिन् । उनका बारेमा थाहा नभएका यी २१ रोचक तथ्य
१. सोनाक्षी सिन्हाका पिता शत्रुधन सिन्हा उनकी छोरी फिल्ममा अभिनय गरोस । तर, जब सलमान खानले आग्रह गरे त उनले माने ।
२. सोनाक्षी सिन्हाले आफ्नो पितासँग प्रतिज्ञा गरेकी छन कि उनी परिवारको मान सम्मान पूरापूर ध्यान गर्नेछिन् । यही कारण उनले अहिलेसम्म फिल्ममा बिकीनी पहिरिएकी छैनन र चुम्बन दृश्य पनि दिएकी छैनन् । उनी फिल्ममा साइन गर्नुभन्दा पहिले नै निर्माता/निर्देशकसँग यो कुरा स्पष्टसँग राख्छिन् ।
३. फिल्म ‘दबंग’मा एक गाउँले युवतीको भूमिकामा फिट हुन सोनाक्षीले ३० किलो वजन कम गर्नु परेको थियो । त्यही वर्ष उनलाई म्याक्सिम म्याग्जिनको इडियन अंकमा कभर गर्ल बनाइएको थियो । पहिलो उनको वजन ९० किलो थियो । यति धेरै वजन कम गर्न उनलाई करिब दुई वर्ष लाग्यो ।
४. बजन क मगर्न सोनाक्षीलाई सलमानले एकदमैं सहयोग गरेका थिए । उनी सोनाक्षीलाई खुब पैदल हिडाउथे ।
५. सोनाक्षी आफ्नी समकक्षी अभिनेत्रीहरुजस्तै साइज जिरोको वकालत गर्दिनन् । उनको भनाइ छ कि फिल्म इण्डस्ट्री अभिनय गर्नका लागि हो न कि वजन कम गर्न ।
६. सोनाक्षी फेशन डिजाइनिङमा ग्राजुयट हुन । उनले आफ्नो करिअर कस्टयुम डिजाइनरका रुपमा सुरु गरेकी थिइन । उनले सन् २००५ मा फिल्म ‘दिल लेके देखो’का लागि कस्ट्युम डिजाइन गरेकी थिइन । यसका साथै उनले मोडलिङ समेत गरिसकेकी छिन् । सन् २००८ र २००९ मा उनले लक्मे फेसन वीकमा भाग लिइसकेकी थिइन ।
७. सलमानसँग फिल्म ‘दबंग’बाट करिअर सुरु गरेकी सोनाक्षी भन्छिन्-सलमान उनीसँग एकदमै रिसाउछन्, जो उनलाई मन पर्दैन ।
८.सोनाक्षीलाई मायापूर्वक ‘सोना’ र ‘सटगन जुनियर’ भनेर बोलाइन्छ । उनका वुवा शत्रुधन सिन्हा उनलाई ‘सटगन’ भनेर बोलाउँछन् ।
९. सोनाक्षी तीन भाइबहिनीहरुमा सबैभन्दा कान्छी हुन । उनका दुई भाई लव सिन्हा र कुश सिन्हा जुम्ल्याहा हुन् । पटनामा जन्मिएकी सोनाक्षीको हुर्काइ भने मुम्बईमा भएको थियो ।
१०. फिल्म ‘दबंग’बाट लिएको साइनिङ रकम उनले सलमान खानको च्यारिटी संस्था ‘विइङ हृयुमन’मा दान दिएकी थिइन ।
११. सोनाक्षीलाई फोटोग्राफीको एकदमै सौख छ साथै उनी घुमफिर पनि एकदमै मन पराउँछिन् ।
१२. सोनाक्षी आफूसँगै एक अतिक्ति जोडी कपडा पनि राख्छिन् । उनलाई हमेशा डर रहन्छ कि केही यस्तो हुन सक्छ जतिबेला उनलाई अर्को जोडी कपडाको आवश्यकता पर्नेछ ।
१३. सोनाक्षी खानका लागि एकदमै सौखिन छिन् । उनलाई भारतीय र थाई खाना निकै मन पर्छ । कहिलेकाही उनी जंक फुड पनि खान डराउदिनन् ।
१४. सोनाक्षी पेन्टिङ गर्न पनि सौखिन छन्, उनी आफ्नो खाली समयमा पेन्टिङ गर्छिन ।
१५. सोनाक्षी आइटम नम्बरकी विरोधी हुन । तर, कुनै फिल्ममा सोलो डान्स गर्नका लागि उनलाई कुनै डर छैन ।
१६. सोनाक्षी बाल्य अवस्थादेखि नै साडी एकदमै मन पराउँछिन् । उनी साडीमा एकदमै राम्री देखिन्छिन् । ‘लुटेरा’ फिल्मको एउटा गीतमा उनले ९ अलग-अलग साडी पहिरिएकी थिइन । जसको मुल्य ३० हजारदेखि ३५ हजारको बीचमा थियो । कुल मिलाएर उनले यस गीतका लागि ९ लाख रुपैयाको साडी किनेकी थिइन ।
१७. सोनाक्षीकाअनुसार सोसल मिडियाको उदय कारण आजभोलिका फिल्म स्टारलाई त्यस्तो स्टारडम हासिल हुनेछैन जस्तो स्टारडम शाहरुख र सलमानजस्ता स्टारलाई मिलेको छ । उनीहरुको समयमा मिडियाको पहुँच कम थियो र दर्शक स्टारका विषयमा सधैं उत्सुक हुन्थे ।
१८. सोनाक्षी राजनीतिमा गहिरो रुची राख्छिन् साथै यसमा बहस गर्न पनि उनलाई मन पर्छ । तर, राजनीतिको भाग लिने उनको कुनै सोच छैन ।
१९. सोनाक्षीले केही सयम पहिले एक टाटु बनाएकी छिन् । जो उनको गर्दनको कलर बोनसँगै छ । यो एउटा सानो तारा छ ।
२०. सोनाक्षी गीत पनि गाउँछिन् । फिल्म ‘रियो २’मा उनले ‘ज्वेल’ नामका पात्रका लागि गीत गाएकी छिन् ।
२१. सन् २०१२ मा सोनाक्षीको नामा बण्टी सचदेवासँग जोडिएको थियो । जो डिभोर्सी हुन र सोनाक्षीभन्दा उमेरका पनि निकै बढी । एकदमै छोटो समय त उनको नाम रणवीर कपुरसँग पनि जोडिएको थियो । तर, यी हल्लाले कुनै आधार पाएनन् । वेब दुनियाँबाट
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home