• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
दशंैको लगत्तै काठमाण्डौं फर्किनु पर्ने । बल्ल बल्ल तोकिएको भाडा दर भन्दा पाँच सय रुपैया बढी तिरेर भनिएकै स्थानमा एउटा सिट भेटियो । त्यो सिट बस स्टाफका लागि छुट्याईएको हुँदो रहेछ । मेरै जस्तो केशमा बढी भाडा खाँदै आफू क्याविनमा बसी टिकेट बेच्दा रैछन ।

पर्खाईको घडि त्यसै पनि लामो र कष्टकर हुन्छ मेरा लागि । यहाँ त झन सिङ्गो घण्टा, त्यो पनि बसको प्रतिक्षा । प्रतिक्षालय भरी यात्रुहरु प्रतिक्षारत नै थिए तर म स्वंयम ढुक्क भएर बस्नै सकेन । त्यो पर्खाईको समयमा मोवाईलमा ब्यालेन्स रिचार्ज गरे, पानी किने, शौचालय गएँ तै पनि समय त जम्मा बीस मिनेट मात्रै सकिएको हुन्छ । प्रतिक्षालयको एउटा कुनामा गएर मोवाईल चलाउँदै बस्छु । मन भने एउटै पिरले पोलेको हुन्छ, “अठार घण्टा सँगै बस्नु पर्ने साथी कस्तो पर्छ होला ?” मलाई राम्रो सँग थाहा छ । धेरै लामो दुरीको रात्रीबसको यात्रामा सँगैको साथी राम्रो परेन भने त्यो यात्रा निकै कष्टकर र आतंकित हुन्छ । के सोच्छन पुरुषहरुले कुन्नी ? सकेसम्म फाईदा उठाउने मेसो हेर्छन । त्यहि प्रतिक्षालयमा पनि अरु सबै पुरुष र म एक्लै महिला थिए । एउटा झ्याप्ले केटो मलाई अंकित गर्दै अर्को साथिलाई भनिरहेको थियो “के छ यार तेरो त यात्रा सप्रे जस्तो छ नि । तैले सोचे जस्तै लैनो भैसी नै भेटिएछ कि क्याहो ?” सवै गलल हाँस्छन् ।  तिनीहरुसंग मेरो केहि पनि मिल्दैन न उमेर नत चिनजान नै छ । काम छैन केटाहरुलाई उडाईदिए पुग्यो । मलाई खपि नसक्नु हुन्छ र काउन्टरतिर लाग्छु । यिनीहरुको यो क्रियाले मन झन डराउँछ ।
   घडि हेरे दुई बजेछ । तोकिएको समय भन्दा एक घण्टा ढिलो ठेलमठेल मान्छेलाई भरेर बस पनि आईपुग्यो । बस काउन्टर अगाडि रोकिन्छ । एकछिनका लागि बस भित्रका यात्री बाहिर निस्कन्छन र बाहिरका यात्री आफ्नो सिट खोज्दै भित्रिन्छन् । मेरो हातमा टिकट छ, ‘बी साइड दुई नं. सिट । झ्यालतिरको सिटमा गएर बस्छु म । अहिले सँगैको सिट रित्तो छ । “शायद साथी भर्खर बाहिर गएको हुनुपर्छ”  मन मनै सोच्छु ।
   जहिले पनि यात्रामा एक्लै हिड्दा किताव पढ्ने पहिले देखिको बानी छ मेरो । त्यत्तिकै चुप लागेर बस्नै सक्तैन । यस पाली पनि ब्यागमा पढ्न चाहेर पनि पढ्न नभ्याएका दुई तीन थान किताव बोकेरै हिडेकी छु । एक्लै टोलाएर के बस्नु ? निकाले मैले ब्यागबाट जया राईको कथा सँग्रह “बेकर स्ट्रिटका दुई आँखा” । भुमिका नियाल्दै शीर्षकथा तिर आँखा तानिन्छन् । घोत्लिन्छु केहि समयका लागि त्यसैमा । आधा घण्टा भन्दा बढी नै भै सक्छ बस हिड्दैन । बस बाहिर यात्री र बस स्टाफ बीचको खलबलले मेरो एकाग्रता भंग हुन्छ, ध्यानलाई त्यहि खलवलतिर मोड्छु म ।
 ढोकातिरको सिट बाहिर हेर्न खोजेको त बिना रोकटोक छयाङ्ग पोखियो हेराई त्यो ढोका बाहिरको दृष्यमा । ढोका सामुन्ने एउटा खाइलाग्दो, सभ्य जस्तो देखिने युवक अघि देखि नै मलाई हेरि रहेको थियो क्यार ! मेरा आँखा ठोक्किदा पनि कुनै प्रतिक्रिया जनाएन । छोटो समयमा धेरै पटक त्यसै गरि झोस्सिए मेरो आँखाहरु । अन्ततः त्यहि व्यक्ति नै परेछ मेरो सँगैको सहयात्री । त्यसैले हेरेको हुनपर्छ, मैले त्यहि बुझें ।
 बस स्टार्ट भयो । यात्री भित्रिए सवै । मेरो निकटमा त्यहि अघि कै युवक छ । त्यतिखेर सम्झिन पुग्छु, भर्खरैको कथा “बेकर स्ट्रिटका दुई आँखा” की पात्र हिसीको यु.केको ट्रेन यात्रा अनि मेरो यो बसयात्रा । बेकर स्ट्रिटका ठोक्किएका ती दुई आँखा अनि मेरा निकटका यि दुई आँखा । कस्तो संयोग ? उस्तै उस्तै लाग्छ मलाई ।
काउन्टरलाई एक फन्को लगाएर बस हाई वे तिर सोझियो । तराईका फाँटहरुलाई छिचोल्दै अजिङ्गर झै लमजतन्न तेर्सिएको सडकमा तिव्र रफ्तारका साथ बस गुड्छ । घरिघरि बाहिरका दृष्यमा आँखा दौडिन्छन र फेरि फिर्ता हुन्छन् तिनै एकजोर आँखासँग ठोक्किन । यसपालि भने उसको मुखाकृति अलि फेरिन्छ । बनावटी मुस्कान ओठमा दल्दै म पनि ऊ सँगै फिस्स हाँसिदिन्छु । सवै तिर आँखा दौडिए पनि तर अह ! मन भने कतै अलिबेर अडिदैन, नत किताबमा न ती दृष्यमा नै ।
निकटको त्यो अनुहार कता–कता देखे जस्तो परिचित झैँ लाग्छ, तर ठयाक्कै एकिन भने गर्नै सक्तैन । भर्खरै मात्र भेट भएको व्यक्ति सोधि हाल्न र बोलि हाल्न अप्ठ्यारो लाग्छ । मनमनै चाहन्छु –उसले एक शब्द बोलि दिए पनि त हुन्थ्यो नि । उसको क्रियाकलापलाई पनि म  नजानिदो पाराले हेरिरहेकी थिए । उसलाई पनि मेरै जस्तो भएको हुनुपर्छ शायद, र त छटपटिदै थियो ऊ पनि ।
हातको किताब भारी थिचे जस्तो लाग्छ आफैलाई । थन्काए त्यसलाई पनि ब्यागभित्र । एकोहोरो झ्यालबाहिर हेर्दै फर्किए बिगतका केस्राहरु उधिन्नतिर । आफ्नैै आयतनलाई ओगटदै बसेका हामी मन भित्रै बाट खै, किन हो ? एक किसिमको आत्मियताको बाडि उर्लिन्छ मेरो । त्यसै त्यसै माया लाग्छ त्यो अनुहारको । मनले भनिरहेको थियो, “सन्ध्या तेरो निकटको अनुहार परिचित नै हो ।” सम्झिने प्रयत्न गर्छु दुई दशक अघि देखि मानसपटलको भित्तोमा मक्किन लागेका, रङ उडिसकेका क्यानभास जस्ता चिरपरिचित मित्रहरुको मुखाकृतिलाई ।
 मेरा आँखा झ्याल बाहिरका दृष्यमा थिए तर उसका आँखा भने मेरो गालाको कालो कोठीमा टाँसिएका हुन्छन् । बोल्न मन दुवैलाई लागेको हुन्छ तर बोल्ने कसरी ? एउटा निहु त हुनु प¥यो नि ! अड लाग्छ । बर्तमान माहोलसँग अनभिज्ञ दुवै जव चेक पोष्टमा बस एक्कासी रोकिन्छ तब अवतरण हुन्छौं यथार्थको धरातलमा । त्यतिखेर पनि बोल्ने मेसो नै मिल्दैन । पन्ध्र बीस मिनेट पछि बस फेरि पुरानै गतिमा दगुर्न थाल्छ । पुराना हिन्दी गीत गुन्जिहेका हुन्छन् बसमा, म पनि गीत सँगै हराउँछु ।
   खाजा खाने ठाउँ आयो । एउटा होटेल अगाडि बस तेर्सियो । यात्रीहरु खाजा खान एक–एक गरी बाहिरिन्छन् । बाटो तिरको सिटमा ऊ बसेको भए पनि हतार गर्दैन बाहिर जानलाई । मलाई उठ्न मन अघि नै लागेको थियो तर बस रित्ति सके पछि मात्रै ऊ उठ्ने सुर गर्छ । औपचारिकताका लागि भए पनि अब त बोल्नै कर लाग्यो । उसको पहिलो वाक्य फुट्छ – “खाजा खाने होइन ? जाऊ बाहिर ।” बाहिरियौ हामी । सम्मुख भएर बसेका हामी बीचमा टेवल छ, मैले गेस गरिसकेकि छु । ऊ प्रभात नै हो । “के खाने ?” फेरी सोध्छ ऊ । “जे छ त्यहि खाउन” म छोटो उत्तर दिन्छु । खाजा अर्डर गरेर सँगै आएर बस्दै गम्भिर भावमा भन्छ – “सन्ध्या ! तिम्रो यो सजिलो बानी त उस्तै छ नि । मलाई चिन्यौ ? म तिम्रो उहि प्रभात हुँ ।”
   म अवाक भएँ । डबडबाए आँखा दुवैका । घाँटी नै अवरुद्ध हुन्छ, बोलि फुटदैन मेरो । ऊ भनि रहेको थियो– “ सन्ध्या ! सम्हाल आफूलाई ।” तर अह ! सक्तिन । लाज पचाएरै अंकामाल गर्न पुगे म त । आत्मिएताले भरिएको अंगालोमा हरायौ दुवै एकछिन । हिड्ने बेला भएछ क्यारे, गाडिको हर्नले झस्कायो । सवै यात्री उठि सकेछन् तर हाम्रो भने टेवलको खाजाले हामीलाई गिज्याई रहेको थियो । खाजालाई जहाँको तहि यथावत छोडि हामी पनि बस भएतिर हिड्यौं ।
   बढ्दो अंधकार सँगै चिप्लो सडकमा उसै गरी चिप्लिन्छ बस । अघिको भन्दा बातावरण निकै सहज भएको थियो तर पनि गाडीको आवाजले एउटै शव्द बारम्बार दोहराउनु पर्ने हुंदा कुरा गर्नै झ्याउ लाग्छ । गाडिभित्रको धिमा प्रकाशमा म उसलाई धेरैबेर सम्म पढ्छु । उसका अतृप्त आँखाको दहमा रिक्तताको गहिरो खाडल म पाउँछु । लाग्छ, ऊ भित्र पनि रिक्तता जरुर छ तर लुकाउन खोजिरहेछ । निकै कौतुहलता जाग्छ मनमा, उसका बारेमा जान्नलाई ।
 खाना खाने ठाउ आयो । हामी पनि ओर्लियौ । यहि आधि घण्टामा उसले आफ्ना बारेमा धेरै कुरो सुनायो । उसलाई भेट्दा खुशीले हरङ भएकोे मन उसका कुरा सुन्दा उत्ति नै दुखी भएको थियो । यो बीस बर्षको मेहनत र लगनशीलताले उसलाई अहिले जुन उचाईमा पर्याएको छ त्यति नै उ भित्रको रिक्तताले उसलाई खोक्रो बनाएको पनि छ । मान्छे जहिले पनि हुन र नहुनुको पिडाले थिचिएको हुदो रहेछ क्यार, यहां पनि भएको छ त्यस्तै । धन सम्पत्ति, मान सम्मान, ईज्जत उ संग सबैथोक छ अहिले तर पनि अह, खुशी छैन आफैमा । मन मिल्ने साथिको प्रेमिल साथ नहुदाको पिडाले खड्किएको छ उसको जीन्दगी पनि ।
 खाना खाई सके पछि गाडि फेरिे पुरानै रफ्तारमा दौडियो । बाक्लिदा रातका प्रहर संगै बस भित्रका यात्री प्राय सबै निदाईसकेका थिए । जति जति गाडि मुग्लिन नजिकिदै थियो उति नै छुट्टिनु पर्ने पिडादायी समय सम्झिदै मन भारी हुदै थियो मेरो । समय न हो किन रोकिन्थ्यो र रोकेर पनि । अन्तत छट्टिनु नै पर्यो । यतिखेरको उसको गन्तब्य पोखरा अनि मेरो काठमाण्डौं सम्मको । हेलियौ दुबै आ आफ्नो गन्तब्य तिर । उसको भिजीटिङ कार्ड ब्यागमा थन्काउदै सोचमग्न हुन्छु म त्यहि एकोहोरो शुसाएको त्रिशुली झैं । टलपल–टलपल गर्दै जून बगिरहेथ्यो, कन्चन त्रिशुलीको पानीमा । मनमनै गमे– हाम्रो प्रेम पनि यहि निर्मल पानी जस्तो न हो, आज सम्म त्यहाँ सधै त्यसैगरि कति जूनका तस्बिर बने र बगे । कसैले तिनलाई कहिल्यै समाउन सकेको छ र । यस्तै सोच्दा सोच्दै कतिबेला निदाएछु पत्तो नै पाईन । झिसमिसेमा जब थानकोटको चेक पोष्टमा  गाडि रोकियो तब झल्यास्स ब्यँझिए ।
 बिहान सबेरै काठमाण्डौं डेरामा पुगेकि म, यात्रा भरीका थकित यी एकजोर अनिदा आँखालाई बिश्राम गराउने प्रयत्न गर्छु  तर सक्तिन, मेरो प्रयास बिफल हुन्छ । प्रभातको झझल्को आई नै रहन्छ मनमा । यो पल्टको यात्राले गर्दा उसको बारेमा थोरै भए पनि जान्ने मौका त पाएँ तर मेरो बारेमा अनभिज्ञ उ, मलाई पनि मैले ब्यतित गरेको समयबारे अबगत गराउने मन लाग्यो । त्यसैले चार्जमा लगाई राखेको ल्यापटप समाते र प्रभातलाई मेल टाइप गर्न लागे  ।

प्रिय प्रभात,

   सुदुर बस्तीबाट बर्षाै पछि मुठाका मुठा चाङ लगाउँदै एक बिटो सदाबहार प्रेमिल सम्झना बोकेर यो सन्ध्या तिमीलाई स्पर्श गर्न आउँदैछे । पक्कै पनि सन्ध्याको स्पर्शले निरवतालाई निम्त्याउँछ, प्रभातको पहिलो किरणले प्रभाकरलाई चुमेको जस्तो निश्चय नै नहोला । तर, आत्मिक स्पर्श अवश्य पनि शीतल र कोमल नै हुनेछ ।
  तिमी र म असरल्ल वारिपारि पोखिएको बीष बर्ष भई सकेछ । बीस बर्षको लामो अन्तराल पछि अनायासै भएको यो जम्काभेट रिक्ततालाई जोड्ने सेतु त बन्ला तर अलग–अलग किनारा धस्काउँदै बगेका हामी एकाकार हुन सकौला र ? के नदिका दुई किनारालाई जोड्न सम्भव छ ? कति मुस्किल अनि जटील छ हैन ? घायल जीन्दगी जिउन अनि चोखो पहिलो प्रेम भुल्न । हो प्रभात ! बषौं देखि अन्तस्करणमा तिम्रो प्रेमको मुनालाई मलजल गरि हुर्काइरहेकि म । बैश नपोतितै यौवनको पूर्वाधमा अङकुराएको प्रेमको बीजलाई तिम्रो अनुपस्थितीमा पनि मैले गोडमेल गरि नै रहे, केवल मेरै आत्मसन्तुष्टिका लागि मात्र ।
   विभिन्न सामाजिक दायराका सङकुचित घेराभित्र बर्षौ बर्षसम्म आफूलाई खुम्च्याएर तिम्रो प्रेमको अस्तित्वलाई निश्चित आयतनमा सुरक्षित राखेकी छु, बिना कुनै सर्त बिना कुनै स्वार्थमा । प्रेम प्राप्ती होइन, जुनसुकै परिस्थितिमा पनि पाउनै पर्छ भन्ने संकिर्णताको साघुरो घेरामा सिमित नहोस् । स्वार्थ भन्दा माथि रहेर गरिएको प्रेम, जुन कसैले निचोर्न खोज्दा निचोरिदैन र दबाबमा फुलाउन खोज्दा मौलाउँदैन पनि । आधुनिकताले उब्जाएको फिका भौतिक प्रेम अहिलेका आम युवाको यौन पर्याय बन्न सक्ला तर त्यो मेरो रोजाई होइन ।
   बिवाहको प्रारम्भिक परिभाषा पनि बुझ्न नपाउदै अन्माईएको थियो मलाई “मारे पाप पाले पुण्य” भन्दै । मेरो सुखद भविष्यको कल्पना गर्दै तिमीबाट चुडाएर बैवाहिक पासोमा फसाउने मेरा अभिभाबकलाई म यतिवेला सम्मान गरु या घृणा गरु ? तिमी आफै भन ।
   प्रभात ! रोजाई र भोगाई फरक कुरा रहेछन् । चाहेको कुरा कहिल्यै भोग्न नपाइने र जुन भोगिन्छ त्यो कहिल्यै पनि रोजाई बन्न नसक्दो रैछ । भविष्यका बारेमा ब्लु प्रिन्ट पनि तयार गर्न नपाउँदै परिस्थितिले मलाई समय भन्दा अगाडि नै सामाजिक मर्यादाका गरुङ्गा बोझहरुको बुई लगाई दियो । सुरुवातिमा दिनमा त्यो बोझ उचाल्न निकै नै कठिनाई भयो । कयौ आरोह अवरोह बीच पौठेजोरी खेल्दै, अनगिन्ति तगाराहरुको सामना गरे । आफुलाई गृहस्थीका विभिन्न भुमिकामा उभ्याएर तिमीले झै मैले पनि पढाईलाई निरन्तरता दिई नै रहे फलस्वरुप आज आफ्नैै खुट्टामा उभिन सफल भएकि छु ।
   बिवाह पश्चात सबैको झैं मेरो पनि चाहना थियो तिमी जस्तै दिलदार लोग्ने होस् तर अह ! चाहना त चाहना मै सिमित हुन पुग्यो । त्यहि चेतनाले मलाई यो उमेरको भर्याङ चढ्ढासम्म डसिरहेको पनि छ । रिक्ततालाई आत्मसात गरि अतृप्त जीन्दगी बाँचिरहेकि छु । लोग्ने सँगको सम्बन्धमा मैले कहिल्यै आफू प्रति अनुरक्ति अनुभव गरिन । केवल नितान्त कर्तव्य सम्पादन कै लागि आफूलाई  समर्पित गरिरहे । मेरा ईच्छाको ख्यालै नगरि ठूलै उपकार गरेको ठान्ने लोग्नेलाई यहाँ लोग्ने मान्छेको उपमा दिन रुचाउँदिन म किनकि तिमी पनि त लोग्ने मान्छे नै त हौ नि । आफ्ना सपना, लक्ष्य सवै भुलेर स्वास्नी हुनुको पिडा दवाउँदै मर्यादित दाम्पत्ते जीवनको वकालत गर्ने पक्षमा पनि म छैन । जीन्दगीमा एउटा तिमीलाई प्रेम गरे, तर पाउन सकिन र जसलाई पाएँ उसलाई प्रेम गर्न सकिन । भद्रगोल यौनसँग यौवन साट्दै लोग्ने हुनुको अधिकार खोज्नेलाई म कसरी प्रेम गर्न सक्छु ?
   प्रभात ! यो कस्तो संयोग हो ? तिमी आएकै बसमा मैले चढ्नु । त्यसमा पनि तिमी सँगैको सिट मेरो हुनु । यो दैवले नै जुराएको संयोग हुनुपर्छ शायद । जीन्दगी त्यहि बसको यात्रा जस्तो न हो । सँग–सँगै हिडिरहेका यात्री, कति बीच बाटो मै छुट्छन् त कति बीच बाटो बाटै सहयात्री बन्न टप्किन्छन् । केहि समय सँगै व्यतित गरे पनि गन्तव्य सवैको आफ्नै हुन्छ । कोहि कसैको यात्रा भरि चाहेर पनि साथ दिन सक्तैन । हामीले जस्तो चाहेर पनि एक अकार्को जीन्दगीको यात्रा न त मैले सुगम बनाउन सके न त तिमीले नै । यस्तै नै हो, यात्राको रित ।  
   जीन्दगीको यात्राको दौरानमा सामना गरेका जटिलता तिम्रा स्थितिमा भन्दा मेरा स्थितिमा निश्चय नै बिकराल थिए होलान् जुन स्वाभाविक पनि छ । तिमी अबिवाहित हुनु र म आमा हुनाको कारण यस्तो भएको हुन सक्छ । सन्ध्या अव सन्ध्या मात्रै रहिन प्रभात ! ममतामयी आमा पनि भईसकेकि छे । उत्तरदायित्व र जिम्मेवारीलाई आत्मसात गर्दै आफूलाई सन्ततिमा समर्पित गर्दैछु किनकी एउटी आमा आफ्ना सन्तानप्रति सदा कर्तव्यनिष्ट हुन्छे नै चाहे जस्तो सुकै समस्याको पहाड उचाल्न किन नपरोस् । त्यसैले सम्झौता गरीसके मैले पनि आफ्नै जीन्दगीसँग र अबको बाँकि यात्रा म एक्लै पनि उषाको किरण सँगै लुकामारी खेल्दै बिताउन सक्छु ।
   बास्तविकताले मलाई केहि कुरामा आवश्यकता भन्दा बढी नै कठोर बनाएको जरुर हुनसक्छ त्यसैले म बाध्य छु यतिबेला तिम्रो प्रस्ताबको ठाडो इन्कार गर्न । हो, तिमीले मान्नै पर्छ प्रभात ! मैले आफुलाई जति नै पगाल्न खोजे पनि तिम्रा कुमार आकांक्षाहरुका साथ साथै म चल्न सक्तिन कि ! किनकी आमा बनि सकेका आइमाईहरुको प्रेममा कुमारी केटीको जस्तो जागृत ज्वालामुखी हुदैन । आफु भित्रैबाट फुट्न खोज्ने ज्वालामुखीलाई दबाएर सहने क्षमता हरेक आमालाई मातृत्वले दिएको हुन्छ । बिचार गर त, त्यस्तो यात्रा कति भारी र कष्टकर होला हामी दुबैका लागि जब हामी एक अर्काबाट असन्तुष्ट भएर घृणा गरौंला । यस अबस्थामा कुन्नि कति दुरीसम्म हामी खुशीले साथसाथै हिड्न सकौंला ! जबकि तिमीले भन्दा मैले भोगाईका जटीलता छिचोल्दै आधि बाटो त्यसै पनि तय गरि सकेकी छु ।
   अब अन्तमा, परिवर्तनको छलाङ जस्तो हामीले पनि बुझाईको दायरालाई सकय सापेक्ष फराकिलो बनाउनु जरुरी छ । जीन्दगीमा अतित र प्रेम सवैको हुन्छ । फरक यति हो ढीलो चाँडो र आकर्षण बिकर्षणको अन्तर मात्रै । त्यसैले प्रभात यो निर्णय गर्ने जिम्मा तिमीलाई सुम्पिदै अहिलेलाई ओझेल पर्छु    ।
                                                                                                                                                                                                      उहितिम्री                                                                                                                                                                           सन्ध्या !
 प्रभातलाई मेल सेन्ड गर्दै प्रतिउत्तरको झिनो आशा मनमा सँगालेर जबरजस्त निदाएँ ।

पार्बती शाही
onsnews.com भिडियो हेर्न तलको बाकस थिच्नुहोस
२२ जेठ, काठमाडौं ।

शुक्रबार बिहान १० बजेर २ मिनेट जाँदा आजको भूकम्पको झट्का महसुस भएको छ ।



सिन्धुपाल्चोक केन्द्र भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गइको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
सज्जन कुमार सिंह
सउल । कोरियामा कार्यरत सबिन मादेङ्वा लिम्बू पाँच दिनदेखि सम्पर्क बिहिन भएका छन् ।
फेसबुकमा स्टाटस लेखेर उनी ५ दिनदेखि सम्पर्क बिहिन भएको उनकी दिदी सीता मादेङ्वाले जानकारी दिएकी छिन् । दिदीले फेसबुकमा स्टाटस लेखी कोरियाको सउलबाट भार्इ हराएकोले खोजी गरिदिन आग्रह गरेकी छिन् ।
इपिएस मार्फत १० महिनाअघि कोरिया आएका तेह्रथुम ओयाक्जुङका लिम्बु गत आइतबार बिहानदेखि सम्पर्क बिहीन भएका हुन । उनले अन्तिम पटक फेसबुकमा बा आमा र नेपाली बुबाआमा दाजुभाइ माफ पाउ भन्ने स्टाटस लेखेका थिए ।
आनसङ स्थित हाङगेल नामक बंगुर फर्ममा बिगत २ महिनादेखि काम गर्दै आएका लिम्बु हराएपछि उक्त क्षेत्रमा दैनिक ४० प्रहरीले तालिम प्राप्त कुकुरसहित खोजी गरिरहेका छन् ।
फर्म नजिकैको जंगलमा उनले प्रयोग गर्ने केही सामान भेटिएको छ ।
dainiknepal.com
काठमाडौं, जेठ २२ । आज विश्व वातावरण दिवस नेपालमा पनि प्रकृति संरक्षणको क्षेत्रमा लागेकाले विभिन्न कार्यक्रम गरी मनाइदैछ । एउटै पृथ्वी, सात अर्ब सपना: दिगो उपभोग, हाम्रो चाहना भन्ने नारा सहित विश्वभर दिवस मनाइदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ जुन ५ तारिखदेखि यो दिवस मनाउन सुरु गरिएको हो ।

दिवसको अवसरमा प्रधानमन्त्री सुशील कोइरालाले शुभकामना सन्देश दिनुभएको छ । उहाँले बैशाख १२ गतेको भूकम्प र त्यसपछिको पराकम्पनका कारण वातावरणमा निकै ठूलो समस्या आएकोमा दुःख व्यक्त गर्नुभएको छ । यसले प्राकृतिक वातावरण एवं स्रोतहरुमा भविष्यमा गम्भिर असर पर्ने भएकाले सबैलाई सचेत हुन उहाँले आग्रह गर्नुभयो । प्रधानमन्त्री कोइरालाले एकको असल प्रयासले प्रकृति संरक्षण हुने भएपनि गलत अभ्यासले विनास निम्त्याउने भन्दै पृथ्वीलाई माया गर्नुपर्ने बताउनुभयो ।

वैशाख १२ गतेको भूकम्पका कारण नेपाललाई सन् २०२२ सम्ममा अल्पविकसित मुलुकबाट विकासोन्मुख मुलुकमा रुपान्तरण गर्ने योजनामा चुनौती थपिएको उहाँको भनाई छ । त्यसैले अबका दिनमा सबैले आफ्नो ठाउँबाट वातावरणको संरक्षण, प्राकृतिक स्रोतहरुको बुद्धिमतापूर्ण उपयोग, खाद्य पदार्थ, पानी र उर्जाको बचत, फोहोरमैलाको उत्सर्जनमा कमी, स्रोत साधनको पुनः प्रशोधन र प्रयोग लगायतका वातावरण संरक्षण हुने काम गर्नुपर्नेमा प्रधानमन्त्री कोइरालाको जोड छ ।

विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सचिव डा. कृष्णचन्द्र पौडेलले भूकम्पका कारण भविष्यमा हिमताल फुट्ने, भूस्खलन, बाढी र रोगव्याधीको खतरा हुने देखिएकाले सतर्क हुन आग्रह गर्नुभयो । त्यसबाट बच्न अहिले देखि नै बाटो, पानी, हावा, उर्जा तथा कृषि, वनजंगल र जैविक विविधताको संरक्षण गर्नुपर्ने उहाँले बताउनुभयो । वातावरण र विकास एकआपसमा पर्यायवाची र परिपूरक भएकाले वातावरण मैत्री विकास अपरिहार्य भएको उहाँको भनाई छ ।

सचिव पौडेलले अहिलेको आवश्यकतासँगै हाम्रा सन्ततिको स्वच्छ र सुरक्षित वातावरणमा बाँच्न पाउने नैसर्गिक अधिकारलाई सुनिश्चित गर्न आजैदेखि वातावरण संरक्षणमा अग्रहर हुन सबैलाई आग्रह गर्नुभएको छ । दिवसको अवसरमा प्रकृति संरक्षण कोष सदर चिडियाखाना तथा हरियो वन कार्यक्रमले आज प्रकृति र भूकम्प शीर्षकमा चित्रकला कार्यशाला तथा प्रदर्शनीको आयोजना गरेको छ ।-उज्यालो अनलाइन बाट
एजेन्सी । अमेरिकाको टेक्सासमा बस्ने एक व्यक्तिले श्रीमतीले छोडने त्रासले मोटी बनाउन खोज्दा श्रीमतीको तौल ३०० किलो भन्दा बढी पुगेको छ ।

जोश नाम गरेका ती व्यक्तिले श्रीमती बेट्टोले छोडने डरले मोटो हुने खाद्यपदार्थ खुवाउँदा उनको तौल ३०० किलो पुगेको छ । तर उनका पति जोशलाई भने श्रीमती मोटो भएकोमा खुसी लागेको छ । किनभने अब उनी ढुक्क छन् उनकी श्रीमतीले छोडदैनन् भनेर ।

उनले श्रीमतीलाई सानो भन्दा सानो काममा पनि सघाउँछन् । उनकी श्रीमती अत्यधिक मोटी भएका कारण ट्वाइलेट जानेदेखि कपडा चेन्ज गर्नका लागि समेत उनले श्रीमतीलाई सघाउने गरेका छन् । उनी अहिले पनि श्रीमती दुब्ली भएमा आफ्नो सहयोग आवश्यक नपर्ने भएकाले छोडने चिन्ताले सताउँछ ।

 त्यसैले अहिले पनि उनी श्रीमतीलाई अझ मोटी बनाउन चाहन्छन् । उनले श्रीमतीलाई पोसीलो खाद्य पदार्थ खुवाउँछन् ।

बढी मोटी भएपछि गत वर्ष बेट्टीको तौल सर्जरी गरेर केही कम गरिएको थियो । तर अहिले उनका श्रीमान उनलाई दुब्लो बनाउने कुनै पनि काम गर्न तयार हुँदैनन् ।
महिलाहरुलाई बुझ्न प्रत्येक पुरुषहरुलाई केही गाह्रै हुन्छ, तर यदि तपाई उनीसँग अफ्नो सम्बन्धलाई राम्रो, बलियो र लामो समयसम्म टिकाइरहन चाहानुहुन्छ भने तपाईले उनलाई बुझ्न आवश्यक छ । पढ्नुहोस्, तपाईका लागि आफ्नो महिला साथीलाई बुझ्नका लागि केही तरिका छन् ।


१. दुवै जनाबिच कुराकानी चलिरहन आवश्यक छ । बिशेषगरी, महिलाहरुलाई उनीहरुको कुरा सुन्ने पुरुष एकदमै मनपराउँछन् । त्यस्तै तपाई पनि आफ्नो प्रेमिकासँग केही कुरा गर्न चाहानुहुन्छ भने आमुने सामुने भएर कुराकानी गर्नुहोस् ।

२. महिलाहरुलाई प्रशंसा गर्नु पुरानो तर प्रभावकारी तरिका हो । तपाई मान्नुस् वा नमान्नुस्, महिलाहरुलाई आफ्नो तारिफ सुन्न एकदमै राम्रो लाग्छ, तर आवश्यकभन्दा बढी प्रशंसा पनि नगर्नुहोस्, यस्तो गर्नाले उनलाई तपाईप्रति शंका उत्पन्न हुन सक्छ ।


३. कञ्जुस पुरुषसँग महिलाहरु टाढा रहन्छन् । पहिलो भेटपछि यदि तपाई उनीसँग फेरी भेट्न चाहानुहुन्छ भने बिल आफैँ तिर्नुहोस् ।
४. आफ्नो सामाजिक जीवनलाई संगठित बनाउँनुहोस् । महिलाहरुलाई उपहार एकदमै मन पर्छ । त्यसैले कहिले काही उनीहरुलाई उपहार दिनुहोस् । यदि धेरैजासो तपाई दिनुहुन्छ भने उनलाई पनि उपहार दिने मौका दिनुहोस् ।
५. तपाई उनीलाई जुनसुकै उपहार दिएपनि त्यसको उद्देश्य स्पष्ट हुनुपर्छ, यसबाट उनी प्रभावित हुन सक्छिन् ।
६. पुरुषहरुलाई थोरै स्टाइलिश हुने कोशिस गर्नुपर्छ । यसका लागि जिन्स र टिसर्ट राम्रो विकल्प हो । यसका साथमा छालाको जुत्ता लगाउँन सक्नुहुन्छ ।

७. यदि तपाई कुनै पनि बिषयमा पर्याप्त जानकारी छैन भने जानकार बन्ने कोशिस नगर्नुहोस् । उनलाई स्पष्टसँग भन्नुहोस् कि तपाईलाई त्यसबारे केही थाहा छैन ।
ज्योतिष शास्त्र यो आफैमा एउटा ठुलो शास्त्र हो । यो कसैले बिश्वास गर्छन त कसैले गर्दैनन्  त्यो आ आफ्नो विचारको कुरा हो  । बिकशित मुलुकमा पनि  यसलाई मान्यता दिएको पाइन्छ  । यो मान्न पर्छ नै भन्ने पनि छैन तर सपनाको बारेमा पनि  यस शास्त्रले बर्णन गरेको पाइन्छ  । तेस्तै सपनामा देखिने हरेक कुराको शुभ र अशुभ फल हुन्छ जस अनुशार बिशेष गरि महिलाको बारेमा देखिने सपनाको कुरा यहाँ उल्लेख गरिएको छ ।



१.यदी  सपनामा परि देखियामा उसलाई अतुल्य धन प्राप्त हुन्छ
२. सपनामा प्रेमीकाको साथमा  यात्रा गरिरहेको देखियमा  उसको दाम्पत्य जीवन अत्यन्त  सुखद रहन्छ  ।
३.सपनामा बुर्का लगाएको महिला देखिएमा उसको मित्रले उसलाई धोका दिएको हुन्छ  । एदी कुनै पनि मानिसले सपनामा कुनै स्त्री को चुम्बन या उसको साथ् यौन सम्पर्क गरेको देखेमा उसलाई अचानाक धन प्राप्ति हुन्छ ।
४.यदि सपनामा महिलाले पछौरी सग खेलिरहेको देखेमा राज्यबाट सम्मान र धन सम्पतिको वृद्धि हुन्छ  ।
५.यदि कोहि पुरुसको सपनामा सुनौलो कपाल भएको महिला देखियमा उसको बिबाह कुनै धनि परिवारको युवती सग हुन जान्छ ।
६.सपनामा  आफ्नो प्रेमीकाको कपला रातो देखेमा आउने समयमा उसको प्रेमिकालाई  दुराचारको आरोप लाग्न सक्छ  ।
७.जुन पुरुषको सपनामा गहु गोरो रंगको सुन्दरीस्त्रीले अँगालो मारेको देखेमा  उसलाई  तुरुन्तै धनी हुने योग मिल्छ  ।
८.जुन पुरुषको सपनामा प्रेमीकाले  छोडेको देखिन्छ  , उसलाई आफ्नो जीवन कालमा धेरै धन प्राप्ती हुन्छ  ।
९.यदि कोहि मानिसको  सपनामा कुनै युवतीको कानमा टप, झुम्का लगाएको देखेमा उसलाई छिटै शुखद समाचार मिल्न जान्छ र सपनामा कुनै महिलाले सेतो घुम्टो  निकालिरहेको देखेमा उसको दाम्पत्य जीवन सुखमय ब्यतित  हुन्छ  ।
सपनामा कुनै युवती सजियर साथिहरुको साथमा आफूतिर फुलको हार लियर आएको देखेमा उसको जीवनमा सफलता हाशिल हुन्छ ।
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home