अदुवा हालेको चिया सबैले खान्छन् । तर त्यसका फाइदाबारे सबैलाई थाहा नहुन पनि सक्छ । जाडोमा अदुवा हालेको चिया पिउनुको आफ्नै महत्व छ ।
अदुवामा भिटामिन सीको मात्र उच्च हुन्छ भने म्याग्नेसियम र अन्य खनिज पनि पाइन्छ । अदुवाको जरा स्वास्थ्यका लागि अत्यन्तै राम्रो मानिन्छ ।
अदुवाको चिया बनाउँदा मह र कागती समेत मिलाउन सकिन्छ ।
किन खाने अदुवाको चिया ?
१ बान्त हुने र विरामी पर्ने हुँदैन
कुनै पनि यात्रा शुरु गर्नु अघि अदुवा हालेको चिया पिउँदा बाटोमा हुन सक्ने वान्त वा अन्य विमारी हुने समस्या आउँदैन । अलि अलि असजिलो महसुस भएको समयमा पनि अदुवा भएको चिया खानु राम्रो हुन्छ ।२ पाचन प्रणालीमा सुधार
अदुवाले पाचन प्रणालीका क्रियाहरु सहज तुल्याउँछ । अधिक खानेकुरा सेवन गरेको समयमा पनि एक कप अदुवा भएको चिया खानु उपयुक्त हुन्छ ।
३ दुखाइमा पनि औषधी
अदुवाले तपाइँको शरीरको कुनै भागमा भएका जलन वा दुखाइलाई पनि कम गर्छ । मांसपेसी र जोर्नीको दुखाइमा पनि अदुवाको सेवन सहायक हुन्छ ।
४ श्वासप्रश्वासको समस्यामा औषधी
अदुवाको चियाले श्वासप्रश्वासको समस्या हुनेलाई पनि लाभ गर्छ । चिसो लागेको समयमा एक कप अदुवा हालेको चिया लाभदायी हुन्छ । त्यसैगरी वातावरणीय एलर्जीलाई पनि निवारण गरिदिन्छ ।
५ रक्त सञ्चारमा सुधार
अदुवामा रहेको भिटामिन र खनिज एवं एमिनो एसिडले रक्त सञ्चारलाई राम्रो पार्छ र विभिन्न रोगको खतराबाट बचाउँछ । हृदयघात देखि अन्य मुटु सम्बन्धी समस्या समेत अदुवाको चियाबाट कम गर्न सकिन्छ ।
६ महिनाबारीको समाधान
अदुवाको चियाले महिलालाई हुने महिनाबारीको समस्या समाधान गरिदिन्छ । अदुवाको चिया तल्लो पेटमा लगाउँदा पनि यसले दुखाइ कम गर्छ । अदुवा चियामा मह मिसाउन सकेन त्यसले झनै राम्रो गर्छ ।
७ रोग प्रतिरोधात्मक क्षमतामा वृद्धी
अदुवाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । अदुवाको चियामा उच्चस्तरको एन्टीअक्सीडेन्ट हुन्छ जसले रोगसँग लड्ने क्षमता बढाउँछ ।
८ दिकदारी कम गर्छ
अदुवा हालेको चिया सेवन गर्दा दिकदारी र तनाव कम गर्छ । चियाँ र अदुवाबाट बन्ने कडा रसायनले यस्तो लाभ दिने चिकित्सकहरुको भनाइ छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

चाणक्य नीतिमा जीवनका विभिन्न शुत्र उल्लेख गरिएको छ । नीति शास्त्रमा मानिसहरु सुतेको समयमा विभिन्न कुरामा ध्यान दिनु पर्ने उल्लेख छ । चाणक्यले ७ लाई कहिल्यै पनि निद्राबाट जगाउन नहुने भनेका छन् ।
१ मुर्ख ब्यक्ति
यदि कोही मुर्ख ब्यक्ति सुतेको छ भने उसलाई उठाउने धृष्ठता नगर्नुसे । जगाउनु भनेको आफूलाई समस्यामा पार्नु हो । मुर्ख ब्यक्ति ब्युँझिएपछि तपाइँलाई कुनै नै कुनै समस्यामा पार्छ । मुर्खहरु सुतेको समयमा नै तपाइँलाई शान्ति हुन्छ ।
२ सर्प
सर्प सुतिरहेको छ भने उसलाई कहिल्यै पनि जिस्काउने र जगाउन काम नगर्नुस् । साँपलाई ब्युँझाउनु भनेको आफ्नो मृत्यु निम्त्याउनु जस्तै हो । किन भने सुतिरहेको साँप ब्युँझियो भने तपाइँलाई टोक्ने निश्चित हुन्छ ।
३ राजा या मालिक
यदी तपाइँले अति आदर गर्नु पर्ने मन्त्री वा राजा जस्ता ब्यक्ति सुतेका छन् भने उनीहरुलाई नबिउँझाउनुस् । यस्ता ब्यक्तिलाई सुतेको बेलामा बिउँझाउँदा उनीहरु रिसाउन सक्छन् । कहिले काँही विनाकारण जागिर गुम्ने वा सजाय समेत पाउन सकिन्छ ।
५ सिंह
यदि जंगलमा वा चिडियाघरमा सिंह सुतिरहेको छ भने यसलाई नजिस्काउनुस् । सिंह बिउँझिएपछि आक्रामक हुन्छ र मानिसलाई नै आक्रमण गर्न सक्छ । सुतिरहेको सिंहलाई विउँझाउने धृष्ठता नगर्नुस् ।
५ सानो बच्चा
सानो बच्चालाई पनि सुतिरहेको समयमा जगाउनु हुँदैन । साना बच्चा जाग्नासाथ रुन थाल्छन र उनीहरुलाई चुप लगाउन निक्कै कठिन हुन्छ । बच्चा उठ्ने वित्तिकै रोयो भने फकाउन निक्कै कठिन हुन्छ । बच्चालाई कहिल्यै पनि नबिउँझाउनुस् आफै विउँझिन दिनुस् ।
६ पराइ कुकुर
यदि कसैको घरमा कुकुर पालेका छन् र कुकुर सुतिरहेको छ भने उसलाई नचलाउनुस् । कुकुरलाई चलाएर बिउँझाउन खोज्नु भो भने भुक्ने मात्र होइन तपाइँले टोकाइकै पनि सामना गर्नु पर्ने हुन सक्छ ।
७ हिंस्रक पशु
कुनै पनि जंगली वा घरपालुवा हिंस्रक जनावरलाई सुतिरहेको समयमा चलाउनु हुँदैन । हिंस्रक पशुले विउँझिएपछि मानिसमाथि आक्रमण गर्छन् । र सम्हाल्न मुस्किल पर्छ ।

विराटनगर : प्रहरीले विराटनगरबाट भारतको जोगबनी हुँदै गैरकानुनी रूपमा कुवेत लैजान खोजिएका पाँचजना नेपाली युवतीको उद्धार गरेको छ। झुक्याएर कुवेतमा लगेर रोजगारीमा लगाइदिने भनेर गैरकानुनी रूपमा लगिएका उनीहरूलाई विराटनगर भन्सार कार्यालयको दुई नम्बर ढाटबाट उद्धार गरिएको हो। उनीहरूलाई केआई नेपालको संरक्षणमा राखेर प्रहरीले घटनाको अनुसन्धान थालेको छ।
कुवेत लान भनेर काठमाडौंबाट एकै साथ ल्याइएका १४ जनामध्ये म्याग्दीकी ३८ वर्षीया मनमाया कामी, कैलालीकी २१ वर्षीया कोपिला तामाङ, उदयपुरकी २१ वर्षीया सुमिका दनुवार, सप्तरीकी २५ वर्षीया मंगलीदेवी राम र मोरङको पथरी-शनिश्चरे नगरपालिका ८ की दुर्गा राई (जोगी) लाई उद्धार गरिएको जानकारी इलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरीनिरीक्षक गंगाप्रसाद पौडेलले दिए।
पौडेलका अनुसार उद्धार गरिएकामध्ये कोपिलालाई जोगबनी घुम्न र दुर्गालाई दुबई लैजान भनेर ल्याइएको खुलेको छ तर उनीहरू सबैलाई कुवेत पठाउन खोजिएको देखिन्छ। उनीसँगै कुवेत लैजान भनेर ल्याइएका नौजना कहाँ छन् भन्नेबारेमा अझै खुल्न सकेको छैन।
'रोजगारीमा लगाइदिने भन्दै झुक्याएर भारतको बाटो हुँदै १४ जनालाई कुवेत लैजान खोजिएको रहेछ', प्रनि पौडेलले भने, 'जोगबनी पार हुन लाग्दा पाँचजनाको उद्धार गर्न सफल भइयो तर अरू कहाँ छन् भन्नेबारेमा खुल्न सकेको छैन।'
शंका लागेपछि नियन्त्रणमा लिएर सोधपुछ गर्दा उद्धार गरिएकामध्ये केहीले भारतको पानीट्यांकीमा सब्जी किन्न गएको र केहीले आफन्त भेट्न गएको भनेर प्रहरीलाई समेत झुक्याउन खोजेको जानकारी पौडेलले दिए।
उनका अनुसार पानीट्यांकी जोगबनीबाट जान नसकिने र झापाको काँकडभित्ता हुँदै जानुपर्ने भएकाले पनि उद्धार गरिएकाले भनेको कुरा विश्वास गर्न सक्ने अवस्था भएन।
उनीहरूलाई उद्धार गर्नासाथ कोपिलाको मोबाइलमा गोविन्द तामाङको नामबाट सबै कुरा प्रहरीलाई नखोल्नु भन्ने एउटा म्यासेजसमेत आएको छ।
कोपिलाले गोविन्द आफ्नो मामाको छोरा भएको र गोविन्दसँगै सल्लाह गरेर जोगवनी घुम्न आफू निस्किएको बयान प्रहरीलाई दिएपछि प्रहरीले गोविन्दलाई पनि नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ।
'मंगलबार उद्धार गरेपछि सबै कुरा बुझ्दा झुक्याएर भारतको नयाँदिल्ली हुँदै कुवेत लैजान खोजिएको पाइयो', प्रनि पौडेलले भने, 'गलत बाटो प्रयोग गरेर लग्न खोजिएको पाइएपछि उद्धार गरेर यस विषयमा अनुसन्धान अघि बढाइएको छ।'
यसको अनुसन्धानका लागि प्रनि पौडेल आफैं खटिएका छन्। उद्धार गरिएकाले कुवेतमा गएमा राम्रो पैसा कमाउन सकिने भन्दै आफूहरूलाई लान खोजिएको र बीचबाटोमा प्रहरीले सोधपुछ गरेमा भारतको पानीट्यांकी गएको भनेर भन्न सिकाएर यहाँसम्म ल्याएको बयान प्रहरीलाई दिएका छन्।
उद्धार गरिएकामध्ये दुर्गाबाहेक अन्य चेली राम्ररी आफ्नो ठेगाना पनि भन्न सक्ने अवस्थामा छैनन्। तीमध्ये मंगलीदेवी र मनमाया राम्ररी नेपाली बोल्न पनि जान्दैनन्।
उनीहरूले काठमाडौंमा विशाल भन्ने पुरुष र मोटी भन्ने महिलाले विभिन्न प्रलोभन देखाएर कुवेत जानुपर्छ र त्यसको खर्च पनि नलाग्ने भनेर ल्याएको बताएका छन्।
उनीहरूले राहदानी बनाउँदा लाग्ने खर्च पनि आफैं लगाइदिने भनेर ल्याइएको बताए। 'एउटा टोलीमा हामी १४ जना थियौं।
हामीलाई ललितपुरको सातदोबाटोबाट गाडी रिजर्भ गरेर ल्याइयो', उद्धार गरिएकीमध्ये दुर्गाले भनिन्, 'हामीसँगै गाडीमा आफूलाई मोटी भनेर चिनाउने दिदी पनि हुनुहुन्थ्यो तर विराटनगर ल्याएर जोगबनीको बस चढाएपछि उहाँ हराउनुभयो।'
दुर्गाका अनुसार विराटनगरबाट जोगबनीसम्म सञ्चालन हुने अलगअलग बसमा १४ जनालाई चढाएर मोटी भन्ने महिला त्यहाँबाट जोगबनीतर्फ लागेकी थिइन्।
'मोटी दिदीले यो बसमा चढेर आउनु अनि जहाँ ओराल्छ त्यहाँबाट पारिपट्टी (जोगबनी) आउनु हामी त्यहाँ हुन्छौं भन्नुहुन्थ्यो', दुर्गाले प्रहरीसँगको बयानमा
भनेकी छन्, 'हामी पारिपट्टि पुग्नै नपाईकन प्रहरीले नियन्त्रणमा लियो।'
उद्धार गरिएकाहरूले तत्काल सही बयान नदिएका कारण पनि उनीहरूसँगै गएका अन्य नौजना चेलीको त्यहीबेला उद्धार गर्न नसकिएको र उनीहरू कहाँ छन् भन्नेबारेमा अहिलेसम्म पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ।
'उद्धार गर्नासाथ सही बयान दिएका भए हामी अन्य चेलीहरूको उद्धार गर्न पनि सफल हुने थियौं। उनीहरूलाई लिएर जानेलाई पनि पक्राउ गर्न सक्ने थियौं', प्रनि पौडेलले भने, 'उनीहरूको उद्धार मंगलबार गरियो तर कुबेत लैजान खोजिएको भन्ने कुरा बुधबार मात्र खुल्यो।'
शंका लागेकै कारण उनीहरूलाई मंगलबार नियन्त्रणमा लिएर केआई नेपालमा राखिएको जानकारी उनले दिए।
उनीहरूलाई लिएर जाने गिरोह भारतपट्टिको भूमिमा बसेर हेरिरहेको र उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिनासाथ त्यहाँबाट भागेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। प्रहरीले अन्य नौजनालाई भारत कटाइसकेको हुन सक्ने पनि बताएको छ।
annapurnapost.com

काठमाडौं, २१ जेठ । गत वैशाख १२ र २९ गतेको शक्तिशाली भूकम्पपछि नेपालमा विहीबार फेरि भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार विहीबार अपराह्न ४ बजेर १५ मिनेटमा दोलखालाई केन्द्रविन्दु बनाएर नेपालमा फेरि भूकम्पको धक्का महसुस गरिएको हो ।
दोलखा केन्द्रविन्दु भएर गएको भूकम्प ४ रेक्टर स्केलको हो । यसअघि बुधबार दिनभरी पाँच वटा भूकम्प गएका थिए । पछिल्लो भूकम्प दोलखामै ४ दशमलब ५ रेक्टरको गएको थियो ।
अहिले दोलखामा गएको भूकम्प विहीबार नेपालमा महसुस गरिएको पहिलो धक्का हो ।

सामाजिक सञ्जाल हाम्रो जीवनको एक अभिन्न पाटो बनिसकेको छ । नेपालमा पछिल्लो समय सामाजिक सञ्जालका फेसबुक ट्वीटर प्रयोग गर्नेहरुको संख्या ह्वात्तै बढेको छ । तर मानिसहरुले सामाजिक सञ्जाललाई दुरुपयोग पनि गरिरहेका छन् ।
फेसबुक ट्वीटरमा जे पायो त्यही पोष्ट गर्ने वा सन्देश पठाउने गर्नु भएको छ भने सावधान ! सामाजिक सञ्जालकै कारण जेल जानु पर्ला । अव समाजिक सञ्जालको प्रयोगमा संयमता अपनाउने समय आएको छ ।
नक्कली अकाण्ट बनाउने, भद्दा र अश्लिल कमेन्ट गर्ने, आपत्तिजनक पोष्ट गर्ने, अनलाइनबाटै मानिसहरुलाई धम्काउने वा सताउने गर्छन् कतिपय मानिसले । आफ्नो फेसबुक हो भन्दैमा जे गर्न पनि पाइन्छ भन्ने ठान्नु भएको छ भने समस्यामा पर्नु होला । भविष्य नै बरवाद समेत हुन सक्छ ।
कमेन्ट गर्दा ध्यान दिनुस्
सामाजिक सञ्जालमा कुनै पनि पोष्ट देख्नु भो भने त्यसलाई लाइक गर्नु वा कमेन्ट गर्नु अघि एक पटक राम्ररी पढ्नुस् । कुनै पनि कन्टेन्ट आपत्तिजनक छ भने त्यसलाई लाइक वा कमेन्ट नगर्नुस् । कुनै पनि ब्यक्तिले राखेको आपत्तिजनक पोष्ट वा सामग्रीमा तपाइँले लाइक वा कमेन्ट गर्नु भो भने साइवर कानूनले तपाइँलाई समेत जेलको हावा खुवाउन सक्छ ।
पोष्ट गर्नु अघि सोंच्नुस्
कुनै पनि सामग्री वा स्ट्याटस फेसबुकमा वा ट्वीटरमा राख्नु अघि एक पटक विचार गर्नुस् । तपाइँको पोष्ट अश्लिल वा भडकाउ अथवा मानहानी गर्ने खालको छ वा कसैको मानमर्दन र निजि कुराको खुलासा गर्ने किसिमको छ भने तपाइँ समस्यामा पर्न सक्नु हुन्छ । त्यसैगरी कसैको पोष्टमा अश्लिल सामग्री राखिदिनु वा अश्लिल कमेन्ट गर्दा पनि समस्या आउन सक्छ ।
जोशमा होश नगुमाउनुस्
कुनै पनि सामाजिक सञ्जालमा साम्प्रदायिक भड्काव ल्याउने वा अफवाह फैलाउने ब्यक्ति पनि कानूनी कारवाहीको दायरामा पर्छन् । यस्ता ब्यक्तिलाई पनि सार्वजनिक अपराधकै मुद्धामा सजाय हन सक्छ ।
नक्कली अकाण्टबाट बँच्नुस्
कुनै पनि ब्यक्तिले नक्कली अकाण्ट बनाउनु र त्यसको प्रयोग वा दुरुपयोग गर्नु कानूनी कारवाहीको दायरमा पर्छ । यसो गर्दा तपाइँ प्रहरीको फन्दामा पर्न सक्नु हुन्छ । कुनै पनि ब्यक्तिको अकाण्टबाट अरुलाई घोंचपेच वा दुरुपयोग गर्नेलाई पनि सजाय हुन सक्छ ।
अश्लिल सामग्रीबाट बँच्नुस्
सामाजिक सञ्जालमा अश्लिल सामग्री आदान प्रदान गर्ने वा कुनै अश्लिल कमेन्ट वा कुराकानी गर्ने बानी छ भने आजै देखि छोड्नुस् । अझ कुनै केटा केटीलाई यस्तो गर्नै हुँदैन । यसो गर्दा अनलाइन यौन दुर्व्यवहार वा शोषणको मुद्धामा जेल जान सक्ने खतरा हुन्छ ।
पछिल्लो समयमा सामाजिक सञ्जालमा सामान्य सोंचेर पोष्ट वा सन्देशकोरुपमा पठाइएका गरिएका कतिपय सामग्रीका कारण मानिसहरु प्रहरीको फन्दामा परिरहेका छन् । प्रयोगकर्ताको सबै विवरण पत्ता लगाउने प्रविधीका कारण सामाजिक सञ्जालबाट झुक्याउन खोज्नेहरु मुर्ख सावित भैरहेका छन् । www.nepaliheadlines.com

काठमाडौं । हाम्रो समाज मात्रै होइन, विश्वका विभिन्न समाजमा पुरुषले युवती भन्दा विवाहित परस्त्रीसँग सम्भोग गर्न मनपराउँछन् । यो मनोवैज्ञानिक स्वाभाव पनि हो ।तर, परस्त्रीले पुरुषलाई कसरी आकर्षित गर्छ भन्ने कुरामा भरपर्छ । कुनै कुनै परस्त्री यस्ता हुन्छन् । जसलाई देख्नेवित्तिकै पुरुषको उत्तेजना १८० डिग्रीसम्म पुग्छ । परस्त्रीसँग आकर्षित हुने कारणहरु यसप्रकार छन् :
जहिले पनि यौवनपूर्ण अवस्थालाई महिलाको आकर्षणसँग जोडिन्छ । पुष्ट अधर, कोमल छाला, स्वस्थ आँखा, चमक भएको केश तथा कसिलो शरीर भएका महिलालाई आकर्षक मानिन्छ । त्यसैगरी विकसित स्तन पनि महिलाको शारीरिक आकर्षणको मापदण्डमा पर्छ । विकसित स्तनले भावी सन्तानको पोषणको सुनिश्चिततालाई संकेत गर्छ ।
प्रायः सबै समाजमा महिलाको आकर्षणमा कम्मर–नितम्ब अनुपातको महत्त्वपूर्ण भूमिका देखिन्छ ।
स्तन महिलाको अङ्ग भए पनि पुरुषले पनि यौन आनन्द प्राप्त गर्ने भएकाले नै होला, उनीहरू यसप्रति आकषिर्त हुन्छन् । स्तनलाई महिलाको सुन्दरतासँग जोडिन्छ । प्रायः पुरुषले आफूभन्दा केही होचा महिलालाई रुचाएको पाइन्छ।
केही अपवादलाई छोडेर प्रायः व्यक्तिले आफ्नो अनुहारसँग मिल्दोजुल्दो अनुहारमा विशेष आकर्षक पाउन सक्छ । दायाँबायाँ मिलेको हुनुका साथै अनुहारको माथिल्लो भाग (निधार भएको भाग), मध्यभाग (आँखा, नाक, गाला) अनि तल्लो भाग (ओठ, चिउँडो) समान अनुपातको हुनुलाई सुन्दर अनुहार मानिन्छ । सम्भवत : तपाईं आकषिर्त हुनुभएको महिलामा पनि यी कुरा पक्कै होलान् ।
विवाहित महिलाप्रति किन आकर्षित हुन्छन् पुरुष ?
कतिपय अविवाहित महिला विवाहित पुरुषप्रति आकषिर्त भएजस्तै अविवाहित पुरुषहरू पनि विवाहित महिलाप्रति आकषिर्त हुन्छन् । पक्का भन्न नसकिए पनि यसका केही सम्भावित कारणमध्ये केहीको चर्चा गरौं ।
पुरुष स्वभावले नै यौनसम्पर्क राख्न लालायित हुन्छ । यौनसम्पर्कका लागि यौन साथीसँगको सम्बन्धप्रति प्रतिबद्ध हुनुपर्ने हुन्छ । विवाहित महिलासँगको सम्बन्धमा प्रतिबद्धताको आवश्यकता नपर्ने हुनाले सजिलो हुन्छ ।
अर्को तर्क पुरुष स्वभावले नै चुनौतीपूर्ण कार्य गर्न चाहन्छ र विवाहित महिलासँगको सम्बन्धमा एक किसिमको विजयबोध गर्छ ।
त्यसैगरी विवाहित महिला अनुभवी हुने आफ्ना चाहना स्पष्ट रूपमा भन्ने अनि नयाँ प्रयोग गर्न सजिलै मान्ने, उनीहरूमा भय कम हुने जस्ता कुरा भएकाले पनि अविवाहित पुरुषहरू उनीहरूप्रति आकषिर्त हुन्छन् ।
विवाहित महिलाहरू यस्ता सम्बन्धका सन्दर्भमा कम तनावमा हुन्छन्, किनभने उनीहरू भावनात्मक रूपमा परिपक्व हुन्छन् र उनीहरूका लागि खर्च गर्नुपर्ने बाध्यता पनि हुँदैन ।
विवाहित महिलाले त्यस्ता पुरुषसँग सामाजिक, आर्थिक भार उठाउन सहयोग गरोस् भन्ने अपेक्षा गरेका हुँदैनन् र सम्बन्धमा प्रतिबद्धता पनि खोजेका हुँदैनन् । उनीहरूको उद्देश्य यौन सम्पर्क राख्नु मात्र हुन्छ ।
यस्तो समस्याबाट छुटकारा पाउने उपाय :
तपाईं अहिले किशोरावस्थामै हुनुहुन्छ । यो उमेरमा यौन भावनाको विकाससँगै विभिन्न किसिमका यौन परिकल्पना पनि गरिन्छ । यसै क्रममा विवाहित महिलाप्रति यौन रूपमा आकषिर्त हुन पुगिन्छ ।
तपाईं विवाहित महिलाप्रति आकषिर्त भए पनि उमेरको हकमा अझै पनि बढ्ने क्रममै हुनुहुन्छ । उपरोक्त कुराका आधारमा तपाईंले आफू यसरी विवाहित महिलाप्रति आकषिर्त भएको कुरालाई विश्लेषण गरेर कारण पत्ता लगाउनुभयो भने समाधानमा सहयोग पुग्न सक्छ ।
माथि गरिएका आकर्षणका कुरा हुँदाहुँदै पनि विवाहित व्यक्तिका लागि यो विवाहेत्तर सम्बन्ध हो । यसबाट श्रीमानलाई धोका दिएको नै मानिन्छ र सबन्ध–विच्छेदसम्म पनि हुन सक्छ । ————एजेन्सी
www.newsabhiyan.com

सप्तरी, जेठ २१ । ऊ मरेको ११ वर्ष भइसकेको थियो। मृत्युपछिका हरेक संस्कार पनि उसका परिवारले गर्दै आएका थिए। मरेको भनी उनकी श्रीमतिले सेता कपडा लगाइन्, चुरा फुटाइन्, सिउँदो पुछिन्। गाविस कार्यालयमा गएर उनको मृत्यु दर्ता पनि गरियो। उनकी श्रीमतिले एकल महिलाको भत्ता समेत थाप्दै आएकी थिइन्। तर सप्तरीको पिप्रा पूर्व गाविस २ पन्द्रह कठ्ठेका ४८ वर्षीय दलबहादुर परियार अचानक घरको दैलोमा उभिन आइपुग्दा उसका परिवारको होसहवास मात्र उडेन खुशीको सिमाना नै रहेन।
एक श्रीमति, दुई छोरा, एक छोरी, दुई नाती र दुई नातिनीका धनी परियारको काजक्रिया गरेको ११ वर्षपछि उनी घर फर्कदा गाउँ र परिवारमा खुसीयाली छाएको हो। ०६१ साउन १३ गते मृत्यु भएको भनेर गाविसबाट ०६५ माघ १२ गते दलबहादुर परियारको मृत्यु दर्ता प्रमाण पत्र समेत बनाइएको थियो। छिमेकी गाउँ हर्दिया ५ का श्याम कोइराला परियारले ०५३ चैत ५ गते भारतमा मासिक ६ हजारको रोजगारी लगाइदिने भनेर घरवाट लिएर गऐपछि उनी बेपत्ता भएका थिए।
दलबहादुरलाई ११ वर्ष पहिले रोजगारीको लोभ देखाएर बेपत्ता बनाउने श्याम कोइराला परियार घरवाट गएपछि वेपत्ता भएका दलबहादुर लामो समयसम्म परिवारको सम्पर्कमा नआएपछि लैजाने श्यामलाई सोध्दा भारतमै मृत्यू भएको भनेपछि विश्वासमा परी काजक्रिया गर्नुका साथै गाविस कार्यालयमा गएर मृत्यु दर्तासमेत बनाएको श्रीमति सीता परियारले बताइन्। सीताले एकल महिलालाई दिइदै आएको भत्तासमेत बुझ्दै आएकी थिइन्। श्यामले खेतीपाती नभएको, तीनजना नाबालक छोराछोरी भएकोले घरमा त्यसै बस्नुभन्दा राम्रो रोजगारीमा लगाइदिने भन्दै श्यामलाई भारतको पञ्जाब लगेका थिए।
पञ्जाब हरियाणाको शितल होटलका सञ्चालक गोपाल सरदारलाई उनले तीन लाखमा बिक्री गरेका रहेछन्। एक-दुई महिनापछि तलब माग्दा होटल मालिकले तीन लाखमा श्यामसँग किनेको भन्दै तलब नदिएपछि आफू बिक्री भएको थाहा पाएको दलबहादुरले प्रहरी समक्ष बताएको प्रहरी निरीक्षक लालध्वज सुवेदीले बताए। हरियाणाको होटलमा ११ बर्षसम्म बन्धक बनाई जुठो भाँडा माझेर बसेका दलबहादुरलाई कालाज्वरो र मलेरियाले निकै च्यापेपछि होटल मालिकले रु. पाँच सय थमाई निकालेपछि आफू घर फर्किन पाएको दलबहादुरले जानकारी दिए।
सप्तरी र उदयपुरबाट रोजगारीका लागि श्यामले एक दर्जनभन्दा बढी मानिस लगेर बिक्री गरेको श्यामको कथन छ। उनकै भान्जा नाताका शेर्पा परियार, मादे परियार, उदयपुर मोतिगढाका श्रवण विश्वकर्मा र बगहाका चौधरी थरका युवकलाई पनि लगेर श्यामले बिक्री गरेको उनको दाबी छ। काजक्रिया समेत गरेर मरिसकेको भनिएका आफ्ना श्रीमान् एक्कासी घर फर्कंदा आफूलाई विश्वास गर्नै गाह्रो परेको उनको श्रीमती सीताले बताइन्।
मृत्यु भएको भनेर मृत्यु संस्कार समेत गरिसकिएका श्रीमान् ज्युँदै होलान भनेर कल्पनासम्म पनि गरेको थिइन, उनले खुसी साट्दै भनिन्, सोच्दै नसोचेको कुरा हुँदा पत्याउनै मुस्किल परेको छ। उनले घरमा श्रीमान् नहुँदा छोराछोरीहरुले बुवा खैु भनेर पीडा दिने गरेको स्मरण गर्दै आफ्ना बाबुलाई पाएपछि छोराछोरी, परिवारका साथै गाउँमा नै खुसीयाली छाएको बताइन्।
वि.सं २०५३ चैत ५ गतेदेखि बेपत्ता भई मरेको भनिएका दलबहादुर १८ वर्षपछि घर फर्कंदा सारा गाउँनै अचम्ममा परेको छ। प्रहरीले भारतमा लगी बिक्री गर्ने श्यामलाई मंगलबार पक्राउ गरी जीउ मास्ने बेच्ने अपराधअन्तर्गत मुद्दा दर्ता गरेको र थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक शिशिरकुमार कर्माचार्यले बताए। स्रोत:अन्नपूर्ण पोस्ट