काठमाडौ । नेपाली युवा श्री सुब्बाले भूकम्प आएको पूर्वसूचना दिने यन्त्र निर्माण गरेको दाबी गरेका छन् । भूकम्पले धेरै त्रास फैलिरहेकाले यसलाई कम गर्न आफूले यस्तो यन्त्रको विकास गरेको उनले आजको नयाँ पत्रिका दैनिकसँगको कुराकानीमा बताएका छन् ।
सुब्बा घरेलु प्रविधिको प्रयोग गरेर आफूले गरिब राष्ट्रका जनताका लागि खरिद गर्न सहज होस् भनेर एनालग यन्त्र विकास गरेको बताउँछन् । ‘आफ्नो मौलिकता प्रयोग गरेर सस्तो यन्त्र बनाउनुपर्ने बाध्यता छ । मैले बनाएको यन्त्र प्रोटोटाइप (प्रारुप) मात्रै हो ।
यसलाई स्तरोन्नती गरेर विकसित रुप दिन सकिन्छ’, उनले आफूले विकास गरेको यन्त्रको वर्णन गर्दै भने । उनले निर्माण गरेको यो यन्त्रको नाम काउन्टर डिभाइस अफ सैतानिक भर्सिस राखेका छन् । संसारमा गरेका सम्पूर्ण नराम्रा काम सैतानले गरेका हुन् भन्ने मान्यता भएकाले आफूले यस्तो नाम दिएको उनी बताउँछन् । यन्त्रमा रहेको सेन्सरले न्यूनतम ३ रेक्टरको झट्का महसुस गर्न सक्ने दाबी उनले गरे ।
यद्यपि यसलाई प्रमाणित गर्ने आधार उनीसित छैन । सुब्बाले आफूले यस्ता थुप्रै डिभाइस बनाएको दाबी गर्दै देश र जनताका लागि यस्तो काम गरेको बताए । उनले आफूले तीन घन्टामै यो उपकरण बनाएको दाबी गर्न समेत भ्याए । ‘वास्तवमा यो मैले तीन घन्टामा बनाएको हुँ, आविस्कार भनेको सिर्जना हो, कविता रचेजस्तै ।
दिमागको बत्ति कतिबेला बल्छ थाहा हुँदैन । भुइँचालोबाट कसरी बच्ने भन्ने चिन्ताका बीच मेरो दिमागमा आइडिया फुर्यो । तत्कालै सामग्रीहरु जुटाएर फिट गरेँ,’ सुब्बाले निर्माणको पृष्ठभूमिबारे बताउँदै भने ।
उनले रिसर्च बाहेक जम्माजम्मी चार हजार आठ सयमा यो यन्त्र निर्माण गरेको बताए । आजको नयाँ पत्रिका दैनिकको सप्तरंगी पृष्ठमा यो सामग्री विशेष महत्वका साथ प्रकाशित गरिएको छ ।npnewsline.blogspot.com

काठमाडौं । एक दिनअघिसम्म आफ्नो विवरणमा ५ हजार मेट्रिक टन (५० लाख केजी) कम चामल देखाइरहेको गृह मन्त्रालयले बिहीबार रातारात तथ्यांक सच्याएको छ ।
दुई साताअघि बंगलादेशबाट भित्रिएको १० हजार मेट्रिक टन (एक करोड केजी) चामलमध्ये आधा मात्र देखाउनुलाई गृहले मिस कम्युनिकेसन भनेको छ ।
यो घटनामा उसले आफैं यसबारे केही नभनी आपूर्ति मन्त्रालयलाई पत्रकार सम्मेलन गर्न दबाब दिएको थियो । ‘मिस कम्युनिकेसन भएको हो । मैले बिहीबार अखबार पढेर मात्र थाहा पाएँ । यो दुविधा कसरी सिर्जना भयो थाहा छैन ।
बंगलादेशबाट १० हजार मेट्रिक टन चामल नै आएको हो,’ गृहमन्त्रालयका सचिव सूर्यप्रसाद सिलवालले भने,‘कहाँबाट के आयो सबै हेर्ने काम गृहको मात्र होइन, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पनि हो ।’
आजको नागरिक दैनिकमा खबर छ ।

काठमाडौं: शुक्रबार बिहानै भूकम्पको फेरि दुई वटा धक्का महसुस भएको छ। बैशाखमा दुई ठूला भूकम्पपछि परकम्प जाने क्रममा शुक्रबार पनि जारी छ।
आज बिहान मात्रै १२ बजेर ३७ मिनेटमा दोलखा केन्द्रबिन्दु भएको ४.२ म्याग्निच्यूड र बिहान ५ बजेर २० मिनेटमा ४.२ म्याग्निच्यूडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।
बिहिबार बिहानदेखि मध्यरातिसम्ममा चार म्याग्निच्यूटमाथिका सात वटा परकम्प गएको थियो। तीमध्ये तीनवटा दोलखा, दुर्इवटा गोरखा र धादिङ, एउटा काठमाडौ र अर्को सिन्धुपाल्चोक केन्द्रबिन्दु भएको परकम्प गएका थिए।

प्रकृतिले प्राणीहरूलाई प्रशस्त मात्रामा अनमोल खाद्यान्न तथा फलफूलहरू उत्पादन गरिदिएको छ। तर, सबै अन्न तथा फलफूलका आआफ्ना विशेषता छन्। कुनै प्रोटिनप्रधान छन् त कुनै भिटामन, कार्बोहाइडे्रट वा बोसोप्रधान छन्। त्यस्तै कुनै सात्विक छन् त कुनै राजसिक वा तामसिक छन्। चामल, गहुँ, मुँग, मकै आदि अन्न; लौका, फर्सी, करेला, लसुन, टमाटर, काँक्रो, आलु, मूला आदि तरकारी; सिमी, बोडी, भटमास, केराउ आदि गेडागुडी तथा हरियो सागपात र फलफूल सात्विक भोजनका साथै सन्तुलित भोजन पनि हुन्। यिनमा प्रोटिन, कार्बोहाइडे्रट, फ्याट, भिटामिन तथा मिनरल्स उपलब्ध हुन्छन्।
बालबालिकादेखि वृद्धसम्मलाई चाहिने भोजन पनि यिनै हुन्। तर, यी भोजनमध्ये केही यस्ता अन्न तथा फलफूलहरू छन् जसले मानिसको शरीर तथा मस्तिष्कलाई ताकत दिन्छन्, स्मरणशक्ति बढाउँछन्। यस्ता मस्तिष्कमैत्री अन्न तथा फलफूल गाउँघरका बगैंचा, करेसाबारी तथा वरपरका जंगलमै उपलब्ध हुन्छन्। त्यसैले यहाँ यस्ता खाद्यपदार्थका बारेमा उल्लेख गरिएको छ।
जमुना
जमुना त सबैले देखेको तथा खाएको फल हो। तर, जमुना मस्तिष्कवर्द्धक फल हो भन्ने कुरा धेरै कम मानिसलाई थाहा छ। वास्तवमा वर्षा ऋतुमा नेपालमा पनि प्रशस्त पाइने जमुना मानिसका लागि ज्यादै उत्तम फल हो। जमुनाले रक्तशोधन गरी चेहरालाई चमकदार बनाउँछ, चिडचिडापन हटाउँछ। यसले पेटको विकार हटाउँछ, मेमोरी बढाउँछ, बुद्धिलाई तीव्र बनाउँछ।
बिहान र साँझ खाजाका रूपमा जमुना खानु ज्यादै उत्तम हुन्छ।
पालुंगो
बुद्धि तीव्र पार्ने तथा दिमागलाई दुरुस्त राख्ने खाद्यान्नका रूपमा पालुंगो त प्रकृतिको वरदान नै हो। मस्तिष्कका लागि योभन्दा उपयुक्त अर्को हरियो सागतपात छैन। पालुंगोमा भिटामिन ए, बी, सी, क्लोरोफिल, बिटा कैटोरिन, राइवोफ्लेबिन तथा सोडियम आदि हुन्छन्। माछामासुमा झैं प्रोटिन हुन्छ।
कतिपय बालबालिकालाई पालुंगो त्यत्ति स्वादिलो लाग्दैन तर यसको सेवनले मनलाई ताजा बनाउँछ, मस्तिष्कलाई ताकत दिन्छ। यो एउटा महत्त्वपूर्ण ब्रेन टनिक हो भन्ने कुरा पोषणविद्हरूले हालसालै प्रमाणित गरिदिएका छन्। त्यसैले हिजोआज विदेशमा पालुंगोको सेवन ह्वात्तै बढेको छ।
पालुंगोलाई विभिन्न तरिकाले सेवन गर्न सकिन्छ। सलादका रूपमा, तरकारी र सुप बनाएर पनि यसलाई खान सकिन्छ। बेलाबेलामा पालुंगोको तरकारी वा सुप बनाएर खानु निकै उत्तम हुन्छ। तर, अक्जेलिक एसिड हुने भएकाले किड्नीका रोगी तथा किड्नीमा पत्थरी जम्ने समस्या भएकाहरूले पालुंगो खान हुँदैन।
अमला
फलहरूमा अमला एक सर्वोत्तम फल हो। यो भिटामिन सीको भण्डार हो। यसले हाड, दाँत र गिजा बलियो बनाउँछ। अनुहारको कान्ति बढाई कपाल फुल्न दिँदैन। नेत्रज्योति बढाउँछ, मस्तिष्कलाई ऊर्जा दिन्छ। मस्तिष्कशक्ति तथा स्मरणशक्ति बढाउँछ। बुद्धि तीव्र बनाई शरीरमा बल-वीर्य वृद्धि गराउँछ। यसले हाई ब्लड प्रेसर, हृदयरोग, क्यान्सर, नपुंसकता, मन्दाग्नि, स्नायु रोग, चर्म रोग, कलेजो तथा मिर्गौलाको रोग, रक्त रोग, जन्डिस, टीबी, पिसाब तथा हड्डीका रोगहरू ठीक पार्न सहयोग गर्छ।
अमला त्रिदोषनाशक फल हो, अर्को बे्रन टनिक। अमलामा पाइने एन्टी अक्सिडेन्ट इन्जाइमले बूढोपन रोक्छ। अमलामा जति रोगप्रतिरोधक, रक्तशोधक तथा बल-वीर्यवद्र्धक तत्त्वहरू पाइन्छ, त्यति तत्त्व संसारका कुनै पदार्थ तथा औषधिमा पाइँदैन।
प्रतिदिन कुनै न कुनै रूपमा दुईचारवटा अमला खानु निकै राम्रो हुन्छ। अमलालाई अनेकौं तरिकाले प्रयोग गर्न सकिन्छ। जस्तै: काटेर सलादका रूपमा, अचार तथा मुरब्बाको रूपमा वा त्यसै पनि खान सकिन्छ। तर, बिहानको खाजामा दुईचारवटा अमलाको मुरब्बा (जाम) सेवन गर्नु सर्वोत्तम हुन्छ।
स्ट्रबरी
अमलाजस्तै स्ट्रबरी अर्को महत्त्वपर्ण फल हो। रातो तथा मीठो यो फलले मस्तिष्कलाई चुस्तदुरुस्त राख्छ। सम्भव भएसम्म बेलाबेलामा स्ट्रबरी खानु राम्रो हुन्छ।
बदाम
बदाम (आलमन्ड) ब्रेन फुडको राजा हो। यसमा शरीरलाई आवश्यक सबै पोषक तत्त्व हुन्छन्। यो मस्तिष्कका लागि निकै लाभदायक छ। बदाम दुई प्रकारका हुन्छन्, मीठो र अलि तीतो। मीठो कागजी बदाम नै स्वास्थ्यवद्र्धक हुन्छ। बदाम बालक, जवान तथा वृद्ध सबैका लागि उत्तिकै उपयोगी हुन्छ। बदामलाई पानीमा भिजाएर, बोक्रा हटाई पिसेर लेप बनाई दूधसँग खानु उत्तम हुन्छ। बदामको दूध तथा बदामको तेलले स्मरणशक्ति तथा नेत्रज्योति बढाउँछ। बदाम आई टनिक पनि हो।
ओखर
बदामजस्तै ओखर पनि बे्रन टनिक हो। ओखरको त रूपरंग नै ब्रेनजस्तै हुन्छ। तर, बदाम र ओखर नेपालमा उत्पादन हुँदैन। सम्भव भएसम्म नास्ताका रूपमा बदाम तथा ओखर खाने गर्नुपर्छ।
अंकुरित गेडागुडी
अंकुरित गेडागुडी त अमृत भोजन नै हो। शरीरशास्त्री भन्छन्, जबसम्म शरीरका कोषहरूको निर्माण तथा पुनर्निर्माण ठीकठीक रूपमा भइरहन्छ तबसम्म बुढ्यौली आउँदैन, शरीर स्वस्थ र बलियो बनिरहन्छ। तर, जब कोषहरूको निर्माण तथा पुनर्निर्माणको प्रक्रियामा विघ्नबाधा पर्छ तब कोषहरूको निर्माण र पुनर्निर्माणको गति मन्द हुन्छ। यसो भएपछि शरीर बूढो तथा कमजोर हुन थाल्छ।
तर, भिटामिन ई, भिटामिन सी र कोलिनको पर्याप्त मात्रा प्रत्येक दिनको भोजनमा समावेश गरियो भने शरीरमा कोषहरूको निर्माण तथा पुनर्निर्माण प्रक्रिया ठीक ढंगबाट हुन्छ। जबसम्म यो प्रक्रिया ठीकसँग चल्छ, तबसम्म बुढ्यौली आउँदैन। प्रकृतिको नियमअनुसार बुढ्यौली आउँछ तर यी भिटामिन सेवन गर्ने हो भने ढिलो आउँछ। जस्तो कि ६० वर्षको बूढो पनि ४० वर्षको जवानजस्तो देखिन्छ। यस्ता भिटामिन अंकुरित गेडागुडीमा पाइन्छ। त्यसैले बिहानको खाजामा अंकुरित गेडागडी खानु सुनमा सुगन्ध नै हुन्छ।
अन्य
स्याउ, लसुन, कालो अंगुर, कुरिलो, किसमिस, गाजर तथा बन्दागोभी आदिले पनि मस्तिष्कलाई पोषण तथा ताकत प्रदान गर्छ। पीपलको फल पनि मस्तिष्कका लागि निकै उपयोगी हुन्छ। पीपलको मौसममा पीपलको फल खानु निकै राम्रो हुन्छ। यसका साथै काँक्रो, लौका, फर्सी तथा खरभुजाको बीउ पनि ' ब्रेन फुड मानिन्छ। आयुर्वेदका अनुसार लसुन तामसिक पदार्थ हो तर यसको औषधीय गुण धेरै छ। लसुन खाँदा ब्लड प्रेसर घटाउँछ। रगत सफा गरी कोलोस्ट्रोल घटाउँछ। कग्निटिभ क्रिया प्रभावकारी बनाउन सहयोग गर्छ।
ब्रेन फुड्स

कांक्रोका आश्चर्यजनक ११ फाइदाहरु????
कांक्रो स्वादिलो तथा रिफ्रेशिङ तरकारी हो । यसको प्रयोग सलादमा धेरैनै गरिन्छ । र धेरै मानिसहरुलाई कांक्रो खान मन पर्छ किनकि यसले रिफ्रेशिङ प्रदान गर्नुका साथै यसम अत्यधिक मात्रामा पोषण तत्व लुकेको हुन्छ ।
यसको खेतीगर्न पनि अति सजिलो छ । तर धेरै मानिसहरुलाई के थाहा छैन भने कांक्रोको प्रयोग धेरै तरिकाले गर्न सकिन्छ । आज डिसीनेपाल तपाईहरुलाई कांक्रोको अनेक प्रयोगका बरामा जानकारी गराउँदै छ ।
१. ताजा नताछेको कांक्रोमा पोटासियम, भिटामिन के र सी प्रसस्त मात्रामा पाइन्छ र यो फासफोरश, मानगानिज, म्यग्नेसियम, र भिटामिन ए ले भरपुर हुन्छ । कांक्रोमा सोडियम, कोलोस्ट्रोल र चिल्लोको मात्रा थोरै मात्र हुन्छ ।
२. थाकेको बेलामा कांक्रो खाँदा यसले थकान तुरुन्त मेटाएर जान्छ किनकि यसलाई भिटामिन बि को श्रोत मानिन्छ ।
३. बारीमा मुसा, साङ्लो जस्ता सानासाना जिवहरुले दुख दिने गरेको छ भने कांक्रोको प्रयोग गर्नुहोस् । कांक्रोको चिरालाई बारीमा राखेको खण्डमा यस्ता सानासाना किराहरु आपसेआप हराएर जान्छ ।
४. छाला चाउरी तथा खुम्चिएको अर्थात ट्रेश परेको ठाउँमा कांक्रोको चिरा दलेर मालिस गरेको खण्डमा यस्ता चाउरीपना हराएर जान्छ । कांक्रोमा भएको कोलाजेन र एक प्रकारको केमिकल बिच रियाकशन हुन्छ जसले छालालाई कसिलो बनाउन मद्धत पुर्याउँछ ।
५. यसको प्रयोग टाउको दुखेको बेला र ह्याङओभर भएको बखत पनि गर्न सकिन्छ । राती सुत्नु भन्दा अगाडी कांक्रो खाएर सुत्नुहोस् । यसले तपाईलाई बिहान एक प्रकारको ताजगी प्रदान गर्नेछ । कांक्रोमा इलेक्ट्रोलाइट, भिटामिन बी जस्ता पोषण हुन्छ जसले मानव शरीरलाई व्यालेन्समा राख्न मद्धत पुर्याउँछ ।
६. कांक्रो खानाले भोक पनि मेटाएर जान्छ । यसमा क्यालोरिको मात्रा शुन्य प्रतिशत हुन्छ र यसले तपाईलाई लामो समय सम्म ढुक्क बनाइ राख्छ ।
७. तपाई कांक्रोको प्रयोग आफ्नो जुत्ता पालिस गर्न पनि गर्न सक्नुहुन्छ । एक टुक्रा कांक्रो लिनुस र यसलाई जुत्तामा दल्नुस् । कांक्रोमा भएको केमिकलले तपाईको जुत्तालाई टल्काइ दिन्छ ।
८. तनाव बाट छुटकारा पाउन पनि यसको प्रयोग गर्न सकिन्छ । एउटा कांक्रोलाई काट्नुहोस् र यसलाई उम्लिएको पानीमा खन्याउनुहोस् । यसमा भएको न्यूट्रियन्टस र केमिकलले काम गर्न थाल्छ र यसबाट एक प्रकारको मीठो बास्ना आउन थाल्छ ।
९. स्वास गन्हाउने समस्या छ भने एक टुक्रा कांक्रोलाई जिब्रोको सहायताले आफ्नो तालुमा टास्नुस् । कांक्रोमा भएको फोटोकेमिकलले स्वास गन्हाउने समस्या आपसेआप हराएर जान्छ ।
१०. स्टिलका भाँडाकुडा, सिंक, फ्लोरलाई चम्किलो पार्न कांक्रोको प्रयोग गर्न सकिन्छ । यसले भाँडाकुडामा भएको चम्किलो पनालाई समेत जोगाइ राख्छ ।
११. पेनले लेखेको, क्रेयोन र ड्रयिङ लगायतको अक्षरलाई मेट्नु छ भने कांक्रोको बाहीरी भागले बिस्तारै दल्नुस् । यसले लेखेको मेटी दिन्छ ।

१४ जेठ, काठमाडौं ।
बिहिबार राति १० बजेर १६ मिनेटमा फेरि भूकम्पको अर्को झट्का महसुस भएको छ ।
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि आजै ६ पटक भूकम्पका झट्का गईसकेका छन ।

फोटो :विमान अपहरणकारीलार्इ नियन्त्रणमा लिँदै पाकिस्तानी प्रहरी । तस्बिर : एजेन्सी
इस्लामाबाद : सन् १९९८ को मे मा पाकिस्तानको यात्रुबाहक विमान अपहरण गर्ने तीन व्यक्तिलाई बिहीबार फाँसी दिइएको छ ।
ती तीन व्यक्तिले पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पिएलए) आन्तरिक विमान अपहरण गरेका थिए । सो विमान बलुचिस्तान प्रान्तबाट कराचीतर्फ गइरहेको अवस्था अपहरणमा परेको थियो ।
आतङ्ककारी विरुद्धको अदालतका न्यायाधीश अब्दुल घाफोर मेमोन गतहप्ता ती तीनलाई फाँसीको सजाय सुनाएका हुन् । सो विमान अपहरणमा परेको त्यस अवस्थामा चालकदलका सदस्यसहित ३५ व्यक्ति सवार रहेका थिए ।
ती अपहरणकारीले सो विमानलाई भारत लिएर जानका लागि दबाब दिएका थिए । तर विमान चालकले सो विमानलाई सिन्ध प्रान्तको हैदराबाद विमानस्थलमा तेल भर्ने निहुँमा रोकेका थिए ।
अपहरणमा परेको यात्रु विमान
सो विमान चालकले केही समयमा सो विमानलाई भारतको गुजरात राज्य अवतरण गर्छु भनी अपहरणकारीलाई भनेका थिए । केही समयपछि हैदराबाद विमानस्थलमै पाकिस्तानी कमाण्डोहरु आई ती अपहरणकारीहरुलाई पक्राउ गरेका थिए ।
अधिकारीहरुका अनुसार ती अपहरणकारीहरु बलुच लडाकू समूहसँग आबद्ध थिए ।
साहसावार बलुच र सबीर बलुचलाई सिन्ध प्रान्तको सेन्टर जेल हैदरबादमा र साब्बीर बलुचलाई सेन्टर जेल कराचीमा फाँसी दिइएको समाचारमा जनाइएको छ । एजेन्सी
www.annapurnapost.com