दादमा एक चिकित्सकिय अवस्था हो जसले छालामा असर पुर्याउँछ । साना बच्चाबच्ची तथा केटाकेटीमा यो समस्या प्रायजसो देखिन्छ । यद्धपि, चिकित्सकहरुका अनुसार, यो समस्या अधबैशे तथा उमेर पुगेका मानिसहरुमा पनि देखिन्छ ।
यो रोग शरीरको केही निश्चित भागमा देखा पर्छ । हुनत एगजिमालाई यसको आकार, प्रकार र रुपअनुसार बेग्ला बेग्लै नामाकरण गरिएको छ । तर पनि दाद तथा एगजिमा भनेको एउटा चिलाउने रोग हो ।
एगजिमा तथा दाद लागेको स्थानमा स्वभाविक रुपमा चिलाउने गर्छ । कुनैकुनै बेला यसले त आजितै पार्छ र यसलाई नचिलाए सम्म मन शान्तै हुँदैन । नियमित चिलाउने गरेमा यो सुनिने र रगत समेत आउने गर्छ । यो खुला घाउ त्यसपछि संक्रमण र सुनिन्छ । आज हामीले जानकारी गराउन लागेको प्राक्रितिक उपचारले एगजिमालाई सहजै पराजित गर्छ भन्ने विश्वास अनुसन्धानले देखाइसकेको छ ।
आवश्यक सरदाम:
१. नरिवलको तेल
विशेषज्ञहरुका अनुसार, नरिवलको तेलमा एन्टीमाइक्रोबायल, एन्टीओक्सीडन्ड, एन्टीबाकटेरियल र एन्टीफंगल गुण भएकाले एगजिमा रोकथाममा यसले अचुक भुमिका खेल्छ । एगजिमा भएको ठाउँमा नरिवलको तेल दल्नुहोस् र हल्का मसाज गर्नुहोस् । यो प्रक्रिया दिनको ३(४ पटक दोहोर्याउँनहोस् ।
२. एलोभेरा
एलोभेरा एगजिमा रोगमा अति उत्तम ओखती हो । एलोभेराको जेल घाउ भएको ठाउँमा दल्नुहोस् र यसलाई कही घण्टाका लागि त्यसै छाडी दिनुहोस् ।
३. हरियो चिया
हरियो चियामा विषादी नाषक गुण प्रयाप्त मात्रामा पाइने भएकोले यो पउिने गर्नाले एगजिमा सँचो भएर जान्छ ।
४. मह
बैज्ञानिकहरुका अनुसार, महमा एक प्रकारको एन्टीसेप्टीक गुण हुन्छ । दुई चम्चा माहुरीको मह र दुई चम्चा जैतुनको तेललाई एउटा सानो ससप्यानमा राखेर मिसाउनुस् । अव यो मिश्रणलाई एगजीमा भएको ठाउँमा दल्नुस्। यसो गर्नाले एगजीमा का कारणबाट हुने रातो र टाटे दाग सहजै हराएर जान्छ ।
५. हाडेबदामको पात
हाडेबदामको केही पातलाई पिन्नुस् । अव यसलाई थोरै पानीमा खन्याउनुस् र पेस्ट तयार पार्नुहोस् । ओखती तयार भयो । अव यो ओखती एगजीमा भएको ठाउँमा दल्नुहोस् । यसले घाउलाई निको पार्छ ।

सप्तरी : मंगलबार इटहरीमा पक्राउ परेका सिके राउतलाई सप्तरी प्रहरीले राजविराज ९ स्थित उनको घरमा लगेर छोडेको छ ।
इटहरीस्थित एरिना टेलिभिजनमा अन्तरवार्ता दिन आएका राउतलाई प्रहरीले पक्राउ गरेको थियो । सामान्य सोधपूछपछि सुनसरी प्रहरीले मंगलबार राति नै सप्तरी प्रहरीलाई बुझाएको थियो ।
प्रहरीले राउतलाई घरमा लगेर छोडेको सप्तरी प्रहरीका इन्स्पेक्टर चक्र बस्नेतले अन्नपूर्ण अनलाइनलाई बताए ।राष्ट्रिय एकता र अखण्डताविरुद्धको अभियानमा लागेको भन्दै प्रहरीले यसअघि पनि राउत पटकपटक पक्राउ परेर छुटेका थिए।
annapurnapost.com

कपिलवस्तु, १३ जेठ– जिल्ला दैवी प्रकोप उद्धार समितिले गत वैशाख १२ गते आएको विनाशकारी भूकम्पमा कपिलवस्तु जिल्लाका १६ व्यक्तिको मृत्यु र १२ जना बेपत्ता र छजना घाइते भएको तथ्याङ्क सार्वजनिक गरेको छ ।
मजदुरीका लागि रसुवाको हाँकु गाविस– ७ स्थित मैलुङ हाइड्रोपावरमा गएका विनाशकारी भूकम्पमा परी मृत्यु हुनेमा शिवराज नगरपालिका– ११ हल्लानगरका १० जना, सोही नगरपालिका–३ का दुईजना, गुगौली गाविसका तीनजना तथा बलुहवा गाविसका एक जनाको मृत्यु भएको पुष्टी भएको छ ।
उनीहरुको काम गरिरहेको अवस्थामा पुरिएर मृत्यु भएको हो । मृत्यु हुनेमा हल्लानगरका एकै परिवारका चारजना – दीपक रानामगर, उनकी श्रीमती हर्कमाया, भाउजु मीना र भतिजा सुमन रहेका छन् ।
यस्तै, हल्लानगरकै जयमाया बुढामगर, भीमबहादुर बुढामगर, रोजन पुन, गगन सिंह घर्ती, शिवराज नगरपालिका– ३ की दिलमाया बिक र दिलबहादुर खड्काको भुकम्पमा परी मृत्यु भएको थियो । यसैगरी, गुगौली–१ का जितेन्द्र बिक, सुशील शाही, मीन बहादुर रोका र गुगौली–३ का दिलबहादुर खड्काको मृत्यु भएको थियो ।
यसैगरी, वैदेशिक रोजगारीका लागि कुवेत जान घरबाट हिँडेका बलुहवा गाविस– ५ शिहोरवाका राजेश यादव र चेतराम तेलीको पनि काठमाण्डुमा मृत्यु भएको थियो । काठमाण्डुको बानेश्वरस्थित न्यू जनसेवा गेस्टहाउसको चौथो तलामा बसेका उनीहरुको भूकम्पले घर ढलेर थिच्दा मृत्यु भएको थियो ।
बेपत्ता भएकाहरु जीवित हुने सम्भावना नरहे पनि हालसम्म उनीहरुको शव भने फेला परेको छैन । मैलुङ हाइड्रोपावरमा कामको सिलसिलामा गएको बेला भूकम्पमा परी घाइते भए पनि हल्लानगरका गोपाल श्रेष्ठ, मानसिंह घर्ती र नरेश्वर कंडेल बाँच्न सफल भएका थिए ।
भूकम्पको केही दिनपछि नै उनीहरु आप्mनो घर फर्केका थिए । भूकम्पमा ज्यान गुमाएका र बेपत्ता भएकाको परिवारले हालसम्म सरकारीस्तरबाट कुनै राहत र किरिया खर्च समेत पाएका छैनन् ।
उता गत वैशाख १२ गतेको भूकम्पमा जिल्लाका २०३ वटा संरचनामा क्षति पुगेको तथ्याङ्क सार्वजनिक गरिएको छ । जसमा ५१ वटा विद्यालय, २७ सरकारी कार्यालय, ३४ सङ्घ संस्थाका भवन र ९१ निजी घरमा क्षति पुगेको छ । जिल्लामा भूकम्पले ती संरचनामा आंशिक मात्र क्षति गरेको थियो ।
भूकम्पबाट भवन, कोठा, पर्खाल चर्किएका छन् । क्षति पुगेका संरचनाको प्राविधिक कार्यालय, नगरपालिकाको प्राविधिकले निरीक्षणसमेत सुरु गरेको प्रमुख जिल्ला अधिकारी विनोदकुमार सिंहले बताए ।
भूकम्पबाट जिल्लामा तीनजना सामान्य घाइते भएका थिए ।
भूकम्पपीडितका लागि नेपाली सेनाबाट १९ लाख ४८ हजार, १६ वटा व्यक्ति र संस्थाबाट सात लाख ७८ हजार, १८ सरकारी कार्यालयबाट रु २० लाख १४ हजार, नेपाल प्रहरीबाट १५ लाख ३१ हजार प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको थियो । सशस्त्र प्रहरी, भन्सार बाट एक लाख १९ हजार, सशस्त्र प्रहरी चन्द्रौटाबाट १३ लाख ३९ हजार, सशस्त्र सीमा सुरक्षा कार्यालयबाट रु सात लाख १४ हजार, व्यक्ति र कार्यालय गरी ३४ जनाबाट २७ लाख ५८ हजार कोषमा जम्मा गरिएको थियो ।
कपिलवस्तुमा विभिन्न १८ व्यक्ति, संस्था, समुदायबाट सङ्कलन भएको राहत भूकम्प प्रभावित नौ जिल्लामा पठाइएको थियो । गोरखा, सिन्धुपाल्चोक, मकवानपुर, दोलखा, धादिङ, काठमाण्डु, काभ्रेलगायतका जिल्लामा चामल, दाल, पिठो, तेल औषधिलगायतका राहत सामग्री पठाइएको थियो ।
kathmandutoday.com

भूकम्प कति भयानक हुन सक्छ भन्ने कुरा बैशाख १२ गते शनिबार मध्यान्नमा गएको भुकम्पबाट हामी सबैले अनुभुत गरेका छौं । खासगरी मुख्य भूकम्पपछि त्यसपछि आउने aftershock अर्थात पराकम्पनले समेत मानसिक तनाव र क्षति गर्ने कुरा पनि देखिइसक्यो ।
यहाँ हामीले भुकम्पको समयमा गर्न नहुने ९ गल्तीको विषयमा चर्चा गरेका छौं ।
१ झ्यालको छेउँमा नबस्नुस्
भूकम्प गएपछि बाहिर के भो वा के भैरहेको छ भन्ने कुरामा जिज्ञासा लागे पनि झ्यालको छेउँमा उँभिनु भुल हुन्छ । यो समयमा जे भएपनि झ्यालको छेउँमा नबस्नुस् । त्यसैगरी ठूलो शिशा वा सानो पर्खाल छेउँ समेत नउठ्नुस् ।
२ बिजुलीको तार मुनि नबस्नुस्
भूकम्प गएपछि वा गइरहेको समयमा विजुली अन गर्न नखोज्नुस् । त्यति मात्र होइन विजुलीको तार भएको ठाउँमा पनि नबस्नुस् । भूकम्पको धक्का रोकिएपछि घर बाहिर खुला ठाउँमा बस्न जानु बुद्धीमानी हुन्छ ।
३ हतारमा नभाग्नुस्
भूकम्प आएपछि खुला ठाउँमा जानु पर्छ भन्दैमा कतिपय मानिसहरु हतारमा खुला ठाउँ खोज्दै भाग्ने गल्ती गर्छन् । त्यसो गर्दा सुरक्षित हुनुको साटो उल्टो मृत्यु हुने खतरा हुन्छ । अधिकाँश भूकम्पमा हतारमा भाग्न खोज्दा ठूलो संख्यामा मानिसको मृत्यु भएको तथ्याङ्क छ ।
४ टेबुलमा नचढ्नुस्
भुकम्प आएको समयमा डेस्क माथि होइन मुनी बस्नु पर्छ । डेस्कमाथि चढ्ने भूल भूकम्प आउँदा गर्नु हुँदैन । कुनै टेबुल नजिक छ भने त्यसको मुनी छिर्नुस् ।
५ एक ठाउँबाट अर्को ठाउँमा जाने हतार नगर्नुस्
भूकम्पपछि कतिपय मानिस घर भित्रै पनि एक ठाउँबाट अर्को ठाउँमा जान हतार गर्छन् । कमसेकम भूकम्प नरोकिए सम्म तपाइँ जाहा हुनु हुन्छ त्यहीँ रोकिनुस् । यदि तपाइँ भन्दा माथिको कुनै कुरा खस्यो भने मात्र एक ठाउँबाट अर्को ठाउँमा सर्नुस् ।
६ ओच्छ्यानमा भए नउठ्नुस्
मानिसहरु सुतिरहेको समयमा भूकम्प भयो भने उठेर भागि हाल्ने विचार गर्छन् । यो गर्नु गल्ती हो । भूकम्प भएको समयमा सुतिरहेको भए नउठ्नुस् । बरु तपाइँको टाउँकोमा सिरानी राख्नुस् । तपाइँ भन्दा माथि कुनै विद्युतीय सामग्री भए त्यो खस्ने खतरा हुने हुँदा शिरानीले टाउको जोगाउन मद्दत गर्छ ।
७ लिफ्ट नचढ्नुस्
भूकम्पको समयमा लिफ्ट चढ्ने गल्ति हुँदैन । माथि जानु पर्यो भने भर्याङ्को प्रयोग गर्नुस् । अझ कतिपय अवस्थामा भूकम्पका कारण अकस्मात विजुली अवरुद्ध हुने हुँदा लिफ्टमै फस्ने समेत खतरा हुन्छ ।
८ पुलमा गाडी वा वाइक चलाउने गल्ती नगर्नुस्
भूकम्प गैरहेको समयमा वा गैसकेपछि बाटोमा हुनु हुन्छ र नजिकै पुल छ भने गाडी वा वाइक जे भएपनि केही बेर रोक्नुस् । पुलमाथि भूकम्पको समयमा सवारी चलाउनु गलत काम हो । किन भने भूकम्पले पुल जस्ता संरचना भत्किने वा भाँचिने खतरा उच्च हुन्छ । बरु बाइक वा कार रोकेर रुख मुनी जानुस् ।
९ सलाइ नकोर्नुस्
भूकम्पको समयमा तत्काल तपाइँलाई तनाव हुन सक्छ र चुरोट खाने बानी छ भने चुरोट सल्काउन मन पनि लाग्न सक्छ । तर एक छिन विचार गर्नुस् तपाइँको नजिकै भूकम्पका कारण ग्यास वा कुनै विष्फोटक लिक भैरहेको हुन सक्छ । सलाइ कोर्नु अघि सबै कुराको विचार गर्नुस् ।
१० गुहार भनेर चिच्याउनु अघि सोंच्नुस्
मानिसहरु भूकम्पमा परेपछि आत्तिएर चिच्याउँछन् । भग्नावशेषमा भएपनि भर्खरै गएको भूकम्पका कारण उत्पन्न धुलो धुवाँले तपाइँको स्वास प्रश्वास नै खतरामा पार्न सक्ने हुँदा चिच्याउनु अघि विचार गर्नुस् । अरुलाई जानकारी दिन अन्य केही माध्यम प्रयोग गर्नुस् ।
यो जानकारी अमेरिकाको संघीय आपतकालीन ब्यवस्थापन एजेन्सीबाट साभार गरिएको हो ।

१३ जेठ, काठमाडौं ।
बुधबार सूनको मूल्यमा प्रतितोला २ सयले गिरावट आएको छ ।
मंगलबार प्रति तोला ५२ हजार ५ सय रुपैयाँमा खरिद विक्री भएको सुन बुधबार २ सय रुपैयाँले घटेर ५२ हजार ३ सय रुपैयाँमा खरिद विक्री भैरहेको सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्यमा पनि प्रति तोला ५ रुपैयाँ गिरावट आएको महासंघले जानकारी दिएको छ । चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोवार भैरहेको छ ।

काठमाडौं आसपासका क्षेत्रमा बुधबार दिउसो १ बजे १६ मिनेटमा शक्तिशाली पराकम्पन महसुस भएको छ । १ घण्टाको फरकमा दोश्रो पराकम्पन महसुस गरिएको हो ।
यसको केन्द्र विन्दु र क्षमता भने आउन बाँकी नै छ ।
राजधानीमा शक्तिशाली झट्का महसुस भएपछि राजधानीमा मानिसहरु पुनः सडकमा निस्केको देखिएको छ ।
बैशाख १२ को विनाशकारी भूकम्प भएको १ महिना पुरा भइसक्दा पनि पराकम्पन रोकिएको छैन । आज पनि मध्यान्न १२ बजेर ३ मिनेटमा दोलखालाई केन्द्र बनाएर ४ दशमल २ रेक्टर स्केलको भूकम्प भएको थियो ।
पराकम्पनको क्रम कम भएपनि पूर्ण रोकिएको छैन । पराकम्पन जाने क्रम सुस्त भने बनेको छ ।
यस अघि हिँजो पनि निरन्तर ५ पराकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । अव पराकम्पनको क्रम पनि कम हुने विज्ञहरुले बताएका छन् ।www.nepaliheadlines.com

बागलुङ, १३ जेठ । बागलुङमा गर्भवती महिलालाई मोटरसाइकलमा राखेर बलात्कार भएको छ ।
मोटरसाइलमा जंगलमा लगेर बलात्कार गरेपछि बागलुङ हरिचौरका सुमन थापा साढे दुई वर्षको लागि जेलको चिसो छिडीमा पुगेका छन् ।
२८ वर्षिय थापाले हिलकी एक गर्भवती महिलालाई भूसुनीको जंगलमा लगेर बलात्कार गरेका थिए । विगत सात महिनादेखि विचाराधिन रहेको उक्त मुद्दा थापालाई दुई वर्ष ६ महिनाको कैद सजाय सुनाउँदै मंगलबार फैसला भएको हो । बलात्कारपछि पीडित महिलाको उजुरीको आधारमा थापालाइ प्रहरीले पक्राउ गरेको थियो ।
यसरी भएको थियो बलात्कार
थापा २०७१ कात्तिक २९ गते ससुराली पुगेर हिलको घुसमेली बजारबाट हरिचौर घर फर्कदै थिए । त्यसै समय ती गर्भवती महिला नियमित स्वास्थ्य परीक्षणको लागि स्वास्थ्य चौकी जाँदै थिईन् ।
थापाले ती महिलालाई आफ्नो मोटरसाइकलमा पुर्याइदिने भन्दै मोटर साइकलको पछाडी राखेर दौडाए । स्वास्थ्य परिक्षण पनि सकियो । महिला फर्कने क्रममा थापाले भुसुनीको जंगलमा लगेर जबरजस्ती बलात्कार गरे ।
ती महिलाले दुई दिनपछि मात्र जिल्ला प्रहरी कार्यालय बागलुङमा आफुमाथि बलत्कार भएको भन्दै उजुरी दिएकी थिईन । दोषी ठहरिएका थापाले भने दुबैको मन्जुरीमा शारीरिक सम्बन्ध राखेको दाबी गरेका थिए ।
dainiknepal.com