काठमाडौं, ११ जेठ । भाडावाला सरोकार समाज नेपालले महाभुकम्पबाट प्रभावित भाडावालहरुको माग सम्बोधन नगरे संघर्षमा उत्रने चेतावनी दिएको छ ।
सोमबार पत्रकार सम्मेलन गर्दै समाजले गत बैशाख १२ र २९ गते आएको महाभुकमम्पबाट भाडावालाहरु मारमा परेको भन्दै आफ्ना जायज माग तत्काल सम्बोधन नगरे चरणवद्ध संघर्षमा उत्रने चेतावनी दिएको हो ।
समाजले महाभुकम्पबाट प्रभावित भाडावालहरुको लगत लिई भुकम्प पीडित परिचयपत्र पुर्नस्थापना गर्नुपर्ने, भत्किएका घरहरुमा भाडावालका सामानहरु नष्ट भएकाले उचित क्षतिपुर्तिको व्यवस्था राज्यले गर्नुपर्ने, तीन महिनाको भाडा छुट गर्र्नुपर्ने, डेरा कोठाको भाडादर वैज्ञानिक रुपले निर्धारण गर्नुपर्ने, प्रभावितहरुको लागि अस्थायी बसोबासको व्यवस्था गर्नुपर्ने, कालोबजारी महँगी नियन्त्रण गर्नुपर्ने लगायतका माँगहरु अघि सारेको छ ।
समाजका अध्यक्ष विष्णुजंग बस्नेतले काठमाडौं पछिल्लो समय काम गरि खाने श्रमजिवी व्यवसायी तथा उच्च अध्ययनका लागि आउने विधार्थीहरुको बसाईथलो भएको भन्दै हालै आएको महाभुकम्पबाट अधिकांश यीनै व्यक्तिहरु प्रभावित भएकाले आफ्ना जायज माँग तत्काल सम्बोधन गर्नुपर्ने माग गरेका हुन् ।
कार्यक्रममा समाजका केन्द्रीय सदस्य नरेश कटुवालले पेशा व्यवसाय गरेर बस्ने भाडावालहरु हाल अति प्रताडित भएको भन्दै राज्यले तत्काल यसबारेमा सम्बोधन गर्नुपर्ने बताए ।www.nepaliheadlines.com
सोमबार पत्रकार सम्मेलन गर्दै समाजले गत बैशाख १२ र २९ गते आएको महाभुकमम्पबाट भाडावालाहरु मारमा परेको भन्दै आफ्ना जायज माग तत्काल सम्बोधन नगरे चरणवद्ध संघर्षमा उत्रने चेतावनी दिएको हो ।
समाजका अध्यक्ष विष्णुजंग बस्नेतले काठमाडौं पछिल्लो समय काम गरि खाने श्रमजिवी व्यवसायी तथा उच्च अध्ययनका लागि आउने विधार्थीहरुको बसाईथलो भएको भन्दै हालै आएको महाभुकम्पबाट अधिकांश यीनै व्यक्तिहरु प्रभावित भएकाले आफ्ना जायज माँग तत्काल सम्बोधन गर्नुपर्ने माग गरेका हुन् ।
कार्यक्रममा समाजका केन्द्रीय सदस्य नरेश कटुवालले पेशा व्यवसाय गरेर बस्ने भाडावालहरु हाल अति प्रताडित भएको भन्दै राज्यले तत्काल यसबारेमा सम्बोधन गर्नुपर्ने बताए ।www.nepaliheadlines.com
२०७२ जेठ ११ गते
काठमाडौं, ६ जेठ । नेपालमा आएका शक्तिशाली भूकम्पपछि जनजीवन समान्य बन्दै गइरहेका बेला स–सना धक्काले मनमा अझै त्रास कायमै छ ।
जनजीवन सामान्य बन्दै गइरहेका बेला अझै पनि कतिपय नागरिक घरबाहिर बसिरहेका छन् । शक्तिशाली भूकम्पपछि स–सना धक्काहरु आउने क्रम अझै रोकिएको छैन् । जसका कारण फेरि ठूलो भूकम्प आउँछकी भन्ने डर पनि सर्वसाधारणको मनमा छन् ।
यसविषयमा भूकम्पविद्हरुले आफ्नो धारण राखेका छन् । उनीहरुले अब शक्तिशाली भूकम्प आउने सम्भावना नभएकाले आम नागरिकलाई घर फर्किन सुझाव दिएका छन् ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख तथा भूकम्पविद् लोकविजय अधिकारीले भूकम्प कम्पन हुने क्रम कम हुँदै गएकाले अब ठूलो भूकम्प आउने कुनै सम्भावना नरहेको बताउनुभयो । ‘जमिनमुनिका प्लेट तल माथि तल माथि भएर ४ रेक्टर स्केलका साना भूकम्प केही समय आइरहन्छन्’ उहाँले भन्नुभयो, ‘त्यसले केही असर गर्दैन् । अब ठूलो भूकम्प आउने सम्भावना छैन् ।’
भूकम्पबाट घरटहरा नचर्किएको भए घरमा बस्न कुनै समस्या नहुने उहाँको भनाई छ । ‘घर सुरक्षित छ भने फर्किए हुन्छ । भूकम्प आउनै बन्द भएको होइन् । तर शक्तिशाली भूकम्प आउँदैन् भन्ने हाम्रो विश्लेषण हो ।’ स–साना भूकम्प आइरहँदा कुनै असर नगर्ने भएकाले घरभित्रै बस्न उहाँले सर्वसाधारणलाई सुझाव दिनुभयो ।
‘कति दिन बाहिर बस्ने ? स–साना भूकम्प आइरहन्छ, त्यसले केही असर गर्दैन् । घरमै बसे हुन्छ । तर सचेत हुनुप¥यो । हामी पनि घरमै बसेका छौं । उहाँले भन्नुभयो । आफ्नो घर परिवार हेरेर सुरक्षित ठाउँमा बस्न समेत सुझाव दिनुभयो । ‘घर चर्केको हुन सक्छ, त्यस्तो घरमा नबसौं, त्यहाँ झनै खतरा हुन्छ ।’
भूकम्प आउने पूर्वसूचना कसैलाई थाहा नहुने भन्दै फेरि आउन पनि सक्ने भन्दै चनाखो भएर बस्न उहाँले आग्रह गर्नुभयो । ‘अहिले कम्पनहरु घट्दै गएका छन् । फेरि ठूलो नआउला भन्न सकिन्छ । अब नआउला भन्ने हाम्रो अनुमान मात्रै हो ।’
भूकम्पविद् मुकुन्द भट्टराईले भूकम्प आउने कुरा कसैलाई पनि थाहा नहुने भएकाले अर्काको हल्लापछि नलाग्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–‘अर्काको हल्लाले सर्वसाधारणको मनमा झन ठूलो भूकम्प जान्छ ।’ भूकम्प रोक्न कुनै उपाय नभएको भन्दै उहाँले सुरक्षित स्थान र सजक रहनुपर्नेमा जोड दिनुभयो । ‘भूकम्प कतिबेला थाहा हुँदैन्, त्यसकारण हामी सबै चनाखो भएर बस्नुपर्छ ।’
नेपालमा गत वैशाख १२ र २९ गते आएको शक्तिशाली भूकम्पबाट ८ हजार ६५० जनाको मृत्यु भइसकेको छ । हजारौं संचरना ध्वस्त भएका छन् । त्यसपछि पनि स–सना भूकम्प आउने क्रम जारी छ । भूकम्पविद्का अनुसार ठूलो भूकम्प आउने सम्भावना नभएपनि सुरक्षित स्थानमा बस्नुपर्छ । यदी ठूलो भूकम्प आइहाले बच्न सकिन्छ ।
स्रोत - दैनिक नेपाल भिडियो हेर्न तलको बाकस थिच्नुहोस

कलियुगका लागि भागवत पुराणमा बिभिन्न आश्चर्यजनक भबिष्यवाणीहरु गरिएकाछन्। संसारमा प्रलय आउने छ भनि बिभिन्न समयमा आउने हल्लाखल्ला हामीले नसुनेका छैनौं।
कालान्तरमा कुनै दिन हामी वरिपरिको वस्तुहरु रहने छैनन्, पृथ्वी वञ्जर हुनेछ। जीवको लागि आवश्यक पानी सुकेर जानेछ र पृथ्वी केवल ढुङ्गा र माटोको पिण्ड रहनेछ। तर सत्य के हो, त्यो कतै लेखिएको छैन न त कुनै भबिष्यवाणीले नै मान्न सकिने गरि सत्य बताएको छ।
वैज्ञानिक तवरमा हेर्ने हो भने, अधिकांश बिकसित देशहरु भने दिनानु दिन पृथ्वीको विनाश तर्फ उन्मुख छन्।
हिन्दु ग्रन्थहरुमा पृथ्वीको बिनास कलियुगमा हुनेछ भनि बिभिन्न अवस्थामा उल्लेख गरेको पाइन्छ। भागवत पुराणको अन्तिम श्लोकले पृथ्वीको भबिष्यको ठुलो रहस्य बताएको भने छ। करिब ५००० वर्ष अघि वेदव्यासले पृथ्वीको बारेमा बिभिन्न भबिष्यवाणी उल्लेख गरेका छन्।
भागवत पुराणमा गरिएका १५ भविष्यवाणी जुन पुरा पनि भइरहेका छन।
भबिष्यवाणी १
धर्म, सत्यता, स्वच्छता, सहिष्णुता, दया, उमेर, शारीरिक बल तथा सम्झने शक्ति दिनानु दिन कलिको प्रभावले घट्दै जानेछ।
श्रीमद् भागवत् १२-२-१।
भबिष्यवाणी २
कलियुगमा केवल 'धन' मात्र मानिसको राम्रो जन्म, उचित व्यवहार र असल गुणको आधार मानिनेछ। कानुन र न्याय मानिसको शक्तिको आधारमा लागु हुनेछ।
श्रीमद् भागवत् १२-२-२।
भबिष्यवाणी ३
पुरष र महिला केबल सतही आकर्षणको कारणले गर्दा मात्र मिलेर बस्नेछन। व्यापार र सफलता केवल छलमा निर्भर हुनेछ। पुरुषत्व केवल शारीरिक सम्पर्कको अनुभवको आधारमा मापन गरिनेछ र मानिस एउटा डोरो बाधेको आधारमा ब्राह्मण कहलिनेछ।
श्रीमद् भागवत् १२-२-३।
भबिष्यवाणी ४
व्यक्तिको आध्यात्मिक स्थिति बाहिरी चिज तथा वस्तुहरुमै निर्भर हुनेछ र यहि आधारमै व्यक्तिको आध्यात्म परिवर्तन हुनेछ। जीविकोपार्जन राम्रो गर्न सकेन भने व्यक्तिको मर्यादामा प्रश्न उठ्नेछ। जो धेरै शब्दहरुमा खेल्न सक्छ र गफ हाँक्न सक्छ, उ नै सबैभन्दा विद्वान ठहरिनेछ।
श्रीमद् भागवत् १२-२-४।
भबिष्यवाणी ५
कुनै व्यक्तिसंग धन छैन भने उ अधर्मी मानिनेछ। छल र कपटलाइ सद्गुण मानिनेछ। केवल मौखिक सहमतिले विवाह गरिनेछ, र कसैले स्नान मात्र गरेको छ भने सोच्ने छ कि उ सार्वजनिक रुपमा अरुको अगाडी आउन लायक छ।
श्रीमद् भागवत् १२-२-५।
भबिष्यवाणी ६
एक पवित्र स्थान केवल टाढा रहेको पानीको कुण्डमा सिमित हुनेछ र सौन्दर्य कसैको कपालमा छ भन्ने सोचिनेछ। भुडि भर्ने जीवको लक्ष हुनेछ र जो कठोर छ उ नै सत्यवादी कहलिनेछ। जसले परिवार पाल्न सक्छ उ विशेषज्ञ मानिनेछ र धर्मका सिद्धान्त प्रतिष्ठा जोगाउनको लागि मात्र पालना गरिनेछ।
श्रीमद् भागवत् १२-२-६।
भबिष्यवाणी ७
जब पृथ्वी यसरी भ्रष्ट मानिसहरुले भरिन्छ तब ती व्यक्तिहरु मध्य जसले आफुलाइ शक्तिशाली देखाउन सक्छ उसले राजनैतिक शक्ति पाउने छ।
श्रीमद् भागवत् १२-२-७।
भबिष्यवाणी ८
अनिकाल र अत्याधिक करको कारण मानिसहरु पात, जरा, मासु, जंगली मह, फल, फूल र बीउ खान बाध्य हुनेछन्। खडेरीले गर्दा सबैकुरा बर्बाद हुनेछ।
श्रीमद् भागवत् १२-२-९।
भबिष्यवाणी ९
मानिसहरु चिसो, हावाहुरी, तापक्रमको बृद्धी, बर्षा तथा हिउँबाट प्रभावित हुनेछन्। यसको साथै आपसी झगडा, भोक, प्यास, रोग तथा चिन्ता तथा थकाइको सिकार हुनेछन।
श्रीमद् भागवत् १२-२-१०।
भबिष्यवाणी १०
कलियुगको लागि मानिसको उच्चतम उमेर ५० बर्ष हुनेछ।
श्रीमद् भागवत् १२-२-११।
भबिष्यवाणी ११
मानिसहरुले अब आफ्ना वृद्ध आमाबुबाको रक्षा गर्ने छैनन।
श्रीमद् भागवत् १२-२-१२।
भबिष्यवाणी १२
कलियुगमा मानिसहरुले केहि सिक्काको लागि मात्र पनि क्रोध पैदा गर्नेछन। सबै मित्रवत् सम्बन्धलाइ त्याग्नेछन् र आफ्नो र अरुको ज्यान लिनको लागि तयार हुनेछन्।
श्रीमद् भागवत् १२-३-४१।
भबिष्यवाणी १३
संकार नभएका मानिसहरुले भगवानको लागि भनि दान स्वीकार गर्नेछन् जसलाइ धर्म र संस्कृतिको बारेमा ज्ञान हुदैन उनै सबैभन्दा अग्लो कुर्सीमा बसेर धार्मिक प्रवचन दिनेछ।
श्रीमद् भागवत् १२-३-३८।
भबिष्यवाणी १४
सेवकहरुले उसको मालिकको धन सकिए पछि छाड्नेछन् चाहे त्यो मालिक सन्त र उदाहरणीय व्यक्ति नै किन नहोस्। मालिकले परिवारमा पुस्तौबाट रहदैआएका सेवकहरु अशक्त भएमा परित्याग गर्नेछन। जब दुध दिन छोड्दछन् तब गाइहरु वेवारिसे छिडिनेछन वा मारिनेछन्।
श्रीमद् भागवत् १२-३-३६।
भबिष्यवाणी १५
सहरहरु चोर तथा फटाहहरुले लिनेछन। वेद नास्तिकहरुको गलत व्याख्याले भरिनेछ। राजनैतिक नेताहरुले विस्तारै जनता भस्म पार्नेछन्। पंण्डित तथा बुद्धिजीवीहरु पेट तथा जनेन्द्रियका भक्त हुनेछन।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

यदि तपाइँ जतिबेला पनि मोबाइलमा कुरा गरिरहनु हुन्छ या मोबाइल चलाइरहनु हुन्छ भने सावधान रहनुस् । किन भने मोबाइल तपाइँका लागि मन्द विष बनिरहेको पनि हुन सक्छ ।
कतिपय ब्राण्डका बजारमा सर्वत्र पाइने फोनले रेडियो विकिरणको उत्पादन यति धेरै गर्छन् कि तपाइँलाई घातक पनि हुन सक्छ । निचिनिएका र भर्खरै बजारमा आएका ब्राण्डमा यस्तो समस्या हुन्छ ।
तपाइँले आफ्नो मोबाइलमा कति धेरै रेडियो विकरण छ भन्ने थाहा पाउन कठिन छैन । मोबाइलमा *#07# डायल गर्नु भयो भने यसमा रेडिएशन भ्यालु देखिन्छ । अनर्राष्ट्रिय मानक अनुसार मोबाइल फोनमा रेडिएशन लेवल 1.6 वाट/किलोग्राम भन्दा बढी हुनु हुँदैन । तर प्रतिस्पर्धाका कारण अधिकाँश मोबाइल कम्पनीले यस्तो कुरामा ध्यान दिँदैनन् ।
रेडिएसनका कारण मानिसहरुलाई विभिन्न रोग लाग्ने खतरा हुन्छ । कतिपयले प्रत्यक्ष मस्तिष्कमै असर पुर्याउने चिकित्सकहरु बताउँछन् ।
विशेषज्ञको सुझाव
– लगातार एकै कानमा फोन राखेर कुरा नगर्नुस्
– चार्ज गरेको समयमा फोन प्रयोग नगर्नुस् । चार्ज गरेको समयमा फोन प्रयोग गर्दा विकिरण १० गुणा बढी हुन्छ ।
– सिग्नल कमजोर भएको समयमा र ब्याट्रि कम भएको समयमा पनि कुरा नगर्नु राम्रो । सके सम्म हेडफोनमा कुरा गर्नुस् ।
कतिपय ब्राण्डका बजारमा सर्वत्र पाइने फोनले रेडियो विकिरणको उत्पादन यति धेरै गर्छन् कि तपाइँलाई घातक पनि हुन सक्छ । निचिनिएका र भर्खरै बजारमा आएका ब्राण्डमा यस्तो समस्या हुन्छ ।
तपाइँले आफ्नो मोबाइलमा कति धेरै रेडियो विकरण छ भन्ने थाहा पाउन कठिन छैन । मोबाइलमा *#07# डायल गर्नु भयो भने यसमा रेडिएशन भ्यालु देखिन्छ । अनर्राष्ट्रिय मानक अनुसार मोबाइल फोनमा रेडिएशन लेवल 1.6 वाट/किलोग्राम भन्दा बढी हुनु हुँदैन । तर प्रतिस्पर्धाका कारण अधिकाँश मोबाइल कम्पनीले यस्तो कुरामा ध्यान दिँदैनन् ।
रेडिएसनका कारण मानिसहरुलाई विभिन्न रोग लाग्ने खतरा हुन्छ । कतिपयले प्रत्यक्ष मस्तिष्कमै असर पुर्याउने चिकित्सकहरु बताउँछन् ।
विशेषज्ञको सुझाव
– लगातार एकै कानमा फोन राखेर कुरा नगर्नुस्
– चार्ज गरेको समयमा फोन प्रयोग नगर्नुस् । चार्ज गरेको समयमा फोन प्रयोग गर्दा विकिरण १० गुणा बढी हुन्छ ।
काठमाडौं । काठमाडौं जिल्ला अदालतले एक महिलालाई अपरिचत ब्यक्तिसँग सम्बन्ध बिच्छेद गराएको छ । काठमाडौं पेप्पसीकोला निवासी कार्की थरकी एक महिलाले आफ्ना पतिसँग सम्बन्धबिच्छेदका लागि जिल्ला अदालतमा मुद्दा दिएकी थिइन । गत मंसिरमा दायर मुद्दामाथी जिल्ला अदालतले ९ बैशाखमा फैसला दियो । तर फैसलामा अर्केका पतिसँग सम्बन्धबिच्छेद गराइदिएको छ ।
पेप्सीकोलाकी कार्की थरकी महिलाले पति अम्वरबहादुर कार्कीसँग सम्बन्ध बिच्छेदका लागि मुद्दा दायर गरेकी थिइन । तर अदालतले चन्द्रबहादुर पुनसँग सम्बन्ध बिच्छेद गराई दिएको छ । ‘चन्द्रबहादुर पुन मेरो पति होइनन् र मैले उनीसँग सम्बन्ध बिच्छेदका लागि मुद्दा पनि हालेकी थिइन, तर उनीसँग सम्बन्धबिच्छेद कसरी भयो ?’ कार्की थरकी ति महिलाले एसकाठमाडौं डटकमसँग भनिन् ‘मैले सम्बन्धबिच्छेद गर्न खोजेको अम्वरबहादुरसँग हो चन्द्रबहादुरलाई म चिन्दिँन ।’
काठमाडौ जिल्ला अदालतका न्यायाधीश इन्द्रबहादुर कार्कीको इजलासले अर्कैका पतिसँग सम्बन्धबिच्छेदको फैसला दिएको छ । अपरिचित ब्यक्तिसँग सम्बन्धबिच्छेदको फैसला पाएपछि महिला तनावमा परेकी छिन् । फैसला संशोधनको फेरी निवेदन दर्ता गराउकोे बताइन । उमेरले ८० पुगेका अविन्द्र कुमार उप्रेती उनका कानुन ब्यवसायी हुन् । संशोधनको निवेदन दर्ता गराउन कानुन ब्यवसायीसँग जिल्ला अदालत पुगेकी ति महिलाले कर्मचारीलाई भनिन् ‘म अर्केका पोइसँग किन सम्बन्धबिच्छेद गर्दिन, मेरो निवेदन लिनुहोस ।
कानुनी प्रावधान अनुसार उनको मुद्दा फेरी इजलासमै पेश गर्नु पर्ने हुन्छ । तर उनको मुद्दा फैसला गर्ने न्यायाधीश इन्द्रबहादुर रसुवा जिल्ला अदालतमा सरुवा भइसकेका छन् । झण्डै डेढ हप्ताअघि रमाना लिई उनी रसुवा पुगिसकेका छन् ।
काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार श्रीप्रसाद संजेलले प्राविधिक त्रृटि भएको हुन सक्ने बताए । ‘मलाई अहिलेसम्म जानकारी छैन, तर फैसला उतार गर्दा नाम फरक पर्न गएको हुनसक्छ ।’yeskathmandu.com
पेप्सीकोलाकी कार्की थरकी महिलाले पति अम्वरबहादुर कार्कीसँग सम्बन्ध बिच्छेदका लागि मुद्दा दायर गरेकी थिइन । तर अदालतले चन्द्रबहादुर पुनसँग सम्बन्ध बिच्छेद गराई दिएको छ । ‘चन्द्रबहादुर पुन मेरो पति होइनन् र मैले उनीसँग सम्बन्ध बिच्छेदका लागि मुद्दा पनि हालेकी थिइन, तर उनीसँग सम्बन्धबिच्छेद कसरी भयो ?’ कार्की थरकी ति महिलाले एसकाठमाडौं डटकमसँग भनिन् ‘मैले सम्बन्धबिच्छेद गर्न खोजेको अम्वरबहादुरसँग हो चन्द्रबहादुरलाई म चिन्दिँन ।’
काठमाडौ जिल्ला अदालतका न्यायाधीश इन्द्रबहादुर कार्कीको इजलासले अर्कैका पतिसँग सम्बन्धबिच्छेदको फैसला दिएको छ । अपरिचित ब्यक्तिसँग सम्बन्धबिच्छेदको फैसला पाएपछि महिला तनावमा परेकी छिन् । फैसला संशोधनको फेरी निवेदन दर्ता गराउकोे बताइन । उमेरले ८० पुगेका अविन्द्र कुमार उप्रेती उनका कानुन ब्यवसायी हुन् । संशोधनको निवेदन दर्ता गराउन कानुन ब्यवसायीसँग जिल्ला अदालत पुगेकी ति महिलाले कर्मचारीलाई भनिन् ‘म अर्केका पोइसँग किन सम्बन्धबिच्छेद गर्दिन, मेरो निवेदन लिनुहोस ।
कानुनी प्रावधान अनुसार उनको मुद्दा फेरी इजलासमै पेश गर्नु पर्ने हुन्छ । तर उनको मुद्दा फैसला गर्ने न्यायाधीश इन्द्रबहादुर रसुवा जिल्ला अदालतमा सरुवा भइसकेका छन् । झण्डै डेढ हप्ताअघि रमाना लिई उनी रसुवा पुगिसकेका छन् ।
(नारायणप्रसाद न्यौपाने)
११ जेठ, गोल्चे (सिन्धुपाल्चोक) ।
“अब अलि रोक्छ कि, अलि रोक्छ कि भनेर बस्याको, रोगले एकछिन पनि खाली हुँदैन, दिनको दिन भूकम्प र पहिरो चलेको चलै हुने, त्यसैले अब लौ सबैले यहाँ नबसौँ भन्यो, एक दिन हामी पनि मट्टी हुन्छ जाऔँ भन्यो, अनि काठमाडौँ आयौँ ।”
सिन्धुपाल्चोकको दुर्गम गाविस मार्मिङका ६५ वर्षीय धनबहादुर तामाङले त्रिभुवन विमानस्थालको हेलिप्याड नजिकै आफ्नो मौलिक लबजमा भन्नुभयो¬– “भूकम्पपछि आएको पहिरोले च्यापेर टोलका चार जना त्यही दिन मर्यो, गाउँ खत्तम भएको छ, गाउँघरमा बस्ने अवस्था छैन पहिरो चलेको चलै छ ।”
भूकम्पको झन्डै एक महिनासम्म गाउँमै बस्न सकिन्छ कि भनेर त्यहीँ रहेका धनबहादुरसहित दुर्ई बालबालिका, चार वृद्धा र एक नौ महिनाकी गर्भवतीलाई नेपाली सेनाले गोच्ले गाउँबाट उद्धार गरेर आइतबार काठमाडाँै ल्याएको हो । अहिले उनीहरुको त्यो पुख्र्यौली थलो मानवविहीन बन्न भएको छ । ज्यान जोगाउने क्रममा पहिरोबाट जोगिएको सम्पत्ति र चौपायासमेत उनीहरुले गाउँमै छोडिदिएका छन् ।
“खै केहो, केहो…. पहिरोबाट बचेखुचेको जौ खोज्न छोरो लेकमा गएको छ, सबैले काठमाडौँ जानुभन्यो, छोराले बाँच्यो भने दसैँतिर मात्र लिन आउँछु भनेको छ, पहिरोले गाउँ छोपेकै छोपै, नकुल गाउँमै छाडेर आएँ” – उहाँले भन्नुभयो ।
बारीमा पाटा थपिए, गरा पनि बढे
भूकम्पका कारण खेतमा धाँजा फाटेर एउटा गरो तीन वटा गरामा परिणत भएको छ भने एउटै बारीको पाटो पनि चिरा परेर माथिल्लो, बीचको र तल्लो पाटोमा छुट्टिएको छ । त्यस्ता खेतबारीमा गएर काम गर्न र बाली लगाउउन जोखिम बनेको छ ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी कृष्ण ज्ञवालीले पहिरोबाट १० गाविस जोखिममा रहेकाले ती गाविसका जनतालाई कहाँ पुनर्वास गराउने भन्नेबारेमा छलफल भइरहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो – “तातोपानी क्षेत्रमा सुक्खा पहिरो अहोरात्र खसेको खसै देखिन्छ, त्यस क्षेत्रमा हेलिकप्टर अवतरण गर्ने ठाउँ छैन जमिन नजिक हेलिकप्टर पुग्दा र धुलो उडेर कुइरीमन्डल हुन्छ, यस्तै अवस्था रहेमा वर्षायाम सुरु भएपछि डाँडाका डाँडा खस्छन् जस्तो छ ।”
“वर्षायाममा पहिरो जाँदा भोटेकोसी थुनिएर तटीय क्षेत्रमा विनास पुर्याउने हो कि भन्ने जोखिम देखिएको, अर्कातर्फ भूगर्भशास्त्रीको रायअनुसार जोखिममा परेका बस्ती सार्नुपर्ने अवस्था छ, बस्ती कुन ठाउँमा स्थानान्तरण गर्दा उपयुक्त हुन्छ भनेर नजिकको ठाउँ हेर्ने र अनुगमन गर्ने काममा जुटिरहेका छाँ” – प्रमुख जिल्ला अधिकारी ज्ञवालीले भन्नुभयो ।
पहिरो खसेर भोटेकोसीको नियमित बहावलाई प्रभावित तुल्याउँदा तातोपानी क्षेत्र स–साना ताल बनेको छ, तर त्यसबाट आत्तिनुपर्ने अवस्था नरहेको उहाँको भनाइ थियो ।
सिन्धुपाल्चोक जिल्लाका सबै बस्तीमा ओत लाग्नका लागि त्रिपाल र राहतस्वरुप धेरथोर जति भए पनि एक पटक खाद्यान्न पु¥याइसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
भूकम्पसँगै उत्पन्न भएको पहिरोबाट मानव बस्तीमा पार्न सक्ने जोखिम र धरातलीय अवस्थाका बारेमा यथाशीघ्र जानकारी लिन र प्रतिवेदन पेस गर्न सिन्धुपाल्चोक जिल्लामा चार वटा भूगर्भशास्त्रीको टोली खटाएको छ ।
तातोपानी क्षेत्रको अनुगमन गरेर जिल्ला सदरमुकाम चौतारा फर्कनुभएका राष्ट्रिय भूगर्भ विभागका विज्ञ गणेश त्रिपाठीले तातोपानी, मार्मिङ, गोल्चे र फुल्पिङकट्टी गाउँ विकास समितिमा गरिएको स्थलगत अध्ययनले त्यहाँका धेरै बस्ती असुरक्षित भएका जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो – “भूकम्पपछिको त्यहाँको भौगर्भिक अवस्था अत्यन्तै अस्थिर देखियो, चट्टान झरिरहेका छन् , केही स्थानका मानिस आफैँ बस्ती छोडेर बाहिरिइसकेका छन् ।
अर्का विज्ञ सौरभ भण्डारीले फुल्पिङ्कट्टी क्षेत्रमा जमिन धेरै चिरा पर्नुका साथै कतिपय स्थानमा एक किलोमिटर लामो र धेरै गहिरो रुपमै चिरा परेको भेटिएको बताउनुभयो ।
उहाँले भन्नुभयो – “धेरै नै बस्ती जोखिममा छन्, पहिरो गएको छ, जमिनमा धाँजा फाटेको छ, त्यहाँको थामी र चाबुबस्ती तत्कालै सुरक्षित ठाउँमा सार्नुपर्ने भएको छ ।
भूकम्पपछि खासगरी अरनिको राजमार्गका वारिपारिको क्षेत्रमा पहिरोले निकै जोखिम तुल्याएको, भूकम्पले त्यस क्षेत्रका जमिनलाई हल्लाएर कम्जोर तुल्याएकाले वर्षायाम सुरु हुनासाथ त्यसले थप त्रास बढाउने छ ।
दिनरातको पहिरोको पिरलोले गोल्चे वडा नं २ स्थित आठ धुरीका तामाङ परिवार केही दिनअघि नै आफ्नो थातथालो छाडेर अन्यत्र गएका त्यस क्षेत्रका स्थायी बासिन्दा नेपाली सेनाका एक जवानले बताए ।
भूगर्भशास्त्रीहरुले पहिरोबाट बढी जोखिम देखिएका गाविसमा पुगेर गरेको अध्ययन, विश्लेषण र निचोडका आधारमा सबै दृष्टिकोणबाट उपयुक्त ठहर भएको स्थानमा जोखिममा रहेका बस्तीलाई स्थानान्तरण गरिने भएकाले त्यस क्षेत्रका जनतालाई नआत्तिन, संयमित हुन र धैर्य गर्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राससwww.nepaliheadlines.com

काठमाडौं : दिउँसोको चर्को घाम बेलुकीपख शीतलतामा बदलिँदै थियो। आइतबार ४ बजे महानायक राजेश हमाल लैनचौरस्थित आफ्नै निवासमा टहलिरहेका थिए।
विनाशकारी भूकम्प गएका बेला विदेशमा रहेका हमाल नेपाल फर्कनासाथ राहतमा सक्रियताका साथ जुटे। भूकम्पकै कारण विवाहको पहिलो वर्षगाँठ धुमधामका साथ मनाउने उनको योजना पनि भताभुंग भएको हो।
आजभन्दा ठीक एक वर्षअगाडि महानायक हमाल हनिमुन मनाउन काभ्रेको धुलिखेल रिसोर्ट पुगेका थिए। २०७१ जेठ १० गते दरबारमार्गस्थित होटेल अन्नपूर्णमा आयोजित विशेष समारोहबाट वैवाहिक सम्बन्धमा बाँधिएका हमाल भोलिपल्टै पत्नी मधु भट्टराईले लिएर रिसोर्ट गएका थिए।
नेपालका विभिन्न स्थान हुँदै हनिमुन मनाउने क्रममा गत फेब्रुअरीमा अमेरिका पुगेका उनले विवाह उत्सव मनाउनकै लागि त्यहीँबाट सेमपेनसमेत ल्याएका थिए। 'मैले नजिकका केही साथीहरूलाई खबर पनि गरेको थिएँ। तर भूकम्पले निम्त्याएको महाविपत्तिका कारण विवाह उत्सव मनाउने योजना स्थगित गरेँ।'
annapurnapost.com