मधेसी मोर्चा आज देखि संसदमा भाग लिने
आइतबार, २२ कार्तिककाठमाडौ । अढाई महिनाभन्दा बढी समयदेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध चारवटै दलहरू आइतबारदेखि व्यवस्थापिका संसद् बैठकमा सहभागी हुने भएका छन् ।
संसद् बैठक आठ दिनपछि आइतबार बस्दैछ । मधेसमा जारी आमहडताल, सीमामा नाकाबन्दीलगायत जारी आन्दोलनलाई संसद्बाट समेत बल र्पुयाउने उद्देश्यले मोर्चा संसद् बैठकमा भाग लिने निर्णयमा पुगेको मोर्चामा सहभागी पार्टी सद्भावनाका महासचिव मनीषकुमार सुमनले बताए ।
मोर्चाले मधेस आन्दोलनका सम्पूर्ण विषयवस्तु संसद्मा राख्ने नेताहरूले बताएका छन् ।
संसद् बैठकमा मधेस आन्दोलनको सम्पूर्ण विषयवस्तु राखेपछि माग पूरा गराउन दबाब दिन रोस्टम घेराउ गर्ने मोर्चा आबद्ध दलहरूबीच सहमति भएको छ,’ सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले भने ।
तराई मधेस आन्दोलनलाई सरकारले बेवास्ता गरेको र उठाइएका मागलाई सम्बोधन गर्न कुनै पहल नगरेर मुलुकलाई कठिन परिस्थितिमा पारेको आरोप मोर्चाले लगाउँदै आएको छ । ’हामी प्रधानमन्त्री चुनावमा भाग लिएर संसद्मा प्रवेश गरिसकेका छौं,’ महासचिव सुमनले भने, ’हाम्रा मागका लागि संविधान संशोधन गराउन पनि संसद्मा जानैपर्ने हुँदा आइतबारदेखि नै संसद् सहभागी हुने निर्णय लिएका हौं ।’ आजको कान्तिपुरमा समाचार छ ।
www.nepalsandesh.com
0 comments
Write Down Your Responses