मोदी र नाकाबन्दीविरुद्ध यसरी मुख खोल्न थाले भारतीय सञ्चारमाध्यम
काठमाडौं, २१ कात्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालविरुद्ध नाकाबन्दी लगाएका विषयमा भारतीय सञ्चारमाध्यमले धेरै महत्व नदिएपछि पछिल्लो पटक भने नेपालका सानासाना गतिविधि पनि समाचारका रुपमा दिन थालेका छन् ।विशेष गरेर नाकाबन्दीविरुद्ध नेपाली पक्षको अभिव्यक्ति र मधेस आन्दोलनका विषयमा उनीहरूले समाचार बनाउन थालेका हुन् ।
नवभारत टाईम्सको अनलाइन संस्करणले भारतीय मुलका नेपालीहरूको आन्दोलनको समर्थन गर्दै समाचार सम्प्रेषण गरेको छ ।
अधिकारका लागि मधेसीले गरेको आन्दोलनलाई भारतले समर्थन गरेर नाकाबन्दी गर्दा चीनले नेपाललाई सहयोग गरेको समाचारमा उल्लेख छ ।
समाचारका अनुसार प्रधानमन्त्री केपी ओलीले भारतीय नाकाबन्दीका कारण नेपालहरूको राष्ट्रियता एक पटकफेरि मजबुत भएको जनाइएको छ ।
ओलीले भारतीय नाकाबन्दी र मधेसको आन्दोलनमा भएको हिंसाबाट आफू दुखित भएको पनि नवभारत टाईम्सले आफ्नो समाचारमा उल्लेख गरेको छ ।
समाचारका अनुसार भारतले नाकाबन्दी लगाएपछि चीनले समर्थन गर्दैन भन्ने अपेक्षा लिएकोमा चीनले नेपाललाई गरेको सहयोगप्रति पनि भारतले चिन्ता जनाएको छ ।
भारतीय टिभी च्यानल आजतकले भारतकै कारण नेपालसँगको सम्बन्ध विग्रिएको टिप्पणी गरेको छ । भारतले लगाएको नाकाबन्दीले दुई देशबीचको सम्बन्ध विग्रिएको उल्लेख गरिएको छ ।
समाचारअनुसार नेपाललाई चीनले गरेको सहयोगप्रति चिन्ता जनाइएको छ ।
भारतको नाकाबन्दीले चीनले नेपालमा आफ्नो लक्ष्य पूरा गर्ने योजनामा लम्कीरहेको आजतकले उल्लेख गरेको छ ।
dainiknepal.com
0 comments
Write Down Your Responses