विवाह उत्सवमा आक्रमण, २८ को मृत्यु
यमन: सिया विद्रोहीलाई निशाना बनाई साउदी अरब नेतृत्वको संयुक्त सुरक्षाफौजको आक्रमणमा परी २८ जनाको मृत्यु भएको यमनी सुरक्षा अधिकारीले बताएका छन् । उक्त कारबाहीमा दर्जनौँ अरू मानिस घाइते भएको पनि बताइएको छ ।यमनलाई टुक्र्याउने गरी भएको द्वन्द्वमा तटस्थ भूमिका निर्वाह गरेको बताउँदै केही सुरक्षा अधिकारीले सोमबार अलबाहगामा विवाहको एक समारोहमा गरिएका हवाई आक्रमणबाट ठूलो सङ्ख्यामा हताहती भएको बताए ।
यसैबीच, सुरक्षा कारबाहीमा संलग्न एक उच्च अधिकारीले भने सेनाले विवाह समारोहमा आक्रमण नगरेको तर गलत निशाना लाग्दा उक्त दुःखद घटना हुन पुगेको बताए ।
सिया हुठी समूहद्वारा सञ्चालित विद्रोहलाई दबाउन साउदी पक्षधर तथा अन्तर्राष्ट्रिय समर्थन प्राप्त गरेको यमनी सरकारबीच गएको मार्चदेखि द्वन्द्व हुँदै आइरहेको छ ।
द्वन्द्वमा करिब दुई हजार एक सय नागरिकको मृत्यु भइसकेको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क छ ।
annapurnapost.com
0 comments
Write Down Your Responses