माइती हिँडेकी नवविवाहित महिलालाई अपहरण गरेर बलात्कार
प्युठान, ११ भदौ । जबरजस्ती करणी गरेको अभियोगमा प्युठान नगरपालिका–१५ दम्ति बस्ने २० बर्षीय विक्रम कुमाललाई प्रहरीले पक्राउ गरेको छ ।कुमालले विहीबार सोही नगरपालिका–१४ खप्रिङखोला घर भई गुरीगाईमा रहेको माइती घरतर्फ जाँदै गरेकी २० बर्षीया महिलालाई प्युठान नगरपालिका–१६ कोलछाप्नामा जबरजस्ती करणी गरेको बताइएको छ ।
जबरजस्ती करणी गरी फरार रहेका कुमाललाई प्रहरी चौकी मरन्ठानाबाट खटिएको प्रहरी टोलीले चिउरीखोला भन्ने स्थानबाट पक्राउ गरेको हो । प्रहरीले पीडक तथा पीडित महिलाको स्वास्थ्य परिक्षणको लागि जिल्ला अस्पतालमा पठाउनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
dainiknepal.com
0 comments
Write Down Your Responses