उपेन्द्र यादवले देखाए वार्ताको हरियो संकेत, के होला त सहमती ?
जनकपुरधाम, भदौ १० । आन्दोलनरत मधेस केन्द्रित दलहरुलाई सरकारले वार्ताका लागि पहल गरिरहेका बेला सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वार्ताको कुनै औचित्य नरहेको बताएका छन् । आफूहरुले कुनै नयाँ मागका लागि आन्दोलन नगरेको बताउँदै उहाँले विगतमा भएको आठ बुँदे सम्झौता कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।आज जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले आफूहरुसँग भएको २२ बुँदे र आठ बुँदे मागलाई संविधानमा ठाउँ दिए तत्काल आन्दोलन रोकिने बताए । अहिले जारी आन्दोलन रोकिन तत्कालीन सरकारले आफूहरुसित गरेको सम्झौता आगामी संविधानमा सुनिश्चित हुनुपर्ने ‘बटमलाइन’ रहेको उनको भनाई छ ।
चार दलका केही नेताले व्यक्तिगत स्वार्थका लागि प्रस्तुत गरेको सङ्घीय संरचनाको खाका अन्तरिम संविधान तथा विगतका आन्दोलनहरुको भावना विपरीत रहेको उनको भनाइ छ ।
यसैगरी, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अर्को घटक तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले छुट्टै पत्रकार सम्मेलन गरी विगतको आन्दोलनका उपलब्धि र सम्झौताहरु संविधानमा सम्बोधन गरिएमात्र आन्दोलन रोकिने बताएका छन् ।
www.etajakhabar.com
0 comments
Write Down Your Responses