किरियामा बसेका एसएसपी न्यौपानेका छोरोले सोधे, ‘प्रधानमन्त्री ज्यू, आपराधिक समूहलाई उकास्ने मधेसवादीलाई किन कारबाही हुँदैन ?’
काठमाण्डु, १२ भदौ– प्रधानमन्त्रीज्यू, मेरो निहत्था बाबालाई चरम यातना दिएर किन मारियो ? जवाफमा प्रधानमन्त्री सुशील कोइरालाले भने,‘घटनाले मलाई धेरै मर्माहत बनाएको छ ।

जे भयो, दुःखद भयो । म सबै कुराको दायित्व लिन्छु । तपाईहरुका माग तथा भनाइ के छन् सबै भन्नुस्, राज्यले आफ्नो दायित्व पूरा गर्छ ।’ टीकापुरमा हत्या गरिएका वरिष्ठ प्रहरी उपरीक्षक ( एसएसपी) लक्ष्मण न्यौपानेको परिवारलाई समवेदना दिन शुक्रबार साँझ सिनामंगलस्थ्ति न्यौपाने निवास पुग्दा प्रधानमन्त्री सुशील कोइरालालाई बाबुको किरियामा बसेका छोरा सन्देशले यस्तो प्रश्न गरेका हुन् ।
‘प्राणरक्षाका लागि कसैको घरमा शरण लिएर बस्दासमेत आन्दोलनकारीले किन लखेटी लखेटी मारे ? राष्ट्रसेवकको हैसियतमा आन्दोलनलाई साम्य पार्न सम्झाउँदै गर्दा बाबामाथि जाइलाग्ने आपराधिक समूहलाई उकास्ने मधेसवादी दलका नेतालाई किन काबाही हुँदैन ? ’ किरियामा बसेका सन्देशको प्रश्नले प्रधानमन्त्री भावुक बने ।
–गोरखापत्र दैनिकबाट भिडियो हेर्न तलको बाकस थिच्नुहोस
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses