आज लगातार ४ ओटा परकम्पन : चौथोपटक ५ दशमलव १ - अपडेट
काठमाडौं, असार २ । बुधबार बिहानै भूकम्पको चारवटा पराकम्पन गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका बिहान २ घण्टाभित्र भूकम्पको चार वटा पराकम्पन गएको हो । बिहान ८ बजे सिन्धुपाल्चोक र तिब्बत केन्द्रबिन्दु भएर ५ दशलमव १ रेक्टर स्केलको पराकम्पन गएको केन्द्रले जनाएको छ ।त्यसअघि सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर दुईवटा पराकम्पन गएको थियो । बिहान ६ बजेर १४ मिनेटमा ५ दशलमव २ रेक्टर स्केल र ६ बजेर २६ मिनेटमा ४ रेक्टर स्केलको पराकम्पन गएको केन्द्रले जनाएको छ ।
बिहान ५ बजेर ५८ मिनेटमा काठमाडौं केन्द्रबिन्दु भएर ४ दशलमव ४ रेक्टर स्केलको पराकम्प गएको थियो । योसँगै बैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा ७ दशमलव ८ रेक्टर स्केलको ठूलो भूकम्पपछि अहिलेसम्म ४ रेक्टर स्केल माथिका ३ सय २० भन्दा धेरै पराकम्पन गैसकेको छ ।
यसअघि मंगलबार बेलुकी ९ बजेर ५६ मिनेटमा दोलखा केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको थियो ।
ठूलो भूकम्पपछि साना पराकम्पन आउनु स्वभाविक भएकाले नआत्तिन तर सतर्क भने हुन केन्द्रका प्रमुख लोकविजय अधिकारीले आग्रह गर्नुभयो ।
0 comments
Write Down Your Responses