गर्भ रोक्ने चक्कीको बिक्री ह्वात्तै यसरी बढ्यो
बनेपा । भूकम्पपछि त्रिपाल र टहरामा बस्दै आएका असुरक्षित यौनसम्पर्कबाट रहनसक्ने गर्भ रोक्न आकस्मिक गर्भनिरोधक औषधि सेवन गर्ने बढेका छन् । यस्तो चक्कीको बिक्री बढ्दै गएको काभ्रेका स्वास्थ्यकर्मीले बताए ।

बनेपास्थित चण्डेश्वरी मेडिकल हलका असिन वैद्यले भने,‘भूकम्पअघिको तुलनामा अहिले आकस्मिक गर्भ रोक्न चक्कीको प्रयोग गर्नेको संख्या बढ्दै गएको छ । परिवारनियोजनका अन्य साधनको तुलनामा गर्भनिरोधक चक्की बढी बिक्री हुने गरेको छ ।’


उनका अनुसार चक्की किन्न दैनिक १५ देखि २० जना आउने गरेका छन् । स्वास्थ्यकर्मीका अनुसार विशेषगरी उच्चमावि तथा क्याम्पस पढ्ने उमेरका युवतीले असुरक्षित सम्बन्धबाट गर्भ निरोधक चक्की प्रयोग गर्ने गरेका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses