आज प्रकाशित हुँदै छ एसएलसीको नतीजा
काठमाडौं, असार ४ । परीक्षा नियन्त्रण कार्यालयले २०७१ सालको प्रवेशिका (एसएलसी) परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गर्ने भएको छ ।

परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले भने,‘कुनै प्राविधिक गडबडी भएन भने शुक्रबार नतिजा सार्वजनिक गर्छौं ।’ नतिजा प्रकाशन विषयमा छलफल गर्न कार्यालयले शुक्रबार बिहान साढे दश बजे बोर्ड बैठक बोलाएको छ ।


सानोठिमीस्थित कार्यालय परिसरमा एक सातादेखि निरन्तर नतिजा प्रकाशनसम्बन्धी काम भइरहेको छ । परीक्षार्थीको प्राप्तांकको रुजु कार्य अन्तिम चरणमा पुगेको छ ।

 केही दिनयता नतिजा प्रकाशनको अन्तिम तयारीमा जुटिरहेको कार्यालयले सर्वसाधारणलाई कार्यालयको मूल गेटबाट भित्र जान दिएको छैन । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses