गर्मीमा छालालाई घामबाट जोगाउने घरेलु उपाय:
गर्मीमा छालालाई घामबाट जोगाउने घरेलु उपाय:गर्मी बढेसँगै हामीलाई चर्को घामको कारण बाहिर निस्कन जाँगर लाग्दैन । कारण वास्तवमा के हो भने हामी घामले छाला डढ्ने हो कि भन्ने डराउँछौँ । तर यसो भन्दैमा बाहिरै नस्किएर समस्या समाधान हुँदैन ।
मेवा र मह
एक कप मेवाको पेस्ट बनाउनुहोस् । त्यसमा दुई चम्चा जौँको धुलो र २ चम्चा मह मिसाउनुहोस । उक्त पेस्टलाई शरिरमा लगाएर ३० मिनेट पछि चिसो पानीले सफा गर्नुहोस् । यसले तपाईको छाला गोरो र नरम देखिनेछ । साथै घामको विकिरणबाट पनि बच्न सकिनेछ ।
कागती र मह
दुई दाना कागतीको रस निकाल्नुहोस् । त्यसमा तीन चम्चा मह मिलाएर २० मिनेटका लागि शरिरमा दल्नुहोस । त्यसपछि चिसो पानीले सफा गर्नुहोस् । जसले तपाईको छालामा कुनै पनि विविरा आउन दिदैन । साथै, छालामा रहेको बेकार बस्तु समेत सफा हुन्छ ।
टमाटर र दही
दुईदेखि तीन दना टमाटरको रस निकाल्नुहोस् । त्यसमा २ चम्मच दही मिलाउनुहोस् । यसलाई घामले पोलेको ठाउँमा लगाएर २० मिनेट पछि सफा चिसो पानीले पखाल्नुहोस् । दिनमा दुई पटक यसो गर्दा १ हप्तामा नै घामबाट डढेको तपाईको छाला पहिलेको जस्तै स्वच्छ र नरम हुनेछ ।
0 comments
Write Down Your Responses