निशा अमेरिका हानिएपछि मिडियामा यस्तो हल्ला चल्यो ...
काठमाण्डौ । बेला बेलामा नेपाली नायिकाहरुको प्रेम सम्बन्धका कारण नेपाली मिडियाहरु पनि मज्जाले तात्ने गरेका छन् भने बेला बेलामा उनीहरुको प्रेम सम्बन्ध टुट्दा देखिने विभिन्न समस्याहरुले पनि मिडियामा गसिप खबरहरु आउन पछाडी परेका हुदैंन ।

त्यहि क्रममा केहि समय नायिका निता ढुंगानाको पनि यहि खबरका कारण उनी चर्चाको घेरामा आइन । आमेश भण्डारीसँग प्रेमसम्बन्ध रहेको उनले सामाजीक सञ्जालबाट बाहिर ल्याएपछि उनीहरुको प्रेम सम्बन्धले पनि नेपाली मिडिया निकै तात्यो ।

त्यसपछि नायिका निशा अधिकारीको प्रेम सम्बन्धले पनि नेपाली मिडिया खुबै तातेको थियो तर उनीहरुको सम्बन्ध भने लामो समय सम्म टिक्ने पाएन् । क्रिकेटर शरद भेषावकरसँग निशाको प्रेम सम्बन्ध निकै बर्ष अगाडी बढ्यो । निशाले पनि आफ्नो प्रेम पहिलो पटक फेसबुक मार्फत नै व्यक्त गरेकी थिइन । तर उनीहरुको सम्बन्ध लामो समयसम्म टिक्न नपाइ टुटेको छ ।

अहिले निशा अधिकारी अमेरिका हानिइन सायद यसैंले पनि हन सक्छ क्रिकेटर शरद भेषावकरसँग उनको सम्बन्ध टुटेको छ । नेपाली चलचित्रक्षेत्रमा राम्रो छबि बनाएपनि उनका अधिकाशं चलचित्रहरु सफलताको सूचिमा रहन सकेनन् ।

अमेरिका पुगेपछि उनी अहिले सम्र्पक विहिन जस्तैं बनेकी छिन् सायद यस कारण पनि उनीहरुको सम्बन्धमा दरार आएको हुन सक्ने धेरै चलचित्रकर्मीहरु बताउँछन् ।

- See more at: http://www.rastriyakhabar.com स्रोत राष्ट्रिय खबर बाट
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses