जमिन कसरी हल्लियो ? तथ्यांक अझै गोप्य
काठमाण्डु, ७ जेठ – भूकम्प मापन केन्द्रले विनाशकारी भूकम्प आएको एक महिना बित्न लागिसक्दापनि जमिन कसरी हल्लियो भन्ने तथ्यांक (ग्राउण्ड मोसन डाटा) सार्वजनिक गरेको छैन ।
अन्य विकसित देशमा भूकम्प र त्यसका पराकम्प गएलगत्तै यस्ता तथ्यांक तत्काल वेबसाइटमै राखेर सर्वजनिक गर्ने गरिए पनि नेपालमा सार्वजनिक गर्ने चलन नभएकाले अनुसन्धानमा अप्ठेरो परेको भूगर्भविद् बताउँछन् ।
‘डाँडाका घरहरु किन भत्किए भन्ने अहिले सबैको चासो छ,’ केन्द्रसँग ग्राउन्ड मोसन डाटाका लागि ताकेता गरिरहेका एक विदेशी विश्वविद्यालयका प्राध्यापक एवं भूगर्भविदले डाटा नै नपाएर पूर्ण विवरण छाप्न नपाएको बताए ।
केन्द्रले तथ्यांक सार्वजनिक नगर्दा विभिन्न देशका विभिन्न विज्ञले अनुमानका भरमा विश्लेषण गर्ने हुनाले सही जानकारी नआउने अमेरिकाको क्यालिफोर्निया स्टेट युनिभर्सिटीका सहप्राधपक एवं जियोटक्निकल इन्जिनियर विनोद तिवारीले बताए ।
–अन्नपूर्णपोस्ट् दैनिकबाट

,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses