आज पनि सानो झट्का
८ जेठ, काठमाडौं ।बैशाख १२ को विनाशकारी भूकम्पका पराकम्पनको क्रम कम भएपनि पूर्ण रोकिएको छैन । पराकम्पन जाने क्रम सुस्त बनेको छ । विहीबार विहान पनि सानो धक्का महसुस भएको छ ।
आज विहान ११ बजेको समयमा राजधानीमा सानो भूकम्पीय धक्का महसुस भएको छ । यसको मापन ३ दशमलव ७ रेक्टर स्केलको मात्र भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार बुधबार दिउसो २ बजेर ४७ मिनटमा भएको ४ रेक्टर स्केलको भूकम्पछि ठूला धक्का भएका छैनन् । केन्द्रले ४ भन्दा साना भुकम्पलाई टेवलमा राख्ने गरेको छैन ।
अव पराकम्पनको क्रम पनि कम हुने विज्ञहरुले बताएका छन् ।
0 comments
Write Down Your Responses