सोलोमोन आइल्याण्डमा ६ दशमलव ९ रेक्टरको भूकम्प
७ जेठ, एजेन्सी ।

नेपालमा निरन्तर भूकम्पका धक्का महसुस भैरहेको समयमा प्रशान्त महासागरीय टापु सोलोमोन आइल्याण्डमा पनि ६ दशमलव ९ रेक्टर स्केलको भूकम्प भएको छ ।


अमेरकी भौगर्भिक विभागका अनुसार टापुको राजधानी होनिआराबाट १ सय ८७ किलोमिटर टाढा रहेको क्षेत्रमा उक्त भूकम्पको केन्द्र विन्दु रहेको छ ।

मुख्य भूकम्पपछि ४ दशमलव ९ रेक्टर स्केलको पराकम्पन पनि भएको समाचारमा जनाइएको छ ।

अहिले सम्म सुनामीको कुनै चेतावनी जारी गरिएको छैन ।

भूकम्पका कारण खासै क्षति नहुने अनुमन अधिकारीहरुले गरेका छन् ।

केही दिन अघी मात्र छिमेकी पुपवा न्यूगिनीमा ७ दशमलव १ रेक्टर स्केलको भूकम्प भएको थियो । त्यसपछी आएको सुनामीले केही मानिसको ज्यान लिएको थियो ।/www.nepaliheadlines.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses