मोरङमा मधेसी मोर्चाका कार्यकर्ताद्धारा बिहानैदेखि तोडफोड सुरु
मोरङ, ५ मंसिर । आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ता विराटनगरमा आज पनि बिहानैदेखि तोडफोड र अराजकतामा उत्रिएका छन् ।मधेसी मोर्चाका कार्यकर्ताले बिहानै विराटनगरमा दुई वटा यात्रुबाहक बसमा तोडफोड गरेका छन् ।
बिहान पौने ६ बजेतिर विराटनगर उपमहानगरपालिका वडा नम्वर ७ को घाँसचोकमा काँकडभिट्टाका लागि छुटेका दुई वटा बसमा तोडफोड गरेका हुन् ।
तोडफोडबाट ना ३ ख ४९१९ र को १ ख १७६५ नम्बरको बसमा क्षति पुगेको छ । तोडफोडबाट बसका सिसा फुटेको मोरङ प्रहरीले जनाएको छ ।
मधेसी मोर्चाका कार्यकर्ताहरु सडकमा नदेखिए पनि लुकीलुकी तोडफोड गरिरहेको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीले विराटनगरका बिभिन्न स्थानमा आज पनि सुरक्षा व्यवस्था कडा बनाएको दाबी गरेको छ ।
dainiknepal
0 comments
Write Down Your Responses